पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

  पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।   महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो ।    प्लाष्टिकको फुल माला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ भन्नुभयो,‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सुचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौ ।विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यसायीले गुनासो गरेपनि पछि आफैले हटाएर सहयोग गर्नुभयो ।’  चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुगमन गरेका हौ उहाँले भन्नुभयो, ‘अहिले सचेत मात्रै गरेका छौ फेरी विक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको छ ।’ अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो ।

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए । प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने शर्त राखेको छ । त्यस्तै, प्राधिकरणले व्यवसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने उल्लेख गरेको छ । प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ । असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । यो दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो । दुर्घटनापछि प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयको कात्तिक २ गते संयोजकत्वमा कमिटी गठन गरिएको थियो । उक्त कमिटीले विभिन्न सर्तसहित प्याराग्लाइडिङ खुला गर्न कात्तिक ४ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा १५ दिनभित्र सर्त कार्यान्वयन गरी आइतबारबाट उडान खुला गरिएको हो ।

   स्याङ्जा  । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा लागेका छन् ।  उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार बोधराज रेग्मीको चुनावी प्रचारप्रसारमा देखिए ।  आगामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने विकास  बताउँछन् । उनले भने, ‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ , स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७९ असार १७ गते रबि लामिछानेको नेतृत्वमा दर्ता भएको पार्टी हो । अहिले आक्रामक शैलीमा देशैभर चुनावी अभियानमा होमिएको छ ।  

  बागलुङ । उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन् । तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा भनेका छन्, “यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई ।”   बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतङ्कले किसानले हैरानी खेपेका छन् । उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएकोे बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक सूत्रीय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन् । बलेवा, कुस्मिशेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन् ।  चुनावी अभियानअन्तर्गत बागलुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पुग्नुभएको नेकपा ९एमाले०बाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका डा सूर्य पाठकलाई यहाँका किसानले यस पटकको भोट बाँदर नियन्त्रणको वाचा गर्नेलाई दिने बताएका छन् । गार्लुङका स्थानीय सीता पौडेलले गलुवाको पहिरो र बाँदरले यहाँका जनताले सास्ती खेपेको बताउँदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताउनुभयो ।  “जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यस पटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो”, पौडेलले भन्नुभयो, “सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर यहाँका जनताले बाँदरकै कारण उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए ।” सीता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके अहिले निर्वाचित हुने जनप्रतिनिधिले यहाँ अन्य काम नगरे पनि हुने बताउनुभयो । उहाँले बागलुङ नगरपालिका–१० स्थित गलुवाको पहिराले समेत बलेवासहित दक्षिण भेगका जनताले दुःख पाएको बताउनुभयो । “गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यन्न ल्याउन परेको छ”, अनिता पौडेलले भन्नुभयो, “अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई दिने योजना यहाँका जनताको छ ।” गलुवामा पहाडै बगाउँदा असारयता मात्रै तीन महिना सडक बन्द भएको थियो । पहिरो नियन्त्रणका लागि मात्रै रु चार करोड खर्च लाग्ने भएपछि गलुवाको पहिरो चुनावी मुद्दा बनेको छ ।  बागलुङको राजनीतिमा आफ्नो पकट जमाउँदै आएको बलेवा क्षेत्रबाट नेकपा ९एमाले० र गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवार उठाएको छ ।  निर्वतमान सांसदसमेत रहनुभएका एमालेका उम्मेदवार डा सूर्य पाठक प्रतिनिधिसभा र गठबन्धबाट कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा ९२० बाट चुनावी मैदानमा आउनुभएको छ ।  कांग्रेसका युवा नेता तथा प्रदेशसभा सदस्यका उम्मेदवार सुवेदीले यहाँका जनताको माग अन्य क्षेत्रको भन्दा फरक भएको बताउनुभयो । उहाँले बसाइँसराइ र बाँदरका कारण बागलुङको उर्वरभूमि दक्षिण भेग समस्यामा परेको बताउनुभयो ।  “म बागलुङको दक्षिण भेगको जनाताको घरदैलोमा पुग्दै गर्दा बाँदर नियन्त्रणका लागि जनताले धेरै आग्रह गर्नुभएको छ, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको माग त पुरानै हो, बाँदर नियन्त्रणका लागि कानुनी विषयमा समेत छलफल गर्नुपर्ने अवस्था आएको छ, म निरन्तर बाँदर नियन्त्रणका लागि आवश्यक उपायको खोजीका लागि आविस्कार केन्द्रको समेत सम्पर्कमा छु”, उम्मेदवार सुवेदीले भन्नुभयो, “अत्यधिक बाँदर लाग्ने स्थानमा अदुवा, बेसार, कागतीलगायत नगदेबाली लगाउने र बाँदर नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्ने योजनामा छु ।” बाँदरलाई हत्या गर्न नपाइने भएकाले बाँदर नियन्त्रण गर्न समस्या भएकाले कानुन निर्माण गर्न आवश्यक रहेको एमाले उम्मेदवार डा पाठकले बताउनुभयो । बागलुङको दक्षिण भेगकै प्रतिनिधत्व गर्ने उम्मेदवार भएको हैसियतले मेरो जनतालाई पहिलो सुझाव बाँदर नियन्त्रणका लागि अब कानुनी सहयोग आवश्यक रहेको बताउनुभयो । “कानुनअनुसार बाँदरको हत्या गर्न पाइँदैन, धपाएका बाँदर पुनः फर्केर आउने समस्या पुरानै हो”, डा पाठकले भन्नुभयो, “बाँदरको उपयोगिताका विषयमा पुनर्विचार गर्ने समय आएको छ, मानिसको जीवनभन्दा ठूलो बाँदर हैन, बाँदरका कारण बस्तीनै रित्तिने अवस्थाको अन्त्य गर्न आफू लाग्ने बताउनुभयो ।  बागलुङको नारायणस्थान, पैयुपाँटा, अमलाचौर, कुश्मिसेरा, जैदि, छिस्ती, राङ्खानी, दमेक र बरेङ गाउँपालिकाको केही भेगमा बाँदरको समस्या बढी रहेको छ । तीन वर्षअघि बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाएको भए पनि प्रभावकारी हुन सकेन । बाँदर नियन्त्रणका लागि रु पाँच लाग बजेट विनियोजन गरेर बाँदर धपाउने यन्त्र वितरण गरे पनि सुरुमा प्रभावकारी बनेको उपकरण पछिल्लो समय प्रभावकारी नबनेको जैमिनी नगरपालिकाका किसानको गुनासो छ ।  

