पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु धम्पुसवासीको आँगनमा पुगेका छन् । पर्यटकिय गाउँ धम्पुस पुग्दा न्यानो आतिथ्यता पाएका उम्मेदवारहरु यहाँको थप विकास र प्रवद्र्धनकालागि प्रतिबद्धता पनि जनाए ।   गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले आम धम्पुसवासीको सल्लाह र माग अनुरुप कार्ययोजना अघि बढाइने बताए । पर्यटकिय गाउँ भइरहँदा पनि स्थानीय सरकारले उपेक्षा गरेको जनाउँदै उनले योजना सहित थप प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे ।   काँग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतसहित विजय गराउन आग्रह गर्दै उनले भने,‘प्रकृतिले नै सुन्दर बनाएको यो ठाउँ अझै प्रवद्र्धन हुन सकिरहेको छैन । यहाँको मौलिक संस्कृति, रहनसहन लयागत यहाँको मौलिकता नै बलियो पक्ष हो । हामी यहाँको मौलिकतालाई आत्मसात् गर्दै प्रकृतिक सौन्दर्यलाई ध्यानमा राख्दै यहाँकै स्थानीयहरुको सल्लाह बमोजिम कार्ययोजना तयार गर्ने छौँ ।’   मतकै लागि ठूला सपना देखाएर कालान्तरमा जनतालाई निरश गराउनु भन्दा नेतृत्वमा आएपछि आवश्यक कुराहरुलाई तत्काल अघि बढाइने उनले प्रतिबद्धता जनाए ।अध्यक्ष उम्मेदवार गुरुङले भने ‘भोट पाउन यहाँ जे पनि भन्दिन्छन् । म कुनै ठूलो कुरा गर्छु भन्दिनँ । यहाँहरुकै आवश्यकता अनुसार योजनाहरु तय गर्ने हो । बोल्नमा भन्दा बढी म काममा देखाउँछु ।’   गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले भूगोल अनुरुपको विकासमा जोड दिइन् । मौलिकतालाई प्राथमिकतामा राख्दै पर्यटन गन्त्ब्यको मुख्य आकर्षण केन्द्र बनाउँदै आर्थिक चलायमान हुने गरि योजना तय गरिने बताइन् ।   ‘हचुवाको भरमा विकास हुने कुरा होइन । विशेषज्ञसहित यहाँको भूगोल अध्ययन गरेर विज्ञ र स्थानीयकै रोहवरमा योजनाहरु तय गर्ने छौँ । यस रमणिय ठाउँलाई मौलिकतासँगै व्यवसायिकतामा पनि अघि बढाउने कुरामा हामी प्रतिबद्ध छौँ’अधिकारीले भनिन् ।   माछापुच्छ्रे ७ धम्पुसमा काँग्रेसबाट वडाध्यक्षमा लोक बहादुर गुरुङ९लोके सर०, महिला वडा सदस्यमा विष्णु माया भण्डारी, दलित महिला सदस्यमा जुना विक र वडा सदस्यमा श्याम अधिकारी उम्मेदवार छन् ।   सो अवसरमा माछापुच्छ्रे काँग्रेसका कार्यकर्ता, पार्टी पदाधिकारी लगायत सयौँको संख्यामा शुभेच्छुकहरुको उपस्थिती थियो ।

काठमाडौं:  छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।     रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५-१५, २५-१८, २६-२८ र २८-२६ को सेटमा जित निकाल्यो । यस जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहदै च्याम्पियन बनेको हो । आर्मीले ६ खेलमा १८ अंक जोड्यो । हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो । हेल्प नेपाल दोस्रो स्थानमा रह्यो ।   उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ । हेल्प नेपालले ३ लाख प्राप्त गर्यो ।  तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौंथो एपीएफले ७५ हजार प्राप्त गर्यो ।    महिलातर्फको उपाधि पनि आर्मीले जित्यो । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।   विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० को सेटमा जित निकाल्यो । आर्मी पहिलो पटक च्याम्पियन बनेको हो ।   महिलातर्फ उपाधि विजेता आर्मीले पनि नगद ६ लाख प्राप्त गरेको छ ।   उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ ।   नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबले प्रतिस्पर्धा गरेका थिए ।   महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको थियो ।

