पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:   हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका वडा नम्बर १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ ।   बुधबार भएको पहिलो खेलमा पोखरा १० ले आयोजक वडा २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो ।   निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछी  खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १० ले ५–३ गोल अन्तरले पराजित गर्दे विजयी भयो ।   उक्त खेलको म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ धोषित भए  ।   त्यस्तै दोस्रो खेलमा पोखरा १७ ले वडा १ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे ।   सो खेलमा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ दि म्याच घोषित भए ।  फाईनल यात्राका लागि भोलि वडा १० र १२ साथै वडा  १३  र १७ भिडने छन् ।   प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।    हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाएका हुन् ।   प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।   पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविनको आधारमा सञ्चालन हुने छ ।   पहिलो दिन कास्की र पर्वत तथा स्याङजा र नवलपुरका बीच हुनेछ भने दोस्रो दिन असार ८ गते स्याङजा र पर्वत तथा दोस्रो खेलमा कास्कीले नवलपुरको सामना गर्नेछ ।   त्यसै गरी असार ९ गते पर्वत र नवलपुर तथा दोस्रो खेल कास्की र स्याङजाका बीच हुनेछ ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताउनुभएको छ ।   दलित महिला संघ ९फेडो० ले मंगलबार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेश स्तरीय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।   ‘जातीय विभेद तथा छुवाछुत, लैंगिक र वर्गीय विभेदको दोहोरो शोषणमा पारिएका दलित महिलाहरुलाई संगठित, सचेतीकरण र सशक्तिकरण गर्दै उनीहरुको हक अधिकार स्थापित गर्न जरुरी छ । यसैका लागि क्रियाशील फेडोलाई आभार व्यक्त गर्दछु।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।   समाज रुपान्तरणका लागि कमजोर वर्ग र समुदायको रुपान्तरण अपरिहार्य रहेको बताउँदै उहाँले दलित समुदायलाई जातको आधारमा गरिने छुवाछूतजस्तो अमानवीय व्यवहारको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।   ‘औपचारिक शिक्षामा पहुँच कम भए पनि दलित महिलाहरु सीप, कला, कौशलका धनी छन् । दलित महिलाहरू जाति, लैंगिक र वर्गीय विभेद तथा उत्पीडनमा छन्। अझै मधेशी दलित महिला त झनै पछाडि परेका छन् ।’ उहाँले भन्नुभयो– ‘जातीय विभेदजन्य हिंसामा दलितभित्र पनि दलित महिला बढी परिरहेका छन्। त्यस्तै महिलामाथि हुने विभेदमा पनि दलित महिला नै बढी पर्छन्।  त्यसैले भेदभावरहित समुन्नत समाज निर्माणका लागि दलित महिलाको क्षमता विकास तथा सशक्तिकरणमा लगानी बढाउन आवश्यक छ ।’   दलित महिलाको आर्थिक सशक्तिकरणका लागि रोजगारीमा अग्राधिकारसहित सीप र क्षमताअनुसार अन्य विकल्पमा प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न जरुरी रहेको उहाँको भनाई छ ।   पछिल्लो जनगणना अनुसार नेपालमा ३९ लाख ४ सय ६९ जना अर्थात् १३ दशमलव ४ प्रतिशत दलित समुदाय रहेका छन् ।   प्रदेशगत रुपमा गण्डकी प्रदेशमा १८ दशमलव २ प्रतिशत दलित छन् । दलित समुदायको सम्मान र आन्दोलनको सम्मान स्वरूप नेपालको संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो ।   २०६८ मा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन पारित भइसकेको अवस्था छ ।  

कास्की:   पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।   पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा गत १८ र १९ गते सञ्चालन भएको सो प्रतियोगिताबाट कुल ३  लाख ८९ लाख ३० रुपैयाँ बचत भएको क्लबका  सचिव अशोक थापाले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख ८ हजार २ सय ५१ रुपैयाँ आम्दानी भएको थियो भने २ लाख १९ हजार २ सय २१ रुपैयाँ खर्च भएको थियो ।   उनले आम्दानीतर्फ टिम दर्ताबाट रु ५५ हजार, संस्थागत सहयोगत पुरस्कारका लागि रु ६० हजार र विदेशबाट रु ४ लाख ९३ हजार  २ सय ५१ रुपैयाँ संकलन भएको बताए ।    यस्तै खर्चतर्फ पुरस्कारका लागि रु ६५ हजार, कलाकारका लागि रु ५ हजार, सम्मानपत्रका लागि १२ हजार १ सय ६५ रुपैयाँ, खेलकुद समाग्री, ट्रफि, तथा ग्राउण्ड व्यवस्थापनका लागि १५ हजार, अफिसियलका लागि १९ हजार, खाना तथा खाजातर्फ २९ हजार, प्रिन्टिङका लागि ३२ हजार, जर्सी प्रिन्ट ६ हजार ५ सय र विविधतर्फ रु ३४ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको सचिव थापाले जानकारी दिए  ।   यो पनि पढ्नुहोस   पोखराको नदीपुरमा किङ्स कप भेट्रान्स भलिबल सुरु किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन, सर्वाेत्कृष्ट बने कृष्ण गाहामगर दुइदिनसम्म सञ्चालन भएको भेट्रान्स (३५ प्लस)  प्रतियोगितामा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको थियो ।    उपाधिसँगै एफिएफले नगद रु ४० हजार,  र उपविजेता बनेको गलकोटले नगद रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

