पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:  आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।   पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले आज (मंगलबार) अन्तरक्रिया गरेका हुन् ।   उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए ।    उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर यहाँहरुको समस्या सम्बोधन गर्ने कुरामा म सकरात्मक छु । त्यसैले यहाँहरुको राय अनुसार नै अघि बढ्नेछु ।’   मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए ।   यसैगरि उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुइवटा मन्त्रालय समायोजन भएको छ । र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरु सकिन्छ । त्यसपछि नीतिगत रुपमा कामहरु अगाडी बढ्नेछ ।’ मन्त्री गाहामगरले भने ।   उनले फरक प्रसंगमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए ।    उनले आगामी दिनमासमेत पत्रकारहरुसँग समन्वय र सहकार्य गर्दै सकरात्मक काममा अघि बढ्ने धारणा राखेका थिए ।    सो अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेयरिस्तसमेत सार्वजनिक गरेको थियो । कानून मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले सो कार्यक्रमको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोख्रेलले गरेका थिए ।   

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनु भएको छ । मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।   उहाँले नेपालमा अन्य उद्योगहरुभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राख्नुभयो । मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रबर्धन र विकसित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।     ‘‘पहिलो कुरा हाम्रो सोचमा नेपाली पन बनाउन जरुरी छ । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका थियौं । अर्बौं विदेशी रकम भित्र्याउने गरेका थियौं तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर किन गयौं । त्यसको खोजी गर्नुछ । त्यसको निम्ति सोच बदल्नु जरुरी छ ।,’’   प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘राज्यका कतिपय नीतिगत वैधानिक कारणले नेपालको घरेलु उत्पादनलाई प्रबर्धन गर्ने आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्योगमा लगानी बढाउने र ऐनले पनि संरक्षण गर्ने विषयको पनि अभाव छ । ऐनको अभावले पनि अफ्ठ्यारो स्थितिमा गएका छौं । यसलाई बदल्न जरुरी छ । कृषिमा आधारित उद्योगहरु नै नेपालका लागि सस्टेनेवल उद्योग हुनसक्छ । लघु घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो ।’’   प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गर्नुभयो । उहाँले सबै नेपालीहरुको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताउनुभयो ।     ‘‘हाम्रो मौलिक संस्कृति परम्परा त्यसलाई जर्गेना वा प्रबर्धन र विकसित गर्ने र नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गर्ने र त्यसैमा आधारित भएर उद्योग र रोजगारी सिर्जना गर्ने विषयमा उच्च प्राथमिकता नदिई हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको सपना देखेका छौं ।,’’   उहाँले भन्नुभयो, ‘‘पूरा हुनसक्ने स्थिति छैन । यो पटक वर्तमान सरकारलाई असफल हुने छुट छैन । सरकारले राष्ट्र र जनताको पक्षमा र अर्थतन्त्रमा देखापरेका संकटलाई समाधान गर्ने, सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ । त्यसको लागि निजी क्षेत्रको समेत सामुहिक पहल नभई देशको आर्थिक क्षेत्रका समस्या समाधान गर्न सक्दैन । सरकारको जोड त्यसैमा छ ।’’   प्रधानमन्त्रीले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको धारणा औंल्याउनुभयो । उहाँले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रबर्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्नुभयो ।     प्रधानमन्त्री प्रचण्डले घरेलु उत्पादनलाई प्रबर्धन गर्न ऐनको अभावले पनि अप्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने पनि जानकारी दिनुभयो ।   प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि मुलुकमा वित्तीय सङ्कट देखिएको बताउनुभयो । बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोशिस गरिहेको उहाँको भनाइ छ ।   प्रधानमन्त्रीले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गर्नुभयो ।   उहाँले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्यधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरु खोजिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले लघु, घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी थप पुन कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको बताउनुभयो ।   प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत, सोच, व्यावहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताउनुभयो ।  

