पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।     आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गर्नुभयो ।      “अहिलेको सरकार गठबन्धनको सरकार हो”, उहाँले भन्नुुभयो, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उहाँको भनाइ छ ।     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । “संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भन्नुभयो, “संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।”     डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिनुभयो ।     “पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।”     उहाँले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मुलुुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताउनुभयो ।     “संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ”, उहाँले भन्नुभयो, “संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।”     कार्यक्रममा गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी नेता खगराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य निरा जैरु लगायतले आफ्ना धारणा राख्नुभएको थियो । 

  काठमाडौँ:  श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलकलाई अष्ट्रेलियाको पूर्वी क्षेत्रस्थित यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया युवतीले यसै साता यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो । अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको अनुसन्धान गरेको थियो । ३१ वर्षीय गुनतिलकलाई प्रहरीले आइतबार बिहान १ बजे नै सिड्नीको एक होटलबाट पक्राउ गरेको बताइएको छ । पक्राउ गरी उनलाई सिड्नी सिटी प्रहरी स्टेसनमा लगिएको छ । प्रहरीकहाँ युवतीले सहमतिबिना नै जबर्जस्ती यौनसम्बन्ध राखेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोपमा दनुश्का पक्राउ परेको खबर श्रीलंका क्रिकेट टोलीले पनि पुष्टि गरेको छ । साथै उनी नोभेम्बर ७ मा अदालतमा उपस्थित हुने बताइएको छ । गुनाथिलक चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिए पनि अष्ट्रेलियाको खेलका लागि उनी टोलीमा समावेश छन् । उनले २०१५ को नोभेम्बरदेखि श्रीलंकाका लागि ८ वटा टेस्ट गेम, ४७ वटा वान डे र ४६ वटा टी.२० खेलिसकेका छन् । आइतबार समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंका यसपटकको विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।

  पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) पोखरा आउने भएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पोखरा सभागृहमा बिहान १० बजेदेखि सुरु हुने नेकपा (एमाले) कास्की जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख दर्शन लामाले जानकारी दिए ।  लामाका अनुसार अध्यक्ष ओलीसंगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन बहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) को सहभागिता रहनेछ ।  यसैगरि १ ‘क’ का खगराज अधिकारी १ ‘ख’ का बेद बहादुर गुरुङ, क्षेत्र नम्बर २ ‘क’ का भिम कार्की, २ ‘ख’ की मिना गुरुङ, क्षेत्र नम्बर ३ ‘क’ का गणेशमान गुरुङ तथा ३ ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवारहरुको सहभागिता रहने लामाले बताए ।  सो कार्यक्रममा कास्की जिल्लाभरका संगठित कार्यकर्तालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा रहेर अध्यक्ष ओली लगायतले सम्बोधन गर्नेछन् ।  

  ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ ।” गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ ।  फक्ताङलुङ –२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ ।

  काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो ।   रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