पोखरा:   गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजाले स्थान पक्का गरेको छ ।   स्याङजा समुह बीको खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो । भोली (बिहीबार) हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ । यस अघि नै कास्कीले समुह ‘ए’बाट फाइनलमा स्थान बनाएको थियो ।   पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ ।   फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सिमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो ।   खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके त्यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो ।   यो पनि पढ्नुहोस   प्रदेशस्तरीय टि–२०: कास्की र तनहुँको लगातार जित प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्कीको अपराजित फाइनल यात्रा गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजाको जित गण्डकी प्रदेशस्तरीय टि–२०: उपाधिका लागि स्याङजा र कास्की भिड्ने स्याङजाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे ।   यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो । स्याङजाले १६.२ ओभरमा ८ विकेटको क्षतीमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५   बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डेले नट आउट रहँदै ११ रन बनाए ।   नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिंदा दिपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए ।   दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।   यसैगरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।  

लेखनाथ:   पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका छन् ।   आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चाँसो नदेखाएपछि सो क्षेत्रका स्थानीयहरु आन्दोलिन बनेका हुन् ।   स्थानीय बासिन्दाहरुले आगामी शनिबार बिहान ८ बजे (८ गते) विरोध प्रदर्शन गर्दै सडकमै (तालचोकस्थित एनआइसी बैंक अगाडि) रोपाईजात्रा गर्ने तयारी रहेको संयोजक सन्दीप पौडेलले जानकारी दिए ।   उनका अनुसार घाम लाग्दा धुलाम्मे र वर्षातको समयमा हिलाम्मे भएपछि स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ ।   संयोजक पौडेलले सडक निर्माणका लागि वल्र्ड बैंकको बजेटमा महानगरले स्वछन्द निर्माण कम्पनीलाई ७८ करोडमा सम्झौता गरेको जानकारी दिए ।    यद्यपी अहिले निर्माणको कामले तिब्रता पाएको छैन ।   ‘अहिले ७/८ जनाले मात्रै काम गरेका छन्, बर्षातको समय छ । बाटो पुरै हिलाम्मे छ । जताततै तालै ताल छ । यसरी त चैत मसान्तमा सकिने छाँट छैन, उनले भने, ‘त्यसैले हामीले विरोध गर्दै रोपाई गर्ने तयारी गरेका हौं ।’   विरोध कार्यक्रमका लागि स्थानीय टोल विकास समिति, आमा समूह, क्लब तथा विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएको पौडेलले बताए ।    उनले उक्त विरोध कार्यक्रममा मेलमार्फत प्रदेश तथा संघीय सांसदलाई कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको जानकारी दिए ।   उनका अनुसार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, संघीय सांसद मन बहादुर गुरुङ र जीवन परियारलाई पत्र पठाइएको छ ।      

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।   भारतीय पेन्सन  क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले जानकारी दिए ।   प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । प्रतियोगिताको विजेताले २० हजार, उप विजेताले १५ हजार र सह विजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।   प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट टोली आउने क्रम जारी रहेको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिए ।   आवश्यक न्युनतम भौतिक पुर्वाधार विना नै परिषदले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान शुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए ।   पहिलो सँस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए । 

काठमाडौँ:   राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश आइपुगेका छन् ।    राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् ।   स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।    राष्ट्रपति त्रिभुवन विमानस्थलमा ओर्लँदा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतले स्वागत गरेका छन् ।   यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।    सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

काठमाडौँ:    ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।   तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।   दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।   अहिलेसम्म पक्राउ पर्नेहरू : १. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र  २. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र ३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र  ४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६  ५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९  ६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक) ७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५  ८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४  ९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु  १०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)  ११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल) १२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य) १३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे) १४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे) १५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे) १६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर) १७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)  १८. सोनाम गुरुङ, चीन  १९. रूपक भण्डारी  २०. मनोज श्रेष्ठ, भक्तपुर।