पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं:     साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसीररमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउनुहुन्छ ।  हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ । धरहराका विशेषता धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३।८५ मिटर छ । भूमिगत तल्लासहित ९२।२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।  धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २।५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ¥याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ । वैशाख १२ गतेको धरहरा क्षेत्र विसं २०७२ वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ । त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो ।  विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो । गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ । भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिनुभयो । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ । धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा ९भीमसेन स्तम्भ० लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ ।    धरहराको इतिहास विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१।८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं १९१३ मा बज्र ९चट्याङ० ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्बिर खिच्ने भीड देखिन्छ । तस्बिर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गर्नुहुन्छ । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ ।

काठमाडौंः    पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव ९काठमाडौँ र पोखरा० बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”,  यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् । हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ । यस्तै, घटनास्थलबाट सङ्कलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अङ्गको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ । विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिनुहुन एयरलाइन्सले अनुरोध गरेको छ ।   

पोखराः    गण्डकी प्रदेशमा जम्मा ७ मन्त्रालय बनाउने सहमति भएको नेकपा एमाले स्रोतले बताएको छ ।  जसअनुसार एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाउनेछन् । सुन्दा विश्वास नलागे पनि सात मन्त्रालयमात्रै हुने टुंगो लागेको गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सिता सुन्दासले संकेत गरेकी छिन् ।  ‘मिलाएर बुझ्नुहोस्, लगभग त्यही सहमति हो’ प्रवक्ता सुन्दास भन्छिन् ‘भोलीसम्म कुन पार्टीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने फाइनल हुन्छ ।’  सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रापबिच भएको आजको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लागेको हो । एमालेको भागमा परेको ४ मन्त्रालयमा मुख्यमन्त्रीसमेत पर्दछ ।  अब नेकपा एमालेबाट थप २ मन्त्री हुनेछन् भने माओवादीले एक मन्त्रालय पाउनेछ । राप्रपाबाट भने एक मन्त्रीले सपथ लिइसकेका छन् ।  पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री चयन भएका खगराज अधिकारीले ३ जना बिना बिभागीय मन्त्री चयन गरेका थिए ।  

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे,लेखापाल राजेन्द्र रेग्मी,आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौंका प्रतिनिधि शिवप्रसाद न्यौपानेलगायत ६ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अदुवाको बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख अधिकारीले १३ लाख रुपैयाँ नगरपालिकालाई हानी पुर्‍याएको देखिएको अख्तियारको ठहर छ। अधिकारीसँग १३ लाख रुपैयाँ बिगो माग गरिएको छ। यसैगरी, तत्कालीन नगर प्रमुख अधिकारी,प्रमुख प्रशासनिक अधिकृत पाण्डे,तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी,लेखापाल रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेसनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी १ करोड ९७ लाख ७० हजार ४९९ रकम हिनामिना गरेको पाइएको अख्तियारले  जनाएको छ। यिनीहरुविरुद्ध सोही रकम बराबरको बिगो दावी गरिएको छ। अख्तियारका अनुसार अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त अधिकारी शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिइ २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ हिनामिना गरेको पाइएको छ। प्रवक्ता भण्डारीका अनुसार आपूर्तिकर्ता स्पुक प्रालि र अख्तियार प्राप्त न्यौपानेलाई  ऐनको दफा ८को उपदफा ९४० बमोजिम सजाय माग गरी  २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगोसमेत जफत गर्न माग दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो।

