पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

पोखरा:  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अबको ४ वर्षभित्र पोखरामा व्यवस्थित बसपार्क बन्ने बताएका छन् ।   महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा आज (शुक्रबार) उठेको प्रश्नमा जवाफिदै मेयर आचार्यले यस्तो प्रतिवद्धता जनाएका हुन् ।   कार्यक्रममा सहभागी स्थानीयले ‘पोखरामा व्यवस्थित बसपार्क कहिल्यै नबन्ने हो मेयर साब ?’ भन्ने प्रश्न गरेका थिए । सोही प्रश्नको प्रतिउत्तर दिदैं मेयर आचार्यले भने, ‘यो चार वर्षमा बसपार्क बन्छ, त्यो नोट गरिराख्नुहोला ।’   उनले व्यवस्थित बसपार्कका लागि शहरी नगर विकास कोषसँग सम्झौता भएको बताए ।     ‘पुरानो बसपार्कलाई पूर्ण र व्यवस्थित बसपार्क बनाउनका लागि शहरी नगर विकास कोष (टाउन प्लानिङ फण्ड) सँग साझेदारीसहित सम्झौता गरिसकेका छौ र त्यसको गुरुयोजना (फुल फेजको डिपिआर) तयार हुदैछ,’ उनले भने ।   उनले विगत ३०/४० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दाको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । ‘भूमी आयोगसँग मिलेर हामीले उहाँहरुलाई निस्सा पनि दिइसकेका छौ, मेयर आचार्यले भने, ‘उहाँहरुलाई समुचित व्यवस्थापन गरेर बसपार्क निर्माणको कामलाई अघि बढाउछौ ।’   उनले बस्ती बाहेकका ठाउँमा प्रदेश सरकारले निर्माण गर्न सुरु गरेपनि महानगरले रोकेको स्पष्ट पारे ।   ‘बस्ती नभएको ठाउँमा प्रदेश सरकारले काम गरेको छ त्यतिले पुग्दैन त्यसैले त्यो हामीले रोकेका छौ, मेयर आचार्यले भने, ‘बाँकी भको ८४ रोपनी जग्गामा मात्रै बसपार्क बनाएर पुग्दैन । हामी अहिले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ ।’   

पोखरा:   कञ्चन क्यापिटल प्रालिको प्रस्तुतीमा पोखरामा तेस्रो संस्करणको डायमण्ड मेला आयोजना गर्ने भएको छ ।    पालिखेचोकस्थित पञ्चरत्न आभूषणमा आगामी ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए ।   उनका अनुसार एक हप्ता सञ्चालन हुने मेला अवधिभर डायमण्ड खरिदमा विशेष छुट दिइने छ ।      ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौ, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा गराउने साथै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं ।’   मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म सञ्चालन हुने पञ्चरत्न आभूषण प्रालिका अध्यक्ष शोभितमान बुद्धाचार्यले जानकारी दिए ।   

काठमाडौं:   आईएसएफ वर्ल्स स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ।   प्रतियोगिता जुलाइ २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ।   खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, येशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापा मगर रहेका छन्।   रमेशबहादुर कटुवालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल छन्।   टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे।   सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्य समेत रहेका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।  

पर्वत:     पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते हुनुभएको थियो । उहाँहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।  घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पु¥याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् । त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उहाँकी छोरी ३० वर्षीया रेखा सुनार घाइते हुनुभएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिनुभयो । उहाँहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाँको भनाइ थियो । चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्यतको मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो । 

रोल्पा:    रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ । गए राति चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।  चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उनले बताए । 

जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।   राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी ९स्याङ्जा० र गिरीराज आचार्य (धरान) लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए। मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो।    पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ। उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ।

चितवन :  चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो ।    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।   बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।  

काठमाण्डौ: आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।   काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।   काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ महानरभित्र मात्रै दैनिक साढे ६ सय टन फोहर निस्कन्छ । सहमति पछि पनि फोहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उहाँको भनाइ छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो ।​   महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने  जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फोहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको उहाँको भनाइ छ ।   स्थानीयबासिन्दाले भने सरकारले फोहरको राम्रो व्यवस्थापन नगरेसम्म अवरोध नहट्ने बताएका धादिङको धुनिबेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । उनीहरुले फोहरलाई पूरै माटोले छोप्न र दुर्गन्ध फैलिनबाट रोकेपछि मात्रै फोहर लैजान दिने बताएका नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले  बताउनुभयो ।   

गलकोट:     कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट ताराखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो । स्थानीय तहपछि ताराखोलामा बिस्तारै विकासको ढोका खुल्न थाल्यो । दुर्गम गाउँपालिकाका रूपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ । गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ । गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ । दश किमी सडकमध्ये अहिले छ किमी सडक कालोपत्र भइसकेको छ । गाउँपालिकामा नै पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताउनुभयो ।    “गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भन्नुभयो, “अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगामी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् ।” सडकको ट्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका–५ बिउँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझखर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ । त्यसमध्ये अहिले ताराखोला–सरपाण्डी–खरिखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत  कालोपत्रको चरणमा छ । गाउँपालिकाको पहिलो प्राथमिकताका रूपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ । उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन् । ताराखोला–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिनुभयो । गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेको माझखर्कका रोकामगरको भनाइ छ । उहाँले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गर्नुभयो । पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मङ्सिर ४ गते रु २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो । वि।सं। २०७९ मङ्सिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मङ्सिरसम्म म्याद थप गरिएको छ । उक्त सडक खण्डको छ किमी कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमी सडक कालोपत्र गरिनेछ । अहिले भइरहेको कालोपत्रमा पुनः अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँले बर्खा लगत्तै बाँकी रहेको चार किमी सडक कालोपत्रको काम थालिने बताउनुभयो । ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको बताउनुभयो । मौसमले साथ दिएमा आगामी मङ्सिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताउनुभयो । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ । निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको छ । गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ ।