पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कास्की जिल्ला सह–इन्चार्ज महेन्द्र पाैडेल (मन्नु)लाई पक्राउ गरेको छ । सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले पाैडेललाई आज (सोमबार) पक्राउ गरेको हो । उपाध्यायलाई अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता गरि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । तिवारीका अनुसार उपाध्यायले केन्द्रीय कार्यक्रम अनुसार कास्कीमा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा एक सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । सो कर्मचारीले कास्की प्रहरीलाई मौखिक उजुरी दिए अनुसार पक्राउ गरिएको डिएसपी तिवारीले जानकारी दिए । ‘उहाँ हाम्रै कस्टडीमा हुनुहुन्छ, डिएसपी तिवारीले भने, ‘सरकारी गाडी रोक्ने उहाँहरुको कार्यक्रम थियो । त्यो कार्यक्रममा उहाँहरुले गरेको व्यवहार अभद्र भो भनेर हामीलाई उजुरी परेको थियो । त्यसैको आधारमा नियन्त्रणमा लिएका हौं ।’ प्रवक्ता तिवारीले आजै मुद्धा दर्ता भएर कानूनी कारवाही अगाडी बढेको बताउदै भने, ‘मुद्धा दर्ता भएर केस अगाडी बढिसकेछ ।’ यसअघि शुक्रबार सोही कर्मचारीलाई अभद्र व्यवहार गरेको अभियोगमा अनेरास्ववियुका समर्थक माधव पौडेललाई पक्राउ गरिसकेको डिएसपी तिवारीले बताए । ‘अर्काे पनि हुनुहुन्छ । उहाँलाई अस्ती शुक्रबार पक्राउ गरिएको थियो । त्यही दिन नै म्याद थप भएको छ । दुवैजनाको एउटै केस हो ।’ स्मरणीय छ पक्राउ परेका पाैडेल पोखरा महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका कृष्ण थापाको पूर्व स्वकीय सचिव समेत हुन् ।
उदयपुर: उदयपुरको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि ब्यवस्थित नहुँदा बर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बर्षौँदेखि उही अवस्थामा रहेका ती सडक ग्राभेलिङ, कालोपत्र हुन नसक्दा वर्षायाम सुरु भएसँगै पुनःग्रामीण भेगका नागरिकले दुःखकष्ट भोग्न परेको हो । जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लीछा, बासबोटे, माझखर्क तथा जाँते जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित हुन सेकका छैनन् । यस क्षेत्रमा वर्षायाममा पानी पर्नासाथ सडक भत्कने अव्यविस्थत हुँदा यातायात सञ्चालनमा समस्या हुन थालेको यस क्षेत्रका स्थानीय तथा यातायात व्यवसायीको गुनासो छ । जिल्लाको रौतामाई गाउँपालिकाको भुटार, रौता, मुर्कुची, डिल्लीबर पूवाँरे, डुम्रीखर्क, नामन्त तथा उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, तावाश्री, बर्रे खण्डका ग्रामीण सडक र ताप्ली गाउँपालिकाको पिपलभन्ज्याङ, रुपाटार, ठानागाउँ नूनथला राउतखर्क सडकखण्डमा अहिले वर्षायाम सुरु हुनासाथ यातायातका साधन सञ्चालनमा अवरोध हुन थालेको छ । लामो समयदेखि निर्माण भएको कच्ची सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या हुन थालेपछि यी ग्रामीण भेगका स्थानीयले निकै सास्ती खेप्नुपरेको ताप्ली गाउँपालिका–३ पिपल भञ्ज्याङका दीप हमाल बताउनुहुन्छ । जिल्लाको सदरमुकाम गाईघाट हुँदै रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर भएर माझखर्क हुँदै लिमचुङबुङ गाउँपालिका जोड्ने ग्रामीण सडक वर्षायाम सुरुसँगै वर्षाले भत्काउन थालेपछि अहिले यातायात सञ्चालन कठिन बन्न थालेको मुर्कुचीका यातायात व्यवसायी होमबहादुर मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुर्कुची,–डिल्लीबर–माझखर्क–लिम्चुङबुङ जोड्ने ग्रामीण सडकखण्ड आजभन्दा दशवर्ष अघिनै कच्ची सडकको रुपमा निर्माण भएको हो, हिउँदमा यातायात सञ्चालन गर्न अलिक सहज भए पनि वर्षा लाग्नासाथ गाडी गुडाउन ज्यानको जोखिम मोल्नुपर्छ ।” अहिले दैनिक वर्षा हुन थालेका कारण यी क्षेत्रका सडक भत्कने र खाल्डापर्ने हुन थालेपछि सामान ढुवानी गरेर यी सडकखण्डमा यातायात सुचारु गर्न कठिनाई हुन