पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।   असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए ।   व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।   सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए ।   उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिनुभयो । ‘न त सडक छ, न त कोल्डस्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ’, कृषक अकबरसिंह धामीले भने ।   बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ । ‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ, व्यासवासीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भने ।  

पाल्पा:  पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ ।   रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।   फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।   प्रहरी चौकी हुगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर अनुसन्धान सुरु गरेको छ ।

हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ ।   उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।     उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको हो।   महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिए।   करिब चार दशक पुरानो हेटौँडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको हो।  

सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।    शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका(२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो। विराटनगर महानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो।   उनी र अर्का एक जना युवती साथी तमोर पुगेर मोटरसाइकलमा विराटनगर फर्किँदै थिए। इटहरी(धरान सडकखण्डको बीच जंगलमा पुगेपछि उनीहरू पानी खान रोकिएका थिए। त्यसैबीच तीन जना पुरूष जंगलबाट आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले जानकारी दिए।     डिएसपी राईका अनुसार तीन जना पुरूषले खुकुरी र पेस्तोल बोकेका थिए।  उनीहरूले ती युवतीले लगाएको सुनका गहना लुट्ने प्रयास गरे। तर चौधरीले त्‍यसको प्रतिकार गरेका थिए।    ‘लुटेरा समूहले सुन लुट्न खोजेको देखिन्छ। युवकले प्रतिकार गरेपछि लुटेरा समूहले गोली हानेको देखिन्छ,’ डिएसपी राईले भने। चौधरीको दाहिने कुममा गोली लागेको थियो। युवती सकुशल छिन्। गोली हानेपछि लुटेरा समूह जंगल पसेर भागेको डिएसपी राईले बताए।   ‘युवतीलाई केही भएको छैन। घटना भएपछि हारगुहार गरी एम्बुलेन्स बोलाएर युवकलाई अस्पतालमा पुर्‍याइएको थियो,’ उनले भने। चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ। 

सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।   शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।   जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकलमा चार जना सवार थिए। दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।   उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको डिएसपी राजकुमार राईले जानकारी दिए।   दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ।   दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी  राईले जानकारी दिए।

जुम्ला: जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ ।   गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ ।   आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’   गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ ।   आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’   गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।

पोखरा:  पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ ।   ग​ १९ प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।   बिहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना  घाइते भएका हुन् ।   उनीहरुको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको छ । दुवै जना अचेत अवस्थामा छन् ।

इटहरी:   सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ।   शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।   गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए।   चौधरी मोटरसाइकलमा धनकुटाबाट विराटनगरतर्फ जाँदै थिए। उनको पछाडि एक युवती पनि थिइन्।   ढकालका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गो?ली प्रहार गरेका थिए।   गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ।   युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएको हो।   धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ।   घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।

धरान:   कोशी राजमार्गकाे धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरी गोली प्रहार भएको छ।   हतियारी समूहले विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी र सुमना खत्रीलाई लुटपाट गरी गोली प्रहार गरेको हो।   गोली प्रहारबाट रोहित गम्भीर घाइते छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार छातीमा गोली लागेका रोहितको अवस्था ज्यादै चिन्ताजनक छ।   रोहित र सुमना प्रेमी प्रेमिका भएको बताइएको छ। दुवै धनकुटा घुमेर मोटरसाइकलमा विराटनगर फर्कने क्रममा यो घटना भएको हो।   सुमनाका अनुसार सेउती पुल कटेपछि दक्षिणतर्फ मोटरसाइकल रोकेर पानी पिउँदै गरेका थिए। सोही बेला पैदल आएका ३ जनाको समूहले लुटपाट गरी गोली प्रहार गरेका हुन्। उनीहरुको साथबाट सुनको सिक्री, पर्स, मोबाइललगायत उक्त समूहले लुटेर लगेका छन्।   हतियारधारी समूहमा २ जनाको साथमा खुकुरी र एक जनाको साथमा पेस्तोल भएको पनि सुमनाले प्रहरीलाई प्रारम्भिक जानकारी दिएकी छिन्। घटना दिउँसो साढे ५ तिर भएको हो। सुमनाको अवस्था सामान्य भएपनि मानसिकरुपमा उनी विक्षिप्त छिन्। घाइते अवस्थामा रहेका रोहितलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याएकी हुन्।