पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखराः  राजधानीमा रहेको एलओडीपछिको ठूलो मानिने पोखराको लाउन्ज ‘क्याटवाक’मा आगामी शुक्रबार (१६ सेप्टेम्बर) भारतीय पपस्टार लक्की अलीको लाइभ कन्सर्ट हुने भएको छ ।    ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने निश्चित भएको र टिकट बिक्री भइरहेको जनाइएको छ । अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।    अलीले १४ सेप्टेम्बरमा राजधानीको एलओडी र १६ मा क्याटवाकमा प्रस्तुती दिने इभेन्ट अर्गनाइजर पर्चाले बताएको छ ।    गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ ।    उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवत: अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् ।    छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।    हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट बिक्री भइरहेको छ ।    अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।      क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको व्यवस्थापनले जनाएको छ ।   

  काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उहाँले बताउनुभयो ।   उहाँले भन्नुभयो, “सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।” यसैगरी उहाँले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनास निम्त्याएको उल्लेख गर्नुभयो ।   “म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास नमित्यिोस”, उहाँले भन्नुभयो, “हामीले गरेका विकासले दीर्घकालिन रुपमा सेवा देओस तर हाम्रा विकासले विनासको जोखिम नल्याओस ।” जलवायू परिर्वतनका कारण विश्वभरीमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायू परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नु पर्ने उहाँको भनाइ थियो ।    विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो । सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाह अनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।   यसैगरी उहाँले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभइ परिपूरक भएकाले दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सबैले विकास निर्माणका काम गर्नुपर्ने उहाँको भनाइ थियो । वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले विभिन्न काम गर्न निती नियम बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवले बताउनुभयो । 

पोखराः पोखरा उद्योग वाणिज्य संघमा ३४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ ।    बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय बेलुकी ५ बजेसम्म रहेको संघले जनाएको छ । यतिबेला संघको परिसर गैह्रापाटनमा मतदाता र उम्मेदवारहरुको भीड लागेको छ ।    संघको नेतृत्व लिन पवन प्रजापती  र अर्जुन पोखरेलले प्यानलसहित चुनावी प्रतिष्पर्धा गरेका छन् । सुनगाभा न्यूजसँगको सटिक कुराकानीमा दुबै प्यानलका अध्यक्षले जित्ने दाबी गरेका छन् ।    चुनावी रणनीतिअनुसार प्रजापतिलाई वामपन्थी खेमाकोसमेत सहयोग रहेको छ भने पोखरेललाई लोकतान्त्रिक समूहको साथ रहेको छ ।    घरदैलो कार्यक्रमपश्चात् दुबै उम्मेदवार र उनीहरुको प्यानलले चुनाव जित्ने दाबी गरेपनि कसको पक्षमा नेतृत्व जान्छ भनेर भन्न सकिने अवस्था छैन ।    ‘यसपटकको निर्वाचनको नतिजा अहिले नै आंकलन गर्न गाह्रो छ’ पोखरेल समर्थक मतदाताले भने ‘प्रतिष्पर्धा कडा छ तर जो नेतृत्वमा आएपनि संघको हितमा काम हुने व्यवसायीको विश्वास छ ।’

