पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:  गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले आफु सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताउनुभएको छ । सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।   मुलुकले उत्कृष्ट नतिजा पाउनका लागि सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘मुलुकले रिजल्ट पाउनका लागि लगानी गर्नैपर्छ । त्यसको लागि सुरक्षाकर्मीहरुको मनोबल बढाउनेगरी मैले पनि काम गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा म कन्जुस्याई नगरिकन नैतिक रुपमा र आवश्यक साधन र स्रोत जुटाउने कुरामा सकारात्मक छु ।’ उहाँले सुरक्षाकर्मीहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सधै सकारात्मक रहेको स्पष्ट पार्दै सोही अनुरुपको कार्ययोजना अगाडी बढाउने बताउनुभयो ।    मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सिमित स्रोत तथा साधनको प्रयोगमा कार्यसम्पादन गरेको बताउनुहुँदै सुरक्षाकर्मीहरुको योगदानको मूल्याङ्कन हुने बताउनुभयो । ‘स्रोत र साधनको अभावले पनि भुगोलको दर्दनाक परिस्थितिमा पनि तपाइहरुले जाखिम मोलेर काम गर्नुपरेको छ । यसको ढिलो चोडो मुल्याङ्न हुन्छ ।’ उहाँले भन्नुभयो ।    आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताउदै आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धि थप तालिमको व्यवस्था गर्ने बताउनुभयो ।   मन्त्री गाहामगरले देश र राष्ट्र हितको पक्षमा काम गर्ने कसम खाएको बताउनुहुँदै भन्नुभयो, ‘हामी जस्तो सुकै समय र परिस्थितिमा भएपनि आफ्नो कार्यक्षमता र कर्तव्य पुरा गर्नुपर्छ । फलस्वरुप हामी नेपाली भनेर गर्व गर्न पाउँछौ ।’   सो उद्धार अभ्यास कार्यक्रमपछि आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको सभापतित्वमा गण्डकी प्रदेश सुरक्षा समितिले विपद् व्यवस्थापन सम्बन्धि छलफल गरेको थियो ।    छलफलमा आगामी वर्षातमा भइपरी हुने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरिएको थियो । सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ, सशत्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशत्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाल आर्मीका विजयपुर पृतनापती दिपक कुमार बाँनिया बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी  गोणेश प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।   

काठमाडौं:     आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईलाई हराउँदै ८ वर्षपछि विश्वकपमा पुगेको छ । युएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । सुवास भण्डारीले अयान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ५ चौकासहित ३४ रनमा दीपक डुम्रेबाट क्याच आउट गराए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो ।  स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए । नेपालका सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

पोखरा:  गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।   सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहिबार राति १२ बजेटबाट अन्त्य भएको व्यहोरा सम्बनिधत सबैको जानकारीको लागि अनुरोध छ ।’ बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो ।   सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।

काठमाडौं : सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ‌ओरालो लागेको छ। नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ विन्‍दुमा अडिएको छ। सन्सेटिभ इण्डेक्स ४.८१ अंकले घटेको छ।   यसदिन १९३ कम्पनीको मूल्य ओरालो लाग्दा १९ को मात्रै मूल्य बढ्यो। २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड  ६३ लाख ३३ लाख ९६७ रूपैयाँमा खरिदबिक्री भयो।  २८ हजार ५०० पटक कारोबार भयो।   आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य ७ प्रतिशतले  घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्स र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो।  

कञ्चनपुर:  कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलवायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनाश, खेती प्रणालीमा गरिएको परिवर्तन, द्रुत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्तन आएको बताउनुहुन्छ ।   “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ ।”   ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढ्नु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका बिरुवा प्रशस्त रूपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उहाँले बताउनुभयो । “वर्षा र सुख्खा यामको दुरी बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ ।   उहाँका अनुसार खेतबारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन । हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ । धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ । तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो ।   “वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रूपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “वर्षातका दिन घट्दै जान थालेका छन्, औसत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भूक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रूपमा देखिन थालेको छ ।” अप्रत्याशित रूपमा हुने वर्षाले बर्सेनि धनजनको क्षतिलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही बिरुवा अहिले देखा नपर्ने गरेको उहाँले बताउनुभयो ।   उहाँका अनुसार वन क्षेत्रमा पहिला प्रशस्त रूपमा पाइने सानुन, विजयसाल लोपोन्मुख अवस्थामा पुगेको छ । हर्रो, बर्रोदेखि नै छाडेको छ । वन क्षेत्रमा प्रशस्त रूपमा देखिने जनावर देखिन छाडेका छन् । वन्यजन्तुको वासस्थानमा फेदरवदल भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी तराईमा तापक्रममा वृद्धि हुँदै जाँदा जीवजन्तुले वासस्थान सार्न थालेको बताउनुहुन्छ ।   “उष्ण हावापानीमा पाइने जनावर अहिले चुरे क्षेत्र र महाभारत क्षेत्रमा पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “पाटे बाघ महाभारत क्षेत्रमा देखिनु यसको उदाहरण हो ।” तराईमा पाइने बिरुवा अहिले चुरे क्षेत्रमाथि देखिन थालेको उहाँले बताउनुभयो । जलवायुको असर कम गर्न वन क्षेत्र जोगाउने, प्रदूषण कम हुने किसिमका उद्योग धन्दालाई प्रोत्साहित गर्ने, वातावरणमैत्री ऊर्जा र सवारी साधनको प्रयोगमा जोड दिने, वनमा लाग्ने डढेलो कम गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।   जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव चौधरी पराल जलाउने कार्य रोक्ने, नदीजन्य पदार्थको व्यवस्थित रूपमा प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने, दाउराको खपत कम गर्ने, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सके वातावरणलाई सन्तुलित राख्न सकिने बताउनुहुन्छ ।   जमिनमुनिको पानीको सतह घट्दै गएको छ । हिउँदै वर्षा हुने क्रममा कमी आउन थालेको छ । जसले गर्दा प्राकृतिक स्रोतमा आश्रित समुदाय र सीमान्तकृत समुदायलाई यसले नराम्ररी असर गरेको छ । “मानव स्वास्थ्यमा जलवायु परिवर्तनको अवसर देखिन थालेको छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “स्वास्थ्यको समस्या लिएर आउने बिरामीमा श्वासप्रश्वास, छाला, बेमौसमी ज्वरोका बिरामी रहने गरेका छन्, पहिलेको तुनामा बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ, बढ्दो प्रदूषण, खानपानमा आएको परिवर्तनले बिरामी हुने क्रमलाई बढाएको छ ।” उहाँ जलवायु परिवर्तनलाई चुनौती मात्रै नभएर भविष्यमा आइपर्ने खतराका रूपमा औँल्याउनुहुन्छ ।

कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।    पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गर्नुभएको छ ।   उहाँले लेख्नुभएको छ, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो । यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’’   फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ । आगामी २५ फागुनमा रात्रिकालीन उडान गर्ने बुद्धको तयारी रहेको छ ।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् ।   बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ । पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ ।

कालीकोट:  कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।   कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पलाँता गाउँपालिका– २ का ३० वर्षीया सुनखुट्का न्यौपाने र वडा नम्बर ३ का २० वर्षीया सुबिस्ता विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।   प्रजिअ अधिकारीका अनुसार फागुन १६ गते दुवै जना अस्पताल आउनुभएको थियो । उहाँहरूमा  समस्या देखिएका कारण हेलिकोप्टरको व्यवस्था गरी उद्धार गरिएको बताउनुभयो ।   पलाँता अस्पतालमा दुवै जनाले बच्चा जन्माउन नसक्ने अस्पतालका डा. बिज कुमार महतले जानकारी दिनुभएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुर्खेत लगिएको छ ।   पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा पलाँता सरकारका प्रवक्ता तिलक बुढाले गाउँपालिका, चिकित्सक र जिल्ला प्रशासन कार्यालयको पहलमा दुई जना सुत्केरी हुन नसकेका महिलाको उद्धार भएको जानकारी दिनुभयो ।   उहाँले सहयोग गर्ने सबै प्रति धन्यावाद दिनुहुँदै आगामी दिनमा पनि राष्ट्रपति महिला उत्पादन कार्यक्रम अर्थात् सुत्केरी बचाउने राष्ट्रपति कार्यालयको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले हेलिकोप्टरमार्फत उद्धार भएलगतै प्रदेश अस्पतालमा अप्रेसन गरिएको जानकारी दिनुभयो ।   उहाँले साल पाठेघरको मुखमा अगाडि आएका कारणले गर्भवतीको ज्यान जाने खतरालाई मध्यनजर गरेर सुर्खेत पठाएको बताउनुभयो । सुर्खेत प्रदेश अस्पतालमा अप्रेसनपछि पेटमै परेका बच्चा निकालिएको छ ।   अप्रेसनपछि महिलाको अवस्था खतरा मुक्त रहेको आफूले जानकारी पाएको प्रमुख सुनारले जानकारी दिनुभयो । गत माघ २७ गते जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ७ की ३४ वर्षीया नन्दा विष्ट रावतको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।   अप्रेसनपछि पनि रक्तश्राप नरोकिएपछि प्रदेश अस्पताल सुर्खेतमा नौ दिनपछि उहाँको यही फागुन ६ गते निधन भएको थियो । कालीकोटा पछिल्लो समस्या गर्भवतीमा महिलाको बच्चाभन्दा पहिला साल निस्कने वा पाठेघरको मुखमा आएर बस्ने समस्या बढिरहेका छन् ।

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातिको समयमा बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।    उक्त सडकखण्ड आजदेखि फागुन २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले जानकारी दिनुभयो । निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नका लागि मुग्लिङ–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरू पूर्णरुपमा रोकी काम गर्ने निर्णय भएकाले बन्द गरिने भएको हो ।   ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भित्ता काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय भएको छ,’’ उहाँले भन्नुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातिको समय बन्द गर्ने निर्णय  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   चाइना कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिङ सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता काट्ने र खाल्टो पुर्ने कार्य भइरहेको छ ।   हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरी योजना बनाएको छ ।   आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिङसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिङदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य सुरु भइरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।

काठमाडौं:  विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।   यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको छ।   नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन्।    युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई  लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्।   यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।   केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए।     यो समाचार तयार पार्दासम्म युएईले २ विकेट गुमाएर १४ ओभरमा ५३ रन बनाएर खेलिरहेको छ।    नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्।   आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।   अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।    सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।