पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

  काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९(सीएस)०३१२ रहेको छ । नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।

  जोरपाटी  ।  छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजारौँ मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल सात किमी सडक भने ठेक्का भएको नौ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पटक–पटक मत माग्न आउने उम्मेदवारले भने सडक, खानेपानी, ढलको समस्या समाधान गरिदिने वाचा गर्छन् । विजयी भएर जानेले वाचा बिर्संदा दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडक हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा असहज हुनेगर्छ । एक दशकअघिदेखि जोरपाटी–सुन्दरीजल सडकको निर्माण सम्पन्न हुनसकेको छैन । यो सडकमा हिँड्नेलाई लाग्छ यो राजधानी सहर होइन । कुनै दुर्गम जिल्ला हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का गरेको थियो । जोरपाटी चोकमा गोकर्णेश्वर नगरपालिकाले सानो बजार चलाएर मासिक भाडा लिने ठाउँको सडकसमेत बन्न सकेको छैन ।    गत जेठमा कालोपत्र भएको केही सडक एक महिना नबित्दै भत्किएको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि रत्न टेलर्स चलाएर बस्नुभएका रत्नबहादुर सूचीकार सडक बनाएको केही दिनमै भत्कँदा पनि जनप्रतिनिधिले निर्माण व्यवसायीलाई फेरि बनाउन नलगाएकामा दुःखी हुनुहुन्छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरअघिको सडक केही दिनमै भत्किँदा यहाँ आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको उहाँले सुनाउनुभयो ।  विसं २०७२ को संविधानपछि राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको छ । यहाँका नागरिकले भने सरकार भएको अनुभूति गर्न नसकेको खड्काको गुनासो छ । उहाँले भन्नुभयो,“विगत १५ वर्षदेखि यही निर्वाचन क्षेत्रमा मतदान गरिरहेको छु, यहाँका जनप्रतिनिधिले जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानलाई चरितार्थ गरेको मेरो अनुभव छ, राजनीतिमा युवा पुस्ताले ठाउँ पाएनन् ।” काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा पर्ने यहाँका मूल सडकको यो अवस्था छ भने भित्री सडकमा त हिँड्ने नसक्ने अवस्था छ । यही सडकबाट पर्यटकीयस्थल सुन्दरीजल र चिसापानी पुगिन्छ । विसं २०४६ पछि व्यवस्था फेरिए पनि काठ क्षेत्र धेरै पर्ने यहाँको अवस्था फेरिन सकेको छैन । काठमाडौँ उपत्यकामा वाग्मती स्रोतबाट सबैभन्दा बढी पानी निर्यात गर्दै आएको यो क्षेत्रका स्थानीयवासी भने काकाकूल बन्दै आएका छन् । खानेपानीका सम्बन्धमा यो क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको छ ।  सुन्दरीजलमा पानीको दह बनाएर वर्षायाममा दैनिक रु १३ करोड र सुक्खायाममा दैनिक नौ करोड पानी काठमाडौँ उपत्यकामा पठाउने यो क्षेत्रका मानिस नै धारामा पानी नआउने गरेको गुनासो गर्छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीकी रीता तामाङ चुनावमा मत माग्न आउँदा उम्मेदवारले खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरेपनि विजयी भएपछि कार्यान्वयन नभएको बताउनुहुन्छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७।५ किमी सुरुङ मार्ग भएर ल्याउने पानी पनि यही क्षेत्रमा प्रशोधन हुन्छ ।  मेलम्चीको पानी पनि यो क्षेत्रका अधिकांशको धारामा वितरण नहुँदा यस क्षेत्रका मानिस पानी खोज्दै परम्परागत कुँवा, पोखरी, सार्वजनिक धारा एवं वाग्मतीलगायत नदीमा जान समय खर्च गर्न बाध्य छन् । यस्ता परम्परागत पानीका स्रोतमा पानी लिन आउनेको लाम लाग्ने गरेकाले पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता राजधानीमै पनि रहेको छ ।  