पोखराः पोखरामा रहेको चिकित्सक पेशामा रहेका वरिष्ठ फिजिसियन कुमार शमसेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ ।    उच्च रक्तचाप, मधुमेह र दमसँगै निमोनियादेखिएपछि फेवासिटी अस्पताल भर्ना गराइएको राणाको उपचारकाक्रममा निधन भएको अस्पतालले जनाएको छ ।    उनको रामघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा नातिले दागबत्ती दिएको र किरियासमेत उनैले गर्ने आफन्तले जानकारी दिएका छन् ।    सुरुवाति दिनमा ब्रिटिश क्याम्पबाट सेवा सुरु गरेका राणाले त्यसपछि लामो समय पद्य नर्सिङ होममा बिताएका थिए । त्यहाँ रहँदा अन्य डाक्टरको शूल्क ५ सय भएपनि उनले ३ सय रुपैयाँमात्र शूल्क लिने गरेका थिए ।    राणाले सेवाकादौरान न्यून शूल्कमा उपचार गर्ने गरेको र पेशालाई सेवाकारुपमा लिने गरेको नातामा नाती पर्ने अभिमन्युविक्रम राणाले जानकारी दिए ।    ‘उहाँको बिरामीप्रतिको दृष्टिकोण अत्यन्त मानवीय थियो’ अभिमन्युले भने ‘पैसा कमाउने ध्येयले कहिल्यैपनि लाग्नु भएन, सेवा नै उहाँको उद्देश्य थियो ।’ अभिमन्युका अनुसार राणाको नम्र व्यवहार र बोलिचालीकाकारण बिरामीहरु उनैसँग उपचार गराउन खोज्दथे ।    एक श्रीमति, १ छोरा र १ छोरी रहेका राणाको परिवारमा श्रीमति र छोराको मृत्यु भइसकेको छ । उनको किरियाकर्म छोरातर्फका नातिले गर्ने भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको दाबेदारी प्रस्तुत गरेका पवन प्रजापतिले महानगरको कदमलाई ‘अशोभनीय’ भनि टिप्पणी गरेका छन् ।    महानगरपालिका आज महेन्द्रपुलमा रहेको संरचनामा डोजर लगाएपछि प्रजापत्तिको उक्त प्रतिक्रिया आएको हो । दशैं तिहारजस्ता चाडपर्व व्यवसायीकालागि केही कमाउने आधार भएको भन्दै उनले त्यतिञ्जेलसम्म कुर्न नसकेकोमा आफु दुखि भएको बताएका छन् ।    भूकम्प, नाकाबन्दी र कोभिडले लामो समयदेखि व्यवसायीहरु मर्कामा परेको र बैंकको ब्याजसमेत तिर्न नसकेकोबेला कमाउने समय डोजर लगाउनु शोभनिय नभएको उनको टिप्पणी छ ।    ‘चाडबाड आइसक्यो, केही कमाइएला भनेर व्यवसायीले रिन खोजेर लगानी गरेका छन्’ प्रजापतिले भने ‘त्यतिबेलासम्म कुर्दा महानगरलाई के हानी हुन्थ्यो र ?’     आफु व्यवसायीको पक्षमा रहेको भन्दै उनले ‘वर्षाैदेखि चलेका व्यवसायीहरुलाई एक महिनामात्रै थप्दा के बिग्रन्थ्यो र ?’ भनि सरोकारवाला निकायसमक्ष प्रश्न समेत गरेका छन् । 

पोखरा:  पोखरा महानगरका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको बताएका छन् ।    महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भत्काउन डोजरसहित पुगेका वडा अध्यक्ष मर्सानीले सटर भाडा नतिर्ने  व्यवसायीहरुको फाइल महानगरमा भएको प्रतिक्रिया दिएका हुुन् ।    ‘भवन भाडामा लगाउन हामी आउँन भन्दा अगाडीबाट नै सुुरु भएको हो’ उनले भने ‘३ वर्षदेखिको ३ करोड बढी भाडा उठाउन बाँकी छ । फाइल महानगरमा छ । भवन भत्किएको भाडा तिर्न पर्दैन भन्ने हुदैन राज्यलाई तिर्न पर्ने राजश्व हामी उठाउँछौं ।’   यस भवनमा सञ्चालित पसलहरुको भाडासमेत वर्षाैदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।   पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काउन बिहिबारबाट सुुरु गरेको हो । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित महेन्द्रपुलस्थित सटरमा महानगरले डोजर लगाएको हो ।   त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।   मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।    चाड नजिकिएसँगै डोजर लगाएकोमा व्यवसायीको आपत्ति पोखरा महागनरपालिकाले महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर लगाउँदा व्यवसायीहरुले भने आपत्ति जनाएका छन् ।    व्यवसायी सुशान्त तामाङका अनुसार दशैं तिहार जस्तो चाडपर्वमा केही होला भनेर गरेको लगानीमाथि महानगरले अन्याय गरेको छ ।    तर महानगरले गरेको कार्यको प्रशंसा गर्दै एक व्यवसायीले भने सुन्दर शहर बनाउन र हेर्न मन छ भन्दै महानगरको कदमलाई साथ दिएका छन् ।    पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पवन कुमार प्रजापतिले महानगरले भवनमा डोजर चलाएकोमा आपत्ति जनाउँदै फेसबुकमा विरोध जनाएका छन् ।    उनले लेखेका छन् ‘दशैको मुखमा महेन्द्रपुलका व्यवसायीलाई उठिबास पार्नु आपत्तीजनक हो ।’ कोरोना र नाकाबन्दी र आन्तरिक समस्याले थिलोथिलो पारेको व्यवसायीहरुलाई आहात पुग्ने गरी २७ वटा सटरमा व्यवसायीलाई विस्थापित गर्ने सरकारी कदमको विरोध जनाएका हुन् ।    पोखरा महानगरले भने भवन भत्काएर सार्वजनिक शौचालय र पार्क बनाउने योजना अगाडी सारेको छ । 

