पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

    मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङले नेकपा एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका छन् ।   धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे। मनबहादुर यसअघि नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।   उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार अर्विन गुरुङलाई पछि पारेका हुन्। अर्विनले ७ सय ९६ मत पाएका छन्।

बुटवलः बुटवल उपमहानगरपालिकामा अघिल्लो पटक मेयर जितेको नेकपा एमाले अहिले तेस्रो स्थानमा छ ।    प्रारम्भिक मत गणनाका आधारमा बुटवलमा ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन्।   एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन्। मतगणना जारी छ।

रौतहट:   रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका स्थानीयले लुटेका छन  । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरिएकाे बताइएकाे छ ।   निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार दुवै स्थानमा मतदान रद्द गरिएको छ ।

पोखराः स्थानीय तहको निर्वाचन सुरु हुन ३ दिन अघिदेखिनै वर्षा हुने मौसम विभागको अनुमानले पोखरेलीलाई असहज बनाइरहेको थियो ।   त्यसैमाथि, देशकै धेरै पानी पर्ने स्थान भएकाले पोखरेलीहरुलाई निर्वाचन बिथोलिने हो कि भन्ने चिन्ता पनि थियो । अझ, सरकारी र जिम्मेवार निकायलाई पनि पीरमा डुुबाएको थियो ।    तर, विभिन्न डर र पीरबीच पोखरामा अधिकांश स्थानमा बेलुकी ५ बजेसम्म मौसम अनुकुल रह्यो । मतदान कार्यक्रम सकिएपछि करिब सवा ५ बजेदेखि पोखराको नगर लगायत आसपासमा वर्षा सुरु भएको छ ।   मतदान सकिएपनि निर्वाचनमा खटिएका पदाधिकारी र सुरक्षाकर्मीहरुलाई भने मतपेटिका र अन्य कागजात जोगाउन केही सकस परेपनि वर्षाकै कारण कुनैपनि कठिनाई भने नभएको हाम्रा सहकर्मी सुशान्त गाहाले जनाएका छन् ।      मतदानस्थलमा रिपोर्टिङकैक्रममा रहेका सहकर्मी गाहाको रिपोर्ट अनुसार पोखरा महानगर र जिल्लाका ४ गाउँपालिकामा करिब ७० प्रतिशतमात्रै मत खसेको छ ।   त्यस्तै, केही मतदानस्थलमा ५ बजेसम्म लाइनमा रहेका मतदातालाई मतदान गर्न दिइने निर्वाचन आयोगले बताएको उल्लेख गरिएको छ ।   

पोखरा:  पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ ।   प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो ।   चिप्लेर लड्दा खुट्टामा चोट लागेको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सशत्र प्रहरी निरिक्षक भिम बहादुर थापाले सुनगाभा न्यूजलाई बताए ।    उनका अनुसार करिब साढे ११ बजे  थापामगर चिप्लेर लडेर सेती खोचमा अड्किएका थिए । त्यसपश्चात उनको उद्धारमा सशत्र प्रहरी बलको टोली र नेपाली सेनाको टोली खटिएको थियो । करिब ३ बजे खोचमा अड्किएका थापामगरको उद्धार गरिएको इन्सपेक्टर थापाले बताए ।    पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण आज (शुक्रबार) काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।  

आज देशभर भइरहेको मतदानमा साँझ ५ बजेभित्र मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले भोट हाल्न पाउने भएका छन् ।    निर्वाचन आयोगले भर्खरै आयोजना गरेको प्रेसमिटमा आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन् । उनले भने, ‘रातको ८–९ बजेपनि उहाँहरुले मतदान गर्न पाउनुहुनेछ ।’ त्यस्तै, मतदानको सम्पूर्ण नतीजा आगामी   जेठ ५ गतेसम्म आइसक्ने थपलियाले बताए । आयोगका अनुसार केही स्थानमा ३ गते पनि मतदान कार्यक्रम रहेको छ ।    सोही कारण सम्पूर्ण क्षेत्रको नतीजा आउन ५ गतेसम्म कुर्नुपर्ने भएको हो । केही स्थानमा मतदान प्रक्रिया अवरुद्ध भएको बताउँदै उनले सुरक्षा संयन्त्रसँग समन्वय गरी मतदान प्रक्रिया सुचारु गर्ने बताएका छन् । 