काठमाडौं:  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । सोमबार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरूसँग कुरा गर्नुहुँदै सभामुख घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरू बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अप्ठ्याराहरू सिर्जना भएको गुनासो आएको भन्नुहुँदै ती कुरालाई सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले ऐन कानुनहरू ठिक समयमा ठिक ढङ्गले बन्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि कानुन अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँको भनाइ छ । सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्त्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताउनुभयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उहाँको भनाइ छ । सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरूसँग छलफल गर्दा आफूहरूलाई पनि समावेश गराउन आग्रह गर्नुभयो । उहाँले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रूपमा आफूहरूले हासिल गरेका अनुभवहरूले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पुर्‍याउने बताउनुभयो । संयोजक शाहीले सभामुखले संसद्को गरिमा र महत्त्वलाई स्थापित गराउने अपेक्षा आफूहरूले गरेको बताउनु भयो । संयोजक शाहीले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा बहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो । ‘‘धेरै चुनौतीहरू छन् । यो जिम्मेवारीमा रहँदा खेरी तटस्थताको सन्दर्भमा पनि अलिअलि प्रश्नहरू आएकै छन् । यो संस्थाको गरिमा, महत्त्वलाई स्थापित गर्नमा सम्माननीय ज्यू त लामो अनुभवी, परिपक्व नेतृत्व भएका हुनाले त्यसमा धेरै मद्दत पुग्नेछ, बल पुग्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘सम्माननीय ज्युको नेतृत्वमा विधायीकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा पनि बहस, पैरवी गर्नु जरुरी छ । त्यो कामको नेतृत्व लिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।’’ त्यस्तै, बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरूले गरेका कामको समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा बन्न बाँकी रहेका कानुनहरू बनाउनका लागि सङ्घले पनि घुच्च्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘प्रदेशमा अझै पनि बन्न बाँकी कानुनहरू छ । बन्न बाँकी कानुनहरू सङ्घले कानुन नबनाएका कारण पनि भएको छ । त्यसकारण सङ्घले पनि प्रदेशका लागि कानुन बनाउनको निम्ति घुच्च्याउनुपर्ने र तल बनाउनुपर्ने । ती कुरा गर्नसक्यो भने राम्रो हुन्छ भन्ने लागेको छ ।’’ उहाँले आगामी दिनमा छलफलहरू गर्दा आफूहरूलाई पनि समावेश गराउन र अनुभवहरूको आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।

पोखराः टाइगर गुु्रप अफ पोखराले सञ्चालन गरेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।  पोखरा रंगशालामा भएको आजको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले श्रीलंकाको जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो । आर्मीले २५-२०, २५-१६र २५-१० को सेटमा जित दर्ता गर्न सफल भएको हो । त्रिभुवन आर्मी क्लब पहिलो खेलमा भने अर्को विभागिय क्लब नेपाल एपिएफसँग पराजित भएको थियो ।  आर्मीले पहिलो जितसँगै ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे ।  यस्तै अर्को खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो जित निकालेको छ । यो जितसगै एपिएफले दुई खेलमा ६ अंक बटुलेको छ ।  एपिएफले  पुलिस विरुद्ध २५-२१, २१-२५, २५-२१ र २५-१८ ले सेट जितेको थियो । उक्त खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए ।  महिलातर्फको खेलमा भने नेपाल एपिएफ क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । एपिएफले २५-२१, २५-१९ र २५-१६को सेटमा सहज जित निकाल्दै ३ अंक जोडेको छ । खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् । प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्बल, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ २ गरी चार खेल हुने आयोजकले जानकारी दिएको छ । भोली मंगलबार बिहान ९ बजेबाट सुरु हुने पहिलो खेल महिलातर्फ एपिएफ र होङवान्जी न्यू डायमण्ड र दोश्रो खेल ११ बजे त्रिभुवन आर्मी क्लब र घरेलु टोली गण्डकी प्रदेशका विच हुनेछ । त्यसै गरी पुरुषतर्फको पहिलो खेल दिउसो १ बजे श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल आयोजक गण्डकी प्रदेश र एपिएफको बिचमा हुनेछ ।  प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।  

पोखरा:   फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको कार्यक्रममा जानकारी दिईएको छ । गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपूर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा संचालनमा ल्याएको अध्यक्ष थापाले बताए । फोर्स मोटर्सको चाउथेमा सोरुम पनि यसअघिबाटै संचालनमा रहेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधाका साथ गाडीको मर्मत गर्ने र पार्टपूर्जा फेर्नका लागि अब कुनै कठिनाई नभएको थापाले जानकारी दिए । सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिईने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन के.शी ले जानकारी दिए । बितेका ८ वर्षदेखि आयम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल फोर्स ब्राण्डका गाडीहरु आयात र बिक्री बितरण गर्दै आएको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिपको बिक्री वितरण गर्दै आएको छ । यस्तै कम्पनीले पिकअप भ्यान, स्कुल बस, माईक्रो बस तथा उच्चस्तरको एम्बुलेन्स बिक्री गर्दै आएको छ । कम्पनीका काठमाडौंको गैरीधारा तथा इटहरीमा आफनै शाखा रहेका छन् । यसका देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सका गाडीहरु बिक्री र बिक्री पछिको सेवा दिईदै आएको सो अबसरमा जानकारी दिईयो । आयाम कन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस र जीपहरु छिटै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ । केहि समयअघि गुर्खा जिप नेपाली बजारमा ल्याईएको थियो । कार्यक्रममा नेपाल युवा यद्यमी मञ्चका अध्यक्ष शुयस मल्ल, स्थानय यातायातका प्रदेश संयोजक केदार पौडेल, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष मोहनबाबु खड्का, फोर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक, पश्चिमाञ्ल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाल श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै बिक्री मात्रै नभई बिक्री पछिको समयमा पति ग्राहकका लागि सबै सुविधा एकै ठाउँबाट दिनेगरी सर्भिस सेन्टर संचालनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए । मिलन केशीले संचालन गरेको कार्यक्रमको अध्यक्षता नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापाले गरेका थिए ।

