पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

तनहुँ:     तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । उनले भने, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।”  क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए । हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उनले बताए ।       चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पु¥याएको छ ।  फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ । हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताए । यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत पोल ढल्दा अवरोध बनेको छ । विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । विद्युत् सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् ।       कतिपय स्थानमा सडक अवरोधले गर्दा एम्बुलेन्स रोकिएको जानकारी पाएपछि राति १० बजेसम्म घटनास्थलमा पुगेर काम गरिरहेको केन्द्र प्रमुख रेग्मीले बताए । ठूला–ठूला रुख ढलेर तारमा लागेकाले पोलसमेत ढलेको रेग्मीले जानकारी दिए ।   व्यास नगरपालिका–१० को  बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को  छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन् ।

पोखरा:      सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका पोखराका विनोदबाबु बस्ताकोटीको मरेखरे घाटमा शुक्रबार अन्त्येष्टि गरिएको छ । बस्ताकोटीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पोखरा सभागृह परिसरमा राखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा लगायतले उनलाई श्रद्धाञ्जली दिए । बस्ताकोटीलाई वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको वडाध्यक्ष्य थापाले बताए । बस्ताकोटी विगत १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको महानगरले शोक विज्ञप्ति निकालेर जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शोकको यस घडीमा पोखरा महानगरपालिका स्वर्गीय सफल आरोही बस्ताकोटीप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ पोखरा २६ का ३७ वर्षीय बस्ताकोटीको जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेका उनको फर्किने क्रममा निधन थियो । जेठ ९ गते बेलुकी ५ बजे चौथो शिविरमा उनी अचानक बिरामी परेका थिए । उनी लेक लागेर बिरामी परेको र ८ हजार २ सय ५० मिटरमा रोकिए पनि त्यसभन्दा तल झर्न नसक्दा मृत्यु भएको विभागले जनाएको छ । परिवारलाई पत्तै नदिई सगरमाथा आरोहमा गएका उनले यसअघि खुम्बु आइसपिक र लोबुचे आरोहण गरिसकेका थिए । २०२२ बाट लगातार सगरमाथा आरोहणको प्रयासमा रहेका उनी यसअघि नै ५ पटक सगरमाथा आधार शिविरसम्म पुगेका थिए । बस्ताकोटी पोखरामा पर्यटन व्यवसायमा संलग्न थिए । जेठ ४ गते उनले सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए । बस्ताकोटीको शव सगरमाथा आधार शिविरबाट काठमाडौं ल्याइएको छ । उनका श्रीमती र छोरा छन् ।

पोखरा:    काठमाडौंमा भोलिदेखि सुरु हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगका लागि गण्डकीको पुरुष टोलीको घोषणा गरेको छ । गण्डकी प्रदेश भलिबल संघले खोम प्रसाद पाण्डेय (हरि)को कप्तानीमा १२ सदस्यीय टोलि घोषणा गरेको हो ।  गण्डकी प्रदेश भलिबल संघले आठौं प्रधानमन्त्री भलिबल कपमा तीन भारतीय खेलाडीसमेत समावेश गरेको छ । भने, केही महिना मात्र वैदेशिक रोजगारीका लागि जापान गएका गण्डकीका खेलाडी रवि केसी टिममा फर्किएका छन् ।  गण्डकीको टिमा खोम प्रसाद पाण्डेय (हरि) कप्तान, मोहन उक्रपाण्डियन, रमन कुमार, सहया एन्थोनी राज सन्तोष, सुजन चोखाल, रवि केसी, हिमाल सुनारी मगर, इन्द्र विक, विश्वास अधिकारी, जीवन सुनार, राजन दर्लामी मगर र कुञ्जन शाही छन् ।  यस्तै टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौं र व्यवस्थापकमा सन्तोष विक रहेका छन् ।  जेठ १९देखि २६ गतेसम्म सञ्चालन हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिम छनोट भएका थिए ।    खेल तालिका  

