पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

पोखराः पोखरामा रहेको चिकित्सक पेशामा रहेका वरिष्ठ फिजिसियन कुमार शमसेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ ।    उच्च रक्तचाप, मधुमेह र दमसँगै निमोनियादेखिएपछि फेवासिटी अस्पताल भर्ना गराइएको राणाको उपचारकाक्रममा निधन भएको अस्पतालले जनाएको छ ।    उनको रामघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा नातिले दागबत्ती दिएको र किरियासमेत उनैले गर्ने आफन्तले जानकारी दिएका छन् ।    सुरुवाति दिनमा ब्रिटिश क्याम्पबाट सेवा सुरु गरेका राणाले त्यसपछि लामो समय पद्य नर्सिङ होममा बिताएका थिए । त्यहाँ रहँदा अन्य डाक्टरको शूल्क ५ सय भएपनि उनले ३ सय रुपैयाँमात्र शूल्क लिने गरेका थिए ।    राणाले सेवाकादौरान न्यून शूल्कमा उपचार गर्ने गरेको र पेशालाई सेवाकारुपमा लिने गरेको नातामा नाती पर्ने अभिमन्युविक्रम राणाले जानकारी दिए ।    ‘उहाँको बिरामीप्रतिको दृष्टिकोण अत्यन्त मानवीय थियो’ अभिमन्युले भने ‘पैसा कमाउने ध्येयले कहिल्यैपनि लाग्नु भएन, सेवा नै उहाँको उद्देश्य थियो ।’ अभिमन्युका अनुसार राणाको नम्र व्यवहार र बोलिचालीकाकारण बिरामीहरु उनैसँग उपचार गराउन खोज्दथे ।    एक श्रीमति, १ छोरा र १ छोरी रहेका राणाको परिवारमा श्रीमति र छोराको मृत्यु भइसकेको छ । उनको किरियाकर्म छोरातर्फका नातिले गर्ने भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको दाबेदारी प्रस्तुत गरेका पवन प्रजापतिले महानगरको कदमलाई ‘अशोभनीय’ भनि टिप्पणी गरेका छन् ।    महानगरपालिका आज महेन्द्रपुलमा रहेको संरचनामा डोजर लगाएपछि प्रजापत्तिको उक्त प्रतिक्रिया आएको हो । दशैं तिहारजस्ता चाडपर्व व्यवसायीकालागि केही कमाउने आधार भएको भन्दै उनले त्यतिञ्जेलसम्म कुर्न नसकेकोमा आफु दुखि भएको बताएका छन् ।    भूकम्प, नाकाबन्दी र कोभिडले लामो समयदेखि व्यवसायीहरु मर्कामा परेको र बैंकको ब्याजसमेत तिर्न नसकेकोबेला कमाउने समय डोजर लगाउनु शोभनिय नभएको उनको टिप्पणी छ ।    ‘चाडबाड आइसक्यो, केही कमाइएला भनेर व्यवसायीले रिन खोजेर लगानी गरेका छन्’ प्रजापतिले भने ‘त्यतिबेलासम्म कुर्दा महानगरलाई के हानी हुन्थ्यो र ?’     आफु व्यवसायीको पक्षमा रहेको भन्दै उनले ‘वर्षाैदेखि चलेका व्यवसायीहरुलाई एक महिनामात्रै थप्दा के बिग्रन्थ्यो र ?’ भनि सरोकारवाला निकायसमक्ष प्रश्न समेत गरेका छन् । 

