पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

चितवनको कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।   चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो ।   बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पहिरो पन्छाउने क्रम शुरु भए पनि पानी परिरहेकोले समस्या भएको छ ।   थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।  

बागलुङ:    बागलुङ बडिगाड गाउँपालिकामा वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् ।  बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी शारधा प्रसाद चौधरीले बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिए ।  घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेकाे छ । प्रहरीका अनुसार अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।

काठमाडौं:     निजी क्षेत्रका छाता सङ्गठनले नेपाल राष्ट्र बैंकले हिजो आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले चालु आर्थिक वर्षका लागि हिजो राष्ट्र बैंकले सार्वजनिक गरेको नीति समय अनुकूल नभएको बताएका हुन् । संयुक्त विज्ञप्ति निकालेर उनीहरूले उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरूको सामना गर्ने गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थतन्त्रलाई मन्दीको अवस्थाबाट उकास्न सहयोग नपुग्ने नीति आएको बताएका हुन् । गएको आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण लक्ष्य १२ दशमलव छ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षका लागि यस्तो लक्ष्य साढे ११ प्रतिशतमा झारिएको छ । यसरी निजी क्षेत्रमा विस्तार हुने कर्जा सङ्कुचित गर्दा बजेटमार्फत सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन निजी क्षेत्रको ठहर छ । मौद्रिक नीतिले ब्याजदर नियन्त्रणमा पहलकदमी लिन नसकेको, कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न दिइनुपर्ने, पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने लगायतका माग पनि पूरा नभएको उनीहरूको भनाइ छ । यस्तै ठूला ऋणीहरूको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने व्यवस्थाले निजी क्षेत्र निरुत्साहित हुनसक्ने आशङ्का जन्माएको पनि विज्ञप्तिमा उल्लेख छ । वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको कार्यदिशा हुने व्यवस्था समेटिए पनि के सुविधा दिने भन्ने प्रष्ट नभएको निजी क्षेत्रले जनाएको छ । समग्रमा अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाई अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन नसकेको उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सको ठहर छ ।    

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो  । साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा तपाईँहरूको साथ आवश्यक रहेको बताउनुभयो । यसैगरी, सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाउनुभयो । कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व। सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

ढोरपाटन:   ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावापानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरू शीतलताका लागि बर्खायाममा ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै पुगे पनि उत्तरगङ्गा नदी तर्न गाह्रो पर्छ ।  हरेक वर्षातको समयमा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारीपट्टीका सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायतका ठाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्ने बाध्यता छ । विशेषगरी सेलपाखे र सिकार आरक्ष क्षेत्र घुम्न अतिउपयुक्त मानिन्छ । पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यी ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् । बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो, तर उत्तरगङ्गामा पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । उत्तरगङ्गा नदी हिउँदमा वारपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहजरुपमा वारपार गर्न सक्छन् । केही दिनदेखिको वर्षाले उत्तरगङ्गा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यतिबेला वनफूलसँगै विभिन्न प्रकारका फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटक लोभिने गरेका छन् । उत्तरगङ्गा नदीमा पुलको माग गरेको बर्षौँ भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय कुलबहादुर सुनारले बताउनुभयो । उहाँले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक सिकार आरक्ष कार्यालय क्षेत्र तथा ठुलो समरथर मैदानमा पुग्नसक्ने बताउनुभयो । सुनारले भन्नुभयो, “ढोरपाटन मोटरबाटले जोडिएदेखि हामी यहाँका गाउँलेले सरकारलाई धेरैपटक पुल बनाउनका लागि माग ग¥यौँ, तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन, मान्छे तर्ने झोलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारी पुग्नुपर्ने अवस्था छ ।” ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तरगङ्गा नदीमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताउनुभयो । हिउँदको समयमा कुनै समस्या नपर्ने र बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा नवी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको बताउनुभयो । डिपिआर तयार गर्दा नगरपालिकाले रु १० लाख खर्च गरेको उपप्रमुख कायतको भनाइ छ । “ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूलाठूला विकास निर्माणका काम हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालका लागि उत्तरगङ्गामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “पुल नबन्दा ढोरपाटन पुगेका हजारौँ पर्यटक वास्तविक ढोरपाटन देख्न र घुम्नबाट वञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।” ढोरपाटन पुग्न छैन सहज बुर्तिबाङ बजारदेखि बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधन बीचबाटोमै बिग्रने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताउनुभयो । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउनुहुन्छ । यो सडक राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गतको सालझन्डी–ढोरपाटन आयोजनाअन्तरगत पर्छ । सडकले रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहजरुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउ तथा मान्छेलाई लेकबेँसी गर्न सकस पर्ने पुनको भनाइ छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- १३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्।   पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।   परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए। यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।   पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

काठमाडौं:   सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।   प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।   केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।   बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।   लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

पर्सा:   पर्सामा सर्ट गनमा प्रयोग हुने १९ राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भारतको बिहारस्थित पश्चिम चम्पारण, लगुन्नाहका २२ वर्षीय मुरारी कुमार छन् ।   आइतबार राति वीरगन्ज महानगरपालिका–८, भानुचोकबाट उनलाई नियन्त्रणमा लिइएको हाे ।      प्रहरीले जाँच गर्न खोज्दा आफूले बोकेको झोला फालेर उनी फरार भएका थिए । झोला तलासी गर्दा उक्त गोली फेलापरेको प्रहरीले जनाएको छ ।   तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट उनको खोजीमा संयुक्त टोली खटिएको थियो । वीरगन्ज महानगरपालिकास्थित प्रभु अस्पतालनजिकै भाग्दै गरेको अवस्थामा फेला पारी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

सुनसरी:   सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा गत २९ गते शुक्रबार युवतीहरूबीच भएको ‘ग्याङ फाइट’को भिडियो भाइरल बन्यो ।   त्यसपछि कुटपिटमा संलग्न पाँचै जनालाई सुनसरी प्रहरीले अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।    यसैबीच ग्याङ फाइट गर्ने उनीहरु छिमेकी रहेको र पिकनिकको बेला मादक पदार्थ (निगार) सेवन गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी प्रभु ढकालका अनुसार सोही समयमा ब्याइफ्रेण्डको विषयलाई लिएर एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो ।   ‘८ जना नै छिमेकी रहेछन्, मिलेर पिकनिक खान आएको देखियो,’ एसपी ढकालले भने, ‘पिकनिक खाइसकेपछि झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेका रहेछन् ।’   त्यसपछि सुनसरी प्रहरीले पाँचै जनालाई पक्राउ गरिसकेको छ ।    पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राई छन् ।   ति पाँच जनाको कुटाइ खाएका अर्काे समुहको तीन जनाले घटना गुपचुप राखेको एसपी ढकालले बताए ।    ‘ग्याङ फाइटपछि सबै मिलेर घर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ ढकालले भने, ‘एक स्थानीयले भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि परिवारका सदस्यले थाहा पाएर जाहेरी परेको हो ।’   पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।