पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:  पोखरा महानगरपालिका–२, अर्चलबोट ,वरपाटनमा रहेको श्री विन्ध्यवासिनी माध्यामिक विद्यालय बाट वि.स २०५३र५४ सालमा विद्यालयको अध्ययन पछी छुटेका भुतपूर्व विद्यार्थीहरुले विद्यालय छाडेको २५औं वर्ष (रजत वर्ष) को उपलक्ष्यमा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न गरेका छन । पोखरा ११ काहुं डाडा मा सम्पन्न भएको विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रममा ३७ जना पुर्व विद्यार्थी हरुको सहभागिता रहेको थियो ।कार्यक्रमको लागी पुर्व विद्यार्थीहरु बुट वल ,चितवन,दमौली र काठमाण्डौ बाट समेत पोखरा आएका थिए ।  “व्यक्तिगत जिवन र पेशाले देशका बिभिन्न ठाउ मा भएका समकंक्षी हरु समेत सहभागी हुन आएकोले पुनर्मिलन कार्यक्रम सोचेको भन्दा राम्रो बन्यो” पुनर्मिलन कार्यक्रमका संयोजक  जिवन अधिकारिले बताए ।  साथै भेलाले भविष्यमा समेत यस्ता कार्यक्रमको संयोजन तथा समुहको तर्फ बाट संभव हुने सामाजिक काममा सहकार्यको लागी ११ सदस्यीय बर पाटन समुह समेत गठन गरेको छ । प्रदिप पराजुलिको अध्यक्षतामा गठित समुहको उपाध्यक्षमा जिवन अधिकारि,द्वतिय उपाध्यक्ष सुधिर श्रेष्ठ ,सचिव धन बहादुर मगर र कोषाध्यक्ष इन्दु तामाङ रहेका छन । त्यसै गरी समुहका सदस्यहरु सुवास सैंजु,रीता अधिकारी,हरी वराल ,सुजित कार्कि,रमेश घिमिरे, र शुभ(दर्शन पुन रहेका छन ।

पोखरा:    मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा मर्मतका लागि रातिको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको छ ।    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय भएसँगै रातको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको हो गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराले जनाएको छ ।   हाललाई १० दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् । 

काठमाडौं:  सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।   नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।   दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।   अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।

पोखराः पूर्वनिर्धारित तालिकाअनुसार आज उच्च अदालत पोखरामा बालयौन दूव्र्यवहारका आरोपी पल शाहको सुनुवाइ भर्खरै सकिएको छ ।      अबको केही बेरमा सुनुवाइपछिको आदेश आउने अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् ।    ‘भर्खरै सुनुवाई सकिएको छ’ उपरजिष्ट्रार आचार्यले भने ‘साँझसम्म आदेश आउनसक्छ तर निश्चित भने छैन ।’   आचार्यका अनुसार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र डिल्लीराज आचार्यको संयुक्त इजलासमा सुनुपाई भएको हो ।    नेपाली चलचित्रका अभिनेता शाह नवलपुर अदालतको फैसलाअनुसार हाल तनहुँ कारागारमा सजाय काटिरहेका छन् ।   

तनहुँ : 'यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो। त्यसरी नपकाए पुग्थेन,' व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, 'तर अहिले ती सबै एकादेशको कथा जस्ता भए। सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो। हेर्दा हेर्दै गाउँ रित्तियो।'     भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए। उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन्। पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन्।   यस ठाउँमा उब्जाउसमेत राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ। काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उनले बताए। 'गाउँका बुढापाका सबै आफ्ना सन्तानसँगै बसाइँ सरेर गए,' गुरुङले भने, 'तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ। हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ।'   गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो। गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो।     यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौं गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ। 'गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्,' गुरुङले भने, 'हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो।'   तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ। व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०र६५ घरको ठूलो बस्ती थियो। नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन्। प्राय: गाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौंमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ। व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन्। गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले।   व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ। यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताए। गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उनले बताए।   'पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो,' नेपालीले भने, 'अहिले बेँसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन। जसोतसो दैनिक गुजारा चलेकै छ।' आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उनले बताए।   खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौंलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताए। शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए।   'श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्नेक्रम बढ्दो छ,' आलेले भने, 'त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ।' सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिएर श्रीमती र छोरालाई राखेर रोजगारीको लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताए। 'गाउँघरमा हामीले भनेजस्तो अङ्ग्रेजी शिक्षा पाएनौँ,' श्रेष्ठले भने, 'हाम्रो सन्तानले हाम्रो जस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो।' गाउँमा १२र१५ रोपनी पाखोबारी भएपनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले करिब १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गासमेत किनेको बताए।   भूगोल र आफन्तको प्रभावको आधारमा अधिकांशले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ। पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरु भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाइँ गरेर आउनेहरुको दर बढ्दो छ। ठिक्कको कमाइ गर्नेहरुको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेँसी क्षेत्रका बस्तीमा परेको छ।     प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति   बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १०  स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन। बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने स्थानीय तहहरुले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ।   व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन। आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमकारुपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक कृषक बढाउन सकेको छैन।   गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला कृषक केबी थापाले बताए। दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि करिब १५ किलोमिटर टाडा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उनले बताए। 'गाउँमा खाने पानीको लागि त विद्युत्को भर पर्नुपर्छ,' थापाले भने, 'त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ।   गाउँमा तरकारी खेती गर्ने व्यावसायिक कृषकलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ। पानी नलाग्ने क्षेत्रहरुमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने कृषक थापाले बताए।   ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ। कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ। तर उक्त नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ कृषकलाई आकर्षित गर्न सकेको छैन।   अन्य स्थानीय तहले समेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिँदैन। बिउबिजन र जोत्नको लागि हाते ट्याक्टरमा अनुदानको अलावा म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप नगद रु १० हजार दिने नीति राखेको छ। यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक कृषकको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेका छैनन्।     बसाइँसराइले हराउँदै घैया धान   बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ। चारररपाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरुमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ।   घैया घान खेती गर्नेको सङ्ख्या ह्वात्तै घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ। 'केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो,केन्द्रका प्रमुख तिवारीले भने, 'तर अहिले छिटफुटबाहेक कतै पनि घैया खेती गरेको देखिँदैन।'   बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरुको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उनको भनाइ छ। केही वर्ष पहिले जिल्लाभरि करिब तीनसय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र करिब आठसय मेट्रिकटनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।   घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको सङ्ख्यासमेत ह्वात्तै घटेको छ। गतवर्ष एक हजार ८०५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार ४८४ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ। विसं २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्याङ्क रहेको केन्द्रका प्रमुख तिवारीले बताए।   'वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ,' उनले भने, 'बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिवानाको व्यवस्था स्थानीय तहले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो।' तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार ५५१ हेक्टर रहेको छ। कूल ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि हाल ५१ हजार ५१० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ।   विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै   जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरु रहेको प्रशासन कार्यालयले जनाएको छ।   चालु आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको सङ्ख्या गत आव २०७८/७९ मा सिफारिस गरिएकोभन्दा एक हजार ८५७ ले बढी छ। पछिल्लो सात महिनामा जिल्ला प्रशासन कार्यालयद्वारा तीन हजार ७४६ महिलासहित १० हजार ७२२ जनाले राहदानी बनाउन सिफारिस गरिएको छ। राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी करिब ४५ प्रतिशत सोही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए।

