पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

पोखराः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ निर्वाचन आयोग जुटिरहेको छ ।    आयोगले निर्वाचनको तालिका अनुसार आज दुबै सभाका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।    आयोगका अनुसार अपरान्ह १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ ।    त्यस्तै, बेलुकी ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह दिइने आयोजले जनाएको छ । 

पोखराः पछिल्लो समय कलाकारिताबाट फुर्सद पाएपछि  करिश्मा मानन्धर अर्थात् सूर्यकुमारी अभिनेत्रीबाट नेतृ भइन् ।    मानन्धरलाई नेकपा एमालेले स्वागत ग¥यो, त्यसपछि उनी अध्यक्ष केपी शर्मा ओलीसँगै विभिन्न कार्यक्रममा देखिइन् ।    आगामी मंसिर ४ गते हुने संघ र प्रदेशमा हुने चुनावको टिकट बाँडफाँडपछि उनले हातमा वाइनको गिलास लिएर उन्मुक्त हुँदै अर्थपूर्ण स्टाटस पोस्टिएकी छिन् ।    स्टाटसको आशय यही हो भनेर ठोकुवा गर्न नसकिए पनि पार्टीबाट उनले समानुपातिकमा अपेक्षा गरेको हुनसक्ने आशय निस्कन्छ । उनको स्टाटसमा ‘एमाले कम्पनीभित्र गएपछि श्वास फेर्नपनि मुस्किल हुने’जस्ता कमेन्ट गरिएको छ ।    त्यस्तै, धेरै कमेन्टमा उनलाई स्वतन्त्र हुन पनि सुझाइएको छ । यही क्रममा उनको स्टाटसलाई टिकट नपाएपछिको रोषसमेत भनिएको छ ।    यद्यपि, ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’  लाइनलाई अब एमाले छाडेर बाहिर निस्कन लागेको भन्ने अर्थ लगाउन सकिन्छ ।    लोकगायिकाको छवि बनाएकी कोमल ओलीलाई एमालेले पार्टीमा भित्र्याएपछि दिएको अवसर देखेर उस्तै अवसर पाउने विश्वासमा त्यतै लागेकी मानन्धर अहिले तस्बिर र स्टाटसमा देखिएजस्तै उन्मुक्त छिन् ।   

नेकपा एमालेका कास्कीमा युवा नेताको छवि बनाएका जगन्नाथ बाँस्तोलाले प्रतिनिधिसभा र प्रदेश कतैपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।    क्षेत्र नम्बर ३ बाट टिकटका आकांक्षी रहेका बाँस्तोलाको नाम केन्द्रमा सिफारिश भएपनि अन्तिममा टिकट नपाएपछि स्वतन्त्रकारुपमा बागी उठेका हुन् ।    यस क्षेत्रबाट पार्टीले दामोदर वैरागीलाई टिकट दिएको छ ।    त्यस्तै, नेपाली कांग्रेस कास्कीमा हक्की नेताका छवि बनाएका पुराना नेता महादेव गुरुङले पनि आफुलाई बागीमा दर्ता गराएका छन् ।    टिकटका आकांक्षी रहेका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले टिकट पाएका छन् । 

कास्कीको क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनले प्रतिनिधि सभामा साझा उम्मेदवारकोरुपमा रामजीप्रसाद बराल ‘जीवन’लाई उठाउने भएको छ ।    गण्डकी प्रदेशमा अर्थमन्त्री सम्हालेका बराल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।   बरालका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका दामोदर बैरागी रहेका छन् । 

काठमाडौं: सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ ।   १२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान पाएका छन् ।   जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।    

कास्कीः नेकपा एमालेले कास्कीलगायत गण्डकी क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुंगो लगाएको छ ।    तीन निर्वाचन क्षेत्र रहेको कास्कीको १ मा मनबहादुर गुरुङले प्रतिनिधिसभाको टिकट पाएका छन् । यस क्षेत्रबाट नयाँ अनुहार गुरुङ हाल एमाले कास्कीको अध्यक्ष हुन् ।    यसअघि स्वास्थ्य र गृहमन्त्री रहेका खगराज अधिकारी भने प्रदेश सभाको १ (क)बाट उम्मेदवार भएका छन् । त्यस्तै, यही क्षेत्रको (ख)बाट बेदबहादुर गुरुङले टिकट पाएका छन् ।    त्यस्तै, क्षेत्र नम्बर २ बाट विद्या भट्टराईले टिकट पाएकी छिन् । भट्टराइलाई यस क्षेत्रको स्वभाविक उम्मेदवार मानिएको थियो ।    यहाँबाट प्रदेश सभामा भीम कार्की र मिना गुरुङले टिकट पाएका छन् ।    यसैगरी, क्षेत्र ३ बाट प्रतिनिधि सभामा दामोदर वैरागीले बाजी मारेका छन् । यहाँबाट प्रदेशतर्फ गणेशमान गुरुङ र राजीव पहारीले टिकट पाएका छन् । जसमध्ये राजीव पहारीले पुनः अवसर पाएका हुन् ।    दशैँअघि पत्रकार भेटघाटमा खगराज अधिकारीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने भन्दै आफुलाई प्रदेशमा उठाएपनि सहर्ष स्वीकार गर्ने बताएका थिए । यद्यपि, अधिकारीको रुचि भने संघमै रहेको थियो ।    अवसरका हिसाबले प्रदेशमा झरे पनि यसपटक राजीव पहारी र अधिकारीले नै पुनः बाजी मारेका छन् ।   

