पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

काठमाडौं:    काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छिन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।   उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहि¥याइदिएकी थिइन् । साथै उनी क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के–के गुण हुन जरुरी छ भनेर प्रश्न सोधेका थिए ।   जवाफमा महर्जनले नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारको ठक्करबाट ज्यान गुमाएको बावु छोरीको पक्षमा न्याय माग्दै आफन्तहरुले सडक अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेका कार चालक एन्जल बम मल्ललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ नगरेको भन्दै करिब २ सय जनाको उपस्थितिमा पोखरा  २५ स्थित याम्दी पुलमा सडक अवरुद्ध गरेका हुन् ।   उनीहरुले यसअघि विहान जिल्ला प्रहरी कार्यालय कास्की अगाडी विरोध प्रदर्शन गरेका थिए ।  पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको आज उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सविना पुनले आइतबारनै ज्यान गुमाएका थिए ।    मृतक परिवार तथा आफन्तहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राख्दै आएका छन्  ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको पनि मृत्यु भएको छ ।    आफन्तका अनुसार पुनको उपचारको क्रममा आज विहान ५ बजे अस्पतालमै मृत्यु भएको हो ।  यसअघि उनको छोरी १८ वर्षिया सविना पुनको मृत्यु भैसकेको थियो ।    कारको ठक्करबाट बुवा र छोरीले ज्यान गुमाएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।    उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । ‘अहिलेसम्म ड्राइभरलाई नल्याउने, धर्नामा संलग्न एक आफन्तले भने, ‘कारको लापरवाहीकै कारण आज हाम्रो मान्छेले ज्यान गुमाउनु पर्याे । भोली सबैलाई पर्ने कुरा हो । दोषीलाई कडा भन्दा कडा कारवाही नभएसम्म हामी प्रर्दशन गरिरहन्छौ ।’   अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीसँग मृतक परिवार र आफन्तहरुले वार्ता गरिरहेका छन् । मृतक परिवारले फरार रहेका कार चालक मल्ललाई पक्राउ गरि कारवाही नगरेसम्म मृतक परिवारले शव नबुझ्ने अडान लिएका छन् ।    पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने फरार छन् ।

पोखरा: मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेको छ ।  समुन्नत मादीको आधार: पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा सहित गठबन्धनले घरदैलो अभियान थालेको हो ।    गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा, मादी ५, चित्रे, मगरगाउँ पुगे । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार सहित प्रतिबद्धता व्यक्त गरेको छ ।   आजबाट गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिका प्रमुखका लागि नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् ।   घरदैलोको अवसरमा मतदातासँग बोल्दै अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका थिए ।   यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे ।   मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए ।  मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।  

काठमाडौं:  २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले धिरज प्रताप सिंहलाई नियुक्त गरेको छ ।   आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।  यसअघि शैलेश थापा क्षेत्री महानिरिक्षक थिए । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाश भए । 

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो ।   आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न-नगराउन निर्देशन दिई सचेत गराएको छ ।   आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न-नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो ।   सो क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले काठमाडौँको भृकुटीमण्डपमा गत चैत २६ गते गरेको जनसभामा निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को को खण्ड (ड) विपरीत उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाई ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गरेको, प्रचारप्रसार तथा आमसभा र जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गरेको भयो भन्ने सूचना प्राप्त भई आयोगमा प्राप्त फोटो समेतबाट सो देखिएको विषयमा आयोगबाट सचेत गराउने आदेश भएको हो ।   सो पार्टीले गरेको सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने निर्णय भएको आयोगका प्रवक्ता एवं शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।   यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचारप्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सोबारे आयोगको निर्णयमा भनिएको छ, “कुनै निकायको कुनै पदमा कार्यरत राष्ट्रसेवकका लागि नियुक्त भई पदासीन भएको व्यक्तिले गरेको कार्य हितकारी हो होइन भन्ने कुराको परीक्षा नेपाली नागरिक, सरकार र त्यससम्बन्धी अधिकार भएको उपल्लो निकायले गर्ने प्रणाली राज्य सञ्चालनमा हुने गर्दछ ।   जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु जायज र मनासिव विषय हो भन्न सकिँदैन । राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्दाको असल र उत्प्रेरक भूमिका त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्दछ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासका रुपमा लिन सकिँदैन ।”   आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग पनि गराएको थियो ।   यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद शशाङ्क कोइरालाले गत प्रतिनिधिसभा निर्वाचनमा आफूबाट भएको खर्चबारे निर्वाचनमा गरेको खर्चको विवरण र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनुभएको सम्बन्धमा पनि सचेत गराइएको छ ।   आचारसंहिता प्रतिकूलका निर्वाचन सामग्री जफत निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।   आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।   अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झन्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको छ ।   राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ ।

