पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

विदेशी पर्यटन भित्रँदा भएको आम्दानीभन्दा नेपालीले विदेश घुम्दा दोब्बर खर्च गरेका छन् ।    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन्।    गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए।   सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा रु ५८ अर्ब छ करोड आम्दानी भएको छ।  जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो।    गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट रु २९ अर्ब ८८ करोड आम्दानी भएको थियो।   यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड बाहिर लगेका छन्। गत वर्षको सोही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड बराबर थियो।

मुस्ताङ:  तामाङ सेलोमा आधारित ‘मुस्ताङ्गे नानी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।   गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीतमा निर्मित म्युजिक भिडियो एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।   उक्त म्युजिक भिडियोको निर्देशन र सम्पादन सुरज श्रेष्ठले गरेका छन् ।        उक्त गीत पूर्व गण्डकी प्रदेश सभा सदस्य लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका इन्द्रधारा बिष्टले यो गीत दुई बर्ष अघि लेखेका थिए । तर अहिले आएर मात्रै श्रव्यदृष्यमा समेटिएको विष्टले बताए ।    उनका अनुसार गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ ।    उनले विशेषगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको सुनाए ।  यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउँ’ गरी दुई गीत बजारमा ल्याइसकेका छन् ।   टिममा को-को छन् ?   किमी छ्योक्योङ गुरुङल निर्माता रहेको एसटु प्रोडक्सन प्रालिको प्रस्तुतीमा निर्मित गीतमा विश्व दोङले आवाज भरेका छन् भने नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको अभिनय रहेको छ ।    गीतको एरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् ।   गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मेकअप आर्टिस्टका रुपमा मञ्जु श्रेष्ठले सिंगारेका छन् भने गीतको कोरियोग्राफी भने एमडी सुुवास गुरु हुन् ।   म्युजिक भिडियोको कोरसमा महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।  

काठमाण्डौ: दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदै हुनुहुन्छ ।   सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो ।   प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटमा लुले पाँच सय मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई देशबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।   यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गर्नुभएको थियो । एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु चार महिनाअघि पनि लु नेपाल आउनुभएको थियो ।

काठमाण्डौ: सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ ।    आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।   उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।   ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।

दैलेख: दैलेखमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।    नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर ज्यान गएको नौमूले–८ का वडाध्यक्ष दीपक हमालले जानकारी दिनुभयो ।    उहाँका अनुसार सदरमुकाम दैलेख बजारबाट घर जाँदै गरेका रिमाल हिजो बिहीवार बेलुका झिल्के नजिक भिरबाट चिप्लिएर लोहोरे खोलामा खस्नु भएको थियो । आज शुक्रवार बिहान आठ किलोमिटर पर रिमालको शव भेटिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।    रिमाल सातमुले सहकारी संस्था तथा अरनिको मावि गिरखानीको विद्यालय व्यवस्थापन सदस्यलगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।

बर्दिया:  पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको बबई पुल नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।    प्र २–०३–००१ त ४८९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका २६ वर्षीय मनबहादुर थारुको ज्यान गएको र वडा नम्बर–१ भुरिगाउँका योगेश थारु घाइते भएका इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।    घाइते योगेश थारुलाई थप उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

दमौली: मेरा इनार, न त सत्तल पाटी केही छन्  जे चिज र धनहरू छन् घरभित्र नै छन्  त्यस घाँसीले कसरी आज दियेछ अर्ति  धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो । भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।” पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।” भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।” पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’  चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु एक लाख २७ हजारको क्षति भएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।  भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताउनुभयो । भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन । आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं ।” भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ ।  दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ ।

काठमाडौं:     आज २१० औँ भानुजयन्ती । आज देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ ।    नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका  आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।  विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु(याउन सक्नुभएको छ ।  यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महìव आज पनि उत्तिकै छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगत्का चम्किला तारा मानिनुहुने भानुभक्तको  मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो ।  

चितवन:     चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।