पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

काठमाडौँ, वैशाख २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने हो कि भन्ने डर आफूलाई लागेको टिप्पणी गर्नुभएको छ । उहाँले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तìव हाबी हुन सक्नेप्रति सचेत गराउनुभयो ।    सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।”   उहाँले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गर्नुभयो । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिनुभयो । यस प्रकारको टिप्पणीलाई सञ्चारमाध्यममा स्थान दिन नहुने र आमसर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रोत्साहित हुने गरी लेख्न नहुने उहाँको आशय थियो ।   उहाँले निर्वाचनमा निष्ठा, इमान, जनपक्षीयता, सेवामुखी भावना र प्रतिबद्धताले जित्नुपर्नेमा जोड दिनुभयो ।“दस दिन मात्रै बाँकी रहँदा आचारसंहिताको सवै बुँदाको पालना गरी हामीले बनाएको नियम व्यावहारिक एवं उपयोगी रहेको तथा यसले निर्वाचनको स्वच्छता र पारदर्शितालाई सकारात्मक प्रभाव पार्छ सिद्ध गर्न समेत सबैसमक्ष चुनौती रहेको छ,” उहाँले भन्नुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घले स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी रेडियोकर्मी र सञ्चालकले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । संहितामा रेडियोकर्मी र सञ्चालकले गर्न हुने र गर्न नहुने बुँदाहरू समेटिएका छन् ।    प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले प्रसारण गर्ने विज्ञापनको अनुगमन गर्न तथा अभिलेख राख्न नेपाल विज्ञापन बोर्डलाई जिम्मेवारी दिइएको बताउनुभयो । चुनावमा रेडियोले प्रसारण गर्न सक्ने विज्ञापनबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “एउटा रेडियोले २४ घण्टामा एक मिनेटमा नबढ्ने गरी दुई पटक मात्रै एक जना उम्मेदवारको प्रचार प्रसारण गर्न पाउनेछन् ।” 

पोखरा:   पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगाएत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ ।   पोखरा महानगरपालिका वडा नं. ९ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई पुर्ण रुपमा पालना गर्दै मतदाताको घरदैलोमा गइ प्रत्यक्ष रुपमा भेटेर आफ्ना एजेन्डा राख्दै प्रचारप्रसार गरेका छन् ।   उनले पोखराको मुख्य वजार महेन्द्रपुल, साँधुमुख, नयाँवजार क्षेत्रमा घरदैलो गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन चङ्गा चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । साथै मतदानमा विना संकोच, विना डरत्रास सक्रिय सहभागि भई सहि तरिकाले मतदान गर्न पनि मतदाताहरुलाई अनुरोध गरेका छन् ।   राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सृजनादेवि रिजाल कार्की, पोखरा २१ मा वडा अध्यक्ष पदमा लक्ष्मण सुनार, महिला सदस्यमा तुल कुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुल्ला सदस्यमा प्रदिप सुनार र विष्णु बहादुर थापाले उम्मेदवारी दिएका छन् ।

पोखरा:   पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।    उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए ।   सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण र यसको पारदर्शी उपयोगबाट नै धेरै काम गर्न सक्छौं । यहाँ पारदर्शीताको आवश्यकता छ । कयौं काम अध्यारो कोठामा बसेर गरिँदा समस्या आएका छन् । हामी त्यसो हुन दिँदैनौं । पारदर्शी ढंगले सबैको अपनत्व हुनेगरी काम गछौं’, उनले भने ।    मेयर उम्मेदवार आचार्यले अध्यारो कोठामा बसेर अपारदर्शी ढंगले कुनै निर्णय भएको भए त्यसको समेत छानविन गरिने बताए । आफूहरु महानगरमा केही गर्न र महानगरलाई महानगरको रुपमा विकास गर्न जाने भन्दै उनले महानगर स्तरका सम्पूर्ण सुविधायुक्त संरचना निर्माण गरिने उनले दृढता प्रकट गरे । ‘हामी महानगरलाई महानगरको रुपमा विकास गर्न चाहन्छौं’, उनले भने, ‘त्यसका लागि हाम्रा योजना घोषणा पत्रमार्फत सार्वजनिक गरेका छौं । जे गर्छौं भनेका छौं, त्यो गर्नेछौं र एउटा सभ्य महानगर जो सबै हिसावले महानगर भन्न लायक हुनेछ । यहाँका नगरबासीले त्यसको अनुभव गर्ने र भोग्ने हुन्छ नै बाहिरका मानिसले समेत यहाँ फर्केर आइरहने बनाउँछौं’,उनले भने ।      महानगरका सहरी क्षेत्रको फोहोर सहितको ढल बगेर बिरौटा र छोरेपाटनलाई कुरुप बनाउने गरेको भन्दै यसको उचित व्यवस्थापन गरिने उनले बताए । अझैपनि ४५ प्रतिशत विरुवा फाँट बचेको भन्दै त्यसलाई बचाएर व्यवस्थापन गर्ने तर्फ आफूहरुले ध्यान दिने प्रतिबद्धता उनको थियो ।    कार्यक्रममा उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रीत हुने बताइन् । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राखे ।     कार्यक्रममा पोखरा महानगर वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्य, एकीकृत समाजवादीका कास्की उपाध्यक्ष झपिन्द्रराज रेग्मी, कास्की कांग्रेसका पूर्व जिल्ला सदस्य पुण्डरी प्रसाद बराल र एकीकृत समाजवादी पोखरा १७ का अध्यक्ष शिवराज आचार्य लगायतले बोलेका थिए ।     

