पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

ताप्लेजुङ: ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् ।   जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ भएको खुलेको छ । फुङ्लिङ नगरपालिकाको दोखु घर भई हाल आफ्ना दुई छोरी पढाउनलाई तामाङ फुङ्लिङ बजारमा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।   मृतक महिलाका घर र मैवाखोला माइती गाउँका आफन्त आइपुगेपछि कानुनी प्रक्रियाको कार्य अघि बढाइने भएकाले त्यसपछि मात्र बाँकी विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो । डेरा गरी बसेको कोठामा ओछ्यानमै ती महिलाको शव फेला परेको छ । मृतक महिलाकी श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको बुझिएको पनि प्रहरीले जानकारी दिएको छ ।       

काठमाडौं:  बिहीबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ।    बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार सुन बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ।    बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको छ।    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  

काठमाडौं : आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी:    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । पाँच वर्षअघि शूल्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताउनुभयो । प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । “प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पु¥याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु”, प्रदेश प्रमुख गुरुङले भन्नभयो । प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापनाजस्ता कार्यलाई उपलब्धिको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उहाँको भनाइ छ । “प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायका सम्बन्धमा जानकारी गराउने काम भएको छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो । जनअपेक्षाअनुरुप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो । “संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकअधिकारको व्यवहारमा अवलम्बन गर्नरगराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो । उहाँले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभयो । गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा:   ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनका लागि पोखरामा कांग्रेस र माओवादीको संयुक्त बैठक बसेको छ । राष्ट्रपतिमा प्रदेश सांसदहरु पनि मतदाता हुन् । त्यसैले प्रदेश सभामा रहेका कांग्रेसका सांसद र माओवादीका सांसदहरुलाई पौडेलको पक्षमा मतदान गर्ने गरी बैठकको आयोजना गरिएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुवै पार्टीका प्रदेश प्रमुखहरु पनि उपस्थित थिए ।  कांग्रेस सभापति शुक्रराज शर्मा र माओवादीको गण्डकी अध्यक्ष गायत्री गुरुङ समेतको उपस्थितिमा पौडेललाई विजयी गराउनका लागि ऐक्यवद्धता जनाइएको छ । संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको सक्रियतामा बैठक आह्वान गरिएको हो ।  ‘राष्ट्रपति निर्वाचनका लागि ८ दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनको साझा उम्मेद्वार रामचन्द्र पौडेल हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँलाई निर्वाचित गराउन हामी सबै एकजुट भएका हौं ।’ गठबन्धनका सबै सांसदहरु समेतको उपस्थितिमा १९ गते बृहत बैठक डाक्ने निर्णय समेत भएको पाण्डेले बताए ।     ‘अब १९ गते सबै सांसदहरु समेतको उपस्थितिमा बैठक हुन्छ । पोखरामा नै बैठक गरेर मतदानका लागि जाने योजना छ,’ पाण्डेले अघि भने, ‘दलका नेताहरुबीच औपचारिक भेटघाट गरिएको हो । सांसद ज्यूहरुसँग पुनः बस्छौं ।’  बैठकमा सहभागी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सांसदहरुसँगको बैठकको तयारी भैरहेको बताए । ‘यो बैठक अर्को बैठकको तयारी हो । सबै माननीय ज्यूहरुलाई एकै ठाउँमा राखेर बैठक बस्ने तयारी भैरहेको छ,’ उनी भन्छन् ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगरसहित २ दुई युवालाई प्रकाउ गरेको छ ।   लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीले पोखराका ९ घर भई पोखरा १३ स्थित चिसापानी बस्ने २६ वर्षीय आशिष थकाली र स्याङ्जा घर भई पोखरा १३ बस्ने २७ वर्षीय सुमन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित प्रकाउ गरेको हो ।  पोखरा १३ चिसापानीमा बस्दै आएका उनीहरुको कोठाबाट लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) ३० ग्राम, नाईट्रोभ्यान २५ चक्की, डिजिटल तराजु १ थान र २ थान मोवाईल सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।    लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई लागूऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

चितवन: एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोबारे जानकारी गराउनुभएको हो ।   सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए–भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित तिनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो ।   पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।   उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।   पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं: मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिंङका क्रममा मापसे गरेर स्कुल बस चलाउने एक चालकसहित ८७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।    ट्राफिक प्रहरीले सवारी जाँचकै क्रममा मापसे गरेका स्कुल बसका चालकलाई नियन्त्रणमा लिएको हो। बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश-०१-००६ ख ४६ २९ नम्बरको बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई नियन्त्रणमा लिइएको छ।    कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ। त्यस्तै अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालक पनि कारबाहीमा परेका छन्।    विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने,  सवारी साधनको अवस्था ठिक नराख्नेलगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालक पनि कारबाहीमा परेका छन्।   नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २/२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालक कारबाहीमा परेका हुन्। यसका साथै अन्य कसुरमा ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।    काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।    सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताए। 

पाँच वर्षसम्म नाम राख्न नसकेर आलोचित भएको प्रदेश १ ले आजबाट कोशी नाम पाएको छ ।    तर नामाकरण भएपनि यसमा असहमति जनाउँदै नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा दर्ता भएको प्रस्ताव फिर्ता लिएको छ । प्रस्ताव फिर्ता भएपछि विराटनरको केही स्थानमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।  विराटनगरबाट पत्रकार सुभद्रा प्याकुरेलले सुनगाभा न्यूजसँग भनिन्, ‘प्रतिपक्ष दलले कोशीमा असहमति जनाएपछि अहिले विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।    ‘यहाँ कोशी, किराँत र सगरमाथाको नाम प्रस्ताव भएको थियो’ पत्रकार प्याकुरेलले भनिन् ‘कोशी राखिएपछि अन्य नाम हुनुपर्छ भन्ने समूह प्रदर्शन गर्ने तयारीमा रहेका छन्, प्रशासनले कफ्र्यु जारी गरेको छ ।’   यसअघि नै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा निषेधाज्ञा सम्बन्धी जारी सूचनामा प्रदेश १ को प्रदेश सभा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपछि पनि असहमत पक्षबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ ।