पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकामा रेणु दाहाललाई मतदान गर्न अपील गरेका छन् ।  भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने ‘रेणु दाहाल मेयरका उत्कृष्ट उम्मेदवार हुन् समाजवादीका सम्पूर्ण साथीहरुले मतदान गरेर जिताउनुहोस् ।’   आफुले ५० औं वर्ष राजनीति गरेको बताउँदै उनले भने गठबन्धनले विभिन्न क्षेत्रमा गरेको तालमेललाई सबैले स्वीकार्नुपर्छ । लोकतन्त्र र संविधानको रक्षा गर्ने, समाजवादको यात्रामा अघि बढ्ने हो भने गठबन्धनको विकल्प नरहेको उनले स्पष्ट पारे ।   

झापा- नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।   मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो । उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुनुहुन्थ्यो ।   पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी हुनुहुन्छ । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिनुभएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।   बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ । वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताउनुभयो ।

माेरङ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनुभएको छ ।   नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताउनुभयो । ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भन्नुभयो ।   आमसभामा देउवाले सुकुम्वासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको लगायतका काम सरकारले गरेको बताउनुभयो ।   यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो । 

काठमाण्डाै – सरकारले यही वैशाख ३० गते (शुक्रवार) हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो ।   उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको बताउनुभयो । 

पोखरा:  पोखरा ६ लेकसाइड स्थित बिजिबी गल्लीमा बस्ने ३६ वर्षिय सन्तोष जलारी, बैशाख ५ गते घरै थिए । दिउँसो साढे १ बजे भाडा पखालेर कोठामा छिरेका के थिए । त्यतिकैमा ४४ वर्षिया सेतीमाया अधिकारी सन्तोषको डेरामा आइपुगिन । उनीहरुको चिनजान नयां थिएन । सेतीमाया सन्तोषको कोठामै पसिन । दुईबिच सामान्य गफ भयो ।  त्यतिकैमा सेतीमायाले दिउँसै रक्सी पिउने प्रस्ताव राखिन् । तर सन्तोषले स्वीकारेनन् । सेतीमायाले भनिन्, के हो भाउ बढेको हो ? सन्तोषले त्यसो नभएको जवाफ दिए ।  त्यसपछि दुइबिच हुने सम्बन्धको बारेमा भनाभन भयो । सन्तोषलाई सेतीमायाले गालामै झापड हानिन ।    रिसले चुर परेका सन्तोषले पनि एक झापड फर्काउने निधो गरे र हाने । सन्तोषले टाउकोमा हानेको झापड सेतीमाया छल्दा घाटीमा लाग्यो ।  त्यसपछि सेतीमाया काप्दै ढलिन् । सन्तोषले पानी छर्किए तर सेतीमाया उठिनन् । सेतीमायाले देह त्यागे ।   आफु फस्ने डर मान्दै उनले सेतीमायाको शव अर्काे कोठीमा गलैचाले बेरेर लुकाए । किनभने दिउँसो ३ बजे पछि छोराहरु स्कुलबाट आउने समय थियो ।  उनले उक्त शवलाई पन्छाउन चिसापानी सम्झे । उनले गलैचा धुन फेवाताल लाने भन्दै आफ्नो ठुलो छोरा १८ वर्षिय साजन जलारीलाई गुहारे ।  त्यसपछि उनले उक्त शवलाई ठेलामा हालेर पोखरा २२ मा पर्ने चिसापानी फालेर फर्किए ।      सेतीमायाको शवलाई फालेर घर फर्केका सन्तोष जलारीलाई सार्वजनिक गर्र्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, ‘फेला परेको शवमा अस्वाभाविक चिन्हहरु देखिएपछि हामीले अनुसन्धान अघि बढाएका थियौ । हामीले त्यो क्षेत्रको सिसिटिभी फुटेजहरु खोज्ने क्रममा एउटा यस्तो भेटायौ जहाँ ठेला ढकल्दै गरेको दृश्य प्रष्ट छ । त्यसैमा केन्द्रीत रहेर अनुसन्धान गर्दै जादा यो सबै खुलेको हो ।’   एसपी थापाले वडा प्रहरी कार्यालयका बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज भण्डारीको सक्रियतामा यय घटनाको अनुसन्धानमा सफलता मिलेको उल्लेख गरे ।    उनले अवैध सम्बन्धकै कारण सेतीमायाको ज्यान गुमेको प्रष्ट पारे । उनको हत्यामा संलग्न रहेका पोखरा १८ का सन्तोष जलारीलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको जानकारी दिए ।  मृतक सेतीमाया अधिकारी दिप्रुङ चुईचुम्पा गाउँपालिका १ खोटाङ घर भई हाल अस्थायी रुपमा पोखरा ५ मालेपाटन बस्दै आएकी थिईन् ।    