पोखरा:  पोखरा महानगरका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको बताएका छन् ।    महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भत्काउन डोजरसहित पुगेका वडा अध्यक्ष मर्सानीले सटर भाडा नतिर्ने  व्यवसायीहरुको फाइल महानगरमा भएको प्रतिक्रिया दिएका हुुन् ।    ‘भवन भाडामा लगाउन हामी आउँन भन्दा अगाडीबाट नै सुुरु भएको हो’ उनले भने ‘३ वर्षदेखिको ३ करोड बढी भाडा उठाउन बाँकी छ । फाइल महानगरमा छ । भवन भत्किएको भाडा तिर्न पर्दैन भन्ने हुदैन राज्यलाई तिर्न पर्ने राजश्व हामी उठाउँछौं ।’   यस भवनमा सञ्चालित पसलहरुको भाडासमेत वर्षाैदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।   पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काउन बिहिबारबाट सुुरु गरेको हो । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित महेन्द्रपुलस्थित सटरमा महानगरले डोजर लगाएको हो ।   त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।   मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।    चाड नजिकिएसँगै डोजर लगाएकोमा व्यवसायीको आपत्ति पोखरा महागनरपालिकाले महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर लगाउँदा व्यवसायीहरुले भने आपत्ति जनाएका छन् ।    व्यवसायी सुशान्त तामाङका अनुसार दशैं तिहार जस्तो चाडपर्वमा केही होला भनेर गरेको लगानीमाथि महानगरले अन्याय गरेको छ ।    तर महानगरले गरेको कार्यको प्रशंसा गर्दै एक व्यवसायीले भने सुन्दर शहर बनाउन र हेर्न मन छ भन्दै महानगरको कदमलाई साथ दिएका छन् ।    पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पवन कुमार प्रजापतिले महानगरले भवनमा डोजर चलाएकोमा आपत्ति जनाउँदै फेसबुकमा विरोध जनाएका छन् ।    उनले लेखेका छन् ‘दशैको मुखमा महेन्द्रपुलका व्यवसायीलाई उठिबास पार्नु आपत्तीजनक हो ।’ कोरोना र नाकाबन्दी र आन्तरिक समस्याले थिलोथिलो पारेको व्यवसायीहरुलाई आहात पुग्ने गरी २७ वटा सटरमा व्यवसायीलाई विस्थापित गर्ने सरकारी कदमको विरोध जनाएका हुन् ।    पोखरा महानगरले भने भवन भत्काएर सार्वजनिक शौचालय र पार्क बनाउने योजना अगाडी सारेको छ । 

  काठमाडौं ।  नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ ।   फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।   भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो ।   सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नु भयो ।   उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो ।   भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताउनु भयो ।

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भन्नुभयो ।   उहाँले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने राससलाई बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।   राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए । 

पोखराः नेपालको प्रतिष्ठित वायुसेवा कम्पनी श्री एयरलाइन्स र चेम्बर अफ कमर्स, गण्डकी प्रदेशबीच आज राजधानीमा व्यावसायिक सम्झौता (एमओयू) भएको छ ।    मूलतः दुई संस्था र यसका सदस्य कम्पनीबीच व्यावसायिक प्रबद्र्धन गर्ने उद्देश्यले सम्झौता गरिएको दुबै पक्षले जनाएका छन् । सम्झौतापत्रमा एयरलाइन्सकातर्फबाट करपोरेट म्यानेजर अनिल मानन्धर र चेम्बरकातर्फबाट अध्यक्ष किसान सुनारले हस्ताक्षर गरेका छन् ।    सम्झौतामा चेम्बरका सदस्यलाई एयरलाइन्सले फास्ट ट्रयाक सर्भिस दिने बताउँदै चेम्बर परिचयपत्रका आधारमा भाडादरमा छूट दिने उल्लेख छ । त्यस्तै, सामानमा ५ किलोसम्म अतिरिक्त छूट र यात्राको अनुपात अनुुसार भाडादरमा छूट दिइने एयरलाइन्सका म्यानेजर मानन्धरले जानकारी दिए ।     सम्झौतापश्चात् यसबारे जानकारी दिँदै चेम्बरका अध्यक्ष सुनारले सामुहिक हितमा अघि बढ्ने अभिप्रायले श्रीबीच सहकार्य भएको जनाए । ‘संस्थागतरुपमा अघि  बढ्ने उद्देश्यले श्री सँग सम्झौता भएको हो’ उनले भने ‘आगामी दिनमा दुबै पक्षको व्यावसायिक हित र उत्तरदायीका खातिर हामीबीच सहकार्य भएको हो ।’   सम्झौतापत्रमा दुबै पक्षले व्यावसायिक सञ्जालमा वृद्धि गर्ने, व्यवसाय प्रबद्धनार्थ आर्थिक र व्यापारिक गतिविधिमा जोड दिने, सदस्यबीच सौहार्दता कायम गर्दै कुनैपनि कठिन परिस्थितिउपर समाधानको खोजी गर्नेलगायतका बुँदा समावेश गरिएको छ ।    सम्झौताबारे खुलस्त पार्दै करपोरेट म्यानेजर मानन्धरले एमओयू दुई संस्थाका सदस्यको हितमामात्र नभई देशको आर्थिक क्रियाकलापमा समेत योगदान पुग्ने उल्लेख गरेका छन् । 

