पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

धादिङ:   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उहाँ सर्वसम्मत बन्नुभएको हो । उहाँ प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा हुनुहुन्थ्यो । लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत हुनुभएको छ । साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शङ्कर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ । प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बन्नुभएको छ । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (साङ्गठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष ९खुला० पदमा तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन । सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने बताइएको छ ।  यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । शुक्रबार राति नै मनोनयन दर्ता खुला गर्ने कार्यतालिका भए पनि सर्वसम्मतको कसरतले आज दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुला गरिएको थियो । सर्वसम्मत नभएका पदको आज अबेरसम्म भए पनि मतदान गराइने निर्वाचन समितिले जनाएको छ ।  

पोखरा:  पोखरामा हात र घाटीमा ट्याटु भएको एक पुरुषको शवको पहिचान हुन सकेको छैन ।  पोखरा महानगरपालिका ५ मालेपाटन स्थित कालिका पेट्रोल पम्प नजिक नाम थर नखुलेको पुरुषलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याएको थियो ।  घाइते अवस्थामा उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएपनि उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।  वेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतको घाटीमा केलीन लेखिएको सानो अक्षरको ट्याटु र हातमा स्टार ट्याटु रहेको छ ।     

काठमाडौं:   आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हराएको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो । तर कुवेत ३० ओभर ५ बलमा एक सय रनमा अलआउट भयो । कुवेतका क्रिस्टोफर सालधानाले २६ रन तथा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २र२ विकेट लिए । त्यसअघि युएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र अर्जुनको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए । कुबेत पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।  

काठमाडौं:   आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । नेपालका देव खनाल र अर्जुन कुमालले कीर्तिमानी शतकीय पारी खेलेका छन् । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र खनालको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए । कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।