पोखरा:   जिल्ला भलिबल संघ बागलुङले नाटकीय जित निकाल्दै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपमा पुरुषतर्फ फाइनलको यात्रा तय गरेको छ ।  स्याङ्जाको वालिङमा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो ।  बागलुङले शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै नाटकीय जित निकालेको हो । पहिलो र दोस्रो सेट क्रमशः १८–२५ र २३–२५ ले गुमाएको बागलुङले तेस्रो सेट २५–१५, २५–१९ र पाचौं तथा निर्णायक सेट १७–१५ अङ्कले जित्दै मुख्यमन्त्री भलिबल कपको फाइनलमा प्रवेश गरेको हो ।  जिल्ला भलिबल संघ बागलुङले अब फाइनलमा जिल्ला भलिबल संघ पर्वत र नवलपुरबीच हुने विजेता टोलीसँग खेल्नेछ ।  ्यस्तै महिला तर्फ भने जिल्ला भलिबल संघ म्याग्दी र पर्वत फाइनल प्रवेश गरेका छन् । जिल्ला भलिबल संघ म्याग्दीले स्याङ्जालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पर्वतले जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।   प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् ।  गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ । 

राजविराज : बिरामी श्रीमतीलाई बलात्कार गर्ने एक युवकलाई कैद सजाय भएको छ।   सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा डेरा गरी बस्ने २२ वर्षीय युवकलाई वैवाहिक बलात्कारको अभियोगमा एक महिना कैद सजाय भएको अदालतले जनाएको छ।   जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलाशले कैद सजायका साथै ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्न लगाउने फैसला समेत सुनाएको छ।   अदालतले दुवैको नाम गोप्य राखेको छ। उनीहरुले प्रेम विवाह गरेको बताइएको छ। मादक पदार्थ सेवन गरी नसाको सुरमा आएका श्रीमानले मुख थुनेर बलात्कार गरेको पीडितले बताएकी छिन्।   बिरामी रहेको बताउँदै श्रीमानलाई रोक्दा नमानी गालीगलौज गरी गत साउन १९ गते बलात्कार भएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिएकी थिइन्।   प्रहरीले स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरेको थियो। जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले भदौ १६ गते ३० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए।   वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा रिट हालेकी थिइन्। जसमा सर्वोच्च अदालतले सरकारका नाममा २०५९ वैशाख १९ गते  परमादेश दिएको थियो। परमादेशको चार वर्षपछि कानून बन्यो।   लैंगिक समानता कायम गर्न ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन–२०६३’ मा मुलुकी ऐनलाई संशोधन गरी श्रीमान्ले गर्ने वैवाहिक बलात्कारमा ३ देखि ६ महीनासम्म कैदको व्यवस्था गरिएको थियो। त्यसपछि ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२’ ले दण्ड–सजाय बढाएर तीनदेखि पाँच वर्ष पुर्‍याएको थियो।   ऐनअनुसार वैवाहिक बलात्कारको उजुरीको प्रारम्भिक छानबिनबाट श्रीमतीलाई तत्काल वा मुद्दा किनारा नहुँदासम्म दुवै एकै ठाउँमा बसोबास गर्न नसक्ने अवस्था भए श्रीमानलाई तत्काल अलग बस्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ।   ०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ को दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने उल्लेख छ।    न्यूनतम कैद–सजाय नतोकी ‘पाँच वर्षसम्म’ उल्लेख भएकाले न्यायाधीशले एक दिन वा एक घन्टा मात्रै पनि कैद–सजायको फैसला गर्न सक्नेछन्। 