पोखरा:  पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् ।   पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त  बनाउन गठबन्धनको जित आवश्यक रहेको बताईन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गरिन् ।   पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसंग रहेको बताएकी उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताईन् । महानगरभित्र रहेका डाडाँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने उनले बताईन् ।   पोखरामा क्रियाशिल आमा समुहहरुका लागि विना धितो विना ब्याच १० लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरिन् । महानगरमा निशुल्क शिक्षा, शुद्ध खानेपानी र गुणस्तरीय स्वास्थ्यको समेत व्यवस्थापन गर्ने उनले बताईन् ।   यस्तै वडा अध्यक्ष पदका उम्मेदवार पूर्ण बहादुर थापाले आर्थिक पारदर्शीता र कुशल प्रशासन संचालनका लागि आफ्ु योग्य रहेको बताए । वडाको विकासका सवालमा वडावासीहरुसंग आवश्यक परामर्श गरेर निर्णय लिने उनले प्रतिवद्धता पनि जाहेर गरे ।   सदस्य पदका उमेदवार लालबहादुर ठकुरीले कृस्तीले परिवर्तन खोजेका कारण गठबन्धनका उम्मेदवारलाई विश्वास गरेर मत दिने अपेक्षा लिएको बताए । अर्का सदस्य पदका उम्मेदवार नारायणबहादुर केसीले ३२ वर्ष देखी एमालेको कार्यकर्ता भएर काम गर्दा झुट र ठट्टा बाहेक केही नदेखेको बताए ।   महिला वडा सदस्य पदकी उमेदवार देवी अधिकारीले राम्रा व्यक्ति छान्न नसके पाँच वर्ष पछुताउनुको विकल्प नहुने बताईन । दलित महिला वडा सदस्य पदकी उम्मेदवार मञ्जु विकले दलित समुदायको नेतृत्व विकास गराई आयआर्जन र उद्यमशीलता बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 

पोखरा:  सत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहज बनाउनको लागि अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने बताए । स्थानीय निर्वाचन नजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँग वडा विकासमा लागि पर्ने बताए । ‘साना–साना समस्याको लागि महानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौं,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्न बनाउनेछौं ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स निर्माण गरिने आचार्यले घोषणा गरेका छन् ।      उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने बताइन् । चुनावी आमसभामा पोखराका विभिन्न ठाउँमा पुगेकी रानाभाटले सहरको नजिक भएका ठाउँहरुमा पनि खानेपानीको समस्या देखिन । ‘आधा दिन खानेपानीको लाइनमा जाने गरेको मतदाताले गुनासो गर्नुभयोे,’ उनले भनिन्, ‘खानेपानीलाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौं । एक घर एक धाराको अवधारणा सहित पानी पुर्‍याउनेछौं  ।’   गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको वढ्दो सवारी चापलाई व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणामा उल्लेख छ ।   

पोखरा:  पाँच दलीय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभाको तयारी पुरा भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि आमसभाको तयारी पुरा भएको जानकारी दिएको हो ।    कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आमसभाका लागि पोखरा महानगरपालिकासँगै चारवटै गाँउपालिकाहरुमा पाचै दलका मतदाताहरु सहभागी गराउने गरि आह्वान गरिएको बताए । बरालले यस आमसभालाई व्यवस्थित, मर्यादित र ऐतिहासिक बनाउने तयारी भएको पनि बताए ।   आमसभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेतका नेता संगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।   पाँच दलीय गठबन्धनका नेताहरुले पोखरा महानगरपालिका सहित कास्कीका बहुस्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने दावी गरेका छन् । कास्कीमा पोखरा महानगरपालिकासँगै पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेकाले पनि बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको नेताहरुको दावी गरेका हुन् । केन्द्रकै परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको समेत नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।    बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ । ति वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भैरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुका बिचमा परामर्श गरिरहेको उनले बताए ।    गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । उनिहरुको तर्फबाट पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छिन् ।