पोखरा  । शनिबार पोखरा २० मा मतदाता भेटघाट गर्न पुगेका विन्दु कुमार थापालाई स्थानीय अनिल कुमार रानाले भने पोखरा २० को मुहार फेर्ने नेता तपाई नै हुनुहुन्छ । हिजो निर्वाचित भएपछि पोखरा २० का धेरै ठाउँमा तपाईले बजेट विनियोजन गर्नुभएको छ । अब आशा पनि तपाईमा नै छ । उनले भने,‘हामी त जनता हौं । हामीलाई सामान्य आधारभूत आवश्यकता परिपूर्ति गरिदिए पनि हुन्छ । सपना बाढ्ने पूरा नगर्ने नेता धेरै भेटियो । तर काम गर्ने नेताका रुपमा विन्दु कुमार थापा पाइयो । विगत ५ वर्षमा पोखरा २० लाई बनाउन उहाँले थुप्रै योजना हाल्नुभएको छ । हाम्रो मत उहाँलाई नै हो ।’  थापा २०७४ सालको निर्वाचनमा कास्की २(२) बाट नै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित अघि नै उनको प्रतिबद्धता थियो सरकारबाट प्राप्त तलबभत्ता सुविधा केही नलिने, विकासका काममा खटिने । पाँच वर्ष कार्याकाल उनको सामाजिक सेवामा नै बित्यो भन्दा फरक नपर्ला ।  पोखरा २० का स्थानीयको आशा विन्दुमा नै छ । भन्छन्,‘हामीले हाम्रो समस्या जसले काम गर्छ उसलाई नै सुुनाउने हो । विन्दुजीले हिजो पनि राम्रै काम गर्नुभयो । अब पनि आशा उहाँमा नै छ ।’  साबिक ७ नम्बर वडाको पाखाको बाटोलाई प्राथामिकता दिन मतदाताको थापालाई आग्रह छ  । देविडाँडा बाट देउरालीको बाटो निर्माण गर्नुपर्ने र टोलटोलमा ट्रयाक खोल्नपर्ने समस्यालाई समाधान गर्न उनीहरुले अपिल गरेका छन् । पोखरा २० लाई महानगरको झल्को हुने गरी काम गर्नुपर्ने भनाई स्थानीयको छ  ।  स्थानीयको समस्या सुन्दै नेपाली काँग्रेस बाट कास्की २(२) मा गठबन्धनका साझा उम्मेदवार विन्दु कुमार थापाले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र निर्वाचित भएपश्चात योजनाहरुलाई क्रमबद्ध रुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  ‘२०७४ मा निर्वाचित भएपश्चात यहाँहरुका समस्यालाई समाधान गर्ने बाटोमा अग्रसर भएकै हो । अब पनि नहुने कुरा हुँदैन । पोखरा २० का हर नागरिकको सुखदुखको साथी बन्दै समस्याको समाधान गर्ने बाटोमा लाग्नेछु ।’, उनले भने ।  उनले सिर्सेखोला खानेपानी योजनालाई पूर्णता दिने गरी आफु लाग्ने बताए  । दलीत समुदायको क्रियापुत्री भवनका लागि केही पैसा गण्डकी सरकारबाट विनियोजन भएको र आगामी समयमा पनि गर्ने उल्लेख गरे  । खोरा देखि गौतम गाउँसम्मको सिँडी बाटो निर्माणमा आफ्नो ध्यान पुगेको अभिव्यक्ति उनको थियो ।    निर्वाचित भएपछि संघ र महानगरसँग समन्वय गर्दै अगाडि पोखरा २० को मुहार फेर्न लाग्ने प्रण उनले गरेका छन् । आफु काम गर्नको लागि सरकारमा जाने र योजनाबद्ध हिसाबले क्रमबद्ध रुपमा विकासका आयोजनालाई पूरा गर्ने भनाई उनको छ ।   

  डोटी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।      निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गर्नुभएको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ । “कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणालीबमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा निषेध गरिएको छ”, सूचनामा भनिएको छ ।  आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ श्रेष्ठको भनाइ छ ।