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले सहिद लखन थापामगर मगर समुदायको मात्र नभइ राष्ट्रकै साझा विभूती भएको बताएका छन् ।  शहिद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ‘सहिद लखन थापामगर, मगर समुदायको मात्र होइन । सिंगो यो देशको साझा विभूती हुन्, मन्त्री गाहामगरले भने, ‘त्यसैले मगर समुदायले मात्रै होइन सम्पूर्ण नेपालीले राष्ट्रकै पहिलो सहिदको रुपमा बुझ्न आवश्यक छ । किनभने उनले यो देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउन र जनतालाई अधिकारको प्रत्याभुत गराउका निम्ती सहिद भएका थिए ।’ उनले सहिद लखन थापामगरले अधिकार प्राप्तिको लागि बलिदानी दिएको बताउदै दोहोर्याए, ‘जनतालाई राजनीतिक, सामाजिक परिवर्तन, न्याय र अधिकारको सुनिश्चिता गर्ने समयमा शहिद भएका थिए । त्यसैले शहिद लखन थापामगर मगरको मात्र शहिद नभएर सिंगो राष्ट्रको साझा राष्ट्रिय विभूति हुन् ।’ देशमा प्रजातन्त्र र लोकतन्त्रसँगै नेपाली जनतालाई अधिकार प्राप्त गर्नका निम्ति पहिलो शहिद भएको मन्त्री गाहामगरले बताए । ‘जंगबहादुर राणाको शासनको विरुद्ध सहिद थापामगरले हल्लाउने काम ग¥यो, देशमा प्रजातन्त्र, लोकतन्त्र र नेपालीहरुलाई अधिकार प्राप्त गराउने समयमा पहिलो शहिद हुन पुगेका हुन् ।’ उनले भने । मन्त्री गाहामगरले सहिद लखन थापामगरले इतिहासमा गरेका योगदानलाई पाठ्यक्रमको आधारभूतदेखि माध्यमिक शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे । उनले फरक प्रसंगमा बोल्दैसंख्याको हिसाबमा धेरै भएपनि राजनीतिक लगायत विभिन्न क्षेत्रमा मगर समुदाय पछि परेको बताउँदै अधिकार प्राप्तिको लागि शिक्षाको माध्यम र राजनीतिक हिसाबमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगरले सहिद थापामगरको स्मृति कार्यक्रम मगर संघले नभएर राष्ट्रले नै गर्न आह््वान गरे ।  यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामाले लखनचोकमा बेलाबेलामा हुने हस्तक्षेपको विरोध गर्दै पुनः हस्तक्षेत्र दोहोरिए प्रतिकारमा उत्रने बताए ।  शहिद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीको भवनबाट ¥यालीसहित पोखराको लखनचोकमा रहेको आएर ¥याली कोण सभामा परिणत भएको थियो ।  सहिद थापामगरको शालिकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले माल्यार्पण गर्दै १४६ औं स्मृति दिवस मनाइएको थियो । सो कार्यक्रममा नेपाल मगर संघ कास्कीमा आवद्ध विभिन्न इकाई समितिका मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौं:  कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र  खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।”   कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजासामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।   “गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौं आइराख्नुपर्ने मलाई यो काम पाएपछि आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो ।   मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजासामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो ।   मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधन पूजा गर्न आउनेको बढी भीड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भीड लाग्ने गरेको उहाँको अनुभव छ । “बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू. दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास  हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भीड लाग्छ, औसतमा मासिक रू. ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।”   यहाँ बिक्रीका लागि राखिने पूजासामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ ।   महतरा जस्तै पूजासामग्री बिक्री गर्दै आउनुभएकी सिन्धुपाल्चोककी रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकी छोरी र बहिनीको खर्च पूरा गर्नुभएको छ । उहाँले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाउनुभयो । “पूजासामग्री बिक्रीबाट मासिक करिब रू. ७० हजार आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।” उहाँ विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजासामग्री तयार गर्नुहुन्छ ।   मन्दिरमा भेटिनुभएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजासामग्री पसल चलाउनुभएको छ । विगत २५ वर्षदेखि पूजासामग्री बेच्दै आउनुभएकी उहाँ हाल बबरमहलमा बस्नुहुन्छ । “श्रीमान् ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार राम्रो कमाइ हुने दिन रू. तीन हजारसम्म बचत हुन्छ भने कुनै दिन रू. सात/आठ सयमै चित्त बुझाउनुपर्छ ।   पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजासामग्री बेच्दै आउनुभएका मदन बुुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट हुनुहुन्छ । उहाँलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै हुनुहुन्छ ।   मन्दिर व्यवस्थापन समितिले तोकेअनुसारका मानिसले मात्र मन्दिरमा पूजासामग्री बिक्रीवितरण गर्ने गरेकोमा छ महिनाअघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उहाँहरु मन्दिरछेउमा बस्न सुरु गर्नुभएको छ । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उहाँहरुको गुनासो छ ।