दैलेख:   जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले राससलाई बताउनुभयो । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।तृत्व विकास तालिम   

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारिशक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ(गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यका साथ सञ्चालित तालिममा विभिन्न आमा समुह र टोलविकास संस्थाका ५० जना महिलाको सहभागिता रहेको छ ।  समुहको पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा पत्रकार घनश्याम पाण्डे रहनु भएको छ ।   पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विष्णुकुमारी थापाले तालिमको उद्घाटन गर्दै सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो । आमा समुहको माध्यमवाट महिला नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उहाँले महिला सशक्तिकरणमा महानगरले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । महिला मानव अधिकार संजाल कास्कीका अध्यक्ष एवम् गोनेसा सञ्चालक समिति सदस्य केशु भुजेलले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । आमा समुहका अध्यक्ष पियारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार हरि बास्तोला, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, शुभकामना आमा समुहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लिलबहादुर जिसी लगायतले तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । समुहका उपाध्यक्ष राधादेवी लम्सालले स्वागत गर्नुभएको कार्यक्रम सचिव पूर्णकला पोखरेलले सञ्चालन गर्नुभएको थियो ।   

पोखरा:   कास्कीको रुपा गाउँपालिकामा अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ ।  बिहीबार साँझ अचानक हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका- १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्‍याएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ ।  हावाहुरीको कारण क्षति पुगेको स्थानमा उद्धारका लागि प्रहरी खटिएको कास्की प्रहरीले जनाएको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो ।   