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक एन्जेल बम मल्लले मादक पदार्थ सेवन गरि सवारी चलाएको निष्कर्ष निकालेको छ । काठमाडौंबाट पक्राउ परेका मल्ललाई पोखरामा आज सार्वजनिक गर्दै मादक पदार्थ सेवन सहित चरम लापरवाही सहित सवारी चलाएको जानकारी दिएको हो ।    कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार दुर्घटना पश्चात फरार रहेका मल्ले भाग्दै गर्दा समेत एक बोतल वियर खाएका थिए ।   दुर्घटना भएपश्चात मल्लले  मोटरसाईकल लिफ्ट मागी पर्वतको कार्कीनेटा (आफ्नो घर) पुगेका थिए । त्यसपछि उनले घरकै मोटरसाइकल लिगेर स्याङ्जा हुदै पाल्पा पुगे । त्यो रात पाल्पामै बिताएको डिएसपी तिवारीले बताए । तिवारीका अुनसार अर्काे दिन बुटवल चितवन हुदै काठमाडौं पुगेका थिए ।   उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने प्रवृतिले कुनै परिवारको खुशी खोस्ने बताए ।  उनले उक्त घटनालाई उदाहरण दिदै भने, ‘यो ड्रिङ्क एण्ड ड्राइभ नराम्रो प्रवृति हो । यसले कुनै सुखी परिवारको खुशी खोस्छ ।त्यसैले यसको अन्त्य हुनुपर्छ ।’    मल्ललाई के हुन्छ कारवाही? कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका कार चालक मल्ललाई पहिलो पटक ७ दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए ।    उनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार तिन वटा अवस्था मध्ये प्रमाणित भएको कसुरमा कारवाही हुने बताए ।  ‘तिनवटा अवस्था छ । जानीजानी दुर्घटना गर्याे, कसैलाई मार्याे वा किच्यो । यो पहिलो अवस्था हो । दोस्रो, लापरवाही तवरले सवारी चलाएर कसैको ज्यान गयो र अर्काे भवितव्य दुर्घटना भयो, एसपी थापाले भने, ‘हामीले संकलित गरेको  प्रमाणका आधारमा उपयुक्त दफा अनुसार कारवाही गर्छाै ।’   उनका अनुसार मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको टोली र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा पक्राउ गरिएको हो ।   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा गत आइतबार पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पर्वतका ४५ वर्षिय जितबहादुर पुनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सुजिना पुनले आइतबारनै ज्यान गुमाएका थिए ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो ४ बजे कार चालक एन्जिल बम मल्लाई सार्वजनिक गर्ने भएको छ ।    आइतबारदेखि फरार रहेका कुश्मा नगरपालिका १ पर्वतका २७ वर्षिय मल्लाई काठमाण्डौबाट पक्राउ गरी आज पोखरा ल्याएको थियो । उक्त पत्रकार सम्मेलनमा मल्ल सहित कर्तव्य ज्यान मुद्धाका अर्का एक व्यक्तिलाई समेत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सविना पुनको मृत्यु भएको थियो ।  

 लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२८५१-१२८५६र०७८/७९ (खुला तथा समावेशी), नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा यहाँ हेर्नुहोस् । 

कपिलवस्तु:    केही दिनदेखि म्यादी हुँ भनी अभद्र भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा छाएका एक युवक पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।    एसएसपी विष्णु केसीका अनुसार पक्राउ पर्ने व्यक्ति म्यादी प्रहरी होईनन् । उनले आफ्नो फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरी पोशाक प्रयोग गरेका थिए ।    भिडियोमा के थियो? सेल्फी भिडियोमा रेग्मीले आफू म्यादी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, (उनकै भाषमा) ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’    रेग्मी त्यतिमै रोकिन्नन्, उनी थप्छन्, ‘माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’   एसएसपी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।