दमौली:  तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ ।    विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ ।  आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो ।    “जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्नुपर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।”   आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।    आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु. ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।   दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।   तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ ।    स्थापनाकालमा ३० महिलाले रु. एक–एक हजार उठाएर रु. ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”   उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ । 

पर्वत:  पर्वतको कुस्मा नगरपालिका–१२, ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस डाक्टरसहित १० जनाको दरबन्दी रहेको छ तर अहिले करारमा रहेका स्वास्थ्य सहायक ‘एचए’ले निमित्तका रूपमा स्वास्थ्य केन्द्र चलाउँदै आएका छन्।   दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। डा. विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै डाक्टर आएका छैनन्।    “दरबन्दीका डाक्टर नै छैनन् होला,” केन्द्रका निमित्त प्रमुख सागर नेपालीले भन्नुभयो, “दरबन्दीमा भएको भए त आउनुपर्ने हो।” नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण मारमा परेका छन्। सामान्य बिरामी हुँदासमेत पोखरा–काठमाडौँ पुग्नुपर्ने बाध्यता छ। देश सङ्घीय संरचनामा गएपछि दरबन्दीमा डाक्टर आउन छाडेका हुन्। स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उहाँको भनाइ छ।    केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुई जना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो। अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन जना अनमी र स्थायी तीन जना अहेव रहेका छन्।    कुस्मा नगरपालिका चार वडाका साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने स्वास्थ्य केन्द्रमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडा अध्यक्ष झलकप्रसाद रिमाल बताउनुहुन्छ। केन्द्रमा डाक्टर मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त रहेका छैनन्। एक्सरे मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको सिनियर अहेव पठी धामीले बताउनुभयो। “सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे मेसिन बिग्रिएको दुई वर्ष भयो,” उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा पटकपटक भन्दासमेत सुनुवाइ हुँदैन।”    अहिले सुत्केरीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरे चालू अवस्थामा रहेको छ तर तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्। स्टाफ नर्सले तालिम लिएर आएको भए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको निमित्त प्रमुख नेपालीले बताउनुभयो। कुस्मा नगरपालिकाले समेत सो अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन। जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको दाबी गरेको छ।   

सोमबार दिउँसो पोखराको लेकसाइड आइपुगेर होटलको रुममा रुकस्याक (झोला) राखेर तुरुन्तै बाहिर निस्केका एक फ्रेञ्च पर्यटकले अहिलेसम्म आफु बसेको होटल पत्ता लगाउन सकेका छैनन् ।    होटलबाट निस्केर नगद पैसाको जोहो गर्न उनी एटीएम खोज्न निस्किएका थिए । उनले एटीएमल त भेटे तर होटल फर्कने बाटो भुले ।    हिजो दिनभर उनको होटल खोजी गर्न स्थानीय श्वेता रानाभाटसँगै परिवार लागिपरे पनि साँझसम्म होटल ठम्याउन सकेनन् । होटल नभेटिएपछि पर्यटकले अर्काे होटलमा रुम लिएर बसे ।    पर्यटकले भनेका छन्, ‘केही हतार थियो, होटलमा फुत्त झोला फालेर म एटीएम खोज्न निस्के । हतारोले होटलको नाम पनि हेरिन ।’ होटलको रुट पत्ता लगाइहाल्ने विश्वास लिएर निस्किँदा दुख पाएको सुनाए ।    आजपनि होटल खोजी कार्य जारी छ । होटल पत्ता लगाउन सहयोग हुने विश्वासले उनको रुमको चाबी सोसियल मिडियामा पोष्ट्याइएको छ ।    ‘पोखरा नोटिसबोर्ड’ नामक फेसबुक पेजमा उनको तस्बिर र चाबी राखिएको छ ।    समाचार तयार पार्दासम्म उनकाे हाेटल पत्ता लगाउन सकिएकाे छैन ।   उक्त चाबी कुन होटलको हो, कसैलाई थाहा भए फोन नम्बर ९८०४१०५६८८ मा सम्पर्क गरिदिन रानाभाटले अनुरोध गरेकी छिन् ।