रेसुङ्गा, पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२-२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ ।   त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहनुभएको छ । उहाँको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ ।   मुख्य गरेर घाँस खेती गर्नुभएका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउनुहुन्छ । उहाँले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउनुहुन्छ । उहाँले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढी पु¥याउनु भएको छ ।   उहाँले गत जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गर्नुभएको हो । उहाँसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गर्नुभयो । उहाँसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन् । उहाँले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ ।   सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिनुभएको छ । बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गर्नुभएको छ । उहाँले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउनुभयो । नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राख्नुभएको छ ।   भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गर्नुभएका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउनुहुन्छ ।   रोजगारी सिर्जना गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् । यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्नुहुन्छ ।   ‘‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ”, गोकर्णले भन्नुहुन्छ । उहाँले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गर्नुभयो । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उहाँले झेलिरहेनुभएको छ । गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउनुहुन्छ ।   पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उहाँले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देख्नुभयो । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उहाँको बुझाइ रह्यो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उहाँले बताउनुभयो । अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उहाँको धारणा छ ।   आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउनुहुन्छ । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाउनु भएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग रहनुभयो । उहाँ हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउनुहुन्छ ।   मोटरसाइकल बेचेर लगानी गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्नुहुन्थ्यो । केही गर्ने हुटहुटीले उहाँले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गर्नुभयो । उहाँले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोप्नुभयो । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल हुनुभयो । उहाँले यसलाई सफलताको रूपमा लिनुभएको छ ।   वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आपूm घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउनुभयो । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो । “मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ”, गोकर्णले भन्नुभयो ।   घाँस खेती गरेर अन्य पालिकामा निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उहाँको भनाइ छ ।   पागलको उपनाम पाएँ ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । “सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइन्”, गोकर्णले भन्नुभयो । कर्मबाट प्रतिक्रिया दिने अठोट बोक्नुभएका गोकर्णले गाउँलेको पागल उपनाममा केही पनि नबोलेको सुनाउनुहुन्छ ।   “सुरुआती चरणमा पागल भन्नेहरुले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो । गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताउनुभयो । “वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।” छोटो समयमा धेरै फाइदा खोज्दा आफैँलाई नोक्सानी हुने उहाँको भनाइ छ ।   परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने अनुभव प्रत्यक्ष आफूले गर्न सकेको गोकर्णले बताउनुहुन्छ । हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न उहाँ अरूलाई सुझाउनुहुन्छ । सुझबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उहाँको जोड छ । “सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।” श्रम गर्न हिच्किचाअट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उहाँले बताउनुभयो ।   खेस्रामा पनि अब्बल गोकर्ण गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै खेस्रा (स्केच) तयार पार्नेका रुपमा आफूलाई परिचित समेत गराउनुभएको छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताउनुभयो ।   उहाँले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गर्नुभएको छ । उहाँले खासगरी आफलाई प्रेरणा मिल्ने व्यक्तिहरुको स्केच तयार गर्ने गरेको बताउनुभयो ।   गोकर्णले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महावीर पुन, विजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उहाँहरुलाई उपलब्ध गराइसक्नुभएको छ ।

चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।   सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन् ।   पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो । उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताउनुभयो । सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ ।   “दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो”, उहाँले भन्नुभयो । रुकुमदेखि काठमाडौँ हिँड्नुभएका प्रेम पुन मगरले पहिराका कारण आफूहरु अलपत्र परेको बताउनुभयो ।   उहाँले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ, “यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।”   पहिराले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरु अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरु समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नुपर्ने बताउनुभयो ।   “गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरुबीच बाटोमा अलपत्र पर्नु परेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि”, उहाँले भन्नुभयो, “यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरुलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?”   बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरु लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरु भोकले ब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताउनुभयो ।   “निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरु हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ”, सुनारले भन्नुभयो ।   निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उहाँको भनाइ छ ।   “हिजोदेखि नै हामीहरुले सडक खुलाउन थालेका थियौँ, हिजो केही ठाउँमा खुलाएका थियौँ, रातभरिको वर्षाले फरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरु निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “वर्षा नै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरुलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।”