  मोरङ । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज यहाँ वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो ।    सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताउनुभयो । उहाँले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्थानीय तह र प्रदेशमा पनि प्रशासनिक समस्या देखिएको उल्लेख गर्नुभयो ।       युनियन मोरङका अध्यक्ष फणिन्द्र अधिकारीले निजामती सेवामा देखिएको समस्यालाई समाधान गर्न सरकारले अध्यादेशबाट भए पनि ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ नारा दिइएकहो दिवसको अवसरमा मङ्गलबार सरसफाइ, आज वृक्षरोपण र बिहीबार फलफूल वितरण कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले जानकारी दिनुभयो ।

काठमाडौँ :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध  एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।   लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्।   सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु, उनले  भने,'मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।'   हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे।   काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।   त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।   लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए। सेतोपाटीबाट 

कास्कीः आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनकालागि नेकपा एमाले कास्कीले उम्मेदवार सिफारिशको टुंगोे लगाएको छ ।    आइतबार अबेर सिफारिशका सूचि निकालेको एमाले कास्कीले कूल २८ जनालाई अटाएको छ । जसमध्ये क्षेत्र नम्बर १ बाट १५, २ बाट ४ र ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । सिफारिशमध्ये कतिपय नामको तुलना गर्दा कुनैपनि कोणबाट उनीहरुको सम्भावना छैन ।    पार्टीले सिफारिश गरेको आधारलाई मुल्यांकन गर्दा हालसम्म क्षेत्र नम्बर २ बाट सिफारिश गरिएकी विद्या भट्टराईको सम्भावना बलियो छ । ‘उहाँको नाम कन्फर्मजस्तै हो’ एमाले जिल्ला कमिटीका एक सदस्य भन्छन् ‘धेरै हिसाबले उहाँ बलियो उम्मेदवार हो ।’ उनका अनुसार भट्टराईको नाममा कसैले विवाद गर्ने छैनन् ।    त्यसो त अर्की महिला उम्मेदवार प्रभा कोइरालाको सम्भावना पनि उत्तिकै रहेको जानकार बताउँछन् । ‘मेरा नामै त नखुलाउनोस्’ मजदुर फाँटका एक नेता भन्छन् ‘कोइरालाले कास्कीमै लामो राजनीति गर्नुभएको छ, उहाँलाई मौका दिनुपर्छ भन्नेहरुको पार्टीपंक्तिमा ठूलै समूह छ ।’    कास्की २ मा भट्टराई र कोइरालासँगै भुपेन्द्र गिरी र केशव आचार्यलाई सिफारिश गरिएको छ । यद्यपि, गिरी र आचार्यको सम्भावना नभएको बताइन्छ ।    कास्की १ बाट सिफाशि गरिएकामध्ये खगराज अधिकारी ‘हेभिवेट’ उम्मेदवारमा पर्छन् । पूर्व स्वास्थ्य र गृहमन्त्री अधिकारी यसपटक पनि दोहोरिने दाउमा छन् । पछिल्लो पटक १८ दिन गृहको बागडोर सम्हालेका अधिकारी हाल पार्टीको संगठन विभागको नेतृत्वमा छन् ।    पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिएका अधिकारीलाई पहिलेजस्तो स्वतः उम्मेदवार पाउन वा हुन सजिलो छैन । पछिल्लो पटक एमाले कास्कीभित्र मौलाएको गूट–उपगूटको कारक मानिएका अधिकारीलाई सिफारिशमा परेका युवा नेता दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना चुनौतिकारुपमा रहेका छन् । अधिकारीको नाम कास्की १ ‘क’बाट प्रदेश सभामासमेत सिफारिसमा परेको छ ।    