पोखरा:   लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उमेद्वारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । लक्ष्मी मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीले उमेद्वारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन् ।   कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष देवी पुनले ५ वर्ष अगाडि एमालेका उमेद्वारलाई घरदैलोका क्रममा यही मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती प्रतिबद्धता पूरा गरेको बताइन् ।   पुनले अहिले उमेद्वारी दिएका उमेद्वार पनि समाज सेवा हुँदै विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभवी, क्षमतावान र युवा नेतृत्व सहितको टिम भएकाले उहाँहरुलाई भोट दिएर निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।    उनले जात रंगभेद तथा पार्टीका आधारमाभन्दा पनि व्यक्तिको योग्यता र क्षमताको आधारमा भोट दिनुपर्नेमा टोलवासीलाई सचेत गराइन् । अझै पनि टोल विकासमा गर्नुपर्ने केही काम रहेको भन्दै जनघनत्व अनुरुप खानेपानीको पाइप सानो भएकाले ठूलो साइजको पाइप, सडकमा सोलर बत्ती, सिसी क्यामेरा, इन्द्रेणी मार्गको सडक स्तरोन्नती र लक्ष्मी टोलको सडकमा ठूलो नालीको आवश्यकता रहेको बताइन् ।   स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी तोरण बानियाँले टोल विकास र आमा समुहबीच प्रतिवद्धता जाहेर गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिए । बानियाँले विगतमा सामाजिक सेवाको रुपमा कार्य गर्दैगर्दा आफू पनि यस टोलमा सहयोगीको रुपमा जोडिने अवसर पाएको बताए ।   उनले १५ नं वडाको नेतृत्व गर्ने अभियानमा हिंडिरहेको अवस्थामा टोलवासी तथा आमा दिदी बहिनीको साथ, समर्थन र सहयोगले आउने निर्वाचनमा जित्छु भन्नेमा आशावादी रहेको बताए ।   बानियाँले जित पश्चात् १५ नं वडाको समग्र विकास र परिवर्तनका लागि महिला उधमशीलता, युवा स्वरोजगार, कृषि, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा वडावासीसँग हातेमालो गर्दै एकपछि एक गर्दै प्रतिवद्धता पूरा गर्ने विश्वास लिए । मेयर उपमेयरसहित आफूहरु पाँचैजनालाई मतदान गर्न आग्रह गर्दै बानियाँले विकासका प्रश्नमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गरे ।   यस्तै, जिल्ला कमिटी इन्चार्ज तथा वर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले २०७४ सालमा वडावासीको माया र विश्वासले निर्वाचित भएको स्मरण गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि गरिएका प्रतिवद्वताको झन्डै ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको दाबी गरे । ‘हाम्रो वडा, राम्रो वडा’ बनाउने अभियानमा यहाँका स्थानीय टोल विकास संस्था, आमा समुह, अगुवा, नागरिक समाज तथा विकासप्रेमी व्यक्तित्वसँग सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई थियो । वडा नं १५ लाई महानगरका ३३ वटै वडामध्ये नमुना वडा, सुन्दर वडा र विकसित वडा बनाउने अभियानलाई साकार पार्न लक्ष्मी टोल विकास क्षेत्रभित्र बसोबास गर्ने सबैले विगतका दिनमा जस्तै यसपाली पनि नेकपा एमालेलाई मतदान गर्नेमा उनको विश्वास थियो ।  

पोखरा:    स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट पोखरा–२१ का उमेद्वार बिहीबार र शुक्रबार मतदाताको घरआँगन पुग्दा सौहार्द स्वागत पाए । रुद्राक्षको माला, अबिर र खादासहित उमेद्वारलाई स्वागत गरेका मतदाताले विजयको शुभकामना समेत दिए ।   बिहीबार पोखरा २१ स्थित चापाको चौर, मैदान, पुरानो साम्मी लगायतका क्षेत्रमा सूर्य ध्वजावाहक उमेद्वार पुगिरहँदा मतदाताको स्वागतले माहौललाई हौसायो ।   चापाको चौरमा आयोजित सभामा बोल्दै नेकपा एमाले पोखरा २१ इन्चार्ज अर्जुन गिरीले वियय सुनिश्चित रहेको जनाउँदै अब मतान्तर बढाउने तर्फ ध्यान केन्द्रित रहेको बताए । उनले भने, ‘पोखरा २१ एमालेको लालकिल्ला हो भने अभियान मार्ग लालकिल्लाको पनि लालकिल्ला हो । हामी जित्छौं, यस कुरामा कुनै द्धविधा छैन । कति मतान्तरले जित्छौं भन्ने मात्रै हो ।’   नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाले वडाको विकासका कार्यमा एमाले नै अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै बाँकी कार्य पुरा गर्ने अभिभारा पनि एमालेकै उमेद्वारले पुरा गर्ने बताए ।   यस्तै पार्टीका तर्फबाट पोखरा २१ का वडाध्यक्ष उमेद्वार दिपकप्रसाद पौडेलले वडाको थप समृद्धिका लागि एकमात्र विकल्प एमाले रहेको बताए । मतदातालाई होस्टेमा हैसेका लागि आग्रह गर्दै भने, ‘तपाईहरुको सल्लाह अनुरुप नै हामी अघि बढ्ने हो । यहाँका समस्याबारे म जानकार छु । कतिपय काम भएका छन्  । तर अझैपनि वडाको मुहार फेर्ने काम बाँकी छन् । त्यसका लागि हामी योजना सहित तयार छौं ।’   बिहीबार पोखरा ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडावासीलाई पार्टीको प्रतिबद्धताबारे जानकारी गराए । उमेद्वारबारे विभिन्न अफवाह फैलाइएकोबारे जानकारी गाराउँदै उनले त्यसको पछि नलाग्न आग्रह गरे । उनले महानगरका सबै सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउन आग्रह गरे ।   शुक्रबार बृहत् र्‍याली सम्पन्न नेकपा एमाले पोखरा २१ ले शुक्रबार (आज) बृहत् मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ । पोखरा २१ को निर्मलपोखरी, कृष्ती लगायतका स्थानमा ५ सय बढी कार्यकर्ताको उपस्थितिमा र्‍याली सम्पन्न गरिएको हो । र्‍यालीपछिको कोणसभालाई प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र रोकाय, नेकपा एमाले कास्की सदस्य हिरा गिरी, पोखरा २१का इन्चार्ज अर्जुन गिरी, पार्टीका वडाध्यक्ष राजेन्द्र थापा, अनेरास्ववियु पोखरा महानगरका अध्यक्ष डिएन लामिछाने, अनेरास्ववियु कास्की अध्यक्ष विजय पौडेल लगायतले सम्बोधन गरेका थिए ।   विकास र समृद्धिका लागि एमालेका सबै उमेद्वालाई मत अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।  