अविरल वर्षाकाकारण कास्कीका ४ गाउँपालिकाको जनजीवन धेरथोर असमान्य भएको छ ।    हालसम्मको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकाअन्तरगत घान्द्रुक जाने बाटो अवरुद्ध भएको छ । यस सडकखण्डको घाम्लेबाट केही तल पहिरोकाकारण सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।    त्यस क्षेत्रमा बाटो खुलाउन गाउँपालिका र स्थानीयवासी जुटिरहेका छन् । तर अविरल वर्षाले कठिनाई भएको अध्यक्ष केसीले जनाए ।    हरसम्भव प्रयास भइँरहे पनि आज बाटो खुलाउन सम्भव नहुने उनको भनाई छ ।    घान्द्रुकमा हाल पर्यटक नभएपनि स्थानीयलाई भने असहज भएको उनले बताए ।    त्यस्तै, बनठाँटी जाने बाटोमा पनि माथिबाट पहिरो आएकाले अवरुद्ध भएको छ । पदमार्ग क्षेत्रमा क्षति भएपनि पर्यटकहरु नभएको उनको भनाई छ ।    यसबाहेक अन्य कुनै क्षति नभएको र विपद् परिहाले यथाशक्य चाँडो उद्धार र राहतकालागि पालिका सदस्य र स्थानीय तयारी अवस्थामा रहेको अध्यक्ष केसीले बताएका छन् ।    त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाअन्तरगत मर्दी पदमार्गमा पर्ने चोरखोल्सा भन्ने स्थानमा बाटो अवरुद्ध भएपनि अहिले स्थानीयको प्रयासमा खुलाइएको छ ।    यसबाहेक पालिकामा अन्य कुनै घटना नघटेको अध्यक्ष मिनबहादुर गुरुङले जनाएका छन् ।   गुरुङका अनुसार पालिकाभित्र जनजीवन सामान्य छ भने मर्दी पदयात्रामा पर्यटक नभएकाकारण कुनै विपद्को खबर छैन ।    ‘बाटोघाटो, मान्छे, वस्तुभाउ र खेतिपातीमा अहिलेसम्म कुनै क्षति भएको छैन’ अध्यक्ष गुरुङले भने ‘हामी सूचना संकलन र सहायताकालागि निरन्तर अपडेटमा छौं ।   यसैगरी, रुपा गाउँपालिकाको बेगनास–भोर्लेटार सडक खण्डमा क्षति भएको छ ।    उक्त क्षेत्रमा सडक खुलाउन स्थानीयवासीको पहलमा भर्खरै एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी बाटो खुलाइएको छ । तरपनि निरन्तरको वर्षाले पुनः अवरोध हुनसक्ने गापा अध्यक्ष नवराज ओझाले बताएका छन् ।    यसबाहेक हालसम्म रुपा क्षेत्रको जनजीवन सामान्य रहेको उनले जनाए ।    यता, मादीमा भने मध्यपहाडी लोकमार्गअन्तरगत मिजुरेमा पहिरो जाँदा त्यहाँ सवारीसाधन चल्न सकेको छैन । यातायात ठप्पै नभएपनि बाटो खुलाउँदै सवारी चलाउने काम भने भइरहेको छ ।      गापा अध्यक्ष देविजंग गुरुङका अनुसार निरन्तरको पानी र चाडले गर्दा काम गर्ने मान्छेको अभाव हुँदा सडक खुलाउन अप्ठेरो परेको छ ।    ‘अहिले लोकमार्गका कामदार पनि छैनन्, हामीले सकेको प्रयास गरिरहेका छौं’ अध्यक्ष गुरुङले भने ।    त्यस्तै, मादीको वडानम्बर ३ मा २ तले पक्कीघर भत्किएको छ । घर भत्किएर पूर्ण क्षति भएको बताउँदै अध्यक्ष गुरुङले मानवीय क्षति भने नभएको बताएका छन् ।      गापाकै वडा ५ मा एक कटेरोमा आगलागी भएको छ । वस्तुभाउ राख्ने कटेरोमा आगो लागेको जानकारी गराउँदै गुरुङले अन्य क्षति हुन नपाएको बताए ।    ‘यहाँ प्रतिकुल मौसम छ, हामी सकेसम्म सबै वडाको जानकारी लिइरहेका छौं’ गुरुङ भन्छन् ‘हामीले गापा, स्थानीयवासी र जिल्लामा समेत सम्पर्कमा छौं, केही भइहाले राहत र उद्धारमा केन्द्रीत हुन सबैलाई सूचना पठाएका छौं ।