  गलेश्वर । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा (एमाले)का तर्फबाट पूर्वपार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएकाले यस पटकको निर्वाचन पेचिलो बन्ने विश्लेषण हुन थालेको हो ।  चुनावका लागि जिल्लामा उम्मेदवारहरु एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनीतिसहित चुनावी मैदानमा होमिएका छन् । दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा विसं २०५६ यता कम्युनिष्टले एकक्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस पटकको निर्वाचनबाट ढल्ने बताउनुभएको छ भने एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनकै समर्थकको भोटले आफूले चुनाव जितेर देखाउने चुनौती गर्बुजालगायत गठबन्धनका नेतालाई दिनुभएको छ । यतिखेर दुवै पक्षका उम्मेदवार गाउँगाउँमा पुगेर आमसभा गरिरहेका छन् मतदाता रिझाउन उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टीका र स्वतन्त्र हैसियतमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिइएकाले किसानका खेतबारीमा नै पुगेर काम सघाउँदै मतदाता रिझाएर आफ्नो पक्षमा मत दिन उम्मेदवारहरुले आग्रह गरिरहेका छन् तर जिल्लाका पाका मतदाता यस पटकको निर्वाचनमा निकै सोच विचार गरेर मात्र भोट खसाल्ने मनस्थितिमा पुगेका छन् ।      कुनै पार्टीको ओतमा नओतिइकन राम्रो र इमान्दार उम्मेदवारलाई ठम्याएर मात्र मत दिने मनस्थितिमा रहेको उनीहरुको भनाइ छ । जिल्लाका छवटै स्थानीयतहका प्रतिनिधिमूलक पाका मतदातासँग ‘यसपटक कस्तो उम्मेदवारलाई भोट दिँदै हुनुहुन्छ ?’ भन्ने  जिज्ञासामा प्रायः सबैले एउटै आशयको जवाफ ‘दिए पर्ख र हेर’  । ‘पर्ख र हेर’ को मनस्थितिमा पाका मतदाता यहाँका मतदातामा कुन पार्टीको कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे अझै खुल्न सकेका छैनन् । ज्येष्ठ, दलित र महिला मतदाता भने अहिले ‘पर्ख र हेर’को मनस्थितिमा रहेको पाइएको छ  । इमान्दार र जनताका लागि काम गर्नसक्ने उम्मेदवारको पक्षमा मत खसाल्न पाका मतदाता इच्छुक देखिएका छन् । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ६९ वर्षीय रणबहादुर छन्त्यालले पञ्चायतकालदेखि गणतन्त्रसम्म पटकपटक मतदान गरे पनि आशा गरेजस्तो उपलब्धि प्राप्त नभएको बताउनुभयो ।  “चुनावमा भोट हालेर नेतालाई त जितायौँ तर ती नेताले हाम्रो मन जित्ने गरी कामै गरेनन्”, चुनावअघि र चुनाव जितेपछि नेताको बोली र व्यवहारमा परिवर्तन आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भोट नदिऊ भने पनि बल्लबल्ल आउने मौका गुमाउनुभएन, दिऊ भने पनि मनले खाएको योग्य व्यक्ति कोही हुँदैनन् । त्यसैले कसलाई भोट दिने भनेर अहिलेसम्म निधो गर्नै सकिएको छैन ।” त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका ६६ वर्षीय न्यून दृष्टि भएका आइतबहादुर दर्जीले चुनावमा जसलाई भोट दिए पनि आफूजस्ता गरिब र दृष्टिविहीनका लागि कसैले पनि सहयोग  नगरेको बताउनुभयो । “मैले आजसम्म धेरै जनालाई भोट दिएँ तर चुनावपछि कसैले पनि तेरो अवस्था के छ ? के खाएर बाँचेको छस् भनेर सोध्न आएनन्”, पर्ती जग्गामा सानो छाप्रो बनाएर बस्दै आउनुभएका उहाँले भन्नुभयो, “देश विदेशमा रहेका केही मनकारी व्यक्तिको सहयोगले आजसम्म बाँचेको छु, नेताको आशा गरेर बसेको भए उहिल्यै मरिसक्थेँ ।” दर्जीले आउँदै गरेको निर्वाचनका लागि आजका दिनसम्म कोही पनि मलाई भोट देऊ भनेर आफूसँग नआएका बताउँदै गाउँका जान्नेसुन्ने र भद्रभलाद्मीले जसलाई भोट देऊ भन्छ्न् उसैलाई दिने बताउनुभयो । त्यसैगरी मालिका गाउँपालिका–५ देवीस्थानकी ५९ वर्षीया टकदेवी विकले चुनाव र चाडपर्व आफूलाई कहिल्यै पनि नआइदिए हुन्थ्योजस्तो लाग्ने गरेको गुनासो गर्नुुभयो । उहाँले भन्नुभयो, “मलाई त चुनाव र चाडपर्व भन्यो की रिस मात्रै उठ्छ, चुनावका बलेलामा नेता आउँछन्, मीठामीठा कुरा सुनाउँछन्, जितेर गए भने हामीलाई सधैँ निरासमात्र बनाउँछन्, चाडपर्व आउँदा पनि अरु रमाउँछन्, हामीलाई साँझको गुजारा कसरी चलाउने भन्ने पिरलो हुन्छ ।” मङ्सिर ४ गते हुने चुनावमा कसलाई भोट दिने भन्ने आफूलाई अहिलेसम्म थाहा नभएको विकले बताउनुभयो । यसैगरी मङ्गला गाउँपालिका–३ वरङ्जाका ५३ वर्षीय खगेश्वर सापकोटाले अहिलेको चुनावमा यो पार्टी र त्यो पार्टी नभनी इमान्दार र ‘भिजनेवल’ उम्मेदवारलाई हेरेर भोट दिने बताउनुभयो । “अहिलेसम्म ठ्याक्क यसैलाई दिन्छु भनेर निधो गरिसकेको छैन तर पार्टी नहेरिकन अलि राम्रो र इमान्दार उम्मेदवारलाई भोट दिने मनस्थितिमा हामी छौँ”, उहाँले भन्नुभयो । सापकोटाले सबै पार्टीका उम्मेदवारको प्रतिबद्धतापत्र र पार्टीका घोषणापत्र पढेर, उम्मेदवारसँग प्रत्यक्ष कुराकानी गरेर र उनीहरुको क्षमता बुझेर मात्र अहिलेको निर्वाचनमा भोट दिने बताउनुभयो । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाका ४८ वर्षीय मनोज पुनमगरले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको गुनासो गर्नुभयो । त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाकी रमा वराइलीले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्नसक्ने काममा मात्र मतदातालाई आश्वस्तपार्नुपर्ने बताउनुभयो ।जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले  मत भने कसलाई दिने भनेर अझै निक्र्योल गरिनसकेको बताउनुभयो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र ९क० र ९ख० मा पाँच÷पाँच जना उम्मेदवार छन् । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । विसं २०७४ मा एकप्रदेशसभा माओवादी र अर्कोमा एमालेले जितेको थियो । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत स्थानीयको तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्षसहित १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वटा वडा जितेका थिए । स्थानीय तहको चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ  सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको छ भने प्रदेशसभा क्षेत्र ९क० मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धौलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको छ । प्रदेशसभा क्षेत्र ९ख० मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरि जम्मा ८६ हजार एक सय २० जना मतदाता छन् ।  

  काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । यस निर्वाचनका लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगि कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।