पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री पूरै फेल भएको बताएका छन् ।    प्रेस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमालेका महासचिव ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूरै फेल भएको बताएका हुन् ।    उनले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा गृहमन्त्रालय अन्र्तगतका मातहतको कर्मचारी हुँदा हुँदै राजश्वका विभागले सुन तस्करलाई नियन्त्रणमा लिनुले गृहमन्त्री पूरै फेल भएको प्रष्ट भएको दाबी गरे ।       ‘त्रिभुवन विमानस्थलमा गृहमन्त्रालय मातहतका अध्यागन, भित्री र बाहिरी घेराको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत अनुसन्धानको टोली हुन्छ’, ज्ञवालीले भने, ‘गृहमन्त्रालय अन्र्तगतका सुरक्षा घेराबाट भन्सार पास भएर पनि राजश्व विभागले सुन समात्नु भनेको गृह प्रशासन पूरै फेल हो ।’    उनले त्यही ढंगका सामान २१÷२२ पटक सम्म यसरी सामान पास भएको भन्दै यसको छानबिन गर्न माग गरे ।    उनले नेकपा माओवादीलाई कटाक्ष गर्दै टेबुल सफा गर्नु अगाडि पहिला आफ्नो हात सफा गरेर भष्ट्रचारका फाइल खोल्न समेत आग्रह गरे ।   ‘अहिलेको सरकार लडाकु घोटोला शिविर काण्डको फाइल खोल्न चाहँदै, पहिला आफुमा लागेको दाग मेटाएर आउनुहोला’, उनले भने, ‘लडाकु शिविरको फाइल खोलेर आउनुहोला, वाइडबडी, ललिता निवास लगायतको फाइलमा सहयोग गर्न हामी तयार छौं ।’   उनले अहिलेको सुन तस्करी प्रकरणमा सरकारले सत्ता निकट नेतालाई बचाउन खोजिएको आरोप समेत लगाए ।    सुन तस्करी प्रकरण पूर्वसभामुख र उनका छोरालाई सरकारले अनुसन्धानको दायरामा ल्याउनु नसक्न  सत्ता निकटका नेतालाई बचाउन खोजिएको आरोप पुष्टि भएको उनको आरोप छ ।   एमाले उपमहासचिव ज्ञवालीले सरकारले अहिलेको परिस्थितिमा नीजि क्षेत्रका व्यवसायीहरुलाई हतोत्साहित बनाएको आरोप लगाए ।    ‘बजारमा सटर खाली भाडामा भन्ने लेखिएको पोस्टर बजार भरी छ, ठेकेदार निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन सकेको छैन’, उनले भने ।   

पाेखरा:  देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।   जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ ।   पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ ।   पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।   “जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उनले भने, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।   निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास थियो ।   पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए ।   “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उनले भने, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।   पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।   निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए ।  

पाँचथर: पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।    मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो ।     घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् ।   सामुदायीक बिद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा बिद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए ।   थापाका अनुसार पोखरा महानगरपालिका वडा नं। २६ ले नेपालमा नै पहिलो पटक वडा अध्यक्षसँग बालबालिका कार्यक्रम संचालन गरेको र उत्त कार्यक्रम प्रभाबकारी भएकाले मासिक एक पटक उक्त कार्यक्रम संचालन गरिने जानकारी गराए । थापाले सरकारी शिक्षण संस्था सुधारका लागि वडाले केहि सिर्जनसिल योजनाहरु अगाडी सारेको बताए । उनले शिक्षा क्षेत्रलाई अंक मापनको मात्र बिषय अतिरिक्त कृयाकलापमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताए ।   यसअघि पनि वडा कार्यालयले बिभिन्न बिधामा विजय हाँसिलगरि वडाको नाम जिल्लामा राख्न सफल भएको भन्दै सम्मान गरेको बताए । आगामी दिनमा पनि वडाको नामलाई जिल्ला र देशमा राख्ने बिद्यार्थीहरुलाई सम्मान र हौँसला दिनका लागि कुनै कसर बाँकी नराख्ने बताए । थापाले सम्मानित छात्रालाई उच्च शिक्षाका लागि पनि सहजीकरण गर्ने बताए ।   वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।  

नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् ।  लामो समयसम्म शिक्षण पेशामा रहि नेपाली भाषा शिक्षण मार्फत विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पोखराको मदरल्याण्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो ।  शिक्षण पेशाबाट निवृत्त भए पछि पनि तिमिल्सिनाले लेखन कार्य मार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, विद्यालयले नगद १० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रले तिमिल्सिनालाई सम्मान गरेको हो ।  बरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल लगायतले तिमिल्सिनालाई माला, दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।  बिक्रम संबत १९९९ सालको पौषमा पोखरा महानगरपालिका वडा नं. २३ चैनपुरमा जन्मनु भएका तिमिल्सिना चार दशक शिक्षण पेशामा रहि महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँले २१ वर्ष पोखरा महानगरपालिका वडा नं. ५ को वाराही माध्यमिक विद्यालयमा प्राचार्यको भूमिकामा रहेर विद्यालयको शैक्षिक तथा पूर्वाधारको गुणस्तमा बृद्धि तथा बिकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।   

काठमाडौं:   भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ ।   दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ ।    जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।    सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ ।    यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।      यसअघि फिल्म ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित फिल्म बनेको छ । टिजरले यो प्रतिक्षालाई अझै बढाएको छ । 

पोखरा:   लमजुङको जिताकोटमा सम्पन्न विष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ रनिङ शिल्डको उपाधि पोखराको गन्नी एफसीले जितको छ ।   जिताकोट गोल्डेन फ्युचर युवा क्लबद्वारा साउने संक्रान्तिको अवसरमा आयोजित फाइनल खेलमा सुन्दरबजार एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो ।   उपाधिसँगै गन्नीले (१ सय तोला बराबरको चाँदीको) रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १५ हजार प्राप्त गर्याे ।     यस्तै उपाविजेता बनेको सुन्दरबजारले मेडल र प्रमाणपत्रसहित नगद रु ७० हजार प्राप्त गर्याे ।   सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नीका अनुज भण्डारी घोषित भए ।   यस्तै सर्वाधिक गोलकर्ताका रुपमा १० गोल गरेका रोशन क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आकाश रानाभाट घोषित भए ।   कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा  फेयर प्लेको ट्रफी १० हजारसहित केवाइसी खमारीबोटले जितेको थियो ।    विजेता तथा उपविजेता टोलीलाई मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पाेखरा:    अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्।   सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ,   त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ।   यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ।   यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ।   मौसमजन्य विपदका कारण  राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।