त्यस्तै, जिल्लामा अहोरात्र खटिएका मनबहादुर गुरुङ र बौद्धिक छवि बनाएका झलक सुवेदी अधिकारीको आकांक्षामाथि तगारो बन्न सक्छन् । क्षेत्र नम्बर १ का केही मतदातासँग गरिएको कुराकानीलाई आधार मान्दा न्यौपाने वा ढुंगाना उनीहरुको रोजाई छन् । युवा उम्मेदवारको माग भएपनि यसपटक न्यौपाने र ढुंगानाको सम्भावना भने न्यून छ ।    तर जनजातिको आँखामा भने गुरुङ सम्भावित उम्मेदवार हुन् । साथै कास्कीको अन्य क्षेत्रमा पनि बलिया जनजाति उम्मेदवार नभएकाले यहाँ मनबहादुरले बाजी मार्ने सम्भावना छ । झलक सुवेदीलाई भने पार्टीले सांसद भन्दा ‘थिंक ट्यांक’कारुपमा काम गरुन् भन्ने चाहना राखेको छ ।    अधिकारीले पनि नछाड्ने र युवानेता पनि पछि नहट्ने सम्भावना रहेकाले यस क्षेत्रमा कसलाई टिकट दिने भन्नेमा नेतृत्वलाई निकै सकस पर्ने बताउँदै पार्टीका बुद्धिजीवि फाँटका नेता भन्छन्, ‘दुई पुस्ताबीच रस्साकस्सी प¥यो भने जिल्ला समन्वय समितिको जिम्मेवारी सम्हालिसकेका बैनबहादुर अधिकारीको नाम फाइनल हुने सम्भावना बढी छ ।’   यहाँ सिफारिशमा परेका अन्य नाममा पदमप्रसाद पौडेल, कालिदास सुवेदी, बालासिंह काउछामगर, उमा सिंह, रामराज अधिकारी, पुष्प अधिकारी, मिलन सुवेदी, शंकरनाथ पौडेल र हिमालय बख्रेल रहेका छन् ।    त्यस्तै, क्षेत्र नम्बर ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । जसमध्ये पूर्वमन्त्री जगत विश्वकर्मा पनि रहेका छन् । सांसदमा पुनः दोहोरिन चाहेका विश्वकर्माको सम्भावना पनि खगराज अधिकारीकैजस्तो ‘झिनो’ रहेको जिल्लाका केही नेताको भनाई छ ।    ‘विश्वकर्माजीले पहिलै नै एक्कासी पाएको अवसर हो, त्यतिबेला अरुलाई माइनस गरेर उहाँलाई दिइएको हो नी’ एमाले कास्कीका एक पुराना नेता भन्छन् ‘अब हामीले प्वाक्क भन्न मिलेन, पार्टीले मूल्यांकन गर्ला ।’   सिफारिशमा परेकामध्ये भरत पराजुली, देविप्रसाद सुवेदी, विवेक त्रिपाठीको कुनै पनि सम्भावना नरहेको एक उच्चतहका कार्यकर्ता ठोकुवा गर्छन् । उनले भने, ‘नामै पर्नुमा पनि उहाँहरुको जीत हो ।’   विश्वकर्मालाई चुनौती दिने नाम हो, पुण्प्रसाद पौडेल र गणेशमान गुरुङ । तीन नामलाई विश्लेषण गर्दा पौडेलले अवसर पाइसकेका छन् । यसर्थ, गुरुङको नाम फाइनल हुन पनि सक्छ । तर, पछिल्लो समयमा आफुलाई सुधार गर्दै ल्याएका जगन्नाथ बाँस्तोला पनि सशक्त उम्मेदवार हुन् । निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्ने बाँस्तोलाको लबिङ्मा साथ दिनेहरुको समूह पनि रहेको छ ।    यसर्थ, कास्की ३ मा टिकटकालागि गुरुङ र बाँस्तोलाकै सम्भावना रहेको बुझाई छ । उल्लेखित नामहरुको बढी चर्चा भएपनि प्रतिष्पर्धी दलहरुले कस्ता उम्मेदवारलाई अघि सार्ने सम्भावना छ सोही अनुसार केन्द्रमा नाम पठाइने कमिटीका सदस्यहरु बताउँछन् ।    त्यस्तै, नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग प्रतिनिधिसभातर्फ १ क्षेत्र पाउनुपर्ने अडान राखेकाले सम्भवतः उसले क्षेत्र नम्बर २ वा ३ नै माग्ने सम्भावना छ । यस्तोमा यस क्षेत्रबाट कसलाई उठाउँदा जीत हात पार्न सकिन्छ सोही उम्मेदवारलाई फाइनल गर्न एमाले कास्कीलाई फलामको च्युरा चपाउन सरह हुनेछ ।    तरपनि एमाले बुद्धिजीवि सर्कलमा रहेका नेताकाअनुसार प्रतिष्पर्धी दल र गठबन्धनले जस्तोसुकै रणनीति अपनाए पनि कास्की २ बाट विद्या भट्टराईले टिकट पाउने र जित्ने निश्चित छ ।    उनी भन्छन्, ‘जगत र खगराज कमरेड यसपटक कमजोर छन्, पार्टीमा नयाँ पंक्ति सशक्त देखिएको छ ।