पोखरा महानगरपालिकाको ताजा मत परिणामअनुसार नेकपा एसका धनराज आचार्यले मेयर दाबेदारीमा अग्रता कायमै राखेका छन् । हालसम्म आचार्यको ३४ हजार ३३६ मत रहेको छ भने नेकपा एमालेका कृष्ण थापाले ३० हजार ९४९ मतकासाथ पच्छ्याइरहेका छन् । आशा गरिएको वडाहरुमा उल्लेख्य मत पाउन नसकेपछि थापाको पच्छ्याउने क्रम चलिरहेको छ । त्यस्तै, मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर खरालको ३ हजार ८३५ मत रहेको छ भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ३३५ मत पाएका छन् । त्यस्तै, मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर खरालको ३ हजार ८३५ मत रहेको छ भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ३३५ मत पाएका छन् । यता, उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले पुनः अग्रता लिएकी छिन् । गुरुङको खातामा ३५ हजार ३१२ मत हुँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटका ३४ हजार ८४७ मत रहेको छ । त्यस्तै, राप्रपाकी रन्जना शेनले ३ हजार ७३६ मत पाएकी छिन् । हालसम्म ८५ हजार १५७ मत गणना भइसकेको छ । मतगणना जारी छ ।
तम्घास, गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
पोखराः पोखरा महानगरपालिकाको पछिल्लो नतीजा अनुसार नेकपा समाजवादीबाट गठबन्धनका उम्मेदवार धनराज आचार्यले २८ हजार ५६३ मत प्राप्त गरेका छन् । आचार्य प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ३ हजार २०६ मतले अगाडी छन् । थापाले हालसम्म २५ हजार ३५७ मत पाएका छन् । कूल १ लाख ४३ हजार २२६ मतमध्ये अब गणना हुन बाँकी ७३ हजार २५० मत रहेको छ । त्यस्तै, उपमयेरमा एमालेकी मञ्जु गुरुङको २९ हजार २० मत रहेको छ । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटको २८ हजार ९०० मत रहेको छ । यस अनुसार गुरुङले पुनः झिनो अग्रता लिएकी छिन् ।
दमक झापाको गौरादह नगरपालिकाको वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बलराम खरेलले एक मत अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि विवाद सिर्जना भएको छ । गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहनुभएका दिलनाथ कटवालले पुनः मतगणना माग गरेपछि विवाद सिर्जना भएको हो । एक मतको अन्तरमा पराजित भएपछि उहाँले पुनः मतगणना हुनुपर्ने माग गर्नुभएको हो । विवादित वडा न ७ को नतिजाको पुनः मतगणना नभएसम्म बाँकी ८ र ९ न वडाको मतगणनामा गठबन्धन दलका प्रतिनिधि नबस्ने भनेर बाहिरिएपछि मतगणना प्रभावित बनेको हो । दुईवटा वडाको मात्र मतगणना बाँकी रहेको छ । यहाँ नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ । गौरादह नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्दछ ।
काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)को अग्रता निरन्तर छ । हालसम्म बालेनले २८ हजार २९२ मत प्राप्त गरेका छन् । यसको विपरित हेभिवेट मानिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित उनीभन्दा आधा मतले पछाडी छन् । स्थापितले अहिलेसम्म १४ हजार ९८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंह १४ हजार ६५७ मतकासाथ दोस्रो स्थानमा उक्लन संघर्षरत छिन् ।
पोखराः अघिल्लो अपडेटसम्म ९ मतले पछि परेकी पोखरा महानगरकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले अग्रता लिएकी छिन् ।। कूल ५५ हजार २६७ मत गणनापश्चात् नेपाली कांग्रेसकी रानाभाटले २३ हजार १६४ मत पाएकी छिन् । उनका प्रतिष्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङको २३ हजार २१ मत रहेको छ । हालसम्म रानाभाटले १ सय ४३ मतको अग्रता लिएकी छिन् ।
पोखराः स्थानीयतह निर्वाचनअन्तरगतका पछिल्लो मत परिणाम अनुसार पोखरा महानगरको उपमेयरमा मञ्जु गुरुङले ९ मतको अग्रता लिएकी छिन् । गुरुङले हालसम्म २२ हजार १३१ मत पाएकी छिन् भने कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको २२ हजार १२२ रहेको छ । हालसम्म ५२ हजार ८१७ मत गणना भएको छ । मतगणना जारी छ ।
पोखराः स्थानीयतह निर्वाचनअन्तरगतका पछिल्लो मत परिणामक अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २१ हजार ८८० मतकासाथ अघि बढिरहेका छन् । आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले हालसम्म १९ हजार ३८८ मत प्राप्त गरेका छन् । यसअनुसार अहिले आचार्यले थापालाई २ हजार ४९२ मतले पछि पारेका छन् । हालसम्म ५२ हजार ८१७ मत गणना भएको छ । मतगणना जारी छ ।
रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