कास्की:  पोखरा महानगरपालिकाको एउटा कार्यक्रम ‘उज्यालो पोखरा’, यही योजना अन्तरगत ६ करोड ३७ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको यो योजनामा नेपाल विद्युत प्राधिकरणको पनि साथ छ । र कुल १२ करोड ७५ लाखको उक्त योजनाको बाँकी लागत प्राधिकरणले व्यहोर्ने छ ।   पोखरा र शहरका मूख्य चोकलाई झिलिमिली बनाउन महानगर ‘उज्यालो पोखरा’ कार्यक्रम ल्याइएको हो ।   पोखराको जिरो किमी, तमु ह्युला चोक विरौटा, बसुन्धारा पार्क, शहिदचोक र हल्लनचोकमा हाइमास्ट लाइट सञ्चालनमा आइसकेको छ भने लखनचोक, विपीचोक, नदीपुर, बाटुलेचौर तथा लामाचौर लगायतका २३ स्थानमा हाइमास्ट लाइट जडानको काम धमाधम भइरहेको छ ।    पहिलो चरण अन्तरगत सभागृहचोकदेखि बिपीचोकसम्मको न्यूरोड सडकखण्डमा स्ट्रिट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘न्यूरोडमा स्ट्रिट लाइट जडानको काम सकिन लागेको छ । यसले न्यूरोडलाई न्यू लुक्स दिनेछ’, पोखरा महानगरपालिकाका इन्जिनियर धु्रब भट्टराईले सुनगाभा न्यूजसँग भने, ‘हामीले सभागृहदेखि बिपीचोकसम्म ६० वटा सडकबत्ती जडान गरेका छौं । अब अप्रेशनमा मात्रै आउन बाँकी छ ।    उनका अनुसार सो लाइनमा हरेक २५ मिटरमा एक विद्युत लाइट राखिएको छ । पोखरा महागनगरको ‘उज्यालो पोखरा’ कार्यक्रमको सो बजेटबाट पोखरा महानगरभित्र कुल १ हजार ५ सय ४ वटा सडक बत्ती जडान हुनेछ ।    इन्जिनियर भट्टराईले पहिलो चरण अन्तरगतका सबै काम करिब डेढ महिनामा सक्ने लक्ष्य रहेको बताए । ‘पहिलो चरणको काम धमाधम भइरहेको छ, उनले भने, करिब डेढ महिनामा काम सक्ने लक्ष्यसहित तिब्रता दिन भनेका छौ ।’   उनले दोस्रो चरण अन्तरगत जिरो किमीदेखि पोखरा–२५ फेदीसम्मको हाइवेमा सडक बत्ती (स्ट्रिट लाइट) जडान गरिने बताए । ‘अहिले पहिलो चरणको काम भइरहेको छ । त्यो बजेटबाट २३ वटा हाइमास्ट र १ हजार ५ सय  ४ वटा सडक बत्ती जडान हुन्छ’, इन्जिनियर भट्टराईले भने, ‘दोस्रो चरणमा जिरोदेखि फेदीसम्मको हाइवेमा सडक बत्ती जडान गर्ने काम हुन्छ ।’   भट्टराईका अनुसार उज्यालो पोखरा अन्तरगतको सो योजनाको ठेक्का टक्सन इनर्जी प्रालिले पाएको हो ।    यसअघि पोखरा महानगरपाललिकाले चीनको सहयोगमा वि. स. २०७० सालमा पर्यटकीय क्षेत्र लेकसाइड र न्यूरोडमा सौर्यबत्ती जडान गरेको थियो । ‘धेरै पहिले जडित त्यो सोलार लाइटले अहिले केहीले मात्रै काम गरेको छ भने अधिकांश बिग्रिएको छ । ‘अहिले काम लाग्ने अवस्थामा छैन, भट्टारईले भने, ‘ब्याट्री पुरै ड्यामेज छ । बनाउन धेरै खर्च लाग्ने देखिन्छ । त्यसैले पोलहरु चाँही काम लाग्छन् । तिनीहरुलाई रियुज गर्छौ ।’    २५ प्रतिशत सकियो डिभाइडरको काम   गत मंसिर २१ गते महानगरबाट कार्यदेश पाएको निर्माण कम्पनीले डिभाइडर निर्माणको काम करिब २५ प्रतिशत सक्काएको छ ।    