पोखरा: कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्वतको कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक प्रकाश शाहले जानकारी दिए ।    उनका अनुसार  भुपी शेरचन राजमार्ग अन्तरगत लेवाडेमा पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई दिएको थियो ।   सो दुर्घटनाबाट छोरीको मृत्यु भएको छ भने मोटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते भएका छन् । घाइते पुनको हाल मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भईरहेको निरीक्षक शाहले बताए ।     फरार रहेका कार चालक सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराः अटेरी अभियानमार्फत स्थानीय तह निर्वाचनमा होमिएकाले उम्मेदवारले चुनाव चिन्ह ‘लौरो’ पाएका छन् ।    निर्वाचन आयोगले आज चुनाव चिन्ह निक्यौल गर्ने क्रममा अटेरीले लौरो पाएको हो । लौरो चिन्ह लगभग देशैभरमा अटेरीलाई दिएको चिन्ह भएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिए ।    ‘कहिकतै दाबी भएको खण्डमा उक्त क्षेत्रमा फरक पर्न सक्ला अन्यथा देशैभर यहि चिन्ह रहनेछ’ पौडेलले भने ‘पोखरा, काठमाण्डौलगायतका क्षेत्रमा यही कन्फर्म भयो ।’ चुनाव चिन्हबाट सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा पौडेल भन्छन्   ‘आयोगको निर्णय नमान्ने कुरै छैन, अझ लौरो त त्यसै पनि सांकेतिक चिन्ह हो ।’ पौडेलका अनुसार चुनाव चिन्ह लौरो खबरदारी र अटेरको पर्याय हो । 

पोखराः विसं २०४९ मा भएको निर्वाचन प्रचार–प्रसारमा गाउँ विकास समितिका अध्यक्ष र उपाध्यक्षका लागि अधिकतम रु दश हजार, सदस्यका लागि रु दुई हजार तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि रु २५ हजार र सदस्यका लागि रु १० हजार निर्वाचन खर्चको सिमा तोकिएको थियो ।   त्यस्तै २०५४ सालमा महानगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारका लागि रु एक लाख ५० हजार, वडाध्यक्ष र सदस्यका उम्मेदवारका लागि रु २९ हजार, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले रु ७० हजार, वडाध्यक्ष, वडा सदस्यका उम्मेदवारले रु १५ हजार, नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारले रु ४५ हजार, वडाध्यक्ष र वडा सदस्यले रु १२ हजार चुनाव प्रचारका लागि खर्च गर्न पाउने गरी निर्वाचन खर्चको हद तोकिएको थियो ।   यसैगरी २०७४ र २०७९ सालमा उम्मेदवारी खर्चको हद एउटै तोकिएको छ । निर्वाचन आयोग ऐन २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ बमोजिम उम्मेदवारको निर्वाचन खर्चको अधिकतम हद तोकिएको हो । अहिले पनि २०७४ सालको जस्तै महानगरपालिकाका प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरेको छ ।   यसैगरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले रु पाँच लाख ५० हजार, नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजार चुनावी खर्च गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।