काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:     वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए ।  a काठमाडौंको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाएको उनले बताए । भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उनले बताए । केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनी अहिले एक सय ३० रुपैयाँभन्दा धेरै पुगेको छ ।

सोलुखुम्बु:   सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै यी सामग्रीहरु ३ महिनादेखि फाप्लु एअरपोर्टमै रोकिएको हो ।   काठमाडौंबाट ल्याइएको विद्युत् सामग्रीहरुमध्ये सानो सामानहरु जहाजमार्फत् लुक्ला लगिएको छ भने हेलिकप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठूला सामग्रीहरु भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए । उनका अनुसार विद्युतको टर्वाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार सामग्रीहरु फाप्लु एअरपोर्टमै थन्किएका छन् । सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताए । सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ । लुक्ला क्षेत्रका झण्डै ४५० घरधुरीका लागि यो आयोजनाले दुई वटा विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै आएको करिब १६ वर्षअघि स्थापना गरेको विद्युतमा खराबी आएका कारण मुख्य मेसिन नै परिवर्तन गरिएको बताइएको छ । मुख्य विद्युत् मेसिन बन्द भएपछि लुक्लामा सानो मेसिनबाट उत्पादित विद्युत् मात्रै वितरण गरिँदै आएको वडाध्यक्ष समेत रहनुभएका विद्युत् उपभोक्ता समिति अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए । जसका कारण लुक्लामा अहिले दैनिक ३ घण्टासम्म लोडसेडिङ हुने गरेको बताइएको छ । सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गाडी पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामग्री ढुवानीमा हेलिकप्टरकै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले बताए । जसका कारण लुक्लाका नागरिकहरु आक्रोसित रहेको उनको भनाइ छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ । गएको असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत् हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।

केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।    निर्देशक बरालले करिब १७ वर्षअघि कागबेनीको अडिसनबाट छानिएपछि अन्त्यमा आफुलाई हटाएर दिया मास्केलाई उक्त भूमिका दिइएको अभिनेत्री उषा रजकले बताएकी छिन् । अभिनेत्री रजकले निर्देशक बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको र अवसर आउँदा पाखा पारिएको मात्र हैन यस विषयमा कुरा गर्दा डिनरको प्रस्ताव गरेको बताएकी छिन् ।    त्यसयता निर्देशक बराल होमटाउन पोखरा आइपुगेका छन् । यही मेसोमा रजकद्वारा प्रेषित स्टाटस र समाचारमा उल्लेखित विषयबारे प्रश्न गर्दा बरालले भने ‘यस्तो समाचार र यस्ता अपजस म माथि किन लागिरहेको छ ? मैले सोच्नै सकेको छैन ।’   उनले प्रतिक्रिया दिने क्रममा समाचारमा उल्लेखित विषया नितान्त व्यक्तिगत र पारिवारिक भएको बताउँदै तत्काल केही बोल्ने अवस्थामा नरहेको उल्लेख गरे । यद्यपि, कलाकार छनौटको विषयमा बरालले निर्देशकीय भूमिकामा रहेको व्यक्तिले ‘फलानो कलाकार उपयुक्त हुनसक्छ’ भन्न सक्ने तर निर्णंय गर्ने अधिकार नहुने प्रष्ट्याए ।    ‘कास्टिङ् डाइरेक्टरले अनिडसनमा सहभागी कलाकारबारे निर्देशकलाई सुझाव दिएको तर जोडबल नगरेको र गर्न पनि नमिल्ने हुन्छ’ बरालको भनाई छ ।      यसबाहेक कास्टिङ् काउचबारे आफुलाई केही पनि थाहा नभएको उनले जनाए । समाचारपछि पनि पहिलो पत्नीबारे गरिएको स्टाटसबाजीले आफुलाई झनै दुखित भने बनाएको उनले बताए ।    ‘तपाइ गलत छैन भने उषा रजकविरुद्ध कानूनी कारवाहीमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा बराल भन्छन् ‘म अहिले कामको लागि पोखरा आएको छु, यहीबेला मैले वर्षाैको मेहेनतबाट आर्जेको नाम र शाख ध्वस्त पार्न खोजिएको छ, हाललाई म मेरै कामको जिम्मेवारीमा छु ।’   यस विषयमा आफु धेरै नबोल्ने भन्दै अन्त्यमा सुनागाभा न्यूजमार्फत बरालले रजकलाई प्रश्न सोधेका छन् ‘के तपाइसँग प्रमाण छ ?’

तुलसीपुर: सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।  त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।  रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 

काठमाण्डौ: नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।   पक्राउपर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेका छन् । उनले रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।    नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।    यसैगरी उनले नागरिकता प्राप्त गरी नेपालका विभिन्न ठाउँमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएको सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।    जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइ अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।  

धनुषा: राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण गर्नु भएको हो ।    राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरका मेयर तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।    राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जानकारी दिनुभयो । 

बझाङमा २८ वर्षीया अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो।   शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।   उनकी आमाले खबर गरेको दुईर तीन घन्टाभित्र बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङको डिएसपी भरतबहादुर शाहलले जानकारी दिए।

काठमाडौं:  बेइजिङ, नेपाल र चीनबीच विभिन्न १२ सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छियाङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।   विभिन्न मन्त्रालयअन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे ।   नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ ।   चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ ।   यस्तै, चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   यसैगरी, चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकाससचिव डा। रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन–नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्तिसचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकाससचिव डा। रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   चिनियाँ प्रेस तथा प्रकाशन विभाग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतापत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।   साथै, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्।   सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै नीति बनाउनुपर्ने बताएकी हुन् । ‘यो महानगरपालिकाको मात्र नभइ सबै प्रमुख शहरहरूको समस्या हो। यसमा केन्द्र सरकारले नै एउटै नीति ल्याउनुपर्छ। काठमाडौं महानगरपालिकाले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन,’ उनले भनिन्।   उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाव आवश्यक नरहेको पनि बताएकी छन्। फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः एक सातादेखि महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ।   ईः ले उठाएको मागको सम्बोधन गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा उपमेयर डंगोलले भनिन्, ‘ईः ले कसैले दबाब दिन पर्दैन। कार्यपालिकाको निर्णयअनुसार काम भइरहेको छ।’