पोखरा महानगरअन्तरगत वडा नम्बर १६ को दीप मतदान केन्द्र बाहिर पाँच दलीय गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई चिट चोराउने शैलीमा नमुना मतपत्रमा छाप लगाएर बाँडेको पाइएको छ ।    गठबन्धनले चिट चोराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले बिरोध गरेका छन् । एमालेका कार्यकर्ताले सुनगाभा न्यूजकर्मीलाई नमुना मतपत्र उपलब्ध गराएका छन् ।   यस विषयमा पार्टीका जिम्मेवार व्यक्तिलाई जानकारी गराई एक्सन लिइने उनीहरुले बताएका छन् । 

पोखरा:   आसन्न स्थानीय निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्भावित घटना रोक्नका लागि नेपाल प्रहरीले सुरक्षालाई व्यवस्थालाई कडा पारेको छ । मतदातालाई भयरहित वातावरण सिर्जना गर्नका लागि नेपाल प्रहरीले प्रदेश स्तरीय निर्वाचन सेल निर्माण गरि सुरक्षा व्यवस्था व्यापक बनाएको हो ।   गण्डकी प्रदेश निर्वानन सेलका संयोजक तथा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले सुनगाभा न्यूजसँग कुरा गर्दै यस प्रदेशका ८५ वटा पालिकामा ६ हजार ३ सय बढि नेपाल प्रहरी र १० हजार ९ सय बढि म्यादी प्रहरी खटाइएको बताए ।   उनले गण्डकी प्रदेशका १२ सय ५३ मतदान केन्द्रमा आवश्यक सामाग्री सहित नेपाल प्रहरी पुगिसकेको बताए । ‘गण्डकी प्रदेशको ११ जिल्लाका ८५ स्थानीय निकाय मध्ये कुल १२ सय ५३ मतदान स्थल रहेका छन् । आजको दिनसम्म सम्पूर्ण सुरक्षाकर्मीहरु निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगेको अवस्था छ, उनले भने, ‘यी मतदान स्थलहरुमा ६ हजार ३ सय भन्दा बढि नेपाल प्रहरी, १० हजार ९ सय भन्दा बढि म्यादी प्रहरीहरुको परिचालन गरिएको अवस्था छ ।’ उनले निर्वाचनमा हुनसक्ने आपराधिक घटनालाई रोक्नका लागि प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको बताए ।  ‘चुनावमा हुन सक्ने घटनालाई रोक्न र हुनै नदिन प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको छ । प्रदेशका ११ वटै जिल्ला प्रहरी कार्यालयमा पनि प्रत्येक जिल्ला सेल व्यवस्था गरेको अवस्था छ, उनले भने, ‘निर्वाचन सम्बन्धि गतिविधिलाई मोनिटरिङ गरेर प्रदेश प्रहरीको निर्वाचन सेलमा पठाउने गर्छ र सोहीको आधारमा हामीले कम्पायल गरेर केन्द्रीय निर्वाचान सेलमा पठाउने काम गर्दछौ ।’   डिएसपी घलेले विगतको तुलनामा यसपटक आपराधिक घटना ज्यादै न्यून भएको जानकारी दिए । ‘पहिला भएको स्थानीय निर्वाचन २०७४ मा मौन अवधी सुरु हुनुभन्दा अगाडी ५५ वटा घठना भएको देखिन्छ भने अहिलेको अवस्थामा १२/१३ वटा मात्रै सामान्य झैझगडा देखिन्छ । यसकारण यसपटकको सुरक्षा व्यवस्था कडा छ ।’   डिएसपी घलेले नागरिकलाई भयरहित वातावरणमा मतदान गर्नको लागि सुरक्षा व्यवस्था कडा पारेको बताउदै भने, ‘सम्पूर्ण मतदाताहरुले त्रासरहित मताधिकार प्रयोग गर्न पाउँनुपर्छ भनेर हामीले अनुकुल वातावरण सिर्जना गरेका छौ ।’ शुक्रबार बेलकी ५ बजेसम्म हुने निर्वाचनमा म्यादी प्रहरीको सहायतामा नेपाल प्रहरीले निर्वाचन सम्पन्न गराउनका लागि पहिलो घेरामा रहेर काम गर्नेछ । भने सादा पोशाकका प्रहरीहरु पनि तैनाथ रहनेछन् । यसैगरी दोस्रो घेरामा सशत्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।    ‘हामी स्ट्याण्डवाई छौ’:  एसपी थापा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले निर्वाचन लक्षित सबै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बताएको बताए । ‘यो निर्वाचनलाई शान्तीपूर्वक र सुरक्षित तवरले सम्पन्न गर्नका लागि यथेष्ट मात्रामा प्रहरीहरु परिचालन गरेका छौ र स्ट्याण्डवाई छौ, उनले भने, ‘प्रत्येक मतदान केन्द्र र स्थलहरुमा पर्याप्त प्रहरीहरु तैनाथी गरेको अवस्था छ । यसैगरी प्रत्येक गाउँपालिका र महानगरपालिकामा रिजर्भ टोली, मोवाईल टोली तथा प्लेनकोटको प्रहरी परिचालन गरेका छौ ।’   उनले आपराधिक क्रियाकलाप हुन नदिनका लागि संवेदनशील रहेको बताए । ‘हामीले यो समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न हामी सचेत, संवेदनशिल र तयारी पूण रहेको छ ।’   एसपी थापाले आम नागरिक, विभिन्न दलका उम्मेदवारहरु र निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरुको सुरक्षामा प्रतिवद्ध रहेको बताउदै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न समेत आग्रह गरेका थिए ।   

