जनकपुरधाम, धनुषाको धनौजी गाउँपालिकामा मतगणना क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ । धनौजी वडा १ को लखौरी गाउँको मतगणनाका क्रममा मतपत्र बढी देखिएपछि विवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । यस्तै, गाउँपालिकाको ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा तीनै वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १ को मतगणनामा समेत काँग्रेसकै अग्रता देखिएका कारण अन्य पार्टीका कार्यकर्ताले मतगणना स्थलमा विवाद उत्पन्न गरेपछि सो विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको निवर्तमान गाउँपालिका उपाध्यक्ष रामवती मण्डलले जानकारी दिनुभयो । मतगणना भइरहेको वडामा समेत काँग्रेसकै अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका उम्मेदवारले अग्रता लिएको मण्डलले बताउनुभयो । विवाद साम्य भएपछि सर्वदलीय बैठक बसिरहेको छ । दलहरुको निर्णयअनुसार मतगणना पुनः गरिने उहाँले जानकारी दिनुभयो । त्यहाँको अवस्था अहिले सामान्य रहेको छ । उक्त गाउँपालिकामा वडा १ र २ मा मतगाणना हुन बाँकी छ । धनौजीमा जम्मा ५ वटा वडा छ । यसअघि पनि काँग्रेसकै अध्यक्ष एवम् उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
कास्की: नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् । ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् । पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् । त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए । रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
पोखरा: पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् । कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् । रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् । यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् । तीन वडाको नतिजा सार्वजनिक पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् । त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
कास्की: पोखरा महानगरपालिका पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मतान्तर घटाएकी छिन् । कुल ३५ सय मणगणना गर्दा गुरुङले १ हजार ४ सय ५ मत प्राप्त गरेकी हुन् । उनी रानाभाट भन्दा ४५ मतले पछि छिन् । सुरुवातमै अग्रता लिएकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले १ हजार ४ सय ५० प्राप्त गरिन् । यसैगरी मेयर पदमा गठबन्धनका धनराज आचार्यले १ हजार ३ सय ४९ सहित अगाडि छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत पाएका छन् । उक्त मत परिणाम पोखरा महानगरपालिका वडा नम्बर १ को १ हजार १ सय २ को ७ सय, वडा १२ को १२ सय र २३ वडा नम्बरको ५ सय गरि कुल ३ हजार ५ सय मत गणना सकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
लुम्बिनी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत हुनुहुन्छ । प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ । भोलि नै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
पोखरा: पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै राखेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणना गर्दा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । भने एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ र अटेरी अभियानका स्वतन्त्र गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दै अगाडि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् । अहिले जारी मतगणनामा पोखरा महानगरपालिका वडा नम्बर १ को ११००, २ को ७०० र वडा १२ को १२ सय मत गणना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
कास्की: कास्कीको अन्नपूर्ण गाउँपालिका ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी बनेको छ । विजय गुरुङ नेतृत्वको नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित भएका विजय गुरुङले कुल ५ सय ६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी मिना गुरुङले ३२७ मत प्राप्त गरेकी थिईन् । यसअघि वडा नम्बर १० मा पनि नेपाली कांग्रेसको गाैतम गुरुङकाे प्यानल विजयी भैसकेको छ ।
काठमाडौं– स्थानीय तह निर्वाचनमा १९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमाले र कांग्रेस बराबरी हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ– नेपाली कांग्रेस क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम १ मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा २ मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन ३ मनाङ नासों धनबहादुर गुरुङ ४ गुल्मी रेसुङ्गगा नगरपालिका खिलध्वज पन्थी ५ गुल्मी गुल्मीदरवार सरोज थापा ६ डडेलधुरा गन्यापधुरा ईन्द्रबहादुर कार्की ७ डोटी बडिकेदार भैरवबहादुर साउद नेकपा एमाले क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम १ डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ २ मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले ३ मुस्ताङ लो-घेकर दामोदरकुण्ड लोप्साङ छोम्पेल विष्ट ४ मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले ५ मुस्ताङ लोमन्थाङ टसी न्हुर्वु गुरुङ ६ मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजीन नामगेल गुरुङ ७ बझाङ साइपाल गाउँपालिका मानबीर बोहरा नेकपा (माओवादी केन्द्र) क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम १ डोल्पा जगदुल्ला नारासिं रोकाय २ दैलेख नौमुले गाउँपालिका छविलाल सुवेदी ३ बागलुङ ताराखोला गाउँपालिका धनबहादुर बिक नेकपा (एकीकृत समाजवादी) क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम १ डोल्पा काइके गाउँपालिका अंगद कुमार राना २ डोल्पा छर्का ताङसोङ गाउँपालिकf सोनाङ गुरुङ
पोखरा महानगरको पछिल्लो अपडेटमा गठबन्धनका उम्मेदवार धनराज आचार्यको रफ्तार कायम छ । अहिलेसम्म गणना भएको २ हजार मतमा आचार्यले ९ सय २३ मत ल्याएका छन् नेकपा एमाले उम्मेदवारको ८ सय ६ मत रहेको छ । २ सयको मतको अग्रता लिएका आचार्यको परिणामबाट उनका समर्थकहरु उत्साहित भएका छन् । त्यस्तै, उपमेयर गठबन्धन उम्मेदवार कोपिला रानाभाटले १हजार २८ मत ल्याउँदा एमालेकी मञ्जु गुरुङले ९ सय ४ मत ल्याएकी छिन् ।