निकुञ्जभित्रका चिलाउने, ओखरेनी, मूलखर्क बस्तीको समस्या  यो क्षेत्रमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्भित्र रहेको बस्तीवासीले दशकौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने चिलाउने, ओखरेनी, मूलखर्क बस्तीका आदिवासी जनजाति तामाङ समुदायले खेतबारीमा लगाएको उब्जनी जङ्गली जनावरका कारण भित्र्याउन पाउँदैनन् । निकुञ्जभित्रको बस्ती भएकाले पूर्वाधार लैजान अझै कठिनाइ भएको छ ।  यो बस्तीमा मत माग्न जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बस्ती सार्ने, बस्ती सार्न नसके पूर्वाधार लैजाने वाचा गर्न थालेको दशकौँ हुँदा पनि पूरा नभएको स्थानीय मङ्गली तामाङको गुनासो छ ।    यो क्षेत्रमा काठमाडौँ महानगरपालिका–६ बौद्ध, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ पर्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँ स्वतन्त्रसहित राजनीतिक दलका उम्मेदवार मत माग्न हिँडिरहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् ।    को को छन् राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार   प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट सन्तोष चालिसे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कृष्णबहादुर राई, नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) बाट बद्रीप्रसाद बजगाइँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गणेश गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट मोहनकुमार विश्वकर्मा, नेपाल मजदूर किसान पार्टीबाट विशोक डङ्गोल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपानेले उम्मेदवारी दर्ता गरी प्रचारप्रसारमा लाग्नुभएको छ । यसैगरी मङ्गोल नेशलन अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, जनमत पार्टीबाट गोविन्द नेपाल, राष्ट्रियस्वतन्त्र पार्टीबाट दुर्गाविक्रम थापा क्षत्री, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट नुर्पु गेल्जेन शेर्पा, आमूलपरिवर्तन मसिहा पार्टी नेपालबाट नेत्रबहादुर तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहनबहादुर बस्नेत र सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राईले उम्मेद्वारी दर्ता गरी मत माग्दै जनताको घर आँगन डुल्ने गर्नुभएको छ । यो क्षेत्रमा आठ जनाले स्वतन्त्त उम्मेदवारी दर्ता गराउनुभएको छ ।  छ महिनाअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील पार्टीको गोकर्णेश्वर नगर समिति सभापति भएर काम गरिसक्नुभएका श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । यसैगरी कविता विष्ट सुनार, केदारनाथ मिश्र, जगन्नाथ देवकोटा, दीनेश खनाल, नीरञ्जन पुडासैनी, राजेश विष्ट र विन्दु मगरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्य पद दाबी गर्नुभएको छ ।      एमालेका राई यसअघि २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका चालिसे भने २०७४ सालको स्थानीय तह निर्वावचनमा गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचनमा यी दुई नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ ।       गत वैशाखमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस अघि छ । अन्य क्षेत्रमा गठबन्धन भए पनि काठमाडौँ ३ मा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेका छन् । यहाँ सत्ता र प्रतिपक्ष दुवैले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा ८९ हजार आठ सय ८९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत मन्दिरा शाही बताउनुहुन्छ । क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र १ मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ का २३ हजार ७५ मतदाता छन् । यो प्रदेश क्षेत्रमा नौ जना चुनावी प्रतिस्पर्धामा छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३, गोकर्र्णेश्वर नगरपालिकाका–१, २, ३, ४, ६, ७ र ८ भने प्रदेश क्षेत्र २ मा पर्छ । यो प्रदेशसभा क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कास्की: नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा प्रदेश सभा (क)बाट उम्मेदवार रहेका  खगराज अधिकारीले चुनावी बहसका दौरान सोधिएका प्रश्नहरुको सामना गर्ने क्रममा गृहमन्त्रीकालबारे चर्चा गरेका छन् ।    