पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

काठमाडौं: भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो।    कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन अधिकारीले आग्रह गर्नुभएको हो।  मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा  कोरोना संक्रमणदर स्थिर रहेको छ। केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ।    संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको डा. अधिकारीले जानकारी दिनुभयो।    संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अनुरोध गर्नुभएको हो।    छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको र नेपालमा स्थानीय तहको चुनावको प्रचार प्रसारले  गर्दा भीडभाड बढ्दा संक्रमण बढ्न सक्ने भन्दै अधिकारीले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभएको हो।    “नेपालमा संक्रमणदर लामो समयदेखि स्थिर छ। तर, छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको छ। नेपालमा स्थानीय तहको निर्वाचन आएकोले भीडभाड बढ्दा जोखिम उच्च हुनसक्छ। भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन नभुल्नुहोला”, उहाँले भन्नुभयो।    खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै डा. अधिकारीले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गर्नुभएको छ।    नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये  नौ लाख ६६ हजार  ७४७ जनाले कोरोना जितेका छन्।    नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले  देखाएको छ।    कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।  

पोखरा:   स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार कृष्ण थापाले पोखरालाई महानगर बनाउन महत्वपूर्ण भूमिका खेलेको लेखनाथको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले आफू निर्वाचित भए लगत्तै लेखनाथको विकास गर्ने थुप्रै परियोजना सञ्चालन गर्न दातासंग वार्ता गरिरहेको बताए ।     यसका लागि लेखनाथको मुख्य बजारमध्येको एक शिशुवामा भौतिक तथा मानवीय पूर्वाधार विकासका लागि निर्वाचन लगत्तै २ अर्ब रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उमेद्वार थापाले पोखराको समृद्धि र विकासका लागि केही काम कोभिड लगायतका विभिन्न अप्रिय परिस्थितिका कारण अधुरा रहेको भन्दै ती काम पुरा गर्न थकाई नमारिकन लागिपर्ने बताएका छन् । पोखराका आम जनताले भोगिरहेका समस्या समधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताएका छन् ।   त्यसै गरेर उक्त सभालाई सम्बोधन गर्दै उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले स्थानीय सरकार प्रमुख भएर जिम्मेवारी सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै पोखराको समृद्धि धेरै टाढा नभएको बताएकी छिन् । यहाँका विकासमा देखिएका प्राय सबै समस्या पहिचान भइसकेकाले जनताले मौका दिएमा अझै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।   सभामा  प्रतिनिधिसभा सांसद खगराज अधिकरी, पोखरा वडा नं ३० मा अध्यक्षका उमेद्वार सोमलाल बास्तोला लगायतले बोलेका थिए । नेकपा एमाले पोखरा ३० का अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो ।   

पोखरा:  पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मदेवार धनराज आचार्यले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिका वडा नं.१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले पोखरा महानगरमा कुशल नेतृत्वको अभावका कारण अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अव त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।   पोखराको जनसंख्या वृद्धिमा तिव्रता आएको उल्लेख गर्दै आचार्यले बढ्दो जनसंख्या र गरिबि निवारणका ठोष योजनाहरु लागु गर्ने बताए । पोखरामा रहेको ८ प्रतिशत गरिबि निबारणका लागि रोजगारीका अवसरहरु सृजना गरिने उनले बताए । उमेदवार आचार्यले करको दायरा व्यवसायी र नागरिकमैत्री बनाउने प्रतिवद्धता पनि जनाए ।   सेती करिडोर र फेवाताल संरक्षणका लागि विज्ञदेखी स्थानीयको सुझाव लिएर अगाडी बढ्ने उनले बताए । पेट्रोलियम पदार्थको कम खपत गर्न आवस्यक रहेको बताउदै कृषिजन्य वस्तु उत्पादनमा जोड दिने योजना समेत उमेदवार आचार्यले सुनाए । पोखराको लाइफलाइन पर्यटनलाई थप विकसित र प्रविधिमैत्री बनाउने उनले बताए । हेरिटेज पोखराको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको उनले बताए । यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले वडा १ मा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाईन ।   उनले अवरुद्ध मुटुरोग अस्पताल बनाउने योजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिन् । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले वडा १ मा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको उनले बताईन् ।   ‘तत्कालिन समयमा साइनिङ अस्पताल हुदैँ गर्दा जनताले उपचार पाएका थिए । त्यो क्षेत्र अहिले लथालिङ हुन पुग्यो’ उनले भनिन्, तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले यो ठाउँलाई मुटुरोग अस्पताल बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो, त्यो कुराले गण्डकीवासी खुसी भए । काम हुदँै गर्दा नेपाली कांग्रेसको सरकार ढल्यो र मुटुरोग अस्पताल बिचैमा तुहियो । अव त्यसलाई पर्णता दिने जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ ।’   उमेदवार रानाभाटले गाइघाटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने बताईन् । बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा नमुना बनाउने बताईन् । उनले महिला सशक्तिकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् । सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने बताईन् ।   यस्तै पोखरा महागनरपालिका वडा नं.१ की वडा अध्यक्ष पदकी उमेद्वार सिता गुरुङले वडामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अघिल्लो पाँच वर्षमा वडामा कुशासन भएकाले त्यसको अन्त्य गर्दै सुशासन कायम गर्ने प्रतिवद्धता जाहेर गरिन् । ‘अहिले वडालाई नमुना बनाउने प्रतिबद्धता जाहेर गर्छौँ, विगतमा मैले थुप्रै सामाजिक कार्य गर्दै आँए अब तपाईहरुले मत दिएर वडाको सिपाही बनाउनुहोस्, म काम गर्न तयार छु । मेरो उमेदवारी वडाको आर्थिक विकासको लागि हो ।’ वडा नं. १ को समग्र विकासका लागि आफुहरु निरन्तर लाग्ने उनले प्रतिवद्धता पनि जाहेर गरिन् ।