काठमाडौँँ: गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेको हो ।   लोगोमा गण्डकी प्रदेशको र सिंगो नेपालकै प्रतिनिधित्व हुनेगरी माछापुच्छ्रे् हिमालसँगै नेपालको राष्ट्रिय झण्डा र विभिन्न रंगलाई समावेश गरिएको छ । मस्कटमा गण्डकी प्रदेशको चिनारीको रुपमा रहेको लोपोन्मुख जनावर कस्तुरी मृग रहेको छ ।    राखेपले नवौँ राष्ट्रिय खेलकुदको नारा समेत सार्वजनिक गरेको छ । नवौँको नारा  ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । लोगो, मस्कट र नारा खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको हो । नाराको रचना सुयोग्य राज काफ्लेले गर्नुभएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गर्नुभयो ।    लोगो डिजाइन गर्नुभएका भोलानाथले ५० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । मस्कट डिजाइन गरेवापत उहाँले २५ हजार रुपियाँ पनि पाउनुभयो । नारा बनाउने काफ्लेले १० हजार रुपियाँ प्राप्त गर्नुभयो । राखेपले लोगो, मस्कट र नारा छनोटका लागि राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा समिति बनाएको थियो । गण्डकी प्रदेशको ११ वटै जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी सहित कूल ३८ खेल समावेश गरिएको छ ।   जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिमन्यास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल , फुल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाईडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । 

पोखराः नेपाल मुक्ति जातिय उत्पीडित समाजका केन्द्रीय सदस्य किसान सुनारले स्थानीय तहको निर्वाचनमा समाजको साथ नेकपा एमालेलाई रहेको बताएका छन् ।    एमाले पोखरा १५ ले वडामा रहेका दलित तथा बिपन्न वर्गलाई निर्वाचनमा समेट्न तथा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सुनारले उक्त धारणा राखेका हुन् ।     कार्यक्रममा केन्द्रिय सदस्य किसान सुनारले जसले एउटा व्यक्तिलाई पाउदेखि शिरसम्म चप्पल जुत्ता र लुगा सिलाइदिएर लाज ढाकी सुरक्षित बनाउने काम गर्यो उही व्यक्तिलाई यो समाजले दलितको सँज्ञा दिएको आरोप लगाए। उनले नाङ्गै खुट्टा हिँड्नेलाई चप्पल बनाएर अथवा मानिसको लाज छोप्नलाई कपडा सिलाइदिएर दलित नभएको भन्दै मानिसको सोचमा परिवर्तन आउनुपर्नेमा जोड दिए।   दलित भएकै कारण अपहेलित गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहिलेदेखि नै दलितलाई समय अनुसार व्याख्या गर्ने गरिएको उनले आरोप लगाए। समाजले समानरुपले स्विकार्न नसकेपनि दलितको भोट भने चल्ने गरेको बताउँदै फेरी यहि समाजले समानताको हिसाबले हेर्न नसकेको गुनासो पोखे। उनले भने – “हाम्रो आक्रोश र गुनासो यहि हो, हामीलाई समाजले समान नजरले हेरोस्।“ उनले यस प्रथाको अन्त्यका लागि नेकपा एमालेलाई भोट दिन भेलामा उपस्थितलाई आग्रह गरे।   यस्तै अध्यक्षका उम्मेदवार तोरण बानियाँले भोली आफूहरु निर्वाचित भएको खण्डमा पाँच जनाले मात्रै योजनाहरु पूरा गर्न नसक्ने भन्दै सबैको सहमती, सहकार्य र सहअस्तित्वको खाँचो पर्ने बताए।    उनले वडा नं –१५ एउटा परिवार भएको बताउँदै परिवारमा एक जना सदस्य पनि असन्तुष्ट रहेको खण्डमा त्यो परिवार राम्रोसँग चल्न नसक्ने भन्दै यहाँका सबै जातजाती, बिभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरु लगायत सबै वडावासीको साझा र सभ्य नागरिक बस्ने वडा बनाउन चाहेको बताए ।