थालेको यातायात व्यवसायी बताउँछन् । जिल्लाको पहाडी क्षेत्रका अधिकांस सडकखण्ड व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ गाउँलेहरुले अन्यत्र आवागमन तथा समान ढुवानी गर्न कठिनाई हुने गरेका कारण आफूहरुले कठिनाई भोग्नुपर्ने अवस्था सुरु भएको रौतामाई इनामेका पासाङ शेर्पाको गुनासो छ । लिम्चुङबुङ गाउँपालिका माझखर्क सातदोबाटेका फुर्बा शेर्पाको पनि गुनासो उस्तै छ । “अब वर्षायामको जेठ महिनादेखि कात्तिक महिनासम्म झण्डै ६ महिना जिल्लाको माथिल्लो पहाडी भेगका हामीले सडक व्यवस्थापनको अभावमा कष्टकर जीवन बिताउनुपर्ने बेला आयो”, उहाँले भन्नुभयो । बर्षा लाग्नासाथ अब पैदल हिँडेर अन्यत्र जानुपर्ने समान ढुवानी गर्दा पनि हिँडेर दिनभरिको बाटोमा आवतजावत गर्नपर्ने बाध्यताको कारण वर्षा लाग्नासाथ आफूहरुले कष्टभोग्न पर्ने दिन आउने गरेको सातदोबाटेको दुर्गा राई बताउनुहुन्छ । उहाँले जबसम्म आफूहरु बसोबास गरेको ग्रामीण भेगका सडक व्यवस्थित हुँदैनन्, तबसम्म आफू यसरी नै कष्टकर जीवन बाच्न बाध्य हुनु परेको गुनासो गुनासो गर्नुभयो । माझखर्कका फुर्बादोर्जी शेर्पाका अनुसार वर्षा लाग्नासाथ कहिलेकाँही गाउँमा कोही बिरामी भइहाले जिल्ला अस्पताल गाईघाटसम्म पु¥याउन दुई दिनसम्मको बाटोमा बोकेर रौताको मुर्कुची बजारसम्म बिरामी झार्नपर्ने अवस्था रहेको छ । दशकअघि निर्माण गरिएका जिल्लाको पहाडी भेगको अधिकांश कच्ची सडक वर्षायाममा आकाशे पानीले सडक भत्काउने, खाल्डा बनाउने र पहिरोको कारण पुरिने जस्ता गतिविधि हुने गरेको छ । तर यी ग्रामीण भेगका सडकमा हिउँदयाममा जेनतेन यातायताका साधन सुचारु भए पनि वर्षा लाग्नासाथ सञ्चालन गर्न समस्या हुँदा यी पहाडी क्षेत्रका जनताले सास्ती भोग्न परेको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पालिकाका विभिन्न सडक व्यवस्थापन र बिजुलीको नै मुख्य समस्या रहेकाले चालु आर्थिक बर्ष बजेट र आउँदो बर्षको वर्षको बजेट व्यवस्थापनबाट गाउँपालिकाका अधिकांश ग्रामीण सडक कुनै हालतमा पनि व्यवस्थित गरेरै छाड्ने अठोट लिएको बताउनुभयो । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार आफूहरुको पालिकाको पहिलो प्राथमिकता ग्रामीण सडक व्यवस्थापनै हो । रौता, मुर्कुची, पुवारे सडक र भुटार रौता ग्रामीण सडकमा यसपटकको बजेटबाटनै ग्राभेलिङ र नाला निर्माणको कामलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । यस्तै उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मानबहादुर मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले पनि यसै आर्थिक वर्षको बजेटबाटनै ग्रामीण सडक व्यवस्थापनलाई प्रमुखरुपमा प्राथमिकता दिने बताउनुभएको छ । उदयपुरको पहाडी क्षेत्रका स्थानीय तहका ग्रामीण कच्ची सडक अझैसम्म पनि व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ सडक भत्कने, पहिरो जाने, खाल्डा पर्ने र यातायातका साधन सुचारु हुन नसक्दा बन्द हुन थालेको कारण ग्रामीण भेगका जनताले बर्सेनि कष्टकर जीवन बिताउँदै आएका छन् ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) लाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराए । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । बालेनले शपथ ग्रहण गरिसकेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराए । बालेनले नेपाली भाषामा शपथ ग्रहणको व्यहोरा वाचन गरे पनि सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन् । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । अरु जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्दै फूलमाला लगाइदिए पनि बालेनले भने माला लगाएनन् । शपथ ग्रहण समारोह स्थल राष्ट्रिय सभागृहको प्रमुख आकर्षणको केन्द्रका रुपमा बालेन्द्रलाई लिइएको थियो । उनी दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर शपथ ग्रहण समारोहमा पुगेका थिए । हलमा उनका पक्षमा समर्थकहरुले नारा समेत लगाएका थिए ।