  पोखरा । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो । पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाज अनलाइनको आयोजना, नासा फाउण्डेसन नेपाल,  बाबा फाउण्डेन र नबिल बैंकको सहकार्यमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), ग्लोबल रोड सेफ्टी एनजिओ एलाइन्स तथा नासा नेपालको समेत सहभागिता रहेको थियो ।  कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले ‘फ्रोफेसनल इङगेजमेन्ट फर सेफर मोबिलिटी’ पोखरा विश्वविद्यालयका सहप्राध्यापक बुद्धिराज जोशीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल र सडक यातायात’, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिडिई रामकुमार श्रेष्ठले मन्त्रालयको कार्यप्रगति र प्रदेशको अवस्थाको बारेमा र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष अधिवक्ता योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेशको सार्वजनिक यातायातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्व अध्यक्ष तथा नेशनल रोड सेफ्टी एलान्यसका सदस्य प्रा.डा. बुलन्द थापा, बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ, अटो पत्रकार संघ नेपालका अध्यक्ष उज्ज्वल जंग शाह, एकेडेमिक नेटवर्क फर रोड सेफ्टी रिसर्च (टियु)का सुजना श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगायतले टिप्पणी गरेका थिए ।  कार्यक्रममा गण्डकी प्रदेशको सडक यातायातको सुधारका लागि सुझाव तथा सुरक्षित हेलमेन्टको प्रयोग र परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशकै दीगो विकास, सडक र यातायातको व्यवस्था तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले ‘गण्डकी प्रदेश एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी’ नामक खुल्ला नेटवर्क गठन गर्ने निर्णयसमेत भएको छ ।  कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आवश्यक नीतिको अभाव, योजना कार्यान्वयनमा ढिलाई, सरकारी क्षेत्रको बेवास्ताका कारण प्रदेशको दीगो विकास, नागरिक स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर परेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले गरेका थिए ।  

  पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् ।  पोखरामा पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ‘देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ, उनले भने, ‘देशमा प्रतिगमनको, निरकंशुताको, अराजकताको खतरा रहेसम्म संविधान र लोकतन्त्र बचाउन गठबन्धन हुनुपर्ने आजको आवश्यकता हो ।’ उनले निर्वाचनको समयमा गठबन्धनमा रहेका फरकफरक पार्टीका कार्यकर्ताहरुले मतदान गर्न गाह्रो नमान्नसमेत आग्रह गरे ।   ‘निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार मैदानमा छन् तर मतदानको समयमा कांग्रेसले माओवादीलाई र कांग्रेस तथा माओवादीले जनमोर्चालाई मतदान गर्न गाह्रो नमान्नुस् । किनभने गठबन्धन आजको आवश्यकता हो । तपाइ हाम्रो र राष्ट्रको हितकै लागि हो ।’ उनले भने ।