पोखरा:   पोखरा महानगरपालिका १२ मा नेकपा एमालेले देशभक्त केसीलाई वडाध्यक्षको उमेद्वार बनाएको छ । उनी यसअघिको निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । सदस्यमा रहेर समाजमा उनले देखाएको सक्रियता र कार्यसम्पादनकै कारण पार्टीले उनलाई वडाध्यक्षमा उठायो ।   जोश, जाँगरसँगै वडामा समयानुकुल परिवर्तनका लागि युवा अघि बढेको देख्दा यहाँका स्थानीय उत्साहित छन् । पार्टीभन्दा माथि उठेर वडावासीले सहयोग गर्नेमा आशावादी देखिन्छन् देशभक्त । भन्छन्, ‘वडा सदस्य हुनु अघि र भएपछि पनि वडाका हरेक नागरिकसँग प्रत्यक्ष सरोकार रहँदै आयो । प्रशासनिक कार्यका लागि वडा सदस्य भइसकेपछि थप नयाँ अनुभव पाएँ । नहुँदा पनि म समाजका हरेक तह तप्कासँग नजिक छु । आशा छ, पार्टीभन्दा माथी उठेर मलाई सहयोग गर्नुहुनेछ ।’ वडाध्यक्षका उमेद्वार केसीले वडाको समृद्धिका लागि खाका पनि तयार गरेका छन् । तीमध्ये केही प्रतिवद्धता हामीले यहाँ बुँदागत रुपमा प्रस्तुत गरेका छौंः  १. वडामा रहेका कच्ची बाटो पक्की बनाइने र मुल सडकमा भएका खाल्डा–खुल्डीलाई तत्काल मर्मत गरी व्यवस्थित बनाइने । २. मुल सडकमा सडकबत्तीको व्यवस्थापन गरी उज्यालो वडा कायम गरिने । ३. धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्रीगणेश तथा भद्रकाली मन्दिर परिसर संरक्षण तथा सम्वद्र्धनका लागि मन्दिर व्यवस्थापन समितिसँग समन्वय गरी प्रस्तावित गुरुयोजना कार्यन्वयनका लागि आवश्यक पहल गरिने । ४. वडामा रहेका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, चौतारी एवं सार्वजनिक जमिनको संरक्षण र सम्वद्र्धन गरिनुका साथै उपयुक्त खुला सार्वजनिक स्थलमा आधुनिक पार्क निर्माण गरी निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने । ५. वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ प्रविधिको विकास गरी सर्वसुलभ शिक्षाको पहुँच प्रदान गरिने । ६. वडाभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयमा वडा र विश्वविद्यालयको साझेदारीमा उच्च शिक्षा अध्ययनका लागि पहल गरिने । ७. वडा नं १२सँग जोडिएका सिमा सडक, ढल, बत्ती लगायत भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि छिमेकी वडासँग समन्वय गरी साझेदारी कार्यक्रम सञ्चालन गरिने । ८. आवश्यकता र समानुपातिक विकास गर्न वडाभित्र रहेका टोल विकास संस्था र आमा समुहसँग समन्वय गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने । ९. वडाबासी ननागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई बिना भेदभाव सरल, सहज र पारदर्शी बनाई वडालाई भ्रष्टाचार मुक्त, सुशासनयुक्त नमुना वडा बनाइने । १०. फरक क्षमता भएका नागरिकको तथ्यांक संकलन गरी उनीहरुको समस्या समाधानका लागि पहल गरिने ।   पोखरा १२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर (रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उमेद्वार छन् ।