मुस्ताङ: नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो । फोटो : सशस्त्र प्रहरी बल
काठमाण्डौँ: देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मङ्गलबार प्रदेश नं १,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १,बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मुस्ताङ: तारा एयरको जहाज दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान भेटिएको थियो । आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाईलट उत्सव पोख्रेल एयरहोस्टेज कृष्मी थापा गरि ३ जना चालक दलमा रहेका थिए । भने १९ यात्रुमध्ये २ जर्मनी नागरिक, ४ भारतीय नागरिक र १३ जना नेपाली यात्रु रहेका थिए । सो मध्ये गोरखाको एकै परिवारको ४ जना र धनुषाको एकै परिवारको ७ जना विमानमा रहेको पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म कुल १४ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य तिव्र पारिएको नेपाली सेनाले जनाएको छ । उक्त दुर्घटनामा परि ज्यान गुमाएका एयरहोस्टेज कृष्मी थापा अब सम्झनामा मात्रै रहेकी छिन् । विगत ५ वर्षदेखि तारा एयरमा काम गर्दै आएकी कृष्मीको अर्काे नाम ‘मनिषा’ पनि हो । जुन सामाजिक सञ्जाल फेसबुकमा देखिन्छ । थापा फुटबलप्रेमी मात्र नभई क्रिस्टियानो रोनाल्डोको सर्मथक समेत रहेकी थिइन् । सम्झनामा रहेकी स्याङ्जाकी २६ वर्षिया एयरहोस्टेज कृष्मीथापाको तस्वीरहरु:-
काठमाण्डौँ: गोधुली साहित्यिक प्रतिष्ठानले गोधुली साहित्य–सिर्जना सम्मानबाट वरिष्ठ कवि डा दुबसु क्षेत्री सम्मानित हुनुभएको छ । प्रतिष्ठानको आइतबार सम्पन्न चौँथो वार्षिक साधारण सभाका अवसरमा गोधुली साहित्य–सिर्जना विशेष अभिनन्दन २०७८ बाट वरिष्ठ कवी क्षेत्री, गोधुली भानुभक्त पोखरेल बाल साहित्य सम्मान २०७८ बाट बाल साहित्यकार निर्मला बराल सम्मानित हुनुभएको हो । यस्तै, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार २०७८ बाट समाजसेवी पशुपति गुरुङ सम्मानित हुनुभएको छ । सम्मानित गुरुङ संस्कार समाज नेपालको अध्यक्ष समेत हुनुहुन्छ । यसैगरी, गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली वर्ष कृति पुरस्कारबाट लेखक वसन्त ओली, गोधुली समाजसेवा सम्मान उर्मिला विश्वकर्मा र वीना बस्नेत, गोधुली युवा सिर्जनशील सम्मान भूपेन्द्र विश्वकर्मा र रोशन विशंखे, गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गीलाई प्रदान गरिएको छ । गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रशन्न श्रेष्ठ र गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको हो । कार्यक्रममा कुलपति उप्रेतीले नेपाल भाषा, साहित्य र कला क्षेत्रको विकास र विस्तारमा लागेका व्यक्तिलाई सम्मान गरेर गोधुली प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तिलाई आगामी दिनमा समेत आफ्नो कला, साहित्य र भाषालाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
दाङ: दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ श्री नारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभयो । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको , ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मुस्ताङ: तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । “पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।” यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक÷एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडाँैबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ । जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए । उनीहरुको अवस्था अहिलेसम्म नखुलेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