कार्यक्रम प्रस्तोताले ‘एमालेको घोषणापत्र हो कि घुसपत्र हो ?’ भनि सोधेको प्रश्नमा अधिकारीले चुनौती दिँदै भने ‘पिए नराख्ने र सुराकीवापत दैनिक ५० हजार रुपैयाँ पनि नलिने एउटा गृहमन्त्री देखाउनुहोस्, म आजैदेखि राजनीतिबाट सन्यास लिन्छु ।’    जवाफकै सिलसिलमा उनले पदमा रहँदा हालसम्म पजेरो सुविधा नलिएको र उपचारका नाममा राज्यबाट एक ट्याब्लेट सिटामोलसम्म नलिएको भन्दै घुसपत्र भनेर कटाक्ष नगर्न आग्रह गरे । ‘म भ्रष्टाचारसँग साइनो नराख्ने मान्छे हुँ’ अधिकारीको भनाई छ ।      सोहीक्रममा अधिकारीले एमालेले घोषणापत्रमा उल्लेख भएका विषयवस्तु पुरा गर्ने जनाए । ‘हामीले समेटेका विषयवस्तु पुरा गर्न भनेरै लेखेको हौं’ अधिकारीले भने ‘घोषणापत्र कार्यान्वयन गरेनौं भने भोली तपाइका सामु भोली आइहाल्नु पर्छ ।’ त्यसैले घोषणपत्र लेख्दा १० पटक सोचिएको उनले दाबी गरे ।    हिमालय टेलिभिजनले पोखरामा आयोजना गरेको चुनावी बहसमा पार्टीकातर्फबाट सहभागी  अधिकारीले प्रस्तोताको प्रश्नलाई सम्बोधन गर्ने क्रममा भने, ‘गण्डकी प्रदेशलाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउँने योजना रहेको छ । र, हामी हाम्रा योजना पुरा गर्छाै ।’   बहसमा अधिकारीले पार्टीले तय गरेको एजेण्डाअनुसार गण्डकी प्रदेशलाई ‘सुखी प्रदेश, समृद्ध प्रदेश’तर्फ डो¥याउने उल्लेख गरे । लक्ष्यप्राप्तिका लागि आफु स्वास्थ्यमन्त्री रहँदा सुरु गरेको स्वास्थ्य बीमाको उदाहरण दिँदै अधिकारीले कुरामा नभई काममा विश्वास गर्ने जनाए ।    त्यस्तै, एमालेका कार्यकताले भ्रष्टाचार गरेको, घुस खाएको आरोपमाथि प्रतिवाद गर्दै अधिकारीले गठबन्धनकै सरकार भएकाले छानबीनसहित प्रमाणित गरी कारवाही गर्न चुनौति दिए । ‘गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको हो भने प्रमाणित गर्नुहोस्, कारवाही गर्नुहोस्’ उनले भने ‘तर हचुवाकाभरमा नेता र पार्टीमाथि आरोप नलगाउनुहोस् ।’   साथै, अधिकारीले सहभागीद्वारा संसद विघटन, निर्मला हत्याकाण्ड, गभर्नर महाप्रसाद अधिकारीसँग सम्बन्धित सोधिएको जवाफ दिएका थिए ।      प्रदेशसभामा अधिकारीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिपक कोइराला रहेका छन् ।   

  काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर(घर पुर्याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको हुनसक्छ । राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ । काठमाडौँ उपत्यका अन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधिसभाका लागि कायम १५ वटा सिटका लागि कुल तीन सय ६० उम्मेदवारमध्ये एक सय २८ जना त स्वतन्त्र उम्मेदवार नै छन् । जुन ३५ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी तीन जिल्लामा प्रदेश सभाका ३० सिटका लागि तीन सय ४० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् ।  प्रतिनिधिसभा अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी छ । यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको सङ्ख्या १३ मात्रै छ । त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुरका २ निर्वाचन क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ निर्वाचन क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् ।  स्वतन्त्रको लहर ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेश कुमार केसी आफूहरुको लडाइ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउनुहुन्छ । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढ्नुको अर्थ राजनीतिक दलहरु ‘सिन्डिकेट’को विरोध भएको उहाँको भनाइ छ ।  “राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले स्थान पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरु अगाडि आउनु परेको हो, परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन”, उहाँले भन्नुभयो ।  केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्नुहुन्छ । “म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु,” उहाँले भन्नुभयो, “अब मुलुकको जिम्मेवारी युवाको काँधमा आएको छ, सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।” यो निर्वाचन मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइ समेत भएको उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवारहरुको देशैभरी फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उहाँले बताउनुभयो । केसीको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन र नेकपा (एमाले)का प्रेम बहादुर महर्जनका साथै आफू जस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका महर्जनले २०७४ सालमा नेकपा (एमाले)का उम्मेदवारकारुपमा २७ हजार सात सय १३ मत प्राप्त गरी विजयी हुनु भएको थियो । महर्जनसँग पराजित नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो ।  त्यसैगरी काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका राजेन्द्र प्रसाद पाठक संविधान प्रदत्त मौलिक हक स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क बनाउने आफ्नो एजेन्डा रहेको बताउनुहुन्छ । लामो समय कानून र पत्रकारितामा सक्रिय पाठक मौलिक हकको पूर्ण कार्यान्वयनमार्फत् जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनामा हुनुहुन्छ ।  “स्वास्थ्य र शिक्षाबाहेक पानी र बिजुलीसमेत निःशुल्क गर्ने मेरो एजेण्डामा छ”, उहाँले भन्नुभयो, “म निर्वाचित भए प्रत्यके महिनामा दुई पटक स्थानीय तहको समस्या बुझेर समाधानमा केन्द्रित हुनेछु ।”  पाठक सङ्घीय संरचना र धर्मनिरपेक्षता खारेज गर्ने पक्षमा आफूलाई उभ्याउनु भएको छ । लामो समयसम्म नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलमा आवद्ध भइ काम गर्नुभएका पाठक पछिल्लो एक वर्षदेखि पार्टी परित्याग गरी स्वतन्त्र हुनु भएको छ ।  त्यसैगरी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर चर्चा बटुल्न सफल रञ्जु न्यौपाने पनि यतिबेला स्वतन्त्र उम्मेवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिनु भएको छ । न्यौपानले चुनावी मैदानमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसका साथै अभियन्ता हेमराज थापा पनि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएको छ ।  न्यौपाने आफू निर्वाचित भए मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुहुन्छ । “अहिले प्रत्येक घरमा मानसिक समस्या झेलिरहेका व्यक्तिहरु छन्, मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति पनि समयसापेक्ष छैन, त्यसलाई सम्बोधन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो ।  उसो त ‘लौरो’ चिन्हबाटै बालेन र हर्कले पाएको जीतबाट हौसिएका केही युवाहरुले ‘लौरो’ चुनाव चिन्हलाई अभियानका रुपमा अघि बढाएका छन् । लौरो अभियानलाई संगिठक स्वरुप दिँदै ‘हाम्रो नेपाली पार्टी’मार्फत् उनीहरु यतिबेला स्वतन्त्रकै शैलीमा निर्वाचनमा होमिएका छन् । काठमाडौँ क्षेत्र नं ७ बाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका इञ्जिनियर आकर्षण पोख्रेल (प्रबेन्द्र पोख्रेल) आफू निर्वाचित भएमा नीतिगत कामलाई केन्द्रित दिने बताउनुहुन्छ ।  पोख्रेलले यस क्षेत्रमा आफू जस्तै १३ जना राजनीतिक दलका उम्मेदवारका अतिरिक्त १६ जना स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषि) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे र एमालेका बागी उम्मेदवार राम बिर मानन्धरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्कनु भएका पोख्रेल निर्वाचन क्षेत्रमा जनताका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने उहाँको दाबी छ । पोख्रेलले चुनावी एजेन्डामा १० वटा सङ्कल्प अगाडि सार्नु भएको छ ।  “यस क्षेत्रका जनतामा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहोर, स्वास्थ्य उपचार र महङ्गीलगायतका कैयन समस्या छन्”, उहाँले भन्नुभयो, “यी यस्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ ।” सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यक भएको पोख्रेलको भनाइ छ ।  त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाइ पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सडक छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाउने, दक्षिण उत्तर पर्यटन राजमार्गको रुपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।  त्यसैगरी हाम्रो नेपाली पार्टीकै तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिनु भएका सुमन सायमी सडक बिस्तारको स्थानीयबासीका समस्या समाधानमा आफू केन्द्रित हुने बताउनुहुन्छ ।  गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा उम्मेदवार समेत रहनु भएका उहाँले तत्कालीन समयमा १३ हजार सात सय ७० मत प्राप्त गर्नुभएको थियो ।  स्थानीय तहमा प्राप्त गरेको मतले हौसिएर उहाँ यतिबेला प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । सडक विस्तारका क्रममा विस्थापित बासिन्दालाई रोजगारीसहित पुनस्र्थापनाको मुद्दा उठाउँदै आउनु भएका सायमीले लालपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जा दिलाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुहुन्छ ।

काठमाडौं : आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् ।   स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका थिए । तर, अष्ट्रेलियामा रहेका दूतराजले आज बिहान लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि’   आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।   ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता’ यही कारणले पनि आफूले आफैंलाई दुःखी बनाउने गरेको उनको भनाइ छ । उनले समाचारपछि आफू र परिवारलाई असजिलो  महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुःखले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई’  ।   गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई’  ।   अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएका हुन् ।   अनलाइन खवर

ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले  अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई  निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ । अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन् ।      न्यूनतम पनि विकासको पूर्वाधारले नजोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । पहिले–पहिले सिजनअनुसार बसाइँसराइ गर्ने यहाँका स्थानीय अहिले स्थायीरूपमा बसोबास गर्दै आएका छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षात्को समयमा भने चार सय बढी घरका सयौँ स्थानीय यहाँ बस्ने गर्छन् । वर्षात्को समयमा निसीखोला–५ निसीगाउँबाट सयौँ घरपरिवार पशुचौपाया लिएर निसेलढोरमा जाने गर्छन् । चिसो बढेपछि अधिकांश असोज पहिलो साता नै बेसी (निसीगाउँ)मा झरिसके । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् ।   हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरूले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेकबेँसी गर्नुपरेको हो । अहिले ६० घरपरिवारका एक–डेढ सय जनसङ्ख्यामात्रै निसेलढोरमा रहेको हुँदा नेताहरू भोटमा माग्न नपुगेको स्थानीय गोरख घर्तीमगरले जानकारी दिनुभयो । हिउँदमा जाडो हुने हुँदा पहुचौपाया लिएर धेरै स्थानीय निसीमा झरेको हुँदा नेताहरू त्यतै भोट माग्न हिँडेको उहाँ बताउनुहुन्छ । भोट माग्न गए पनि अलि ढिला जाने गरेको उहाँको भनाइ छ ।   