पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

पोखरा:   फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर रहेका छन् ।   उनी अन्य तीन जना साथीहरुसँग पौडी खेल्न खोला पुगेका थिए । तर डुबेर बेपत्ता भएपछि बैदान प्रहरीलाई खबर पुगेको थियो ।   त्यसपछि वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणको गोताखोरसहितको टोलीले पानीभित्र खोँचमा डुबेको अवस्थामा करिब ६ बजे बेलुकी फेला पारेकोे थियो ।    हाल पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसअघि गत बैशाख १६ गते शनिबारकै दिन पौडी खेल्ने क्रममा सोही खोलामा डुबेर पोखरा १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको ज्यान गएको थियो ।  

पोखरा: पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।   सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए । यसैगरी सदस्यमा ईन्द्र बहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त दूई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।   वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । समितिको सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए ।   यसअगाडि संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा बोल्दै गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर आफ्नो रहेको बताए ।  ‘गीतको लागि आवश्यक पर्ने तीन तत्व एकसाथ देख्ने रहर छ सबै टीमको तालमेल नभएर गीत राम्रो भएन’ उनले भने ।   सांगीतिक क्षेत्र अव्यवस्थित भएकोले संगठित हुनुपर्नेमा गीतकार समेतर रहेका श्रेष्ठले जोड दिए । कलाकारको आम्दानीको श्रोत पहिला भन्दा घटेको र हुने गरेका स्टेज कार्यक्रमा समेत केही व्यक्तिको मात्र पहुँच पुग्दासमस्या भएको औल्याए । केही राम्रा कार्यक्रम ल्याएर पोखराको सांगीतिक क्षेत्रमा नयाँ भाइब्स ल्याउनुपर्नेमा उनको जोड थियो । संस्थागत रुपमा संवाद र संगत गर्दै अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने भनाई समेत उनले राखे ।   संघका सल्लाहकार शेरबहादुर गुरुङले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानमा पोखरा सांगीतिक कलाकार संघमा आवद्ध संगीतकर्मी पुग्न नसक्नु दुःखद भएको बताए । आगामी दिनमा ती प्रतिष्ठानहरुमा संघको प्रतिनिधित्व हुने हिसाबले अगाडि बढ्न समेत उनले नयाँ कार्यसमितिलाई सुझाब दिए । अर्का सल्लाहकार ज्ञान बहादुर थापाले कलाकार राज्यको सम्पत्ति भएपनि राज्यले हेर्ने दृष्टिकोण कलाकारमैत्री नभएको गुनासो गरे ।     पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्क बहादुर थापा क्षेत्री (सुनिल थापा) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कराज गुरुङले गरेका थिए । राजेन्द्र अधिकारीले पेश गरेको सचिवको प्रतिवेदन र  शान्तरत्न बज्राचार्यले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र अधिकारीले गरेका थिए ।   आजभन्दा झण्डै १८ वर्ष अगाडि स्थापना भएको संघमा हाल पोखराका ३८ जना संगीतकर्मी सदस्य रहेका छन् । हालसम्म संघको नेतृत्व दीपक भट्टराई, श्यामशुङ तामाङ र हर्क बहादुर थापा क्षेत्रीले कुशलतापूर्वक पुरा गरेका छन् । सबैको साथ सहयोगमा संघलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष हर्कराज गुरुङले गरेका छन् ।  