पोखरा:   पोखरा महानगरपालिका १८ का २ सय भन्दा बढि कार्याकता माओवादीमा प्रवेश गरेका छन् ।  फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानीयले पार्टी प्रवेश गरेका हुन् ।   सो अवसमा बोल्दै  माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले भुमी बिहिनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनातको समस्यासँग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको गुरुङले उल्लेख गरे ।  उनले सिंहदरबार गाउँगाउँमा ल्याएको बताउदै माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी नीति बनाउने ठाउँमा पुगेको गुरुङले बताए ।  राजनीतिक व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब जनताको जिवन परिवर्तन गर्नुपर्ने धारणा राखे ।    अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जानताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको जति राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले जानकारी दिए ।    माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्ष देखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए ।    उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको दावी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए ।    अहिले पनि माओवादीले हारे उत्तपिडित वर्ग हार्ने जानकारी दिदै माओवादीले जिते जनताको सत्ता स्थापना हुने भन्दै माओवादीलाई जिताउन अनुरोध गरे ।    कहिले फेवातालमा जाली नभएको कारण मस्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने जानकारी दिए ।  पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरिव निमुखा दलित र जनजातिलाई फाईदा पुगेको बताए ।    पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियारले गरिबको पार्टीलाई जिताएर सामान्तिको अन्तय गर्नुपर्ने धारणा राखे । यसैगरी माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने जानकारी दिए ।    युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिप्रधा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेको कारण वडामा विकासको लागि राजु तिमिल्सिनाको महत्व अपरिहार्य रहेको बताए ।

नुवाकोटः नुवाकोटको लिखु गापास्थित सिन्दुरे खोलको बगरमा पुरिएको अवस्थामा सरकारी नम्बरप्लेटको मोटरसाइकल फेला परेको छ ।    सशस्त्र प्रहरी बलको १९ नम्बर गुल्मले उक्त मोटरसाइकल फेला पारेको हो । गुल्मका प्रहरी नायब निरीक्षक भाइमान राउतको टोलीले बगरमा मोटरसाइकलको ह्याण्डिल जस्तो वस्तु देखेर हिलो पन्छाई हेर्दा मोटरसाइकल फेला परेको जनाइएको छ ।    प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल फेला परेपछि सशस्त्रले नेपाल प्रहरीलाई बुझाएको छ ।    हाल उक्त मोटरसाइकलबारे अनुसन्धान सुरु गरेको जिप्रका नुवाकोटले जनाएको छ । 

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ।   प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।   यस्तै ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ।   जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ। चिर्वाचनका लागि र सार्वजनिक विदा गरि देशभरका विद्यालय ६ दिन बन्द हुने भएका छन ।

जाजरकोट:  अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ ।   प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।    कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।

पोखराः पोखरा महानगरपालिकाअन्तरगत नेकपा एमाले वडा नम्बर १७ को घरदैलो कार्यक्रम जारी छ ।    घरदैलो कार्यक्रममा वडाध्यक्ष उम्मेदवार राधिका शाही योगीले यसपटक पनि वडामा जीतको निरन्तरता हुने बताएकी छिन् । गठबन्धनबाट कुनै पनि चुनौति नरहेको भन्दै योगीले १७ नम्बर वडा एमालेको लालकिल्ला रहेको बताइन् ।    यस वडामा योगीसँग सदस्यहरुमा शिवराम भन्डारी, विक्रम गुरुङ, विष्णुमाया थापा र तारा सेवा चुनावी मैदानमा छन् ।   

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  रुखका साथीहरुलाई हँसिया हथौडामा भोट हाल्न गाह्रो भएकोे महशुस गरेको बताएका छन् ।    भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै प्रचण्डले कांग्रेसका वक्ताले बोलेको कुराबाट आफुलाई केही असहज महशुस भएको उल्लेख गरेका हुन् । उनले केही धम्कीको शैलमा भने, ‘यो गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता होइन भनेर भोट हाल्नु भएन भने देश गम्भीर दुर्घटनामा जानेछ ।’       त्यस्तै, लाल सलाम र जय नेपालको सम्बन्ध हालको चुनावमा नबनेको उनले बताएका छन् ।    तीस वर्षे पञ्चायत शासनलाई हटाउन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको गठबन्धनबाटै सम्बन्धको सुरुवात भएको बताउँदै प्रचण्डले अहिलेको आवश्यकताले झनै गाढा बनेको उल्लेख गरे ।   त्यसपश्चात् जनयुद्धलाई टुंग्याउन गिरिजाप्रसाद कोइरालाको पहलमा भएको १२ बुँदे सम्झौतासम्म आइपुग्दा झांगिएको सम्बन्धको परिणाम नै अहिलेको गठबन्धन भएको स्पष्ट पारे ।    पटकपटकको आन्दोलनमा माओवादी र कम्युनिष्टहरु कांग्रेससँग हातेमाले गरेको भन्दै उनले त्यसैको पछिल्लो स्वरुप गठबन्धन भएको प्रष्ट्याएका छन् ।