सभागृहदेखि विपीचोकसम्म (१ हजार ५ सय मिटर दुरी) निर्माणाधिन डिभाइडरका लागि व्यवस्थित कटिङ गर्नुेपर्ने भएकाले निर्माणकार्यमा ढिलाई भएको पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए । ‘यो डिभाइडरको चौडाई २५ सेन्टिमिटर र गहिराई ३० सिएम हो’, इन्जिनियर पौडेलले भने, ‘अप्रेशन गरेर बच्चा झिके जस्तै मिलाई मिलाई मेसिनले कटिङ गर्नुपर्ने भएकाले केही ढिलो भएको जस्तो देखिएको हो तर समयमै सक्ने योजनासहित काम भइरहेको छ ।’   उनले सो डिभाइडर आकर्षक बन्ने बताउदै पोखरेली ढुङ्गाको प्रयोग गरिने बताए । ‘यो डिभाइडर फरक र आकर्षक हुन्छ । डिभाइडरको दुवैतर्फ पोखरेली ढुङ्गा लगाइन्छ । र बिचको भागमा विभिन्न रङका फूलहरु लगाइन्छ’, उनले भने, ‘त्यसैले सडकबत्ती र आकर्षक डिभाइडरले न्यूरोडको मुहार नै फेर्ने विश्वास लिएका छौं ।’   उनका अनुसार सो डिभाइडर निर्माणको जिम्मा एबी कन्सट्रक्सन पोखरा प्रालिले पाएको छ । पोखरा महानगरपालिकासँगको सम्झौता अनुसार आगामी बैशाख ३१ गते सम्पन्न गर्नुपर्नेछ भने निर्माण लागत भ्याटसहित १ करोड १३ लाख ९० हजार रुपैयाँ रहेको छ ।    दुर्घटना न्यूनीकरणमा भूमिका खेल्छ: ट्राफिक इन्सपेक्टर शाह   न्यूरोडमा निर्माणाधिन डिभाइडरले सवारी दुर्घटनालाई न्यूकिरण गर्न सघाउ पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए । ‘अहिले बनेको डिभाइडरले सडक दुर्घटना रोक्न सघाउ पुग्छ किनभने सडकबत्ती यथेष्ट छ’, उनले भने ‘त्यसमा इन्टरनेशनल प्राक्टिस अनुसारनै यूटर्न कहाँ गर्ने, राइट टर्न कहाँबाट गर्ने र यात्रुले सडक कहाँबाट क्रस गर्ने भन्नेबारे निश्चित र व्यवस्थित हुन्छ । त्यसैले दुर्घटना केही कम हुन्छ ।’   जथाभावी स्थानबाट (जेब्रा क्रसबाहेकका स्थान) सडक क्रस गरेकै कारण पोखरामा प्राय दुर्घटना हुने गरेको इन्सपेक्टर शाहले बताए । ‘पोखरामा दैनिक करिब आधा दर्जन सवारी दुर्घटना (साना तथा ठुला) हुने तथ्याङ्क छ’, उनले भने, ‘शहरी क्षेत्रमा तोकिएको स्थानबाट बाटो नकाट्दा दुर्घटना भएको पाइन्छ । त्यसैले डिभाइडर भयो भने त्यसपमा ट्राफिक नियम र अनुशासन लागु हुन्छ । यसको आवश्यकता अपरिहार्य छ ।’   स्ट्रिट लाइटको जडानसँगै डिभाइडर निर्माण भएको बताउदै उनले सवारी चालकलाई अनुशासित बनाउन मद्दद पुग्ने धारणा राखे । ‘पोखरामा तुलनात्मक रुपमा ट्राफिक अनुशासन कम छ । किनभने मूख्य चोकहरुमा ट्राफिक लाइट छैन’, अहिले महेन्द्रपुलमा जडान भएपनि अप्रेशनमा छैन । यस्तो कुराहरु शहरहरुमा जरुरी रहन्छ ।’ इन्सपेक्टर शाहले भने । 

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ। उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थल पुगेका थिए। विमानस्थलमा प्रहरीको सुरक्षा जाँचका क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो।  अहिले प्रहरीले नेपालमा रहेका मिगानी र उनले बोकेको रकमका विषयमा अनुसन्धान गरिरहेको छ।