काठमाडौँ:   निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ ।  गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।   यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिताविपरीत दल र उम्मेदवार तथा अन्य पक्षले गर्न सक्ने क्रियाकलापको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाएको छ ।   आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगममन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । सहायक निर्वाचन अधिकृतलाई अनुगमन अधिकृत तोकेको छ ।   यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्योजनसहित १७ वटा विशेष अनुगमन टोली खटाइएको छ । सो टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउनेछ । आयोगले आचारसंहिता कार्यान्वयन भएयता विभिन्न पार्टीका शीर्ष नेता, मुख्यमन्त्री, उम्मेदवार, सरकारी ओहोदामा रहेका व्यक्ति, पत्रकारका सङ्गठन र सञ्चारमाध्यमलाई गरी करिब एक सय स्पष्टीकरण सोधको छ ।   त्यसमध्ये केहीलाई ध्यानाकर्षण र सचेत गराइएको छ भने अनुगमन र छानविनको क्रम जारी राखेको छ । आयोगमा अनुगमन हेर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । आयुक्त भण्डारीले रासससँगको कुराकानीमा हालसम्मको जानकारीमा उम्मेदवारले दिएका द्वेशपूर्ण अभिव्यक्ति दिएको, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचरण पालना नगरेको, निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको, आर्थिक प्रलोभन देखाइएको, कतिपय सरकारी कर्मचारीले कुनै दलको पक्षधरता देखाएको जस्ता प्रकृतिका उजुरी प्राप्त भएको भएको बताउनुभयो ।   आचारसंहिता उलङ्घन गर्नेलाई आयोगले स्पष्टीकरण मात्र सोध्ने हो कि अन्य कारबाही पनि गर्ने हो ? भन्ने प्रश्नमा आयुक्त भण्डारीले भन्नुभयो, “प्राकृतिक न्यायका आधारमा उलङ्घनकर्ता वा त्यसको आरोप लागेका व्यक्तिलाई सफाइको मौका दिनका लागि पनि स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । प्राप्त जवाफ र तथ्य, प्रमाणका आधारमा सामान्य घटना भएमा तामेलीमा राख्ने, गल्ती गरेको अवस्थामा जवाफकर्ताले आत्मालोचना गरेमा वा गल्ती नगर्ने प्रतिबद्धता जनाएमा सचेत गराउने कारबाही हुन्छ । गम्भीर प्रकृतिको उलङ्घन भएको पाइएमा जरिवाना र अन्य कारबाहीबारे निर्णय गरिन्छ ।   भण्डारीका अनुसार आचारसंहिता सबैका लागि उत्तिकै लागू हुने र आयोगको स्रोत साधनले सबैतिर अनुगमन गर्न पहुँच नपुगेको हुन सक्ने भएकाले यसमा सचेत नागरिक, जिम्मेवार सबै पक्षले सघाउनुपर्छ । उहाँले राजनीतिक दलहरुले पालना गर्ने हो भने धेरै हदसम्म उलङ्घनका घटना नहुने जनाउँदै भन्नुभयो, “आचारसंहिता एक नैतिक र कानुनी बन्धन हो ।   कतिपय सन्दर्भमा पालनामा असहयोग गर्ने प्रवृत्ति रहेको हुनसक्छ । तर सबैले इमानदारिताका साथ लागू गर्ने हो भने समस्या आउँदैन । मूलत आचारसंहिता प्रभावकारीरुपमा कार्यान्वयन गर्नकै लागि जारी भएको हो ।” मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने बातावरण निर्माण गर्न आयोगले आह्वान गरेको छ ।   सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ ।   मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन हुँदैन ।