  काठमाडौं । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ–५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्रबाट २७ गरी ५६ जनाको उम्मेदवारी परेको कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिनुभयो ।     प्रवक्ता जोशीका अनुसार निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ तर्फ दलगतरुपमा सात र स्वतन्त्र उम्मेदवार सात गरी १४ उम्मेदवार रहनुभएको छ । त्यसैगरी प्रदेशसभा दुईतर्फ दलगत उम्मेदवारी सात र स्वतन्त्र छ गरी कूल १३ जनाको उम्मेदवारी रहेको छ । प्रदेश १ मा २७ हजार पाँच सय ६७ र प्रदेश २ मा ४३ हजार तीन सय ५२ गरी यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।      जम्मा ३१ मतदान केन्द्र र ५० मतदान उपकेन्द्र रहेको निर्वाचन क्षेत्र नं ५ भित्रका केन्द्रमा स्थलगत अवलोकन गर्ने काम भइरहेको छ । निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्र केकस्ता छन् भनी अवलोकन मूल्याङ्कन भइरहेको सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिनुभयो ।     निर्वाचन नजिकिएसँगै यस क्षेत्रभित्रका मतदानस्थल अवलोकन गर्ने कामलाई तिब्रता दिइएको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका चार, टोखा नगरपालिकाको छ र बूढानीलकण्ठ नगरपालिका पाँच गरी १५ वडा समेटिएका छन् । जसमा प्रदेशसभा १ तर्फ काठमाडौँ महानगरका वडा नं २, ४ र ५ पर्दछन् । प्रदेशसभा दुईतर्फ काठमाडौँ महानगरको वडा नं ३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।

  पोखरा। पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरिएको हो ।  अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र  पत्रकारहरुको सहभागीता रहेको थियो ।  पोखरामा खाद्यान्न, तरकारी, फुलफुल होटल लगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो । फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिनुभयो ।  अनुगनका क्रममा ब्यवसाय दर्ता विना सञ्चालन भएका, दर्ता भएपनि नविकरण नभएको भेटिएको र खरिद विल नभएको फेला परेको सदस्यसचिव पौडेलले बताउनुभयो । ‘केही पसल महानगर, घरेलु, आन्र्तरीक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो ।’ अनुगमनका क्रममा पोखरा  ट्रेड मलभित्र सञ्चालित दुई पसललाई जरिवाना समेत गरेको छ । ग्लोजम कुर्था पसल र सुस्मीन एण्ड सुशान्त स्टोर्सलाई पाँच÷पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजमले कपडा खरिद बिल नभएको र विना दर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सुस्मीन एण्ड सुशान्त स्टोर्सले विल काटदादेखि वीचमा विल छुटाएर काटेको, व्यवसाय नविकरण नगरेको र ग्राहकलाई समेत विल नदिएको पाइएकाले जरिवाना गरिएको सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सलोनी इम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सर्पिङ्ग सेन्टरमा खरिद विल नभएको, ब्यवसाय दर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र विक्री विल सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले बताउनुभयो । यता पोखराको चिप्लेडुंगामा सञ्चालित यूएफओमा खरिद विल नभएको भेटिएकाले जिल्ला प्रशासन कार्यालय कास्की बोलाइएको छ । पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले फेन्सी पसलमा अनुगमन गरेको बताउदै भन्नुभयो,‘ब्यवसायीले खरिद विल नलिने र  विक्री विल पनि नदिले गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो ।यो  समस्या समाधान गर्न सरोकारवाला निकायसंग बसेर छलफल गछौँ ।’  जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौबाट ल्याउने सामानको विल कम जारी गर्ने र महंगोमा विक्री गरेको पाइएको बताउनुभयो । उहाँले कम विल जारी गर्ने र महंगोमा विक्री गर्ने समस्या सबै ब्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने देखिएको छ । पोखरा महानगरले दशैअघि पोखरामा सञ्चालिन मासु, खाद्यान्न र दशैलाई लक्षित गरे विक्रीका लागि बाहिरि जिल्लाबाट ल्याइएका च्यांग्राको अनुगमन गरेको थियो ।   

   काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ ।     निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य सङ्ख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)बाट हुन्छ ।     आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।     आगामी मङ्सिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई विसं २०७९ मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् । निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । यसमा ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र ९१ लाख ४० हजार आठ सय छ पुरुष तथा एक सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदानस्थल तोकिएको छ ।