पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखराः   गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ ।  एमालेका खगराज अधिकारी मुख्यमन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, सीता सुन्दास आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् ।  नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् ।  गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।   

काठमाडौं:  काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् । नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेराज मैनाली बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

बाजुरा:  मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो।  यसैगरी जिल्लाको गौमुल गाउँपालिका(१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।  घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका(११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्।  बाजुरा केन्द्रविन्दु भएर ‍५‍।९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

पोखरा:  गण्डकी प्रदेशमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा र वेदबहादुर गुरुङ मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले दुवैलाई सरकारमा लैजाने निर्णय गर्दै शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका छन् । वेदबहादुर कास्की १ (२) र रोशन नवलपुर १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटेर फर्केपछि उनले सरकारमा सहभागी हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।  माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् । अब रेशमबहादुर जुग्जाली मन्त्री बन्ने छन् ।  राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने छ ।  एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी छ

काठमाडौं:   सुक्रबहादुर राईसहित १० गल्फर सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सुक्रले टंकबहादुर कार्कीलाई ५र४ ले हराउनुभयो ।  यसैगरी भुवन कुमार रोकाले रामे मगरलाई २र१, रवि खड्काले प्रदिम कुमार लामालाई २र१, रमेश अधिकारीले सञ्जय लामालाई ३र१, दिनेश प्रजापतीले सूर्य प्रसाद शर्मालाई १र०, जयराम श्रेष्ठले कृष्णमान राजबाहकलाई १र०, धनबहादुर थापाले बलभद्र राईलाई ३र२ र भुवन नगरकोटीले सन्जोग मोक्तानलाई ३र२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभएको हो । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगितामा शीर्षवरीयताका १६ प्रोले भाग लिएका थिए । तीन दिने प्रतियोगितामा बुधबार क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ । बिहीबार ३८ होलको फाइनल खेल हुनेछ । गल्फ टुर अन्तर्गत सिजनको तेस्रो स्पर्धाको रुपमा आयोजित प्रतियोगिताको विजेताले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई ४२ हजार, तेस्रो हुनेलाई ३२ हजार र चौथो हुनेलाई २४ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीलाई ११ हजार र पहिलो चरणबाट बाहिरिने खेलाडीलाई जनही ६ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

काठमाडौं:  साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.५० अङ्कले बढेको छ  । आज कारोबारमा आएका २४८ कम्पनीको ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख ३० हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिव चार करोडको शेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २।५१ अङ्क बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अङ्क घटेको छ । नेप्से परिसूचक सामान्य अङ्कले बढेसँगै सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.४८ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमकोे करिब १३ करोडको शेयर कारोबार भएको छ ।

 जुम्ला:  जुम्लासहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ । सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। एक्कासि हिमपात भइ हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको छ अझै पर्ने क्रम जारी छ । उनले मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको जनाए ।

स्याङ्जा:  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो ।  क्यामरुन र वालिङ रातो खेलिरहेको अवस्थामा खेलको ४० औँ मिनेटमा एकाएक प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण भएको थियो ।  उड्डयन प्राधिकरणले अनुसन्धानका लागि पोखराबाट सेवा दिने प्रभु एयरका छ वटै हेलिकोप्टर उडानमा रोक लगाएको प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।  प्रभु एयरलाई के कसरी घटना भएको हो र कसको गल्ती हो भन्ने बारेमा लिखित स्पष्टीकरणका लागि माग गरिएको र सत्य तथ्य नआउँदासम्म हेलिकोप्टर चलाउन रोक लगाएको निरौलाले बताउनुभयो । उडानका लागि एयरपोर्ट र स्थानीय प्रशासनसँग अनुमति र शान्ति सुरक्षाको प्रत्याभूति भएपछि मात्र उडान तथा अवतरण गर्नुपर्नेमा सो नदेखिएको बताइएको छ ।  यस्तै, हेलिकोप्टर अवतरण गर्दा कुटाइ खाएका क्याप्टेन रनेश डङ्गोलले वडा प्रहरी कार्यालय वालिङमा चार्टर गर्ने र आफूलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्नुभएको छ । डङ्गोलले हवाई उडान सुरक्षाविरुद्ध कसुर र अभद्र व्यवहार मुद्दा दर्ता गराएर कारबाहीको माग गर्नुभएको हो ।  क्याप्टेनको उजुरीसँगै प्रहरीले हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ ।  पक्राउ परेका छ जनालाई म्याद थपेर अनुसन्धान अगाडि बढाएको र भिडियोमा पहिचान गरी थपलाई पक्राउ गरिने सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले बताउनुभयो । 

काठमाडौं:  संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।