काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

म्याग्दी:   म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।    पहिरोमा पुरिएर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए । उनका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटना स्थलमै मृत्यु भएको हो ।  मालिका गाउँपालिका –२, बेलीका बिक कोठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको मालिका गाउँपालिका २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार पहिरोमा परेको थाहा पाए पछि डोजर लगाएर खोजी गर्दा मृत अवस्थामा विकको शव भेटिएको थियो । 

पोखरा:  पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।   कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगीले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने वताइन ।   सहकारीका अध्यक्ष खेमराज वराल ध्रुबले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२ जनाले प्रतिशेयर सदस्य ५ हजारका दरले स्थापना गरेको सहकारीमा हाल ८ सय ९७ जना शेयर सदस्यको शेयर पुजीं ७ करोड १४ लाख ८५ हजार पुगेको जानकारी गराए । साथै उनले सहकारीको कारोबार दिनप्रतिदिन वढ्दै जानुले भविष्य कति उज्जवल छ भन्ने देखाउने पनि वताए ।   कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, निवर्तमान अध्यक्ष बद्रीनाथ पहारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, शेयर सदस्य विष्णुप्रसाद शर्मा, निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ बराल, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लंीराम शर्मा, सावित्रा पौडेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।   सभाले अध्यक्ष खेमराज वराल ध्रुबको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक माधव भट्टराईको प्रतिवेदन पारित गरेको छ ।   सो अवसरमा निवर्तमान अध्यक्ष बद्रिनाथ पहारी, जेष्ठ सदस्यहरु डिल्लीराम शर्मा र विष्णु प्रसाद पहारी, उत्कृष्ट वचत कर्ता लिलबहादुर कामी र यमुना पहारी, उत्कृष्ट कारोबार कर्तामा मदन कुमार मैनाली र अञ्जु अधिकारी भण्डारी क्षेत्री,सहकारीका व्यवस्थापक खेमराज सुवेदी,  विभिन्न तह उत्तिर्ण शेयर सदस्यका छोराछोरीहरु सागर सुवेदी, अजय कुमार थापा, ममता ढकाल, नम्रता रेग्मी, सृष्टी थापा, सविन थापा, समिर पहारी, संगम लम्साललाई सम्मान गरिएको सचिव एकनारायण भण्डारीले वताए ।   संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालले र संचालन सचिव एकनारायण मण्डारीले गरेका थिए ।  

बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्।   छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए।   हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीलाई कार्यालय ल्याइरहेको डिएसपी शाहले बताए। 