पोखरा:     नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेश: सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ ।  बिहीबार गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै उहाँले सरकार बदलिँदा अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता नदिने गरेकोमा असन्तुष्टि जनाउनुभयो । ‘नव उदारवादी अर्थतन्त्रको नाममा गरिबी बढाउने, केही मुठीभर मानिस धनी हुने, प्रदेश त्यसको मतियार बन्ने हो भने किमार्थ प्रतिपक्षलाई स्वीकार हुँदैन’ उहाँले भन्नुभयो । यसपालीको बजेट सबै दल मिलेर पास गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसकुरालाई ध्यान नदिई एकपक्षीय रुपमा सत्तापक्ष जाने हो भने के गर्ने भन्नेबारे सल्लाह गरेर निर्णय गर्ने खुलाउनुभयो । ‘अहिलेका मुख्यमन्त्रीले भनेजस्तो हामी २७ जना छौं देखाइदिन्छौ भन्ने पक्षमा छैन, कस्लाई देखाउनेरु जनता हाम्रो अगाडि छन् निमुखा छन् बाटो बनेको छैन, पूल बनेको छैन, बेरोजगारी हटेको छैन, औद्योगीक क्षेत्र निर्माण भएका छैनन्, वित्तीय समानिकरण अनुदानमा चुनौती आइरहेको छ कस्लाई देखाइदिनेरु’ उहाँले भन्नुभयो  ‘म त्यत्रो धम्कीपूर्ण भाषा भन्न सक्ने हैसियतमा छैन, म गर्दिन पनि’ उहाँले खुलाउनुभयो । अघिल्लो वर्षको बजेट ल्याउँदा एमालेले जितेको क्षेत्रमा ताकि–ताकि बजेट काटेको आरोप उहाँको थियो । ‘अघिल्लो पटक बडा सन्तुलित अर्थमन्त्रीले ल्याएको बजेट छानी–छानी एमालेमाथि, अझ विशेषत विपक्षी दलको नेताको ठाउँमा नपार्ने भनेर सपथ खाएको त होइन होला, तर प¥यो त्यस्तो कसरी हो, म तपाईहरुलाई केही भन्दिन, तर बजेट ल्याउदा त्यसरी ताकि–ताकि ल्याउनु भयो भने मलाई ताक्नुहोला अरुलाई नताक्नुहोला’ चेतावनी शैलीमा उहाँले भन्नुभयो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारीले करको दर नभएर करको दायरा बढाउन समेत आग्रह गर्नुभएको छ । करको दायरा बढाउन सके आन्तरिक राजश्व बढ्ने दावी उहाँको छ । ‘करको दर होइन दायरा बढाउने  र करको क्षेत्रमा ल्याउने काम गरौं, कम्तीमा तीन तारेसम्मका होटलमा हामी जाने र स्थानीय रिर्सोटहरु स्थानीय तहलाई दिने गरी जान सकियो भने आन्तरिक राजश्व बढ्छ’ उहाँको भनाई थियो । हामी हाम्रा निष्ठा विश्वासप्रति कटिबद्ध छौं, त्यो हाम्रो सार्वभौम अधिकार हो । तर, हाम्रा साझा कुराहरु पनि छन् ।  त्यसतर्फ ध्यान दियौँ भने हाम्रो प्रदेशलाई बलियो र सुदृढ बनाउन सक्छौ । पर्यटनको क्षेत्रमा नयाँ पदमार्ग खोल्ने, हिमालय क्षेत्रमा लुकेका पदमार्गलाई अगाडि बढाउनुपर्ने उहाँको तर्क थियो । पोखरा पर्यटनको राजधानी घोषणा गर्दाको गाइडलाइन अनुसार पूर्वाधार विकास गर्न, २४ सैं घण्टा खोल्न, सुशासन शान्ति सुरक्षा प्रदान गर्न लगानी कति हुन्छ बजेटको सिद्धान्त र प्राथमिकता बनाउँदा ध्यान दिनुपर्ने बताउनुभयो । प्रकृति र संस्कृतिलाई साथमा लिएर यहाँको पर्यटनलाई अगाडि बढाउनुपर्नेछ । जलवायू परिवर्तनले पारेको असरको समाधान गर्नेतर्फ ध्यान दिनुपर्नेछ । यसका अलावा जनसांख्यिक लाभ लिँदै उद्यमशिलतातर्फ लगरे स्वरोजगार सिर्जना गर्नेतर्फ जानुपर्ने खुलाउनुभयो । पछिल्लो समयमा चुनौतीको रुपमा देखिएको जंगली जनावर र मानवबीचको द्धन्द व्यवस्थापन तर्फ समेत प्रदेशले उतिकै ध्यान दिनुपर्ने अधिकारीले बताउनुभयो ।

पोखरा:    पोखराको फेवातालबाट विदेशी नागरिकको  सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीको टोलीले अष्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो ।  अचानक आएको हावाहुरीको कारण  फेवातालमा बोटिङ गरिरहेकी विदेशी नागरिककले चलाएको काठको सिङ्गल बोट पल्टिएपछि प्रहरी र शसस्त्र प्रहरीको टोलिले सकुशल उद्धार गरेको हो । 

चितवन:     चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।    नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख  लामाले जानकारी दिनुभयो । नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठन पाठनमा सहज  बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुँदै आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”  यसअघि राती नगरपालिका र नेपाल तामाङ घेदुङ राप्तीको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषा सम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ विद्यार्थीमा देखिएको भाषागत समस्याको समाधानलगायतका विषयमा नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, शिक्षा समिति, विभिन्न सङ्घ संस्था तथा समाजिक व्यक्तिहरुसँग छलफल गरिएको नगर प्रमुख लामाले बताउनुभयो ।   सुरुआतमा कक्षा १ मा तामाङ भाषामा पढाइ हुने नगारपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रमा १० विद्यालयमा तामाङ भाषाको कक्षा सञ्चालन गरिने छ । आगामी शैक्षिक सत्रदेखि चेपाङको बाहुल्यता रहेका विद्यालयमा चेपाङ भाषाको कक्षा पनि सञ्चालन गरिने बताइएको छ । राप्ती नगरपालिकामा ४९ सामुदायिक विद्यालय छन् ।