  काठमाडौं ।  नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ ।   फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।   भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो ।   सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नु भयो ।   उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो ।   भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताउनु भयो ।

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भन्नुभयो ।   उहाँले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने राससलाई बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।   राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए । 

पोखराः नेपालको प्रतिष्ठित वायुसेवा कम्पनी श्री एयरलाइन्स र चेम्बर अफ कमर्स, गण्डकी प्रदेशबीच आज राजधानीमा व्यावसायिक सम्झौता (एमओयू) भएको छ ।    मूलतः दुई संस्था र यसका सदस्य कम्पनीबीच व्यावसायिक प्रबद्र्धन गर्ने उद्देश्यले सम्झौता गरिएको दुबै पक्षले जनाएका छन् । सम्झौतापत्रमा एयरलाइन्सकातर्फबाट करपोरेट म्यानेजर अनिल मानन्धर र चेम्बरकातर्फबाट अध्यक्ष किसान सुनारले हस्ताक्षर गरेका छन् ।    सम्झौतामा चेम्बरका सदस्यलाई एयरलाइन्सले फास्ट ट्रयाक सर्भिस दिने बताउँदै चेम्बर परिचयपत्रका आधारमा भाडादरमा छूट दिने उल्लेख छ । त्यस्तै, सामानमा ५ किलोसम्म अतिरिक्त छूट र यात्राको अनुपात अनुुसार भाडादरमा छूट दिइने एयरलाइन्सका म्यानेजर मानन्धरले जानकारी दिए ।     सम्झौतापश्चात् यसबारे जानकारी दिँदै चेम्बरका अध्यक्ष सुनारले सामुहिक हितमा अघि बढ्ने अभिप्रायले श्रीबीच सहकार्य भएको जनाए । ‘संस्थागतरुपमा अघि  बढ्ने उद्देश्यले श्री सँग सम्झौता भएको हो’ उनले भने ‘आगामी दिनमा दुबै पक्षको व्यावसायिक हित र उत्तरदायीका खातिर हामीबीच सहकार्य भएको हो ।’   सम्झौतापत्रमा दुबै पक्षले व्यावसायिक सञ्जालमा वृद्धि गर्ने, व्यवसाय प्रबद्धनार्थ आर्थिक र व्यापारिक गतिविधिमा जोड दिने, सदस्यबीच सौहार्दता कायम गर्दै कुनैपनि कठिन परिस्थितिउपर समाधानको खोजी गर्नेलगायतका बुँदा समावेश गरिएको छ ।    सम्झौताबारे खुलस्त पार्दै करपोरेट म्यानेजर मानन्धरले एमओयू दुई संस्थाका सदस्यको हितमामात्र नभई देशको आर्थिक क्रियाकलापमा समेत योगदान पुग्ने उल्लेख गरेका छन् ।