काठमाडौँ:   वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् ।    वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान तथा वन क्षेत्रको जग्गा प्रयोग उत्तिकै महत्वपूर्ण छ । अन्तरसरकारी निकायबीच समन्वय नहुने समस्या उत्तिकै छ । वनका कर्मचारीले सामान्य कामसमेत समयमा नगरिदिँदा ठूला लगानीका आयोजनासमेत लामो समयसम्म अगाडि बढ्न सकेको छैन । कतिपय आयोजनाका वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत लामो समयसम्म स्वीकृत हुन सकेको छैन ।   सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा चित्रण गरेर अगाडि बढाए पनि निर्माणमा रहेको अवरोध उस्तै छ । अवरोध हटाउने र निर्माणाधीन आयोजनालाई शीघ्र अगाडि बढाउने लक्ष्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलगायतका अधिकारीबीच सघन छलफल भएकोे छ । समस्यामा रहेका अधिकांश आयोजनालाई सहजरुपमा अगाडि बढाउने र समाधानका लागि पहल थाली हाल्ने सहमति सो छलफलमा भएको छ । नेपालको भौतिक विकासमा वन बाधक कि साधक भन्ने प्रश्न उठिरहेको बेलामा दुई सरकारी निकायबीचको छलफलले एउटा निकास दिने विश्वास बढेर गएको छ ।   सो छलफलपछि कर्णाली प्रदेशलाई उज्यालो बनाउनका लागि महत्वपूर्ण मानिएको कोहलपुर सुर्खेत दैलेख एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा देखिएको अवरोध हट्ने भएको छ । कर्णाली प्रदेशमा हाल बिजुली आपूर्ति गरिरहेको प्रसारण लाइनको क्षमता ३३ केभी मात्रै रहेकाले पर्याप्त मात्रामा स्थानीयले उपभोग गर्न पाएका छैनन् । प्रसारण लाइन निर्माण सुरु भएको लामो समय भए पनि अन्तर सरकारी निकायबीच समन्वय हुन नसक्दा कामले गति लिन सकेको छैन ।   कर्णाली प्रदेशका जनप्रतिनिधि र स्थानीयवासीले पटकपटक सो प्रसारण लाइनको काम शीघ्र सम्पन्न गर्न माग गर्दै आएका थिए । सोही विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले प्रदेशमा थप बिजुली विस्तार गर्न नसकिएकाले तत्काल समस्याको समाधान गरिदिन वनमन्त्री महतो, सचिव दीपककुमार खराल, निकुञ्जका उच्च अधिकारीलाई आग्रह गर्नुभयो ।   ऊर्जामन्त्रीको सो आग्रहलाई सकारात्मक रुपमपा लिँदै वन तथा वातावरणमन्त्री महतोलगायतका अधिकारीले आवश्यक सहजीकरण गर्ने वचन दिनुभएको छ । सो आयोजनालाई शीघ्र अगाडि बढाउने सहमति भएको छ । कर्णाली प्रदेशलाई उज्यालो बनाउन महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन राष्ट्रिय निकुञ्जलाई आवश्यक निर्देशन दिने र काम सुरु गरिहाल्ने सहमति भएको छ ।   सो प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध त छँदैछ, त्यसमाथि सबैभन्दा ठूलो समस्या वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको भन्दै दुवै मन्त्रालयले आवश्यक गम्भीरतालाई ख्याल गरेर तत्काल काम सुरु गर्ने सहमति गरेका छन् । वन तथा वातावरणमन्त्री महतोले एउटा प्रदेश नै अँध्यारोमा रहने अवस्थाको अन्त्यका लागि आफूहरु गम्भीर रहेको बताउनुभएको थियो ।   कर्णाली प्रदेशका सुर्खेत, दैलेख विद्युत्् आपूर्तिलाई भरपर्दो गुणस्तरीय तथा पर्याप्त बनाउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानी र ७ को बानियाँभारमा नौ वटा टावर निर्माणमा समस्या रहेको छ ।   चिसापानीमा छ वटा र बानियाँभारमा तीन वटा टावर निर्माण गर्नुपर्ने छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै स्थानीयले जग्गामा पाँच बुँदे खबरदारी सूचना जारी गरेको प्राधिकरणको भनाइ छ ।   प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० छिन्चुमा छ वटा टावर निर्माणमा पनि अवरोध छ । कूल ५२ किलोमिटर प्रसारण लाइनमा एक सय ६१ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये अहिलेसम्म २० वटा टावरको मात्रै जग राखिएको छ ।   बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज भएर जाने प्रसारण लाइनले करिब १३ हजार रुख कटान गर्नुपर्ने छ । रुख कटानका लागि  मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको प्रसारण लाइनका लागि अगस्ट २०२० मा ठेक्का सम्झौता भएको थियो ।   आयोजनाअन्तर्गतको सुर्खेत दैलेख १३२ केभी प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको हो । सुर्खेत, दैलेल, कालीकोट, जुम्लामा कोहलपुरबाट ३३ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । कम क्षमताको ३३ केभी लाइन लामो हुँदा ट्रिपिङ हुँदा लाइन जाने र न्यून भाल्टेजको कारण लगातार समस्या आउने गरेको छ । निकुञ्जमा काम गर्न समस्या भएपछि सरोेकार भएका दुई मन्त्रालयका उच्च अधिकारीबीच समस्या समाधान गर्ने सहमति भएको हो ।   यस्तै, तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण देखिएको वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देख्एिको समस्यासमेत समाधान गर्ने सहमति भएको छ । वन मन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको थियो । ऊर्जा मन्त्री बस्नेत र वनमन्त्री महतोलगायतका अधिकारीबीचको छलफलमा सो आयोजनाको अवरोध हटाउने सहमति भएको छ ।   प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । बाँधस्थलको वन क्षेत्र प्रयोगका विषयमा सहमति नहुँदासम्म प्रसारण लनइन निर्माणमा काम गर्न समस्या देखिएको भन्दै तत्काल समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आग्रह गर्नुभयो ।   बिनाअवरोध काम गर्न पाएको भए यो खण्डमा हालसम्म ८५ प्रतिशत काम भइसक्ने आयोजना सम्बद्ध अधिकारीको भनाइ छ ।  उहाँका अनुसार प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग हाल्ने  कार्य सकिएको छ । त्यस्तै ३३ टावर जडान सकिएको छ भने १२ टावरको जग संरक्षण सम्पन्न भएको छ ।   प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनलले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माण सन २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।   निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीनवटा प्याकेजमा ४३ प्रतिशत मात्रै भौतिक प्रगति भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठको भनाइ छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडबक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु। २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।   यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम पूरा भइसकेको छ ।   ऊर्जामन्त्री र वनमन्त्री महतोलगायतका अधिकारीको छलफलमा कोशी करिडोर प्रसारण लाइन, माथिल्लो अरुण जलविद्युत् आयोजना, मस्र्याङ्दी करिडोर प्रसारणलाइन आयोजनामा देखिएका वन क्षेत्रसँगको समस्या समाधानका लागि तत्काल पहल गर्ने सहमति भएकोे छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले समेत समस्या समाधानका सहजीकरण गरिदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिने र अवरोध हट्ने बताउनुभएको थियो । रासस

पर्साको वीरगञ्जमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्‍याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्‍याली निकाल्ने महानगरपालिकाले जनाएको छ ।   यसैबीच हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ । धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।   राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवम् सामुदायिक प्रकारको र्‍याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।   मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि आपसी सद्भाव कायम राख्न सबै पक्षले अनुरोध गर्दै आएका छन् ।   गएको बिहीवार मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच झडप भएपछि मलङ्गवामा लगाइएको अनिश्चितकालीन कर्फ्यु कायमै छ ।  

काठमाडौं:    चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ ।  हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिनुभएको छोटो स्वागत मन्तव्यमा उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताउनुभयो ।   उहाँले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभएको थियो ।  हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।  

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ र एक जना घाइते भएका छन् ।   रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।   घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं:   चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।  यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

काठमाडौं:     छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।