पोखरा:    कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका हुन् ।    उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन् ।   नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए ।    एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए । ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन ।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ ।’   उनले एमालेसँग एक्लै लड्न नसकेर ५ दलले गठबन्धन गरको सुनाए । ‘माओवादी खोला हो । लक्ष्यमा पुग्न नदीमा पुग्नुपर्छ । एमाले नदी हो ।’ उनले भने, ‘अबको माग नेकपा एमाले हो । एक्लै एमालेसँग लड्न नसक्ने भएर गठबन्धन गर्न सकेका छैनन्, आफ्नो पार्टीको अस्तित्व राख्न नसकेपछि किन बस्नु ?’  

पोखरा:   पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।   प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् ।    मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्न निर्देशन दिए । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ ।   यसका लागि आवश्यक बजेटको प्रवन्ध गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए ।  बैठकमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले संघ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्र्नुपर्नेमा जोड दिए ।    प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषदबाट निर्णय गरेर अगाडि बढिने उनले जानकारी गराए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आधिकारिक पत्राचारका लागि संघ सरकारसँग आफूले पहल गर्ने बताए । प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने उनले जानकारी गराए ।  अर्थसचिव वैकुन्ठ अर्यालले पहिला खेलाडी छनोटको कार्यविधि तयार भएपछि बजेट व्यवस्थापन गरिने बताए ।    गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापन लगायत कामका लागि ५ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताए ।    उनका अनुसार प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो । उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए । अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउन लागिएको छ ।    गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन् । यसले खेल गतिविधि मात्र नभए पोखराको पर्यटनमा समेत राम्रैसँग प्रवद्र्धन हुनेछ ।    बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए । 

पाेखराः पाेखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्यासी कृष्णबहादुर थापाले अप्ठेराे अवस्थामा पाेखरामा विकासकाे सुरुवात गरेकाे बताउँदै साढे ४ अर्ब रुपैयाँ लागतकाे खानेपानी याेजना साक्षी बसेर ल्याएकाे बताएका छन् ।    नेकपा एमाले पोखरा -१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रममा थापाले पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे। अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उनले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए।   घरदैलो कार्यक्रममा वडावासीले देखाएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए। थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताए।     २०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए । थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए ।   उनले फेरी एउटा सुखद सौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उनको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गरे। उनले भने - "यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।"   यस्तै, उपमेयर पदकी मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन्। उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्। उनले अझ कतिपय कामहरु गर्न बाँकी रहेको र कतिपय कामहरु प्रक्रियामा रहेकोले ती कामलाई पूर्णता दिँदै अन्य कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाइन्।   नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनको बताइन्। उनले गठबन्धनको टोलीमा धेरै चिन्ह अंकित झन्डाहरु रहेकोले मतदान गर्न गाह्रो र झन्झटिलो हुने भन्दै नेकपा एमालेको सूर्य चिन्ह सिङ्गो एउटा मात्र भएकाले मतदान गर्न सजिलो हुने बताइन्।   यस्तै, वडा नं -१५ का अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हर समय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। बानियाँले एकैचोटी यो समाजको नेतृत्व गर्छौं भनेर आएको नभै धेरै अगाडिबाट मेहेनत गर्दै संघर्ष गरेर सामाजिक काममा समर्पित रहँदै आएकाले हिजो गरेका कामको कारणले पनि यहाँका जनताले विश्वास गरेर भारी मतले बिजयी गराउने आशा व्यक्त गरे।   उनले घरदैलोका क्रममा जनतासँग धेरै वाचाहरु गरेकाले आउँदो ५ वर्ष भित्र आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमको संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् ।    सभामा जिल्ला कमिटि कास्कीका इन्चार्ज भिम कार्की, वर्तमान वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचालन परिचालन कमिटिका संयोजक शिव बहादुर भण्डारी, शिव बहादुर बानियाँ, पूर्व सदस्य ललित बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।

मकवानपुर:  मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।   उहाँका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमातखोलामा खसेको थियो ।   यसैगरी  गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ ।   दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिनुभयो ।   सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उहाँले बताउनुभयो । चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो ।   जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।   वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद्का अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।   आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।