पोखरा:   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

पोखरा:   माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङबाट कुटिएको भन्दै वडाकै सब–इन्जिनियर लक्ष्मण जिसी प्रहरीसमक्ष पुगेका छन् ।  जिसीले कारवाहीकालागि निवेदन दिएपछि हिजै छलफल भएपनि ठोस निर्णय भएको छैन । यसैबीच, कर्मचारीहरुले गाउँपालिकामा ‘पेनडाउन’सम्मको घोषणा गरेका छन् ।  वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने सबइन्जिनियर जिसी नेकपा एमाले समिर्थित हुन् । जिसीले नेताहरुलाई बधाई एवं शुभकामना दिन ‘हाम्रो गौरवशाली पार्टी नेकपा एमाले’ भनेर सम्बोधन गर्छन् ।  सम्भवतः राजनीतिक आस्थाकै कारण शुक्रबारको घटना घट्न पुगेको अनुमान गरिन्छ । यद्यपि, वडाध्यक्ष र जिसीबीच यसअघिदेखि नै सम्बन्ध अनुकुल हुन नसकेको स्थानीयको भनाई छ ।  यस विषयलाई आइतबार गाउँपालिकामा सबै बसेर टुंगोमा पुर्‍याउने गाउँपालिकाका प्रवक्ता गणेश आचार्य बताउँछन् ।   ‘हामीले जिसीका परिवासँग पनि भेटघाट गरेका छौं, सम्बन्धलाई सुधार गर्दै जाने वातावरण बन्नेमा आशावादी छौं, यहाँको निष्कर्ष प्रहरीसमक्ष पुर्‍याई विवाद सल्टाउन लाग्नेछौं’ प्रवक्ता आचार्यले भने ।  यही प्रकरणमा मुछिएको दुई पात्रका भनाई संक्षेपमाः   लक्ष्मण जिसी सब–इन्जिनियर, माछापुच्छ्रे गाउँपालिका मलाई वडाध्यक्ष राम गुरुङले कुटेका हुन् । शुक्रबार म माथि नियतवश कुटपिट भएपछि प्रहरीमा उजुरी दिएको हुँ । मेरो काम प्राविधिक भएकाले फिल्डमा खटिइरहनुपर्छ, त्यसैकारण ठ्याक्कै १० बजे कार्यालय पुग्न सकिँदैन । शुक्रबार पनि यही निहुँमा म कुटिएको हुँ । कुटाइबाट नाकको माथि चोट पुगेको छ । शरिरको अन्य भागमा पनि पीडा भएको छ ।  प्राविधिक काम भएकाले बिहानै काममा निस्कने गरेको छु, सोही कारण समयमै कार्यालय पुग्न कहिलेकाही भ्याइन्न ।  त्यसदिन एउटा गाउँको लागत इस्टिमेट दिएर मलाई बिल बनाउन भनिएको थियो तर मैले नापजाँच नगरी बिल बनाउँन मिल्दैन भनेपछि म माथि अध्यक्ष गुरुङ जाइलागे । वडाध्यक्षको स्वार्थविपरित काम नगर्दा म माथि हातपात भएको हो ।  म ८ नम्बर वडाको प्राविधिक हुँ । त्यसदिन पनि सडकको साइटमा थए । आउँदा थोरै ढिला भएको हो । ल्वाङ सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न वडाध्यक्षले भनेका थिए तर वडा कार्यालयमा सेवाग्राहीले कुरेकाले त्यो काम सकेर जान्छु भन्ने थियो तर एक्कासी कुटपिट भयो ।  म माथि भएको हातपातको विरुद्ध प्रहरीमा उजुरी दिएको छु । छलफल हुँदैछ । भोली गाउँपालिकामा पेनडाउन कार्यक्रम पनि छ । राष्ट्रसेवक कर्मचारीमाथि प्रहार भएको छ । न्याय पाउनेमा आशावादी छु ।  रामबहादुर गुरुङ, अध्यक्ष, वडा नं.८, माछापुच्छ्रे गाउँपालिका धेरै पहिल्यैदेखि सब–इन्जिनियर लक्ष्मण जिसीले विकासे काममा अवरोध गर्दै आएका छन् । जिसी कहिल्यैपनि समयमा कार्यालय आएका छैनन् । उनको आउने समय सँधै बिहान ११ बजे हो । त्यसदिन १०ः४६ मा आएका थिए । मैले होमस्टेसँग सम्बन्धित विषयमा कुरा गर्दा उनले आनाकानी गर्दै झन् चर्किए । त्यसपछि मैलेपनि ‘यस्तो तरिका ठिक हुन्न, कसैको कारण वडाबासीले दुख पाएको म सहँन्न’ भने ।  हामीसँग बजेट संकलन हुने आन्तरीक स्रोत छैन । सिंगो गाउँपालिका नै संघ र बजेटको प्रदेशमा निर्भर छ । यसर्थ, बजेट माग्न पोखरा झर्नपर्छ, यसै प्रयोजनार्थ हामी विभिन्न योजना बनाउँछौं तर जिसीले त्यसलाई फाइनल गर्नबाट पन्छिने र ढिलासुस्ती गर्नमै समय खर्चिन्छन् ।  वडाका दलित महिला सदस्यले पनि नमस्कार गर्दा नफर्काउने र रवाफिलो शैलीमा प्रस्तुत हुने गरेको सुनाउँदै आएका थिए । विशेषतः वडावासीलाई दिनुपर्ने सेवा प्रवाहमा बाराम्बार अवरोध गरिरहेका थिए ।   त्यसदिन पनि यही विषयमा चर्काचर्की भएको हो । सोहीक्रमा जिसी म भएतिर जोस्सिएर आए, म माथि प्रहार हुने ठानेपछि मैले थोरै हुत्याइदिएको हुँ, त्यसपछि उनी भित्तामा ठोक्किए । उनको नाकबाट केही रगत बगेको थियो । तर मैले कुटपिट गरेको हैन, प्रतिरक्षा गर्ने क्रममा धकेलेको भने स्वीकार्छु ।  यस विषयमा प्रहरीसँग गाउँपालिका र जिम्मेवार पदाधिकारीहरु छलफलमा छौं । यसलाई इस्यु बनाएर गाउँपालिकाकै काम रोक्ने योजना भइरहेको छ । यो सह्य हुँदैन । जे सुकै होस् तर वडा र क्षेत्रको विकासमा म बाट कुनैपनि किसिमको सम्झौता हुँदैन । यस विषयमा गाउँपालिका र वडामा पनि गएर स्थानीयको भनाई बुझ्न आग्रह गर्दछु ।

काठमाडौं:    राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ।

काठमाडौं:   राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।

नेकपा एमालेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पुस २५ गतेसम्म ‘धेरै कुरा पाक्ने’ प्रतिक्रिया जनाएका छन् ।    राष्ट्रपतिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रसँग खटपट बढेपछि बिहान बसेको सचिवालय बैठकले पार्टीबाट सुभाषचन्द्र नेम्वाङ्गलाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार चयनपछि गुरुङले उक्त प्रतिक्रिया दिएका हुन् ।    गुरुङले भनेका छन्, ‘पुस २५ गते आउन बाँकी छ, त्यतिबेलासम्म धेरै कुरा पाक्नेछ ।’ भनाइको आशयअनुसार त्यतिबेलासम्म नेपालको राजनीतिक डिस्कोर्स पुस १० कै सहमतिअनुसार अघि बढ्नसक्छ भन्ने हो ।    साथै, उनले गठबन्धन टुटेको छैन भन्दै पुस १० कै सहमतिअनुसार राष्ट्रपतिको .उम्मेदवार तय गरेको बताएका छन् ।      त्यतिञ्जेलसम्म एमाले सरकारबाट नबाहिरिने गुरुङको भनाई छ ।