पोखरा: पूर्व स्वास्थ्य मन्त्री तथा माननीय गगन थापाले रोगको उपचारात्मक उपायहरूभन्दा निवारक उपायहरूको आवश्यकतालाई प्राथमिकतामा राखी लगानी गर्नु जरुरी रहेको बताए ।  नेपाली युथ फिट्नेस ऐकेडेमीले आभ्या क्लवसँगको सहकार्यमा सञ्चालित १० हप्ताको पर्सनल ट्रेनिङ कोर्स समापन समारोहमा माननीय थापाले पाँचौ व्याजका उत्तीर्ण १८ जना सहभागीलाई प्रमाणपत्र विरतरण गर्दै भने, डाक्टरले भन्दा व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकमार्फत् व्यायामका सुझाव र निर्देशनहरू पालना गर्नु उचित हुन्छ । नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन गर्न एनवाइएफए संस्थासँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता माननीय थापाले गरे ।  थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० मा भने नियमित स्वास्थ्य सेवासँगै ३० प्रतिशत कम मूल्यमा फार्मेसी सेवा, मनोचिकित्सकीय सेवा प्रदान गरिएको छ ।  एनवाइएफएका संस्थापक अध्यक्ष सुकदेव कार्कीले शारीरिक व्यायाम क्षेत्रमा अध्ययनको महत्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न र रोजगारका अवसर सिर्जना गर्नका लागि क्लवसँग विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको जानकारी दिए ।  कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद माननीय प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, आभ्या क्लवका संस्थापक किरण केसी, पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष किरण बराल, वडा नं. २६ का वडा अध्यक्ष नरेन थापा,  कास्की जिल्ला शारीरिक सुगठन सङ्घका अध्यक्ष वैभव पौडेल,  कास्की जिल्ला पावर लिफ्टििङ सङघ अध्यक्ष हस्सन गुरुङ,  अभ्या क्लवका प्रबन्ध निर्देशक निरोज लामा, अन्तर्राष्ट्रिय शारीरिक सुगठटन खेलाडी कमल भण्डारी, पोषिलो फुड्सका प्रबन्ध निर्देशक पृथ्वीकल्याण पराजुलीले पाँचौ व्याजका उत्तीर्ण प्रशिक्षार्थीलाई हार्दिक बधाईसहित उज्जव भविष्यको शुभकामना दिएका थिए ।  पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्यसहित २० रोपनी जग्गामा आभ्या क्लव स्थापना भएको हो । १५ करोडको लगानीमा सन् २०१८ देखि सर्वाङ्गिण स्वास्थ्य तन्दुरुस्ती तथा लोकहितलाई ध्यान दिएर क्लवले सेवा दिइरहेको छ ।  शारीरिक तन्दुरस्तीसँगै मानवमन, आत्मा र शरीरको समग्र हित शुद्धीकरण र सवलीकरणमा जोड दिएको छ ।    पाँचौ व्याजका २१ जना मध्ये ७ जना ए ग्रेड, ११ जना बि ग्रेडमा उत्तीर्ण भएका छन भने ३ जनाले छैटौँ व्याजका विद्यार्थीसँग पुन परीक्षा दिनु पर्ने छ । नेपालगञ्जबाट अध्ययनका लागि आएका प्रकाश कठायतले सर्वोकृष्ट स्थान हासिल गरेका छन् । एनवाइएफएका अध्यक्ष सुकदेव कार्कीको सभापतित्वमा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।   

काठमाण्डौ: काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।   नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।   बूढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।   आवेदकले आधारभूत तहको लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तहको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।   त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन् । 

पोखरा महानगरपालिकाले आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेको छ ।   पृथ्वी चोकदेखि सेती पुलसम्मका सडक छेउमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ।   जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार पार्किङ निषेध गरेको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिनुभयो ।   बसपार्क भित्र भोलिदेखि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे समेत गरी कम्तीमा एक सय ५० वटा गाडी पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।  

महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्।   प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।   शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।   घाइते अवस्थामा देखेपछि डिएसपी यादवलाई अस्पताल पुर्‍याइएको उनले बताए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ।   अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन।   घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ।

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।   शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई  इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।   ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्।    त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्।   सूची:  

नेपाल(भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।   मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन ।   ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।   घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।   भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।   नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।

पोखरा:    नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।   एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।   सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी  हुँदै  पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।    समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् ।   उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् ।   थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् ।   सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी  र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।