पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।  स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगले मस्तिष्कमा असर गरेका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

पोखरा:   गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा भोलि (शुक्रबार) बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ ।   

पोखरा: पोखरा १० बुद्धचोक स्थित सोसल पब्लिक स्कूलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।   २०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता आयोजकले नै जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा प्रतियोगिताको आयोजक सोसल पव्लिकले वेलनन एकेडेमी सम्मिलित टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।   उपाधि संगै सोसल पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   सोसल पव्लिकमा बाल कक्षा देखि १२ कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको छ । सो विद्यालयमा कक्षा ११–१२ अन्तर्गत होटल म्यानेजमेन्ट र कम्पूयुटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए । 

छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ।   जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो। दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो।   बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा २२० को उपदफा २ ९क० मा जन्माउने आमा छोरा वा बाबु छोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था गरिएको छ। दफा २१९ को उपदफा ३ ९ङ० मा १८ वा त्यसभन्दा बढी उमेरको महिलालाई करणी गरेमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।    आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले अस्पताल निर्माणको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।   सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ९ एक अर्ब २५ करोड ४० लाख रुपैयाँ० लगानी गरिने भएको छ  । आउँदो पाँच वर्ष ९सन् २०२७० सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको यो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०, मध्यपुर थिमि नगपालिका र यो अस्पतालले संयुक्त रहने भएको छ।   सम्झौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।   नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल नागरिकका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो । द्विपक्षीय कुटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उहाँको भनाइ छ ।    अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनु भयो । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताउनुभयो ।    यो पनि पढ्नुहोस   भक्तपुरको गाईजात्रा सम्पन्न भक्तपुरमा पञ्चदान पर्व मनाइँदै

विराटनगर:  जिल्ला प्रहरी कार्यालय मोरङले साइकलयात्रीलाई मुक्का प्रहार गरेको एक युवकलाई पक्राउ गरेको छ ।   मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय आयुष भेटवाल रहेका छन् ।   उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेको स्पष्ट भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए ।   गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।    अहिले फरार रहेका कुशल भेटुवाल र रोशन कार्काीलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।    पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    पीडित साहको स्वास्थ्य अवस्था उपचारपछि सामान्य रहेको छ ।  

काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।   महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।   उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो।    अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं, उनले भने, कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं। ​ यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।

सोलुखुम्बु:   मनाङ एयरको हेलिकप्टर दुर्घटनामा हुदाँ ६ जनाको मृत्यु भएको छ ।    मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको थियो ।    कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार उक्त दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको हो ।    मुत्यु हुनेमा हेलिकप्टर पाइलट चेतबहादुर गुरूङ र मेक्सिकन नागरिक फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन् ।   प्रारम्भिक अनुसान्धानको क्रममा हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।   बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो ।   

काठमाडौँ:  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।   आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै  मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यसको स्थायी समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।   सांसद तुलप्रसाद विश्वकर्माले जुम्लाको मुकुन्द नेपाली र बसन्ती देवीबीचको प्रेम विवाहलाई लिएर उनका दाजुले मुकुन्दको घरमा आगजनी गरेको, दाङ घोराहीमा दुई विद्यार्थीलाई दलित भन्ने थाहा भएपछि घरबाट निकालिएको र बाँकेमा धनकली सुनारलाई छिमेकी भुवन बुढाले सामान्य विवादमा हातपात गर्ने कामप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।    सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको सुर्खेत उपत्यकाका जनताले पानी खान नपाएकाले जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै  र त्यसमा पानी परियोजना तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।   सांसद नारायणदत्त मिश्रले समयमै मलको पर्याप्त व्यवस्था नहुँदा किसानहरु प्रभावित भएको र कैलालीमा पानी नपर्दा जनता मर्माहत भएकोप्रति सरकारलाई जानकारी गराउनुभयो ।   सांसद नारायणप्रसाद दाहालले असार १५ पछि किसानको धान रोप्ने चटारो हुनुपर्ने अवस्थामा धेरै स्थानमा पानी अभावका कारण धान रोप्न नपाएको उल्लेख गर्दै चितवनका जनताले पनि पानी अभावका कारण धान रोप्न नपाएको बताउनुभयो ।   सांसद मदनकुमारी शाहले देश निर्माण गर्नका लागि अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसका लागि सबैको ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद सुरेशकुमार आलेमगरले राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को जनगणनामा पुनलाई मगरबाट र मालीलाई नेवारबाट अलग बनाएर छुट्टै जाति बनाएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सच्याउन माग गर्नुभयो । रासस