काठमाडौं:  सेयर बजारमा तीव्र उतारचढावबीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनियन्त्रित कर्जा लगानीमा कडाइ गरेपछि गत बिहीबार अधिकांश लघुवित्तको सेयरमूल्यमा गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो भने सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेको थियो ।   आइतबार सुरुवाती समयमा ६१ अंकको उच्च गिरावट भएको सेयर बजारमा तीव्र उताचढावबीच अन्तिम समयमा सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र व्यापार उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक भने करिब ३ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.८९ प्रतिशत, जीवन बीमा उपसूचक ०.१४ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३० प्रतिशत र व्यापार उपसूचक १.४० प्रतिशतले गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.७८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक २.३४ प्रतिशतले बढेको छ ।   आइतबार बजारमा साढे २ अर्ब भन्दा माथिको कारोबार भएको छ । ५० हजार ५३२ वटा कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १० करोड ७९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ७ करोड ८७ लाख र छिमेक लघुवित्तको ७ करोड १७ लाखको कारोबार भएको छ ।   आइतबार बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९४ प्रतिशतले वृद्धि हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.६० प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२६ प्रतिशतले बढेको छ ।   जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले गिरावट हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ३.९४ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौंं : चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।   बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।    कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए।   सुरूमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ। लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन्। उनले भने, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्‍याएर र तेहेर्‍याएर दिने घट्ने भए।’   प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो। अरू प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए।   विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ। हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ। 

पोखरा:   गण्डकी प्रदेश सभा सदस्य जीतबहादुुर शेरचनले अहिले सांसद तथा मन्त्रीहरुले सरकारी कर्मचारी तथा प्रहरीको सरुवा गर्ने काम मात्र गरेको बताएका छन् ।  गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको १४औं बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘अहिले सांसद तथा मन्त्रीहरुको अरु काम देखिएको छैन्, सरकारी कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र भएको छ, शेरचनले भने, ‘अहिलेबागलुङको बुर्तिबाङ मालपोत कार्यालयमा कर्मचारी छैन्, जान मान्दैन, मालपोत पठाएको कर्मचारी मन्त्री सांसदको फोर्स लगाएर नगरपालिकामा बसेको छ ।’ प्रदेश सभामा सांसद शेरचनले सुगम र दुर्गममा भएका आफु नजिकको सरकारी कार्यालयमा सरुवा गर्ने परिपाटी रहेको बताए ।  ‘सांसद मन्त्रीहरुले अहिले पनि दुर्गम जिल्लामा भएका आफु नजिक कर्मचारीहरुलाई सुगम जिल्लातिर सरुवा गर्ने गरेका छन्, उनले भने, ‘आज मन्त्रालयमा एउटा फाइल लिएर जाने हो भने, १५/२० ठाउँ हस्ताक्षर गर्न पर्छ, आवश्यक रहेको क्षेत्रमा पूर्वाधार निर्माण गर्न ४/५ ठाउँमा हस्ताक्षर गरे हुँदैन ।’ आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश निजामति सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा छलफल भएको थियो । 

काठमाडौं:  ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ ।   महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो ।   महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ ।   खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ ।   महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’   हेर्नुहोस् खारेजीको सूचीः ​