पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

पोखराः स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन आजपनि गठबन्धनविरुद्ध नेपाली कांग्रेसका अर्का सदस्यले पनि वागी उम्मेदवार दर्ता गरेका छन् ।    नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष एवं उदीयमान नेताकारुपमा कहलिएका ऋषि काफ्लेले कांग्रेस भएर रुखमा भोट हाल्न नपाएपछि वागी बनेको बताएका छन् ।   ‘गठबन्धनका नाममा कांग्रेसलाई रुख चिन्हमा मतदान गर्नै नपाउने बनाइयो’ काफ्लेले भने ‘पार्टीको सिद्धान्त र नीति विपरित कार्यकर्तालाई जान बाध्य पारिएकोमा उम्मेदवारी दिएको हुँ ।’   यसअघि आइतबार विमलबहादुर कार्कीले पनि मेयरमै वागी उम्मेदवारी दिएका छन् । दुबै उम्मेदवारले नाम फिर्ता नगर्ने बताएका छन् । 

पोखराः नेकपा एमालेले सोमबार बिहान बसेको बैठकमार्फत पोखरा महानगरपालिका अन्तरगत वडा अध्यक्षहरुको उम्मेदवार टुंग्याएको छ ।   वडा र सम्बन्धित उम्मेदवारहरुको नामावली यस प्रकार छ ।  वडा न १: सहारा प्रधान वडा न २: दिपक शाह वडा न ३ :बिष्णु शन्कर ख्वाजु वडा न ४: मदन मुल्मी वडा न ५ : बिष्णु बराल वडा न ६ : बिष्णु भट्टराई वडा न ७ : किशोर बराल वडा न ८ : रुद्र नाथ बराल वडा न ९ : प्रेम गुरुङ्ग वडा न १०: पवित्रा देवि गुरुङ्ग वडा न ११: मीन ब गुरुङ्ग वडा न १२ : देश भक्त केसि वडा न १३ : बसन्त बराल वडा न १४: ढोल ब गुरुङ्ग वडा न १५ : तोरण बानिया वडा न १६: राजेश गुरुङ्ग वडा न १७ : राधिका शाही योगि वडा न १८ : पुस्कल ब थापा वडा न १९: इमानराज पौडेल वडा न २०: गङ्गा ब केसि वडा न २१: दिपक सुवेदी वडा न २२: प्रकाश गुरुङ्ग वडा न २३ : शिवलाल पराजुली वडा न २४: रामचन्द्र थापा वडा न २५: तिर्थ ब थापा वडा न २६: सुर्य भण्डारी वडा न २७: सुर्य मणि लामिछाने वडा न २८: बैन ब गुरुङ्ग वडा न २९: श्री प्रसाद गुरुङ्ग वडा न ३०: सोमनाथ बास्तोला वडा न ३१ : चिरन्जिवी बन्जारा वडा न ३२: खेम पुन वडा न ३३: शिव प्रसाद आचार्य

पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार फेरबदल गरेको छ ।   यसअघि उक्त पदका लागि दीपक पौडेल सिफारिस भएका थिए । सामाजिक सञ्जालमा सुन चोरीको भिडियो भाइरल भएपछि एमालेले पौडेलको सट्टा कृष्ण थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । भाइरल भिडियोमा सुन पसलमा एक व्यक्तिले चोरी गरेको देखिन्छ । भिडियोमा चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ ।   विभिन्न टिप्पणी हुदै आएपनि पौडेलले भने भिडियोमा देखिने व्यक्ति आफू नभएको भन्दै स्पष्टोक्ति दिदै आएका थिए । चोरी केसमा संलग्न व्यक्तिलाई मयेरको टिकट दिइएको भन्दै एक पक्षले असन्तुष्टी पोख्दै आएको थियो । अहिले टिकट पाएका कृष्ण थापा यसअघि २०५४ को निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।   उनी गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य हुन् । यता उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै यथावत रहेको एमाले कास्कीले जनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।   आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनय दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाएइको आयोगको प्रष्टीकरण छ ।   यही वैशाख ८ गते देशभरका स्थानीय तहका केन्द्र रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका थिए । कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।   स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेश गर्नुपर्नेछ । दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ ।   स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।   वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।   मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।

पोखराः नेकपा एमालेको शनिबार साँझ बसेको केन्द्रीय कमिटीको सचिवालय बैठकले देशभरका ६ महानगरपालिकाका मेयर उपमेयरका उम्मेदवार टुंगो लगाउने क्रममा पोखरामा दिपक पौडेललाई चयन गरेको छ ।    उपमेयरमा भने मञ्जुदेवि गुरुङकै नाम सिफारिश गरिएको छ । यसअघि सञ्चारकर्मीसँग महानगरमा प्रतिष्पर्धा नगर्ने अभिव्यक्ति दिएकी गुरुङ्लाई एमालेले पुनः दोहो¥याउने भएको हो ।   मेयरमा सिफारिश पौडेल शिक्षण पृष्ठभूमिबाट आएका हुन् । पौडेल हाल प्रदेश कमिटी सदस्य छन् ।   यसअघि विभिन्न नामहरु चर्चामा आएपनि पौडेलले बाजी मार्न सफल भए । उपमयेरमा गुरुङ् समुदायकै उम्मेदवार आवश्यक रहेको र अन्य महिला नेतृले मेयरमा दाबी गरेका कारण पुनः गुरुङलाई टिकट दिइएको आंकलन गरिएको छ ।    गत चुनाबमा पोखराको मेयर पदमा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७३ हजार मतले चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले करीब ६० हजार मत पाएका थिए।

सप्तरी- हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुईवटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।   हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिनुभयो ।   सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

जुम्लाः तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।   आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो ।   “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।   आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडा: मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गर्नुभएको छ ।   विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ ।   विद्युतीय सवारी साधनसम्बन्धी अन्तक्र्रियामा उहाँले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभयो ।   “यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यास तथा हानिकारककणजन्य तत्वको उत्र्सजन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकास गर्नुपर्ने अवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले अनसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो ।   उहाँले देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो । “पेट्रालियम पदार्थको मूल्यवृद्धि र वायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ”, मन्त्री पौडेलले भन्नुभयो, “अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”