उहाँ भन्नुहुन्छ, “अहिले जाडो बढ्यो, धेरै जसो मान्छे बेँसी झरिसके, यहाँ थोरै मात्रै छन्, पहिले–पहिले चुनाव आउनेबित्तिकै नेताहरु उतै बास बस्ने गरी भोट माग्न जान्थे, अनेक आश देखाउँथे, तर अहिले खासै गएका छैनन्, अलि अस्तितिर दुई–तीन जना घुम्न गएकाहरूले भोटका कुरा गर्थे, तर नेताहरू देखिएनन्, अब चुनाव नजिकै आयो भन्छन्, अब जालान् ।”   आफूहरूले भोट दिएर जिताएको मान्छे पटक–पटक सांसद भएको तर निसेलढोरको विकास भने गर्न नसकेको गुनासो पोख्नुभयो । उहाँले अहिलेसम्म यस ठाउँमा विद्युत् नपुगेको भन्दै यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो । घर्तीले मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको नभएको भन्दै स्वच्छ पिउने पानीको समेत अभाव रहेको उहाँको भनाइ छ । यो ठाउँ विगतदेखि नै ओझेलमा पर्दै आएको र अहिलेसम्म मुहार फेरिन नसकेको घर्तीमगरले बताउनुभयो ।   “हाम्रो क्षेत्रबाट धेरै नेताहरू सांसद हुनुभयो, केही त मन्त्रीसमेत हुनुभयो, तर निसेलढोरको विकास गर्नतर्फ ध्यान भने दिनुभएन, अहिलेसम्म यहाँका नागरिक अन्धकारमा बस्न बाध्य छन्, खानेपानीको राम्रो व्यवस्था छैन, सडक भए पनि गाडी चल्दैनन्”, घर्तीमगरले भन्नुभयो, “चुनाव त आयो भोट माग्न त यो ठाउँमा जसरी पनि आउँछन्, यसपालि जसले बिजुली ल्याइदिने प्रतिबद्धता जनाउँछ उसैलाई भोट दिने हो, अब पार्टी भन्ने हुँदैन, काम गर्नेलाई रोज्नुपर्ने भयो ।”   निसेलढोरमा कुँडे, मस, झुललगायतका गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । स्थानीय प्रेमकुमारी विकले चुनावका बेला गाउँमा स्वास्थ्य संस्था बनाउने आश देखाउने नेताहरू अहिले देखिन छाडेको भन्दै स्वास्थ्योपचारका लागि बुर्तिबाङ आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । यहाँबाट बुर्तिबाङ पुग्न झण्डै १२ घण्टा लाग्छ । नेताहरूले अघिल्ला निर्वाचनमा बाटोघाटो, विद्युत्, खानेपानी, स्वास्थ्य संस्थाको निर्माण गर्ने बाचा गरे पनि अहिलेसम्म कुनै काम नगरेको विकले गुनासो गर्नुभयो ।   उहाँ भन्नुहुन्छ, “हामीहरू त चुनाव आउँदामात्रै चाहिँदा रैछौँ, अघिपछि हाम्रो कुनै वास्ता छैन, पहिला भएका चुनावमा भोट माग्न आउने नेताहरूले मोटरबाटो, बिजुली र घर–घरमा धारा बनाइने बाचा गरे तर जितेर गएपछि हाम्लाई फर्किएर हेरेनन्, यो ठाउँमा पाइलो पारेनन्, अहिले पनि चुनाव आयो रे, अब फेरि भोट माग्न आउँछन्, उनीहरूलाई यसपालि भोट नदिने विचार गरेँ, उनी ठूलो मान्छे बन्ने हामी गरिब दुःखीलाई झुक्याउने मात्रै गरे ।”   निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले आफू निर्वाचित भएर आएपछि निसेलढोरको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो । अध्यक्ष घर्तीमगरले स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले रु १५ लाख विनियोजनसमेत गरिरहेको बताउनुभयो ।   उहाँले विगतदेखि नै यो ठाउँ राज्यको नजरमा नपरेको भन्दै गाउँपालिकाको स्रोत र साधानले भ्याएसम्मको विकास गर्ने बताउनुभयो । ढोरपाटन नगरपालिका–९ बाट विद्युत् जडान गरी लैजानका लागि आवश्यक छलफल भइरहेको भन्दै केही समयमा यहाँका नागरिक उज्यालोमा बस्न पाउने बताउनुभयो । यहाँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने उहाँका भनाइ छ ।   “यो ठाउँ भौगोलिक हिसाबले विकटमा त छँदैछ, त्यसमाथि ठूला नेताहरूको नजरमा कहिल्यै पर्न सकेन, हामीहरू त भर्खर निर्वाचित भएर आएका छौँ, यहाँका समस्या सबै बुझेका छौँ, गाउँपालिकाको स्रोत साधनले भ्यायसम्म विकास गर्ने प्रयत्न गर्नेछौँ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछौँ, यहाँ स्वास्थ्य, शिक्षा, विद्युतलगायतका न्यूनतम विकास पनि हुनसकेको छैन, पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो ।”   यहाँका मतदाता भोट हाल्न पनि झण्डै एक दिन लगाएर निसीखोला –५ निसीमा आउनुपर्छ । कम जनसङ्ख्या भएको हुँदा निसेलढोरमै मतदान गर्न पाउने सुविधा छैन । स्थानीयले यस विषयमा पटक–पटक मागसमेत राखेका थिए ।

  काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो । दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् । दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।

  पोखरिया । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् । वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडकलगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरुकोे गुनासो छ । पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन् । दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफू जिते, गाउँगाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरी दोहो¥याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् । पर्सा पकाहा मैनपुरकी सरस्वतीदेवी, नेताहरुले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका छौँ । नाला, सडक, विद्मालयलगायतमा अझ सुधार हुन बाँकी छ । फेिर विभिन्न आश्वासन लिएर नेताहरु घरदैलोमा आइरहेका छन् । विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु ।पर्साकी परवानीपुरकी सोनमती देवी भन्छिन्, ‘‘गाउँमा भोट माग्न आउँदा वर्षौवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् । घर बनाइदिने,  एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन् ।’’ गाउँभरिमा विद्यालय एउटा मात्रै छ त्यसमा पनि गुणस्तरीय पढाइ नहुने गरेकाले बालबालिकाको भविष्य अन्धकारमय भइरहेको छ ।  यतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरुले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मेद्वारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन् । लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन् । ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षिय हरिशङ्कर प्रसाद बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेताहरु आफ्नो जरुरी परेको बेलामा मात्र आउँछन् अनि त्यसपछि कोही आउँदैनन् । हेर्नुस् न केही विकास भएको छैन हाम्रो गाउँमा । खेती किसानीका लागि खाद, सिँचाइ सबै महँगो भइसक्यो । हाम्रो समस्या बुझिदिने कोही भएनन् ।”  स्थानीय अर्का वासिन्दा राजेश कुर्मी भन्नुहुन्छ, “युवाका लागि रोजगारीको अवसर नहुँदा गाउँका अधिकांश युवाहरु यत्तिकै भौंतारिनु परेको वा बाध्यताले विदेसिनु बाहेकको विकल्प छैन । गरिबका बालबालिकाको लागि त न गुणस्तरीय विद्यालय छ न त औषधि उपचारका लागि गुणस्तरीय स्वास्थ्य चौकी नै ।’’ पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेद्वारको रुपमा देखा पर्दा केही आशा पलाएको उहाँको भनाइ छ । पहिले निर्वाचनका बेला गरेका कुलहरु कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिडेका नेता तथा उम्मेद्वारहरुका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन । सडक विस्तार, शिक्षामा सुधार, स्वास्थ्य तथा रोजगारीमा पहुँच, खानेपानी, फोहोर व्यवस्थापनलगायतका विकासका कुनै काम नभएको महिला मतदाताहरुको गुनासो रहेको छ ।  गाउँगाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरु नआएको उनीहरु बताउँछन् । पर्सामा पुरुष एक लाख ९४ हजार नौ सय चार, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार नौ सय २८ मतदाता रहेका छन् ।

कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् ।    सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए ।    ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उनीहरुले उम्मेदवार समक्ष माग राखे ।   घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गरे । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गरेका थिए ।   घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।