काठमाडौं: समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची छानविन गरी आबश्यकता अनुसार सच्याउनलाई दलहरुलाई सूचित गर्न निर्वाचन आयोगले निर्धारण गरेको समयाबधी आज सकिदैछ । गत ४ गतेदेखि आजसम्म बन्दसूची सच्याउनलाई सूचित गर्ने निर्णय आयोगले गरेको थियो । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय पनि गरेको थियो । त्यसअनुसार अब आयोगले बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । २२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिक नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ । बन्द सूचीको छानवीनका क्रममा त्रुटी देखिएपछि केही दललाइ बन्द सूची सच्याउन आयोगले पत्रचार गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
पोखराः गण्डकी प्रदेश सरकारले चालु बजेटमा बढाएको करमध्ये ४ शीर्षकका करको दर घटाएको छ । अर्थमन्त्री रामजी बरालले वैज्ञानिक र समायानुकूल भन्दै बढाएको करलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा घटाइएपछि दुई मन्त्रीबीचको टकराव पुनः सतहमा आएको छ । यस आर्थिक वर्षमा अर्थमन्त्री बरालले घरजग्गा नामसारीमा ३२८ प्रतिशतसम्म कर बढाएको थियो । त्यस्तै, सवारी करमा पनि १० हजार रुपैयाँसम्म बढाएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । जनस्तरबाट करको वृद्धिमा भएको विरोध र आन्दोलनलाई समेत बेवास्ता गरेको सरकारले शुक्रबार घटाएपछि अर्थमन्त्री असन्तुष्ट भएका छन् । प्रदेश सरकारको शनिबार बसेको मन्त्रीपरिषद् बैठकले घरजग्गाको रजिष्ट्रेशन शूल्क, तीन पुस्ताभित्रको नामसारी, सवारी कर र विद्यार्थी सहुलियत दरलाई पुरानै अवस्थामा कायम गरेको छ । आर्थिक ऐन, २०७९ अनुसार तीन पुस्ताभन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० हजार र गाउँपालिकामा पाँच हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५ सय रुपैयाँ मात्र थियो । तीन पुस्ताभित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५ सय तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपरेको थियो । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा ५०० तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार ५ सय कायम थियो । हाल साबिक दस्तुर पनि महानगरमा ४ सयबाट एक हजार रुपैयाँ पुग्यो । नगरपालिकामा यो शुल्क २ सयबाट ५ सय र गाउँपालिमा १ सयबाट २ सय रुपैयाँ पुगेको थियो । संशोधन शुल्क पनि दोब्बर बढाइएको थियो । अंशबन्डामा पनि ५० प्रतिशतसम्म कर बढाइएको थियो । अंशबन्डा आर्थिक कारोबार नभई हकभोगको हस्तान्तरण मात्र भएकोले कर घटाउनुपर्ने माग संसद्मा पनि उठेको थियो । मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०७९ को अनुसूची १ को ९क० अन्तर्गत घरजग्गालगायत रजिष्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्कको क्रमसंख्या ४ अंशबन्डा तथा अंश भर्पाइको लिखतको खण्ड (क), (ख), (ग), (घ), (ङ) मा उल्लेख भएको रजिष्ट्रेसन शुल्कको दर गत वर्षकै कायम गर्ने निर्णय गरेको छ । यस्तै, अनुसूची–१ को क्रमसंख्या (छ) को खण्ड (क) मा उल्लेख भएको तीन पुस्ताभित्रको नामसारी र खण्ड (ख) मा उल्लेख भएको तीन पुस्ताबाहिरको नामसारी गर्दा लाग्ने शुल्क गत आर्थिक वर्षकै कायम गरिएको छ । अनुसूची–२ को (क) सवारीसाधन करअन्तर्गत प्रकरण (२) को भाडामा दर्ता भएका सवारीसाधन करअन्तर्गत खण्ड (क) देखि खण्ड (झ) सम्म लाग्ने सवारीसाधन कर पनि गत आवकै दरमा झारिएको छ । अनुसूची–२ को प्रकरण (६) अन्तर्गत भाडाका बस, मिनिबस तथा माइक्रोबस सवारीसाधनले विद्यार्थीलाई सहुलियतको रूपमा भाडामा छुट दिएबापत त्यस्ता सवारीसाधनका धनीले तिर्नुपर्ने सवारीसाधन करमा ३३ प्रतिशत छुट पाउने व्यवस्थालाई गत आवबमोजिम नै हुने गरी व्यवस्था गर्ने निर्णय गरिएको छ ।
पोखराः नेपाल अटोमोबाईल डिलर एशोसिएसन (नाडा)ले पहिलो पटक इभी एक्स्पो २०२२ सुरु गरेको छ । आइतबारसम्म चल्ने एक्सोपोको उद्देश्य नेपालबाट इन्धनमा बाहिरिने पैसालाई रोक्नुपनि हो । पेट्रोल र डिजलमा वर्षेनी बाहिरिने अर्बाै रुपैयाँलाई जोगाउनु र वातावरणमैत्री बनाउन पनि एक्सपो आयोजना गरेको नाडाले जनाएको छ । एक्सपोमा हाल १६ लाखदेखि २ करोड रुपैयाँ बढी पर्ने गाडीहरु राखिएको छ । उक्त गाडीबारे जानकारी लिने र खरिदमा रुचि राख्नेहरुको भीड आज सबैभन्दा बढी रहेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिएका छन् । ‘एक्सपोमा आकर्षण बढेको पाइयो, भिजिटरहरुको चासो र सकारात्मक टिप्पणी पाइएको छ’ अध्यक्ष थापा भन्छन् ‘अबको भविष्य नै विद्युतीय सवारीको हो ।’ उनले विश्वबजारमै इभिको माग बढिरहेको सन्दर्भमा नेपाली उपभोक्ताको पनि चासो बढ्नु सकारात्मक भएको टिप्पणी गरे । पोखरामा पनि इभि एक्सपो सम्भव छ ? भन्ने प्रश्नमा थापाले भने ‘कामठमाण्डौंमा जस्तो वृहतस्तरमा उपभोक्ता भेट्न पोखरामा सम्भव छैन, तैपनि उद्योग वाणिज्य संघमार्फत आयोजना हुने मेला÷महोत्सवमा प्रदर्शन गर्नेछौं ।’ एक्सपोमा हालसम्म कति गाडी बुकिङ् वा बिक्री भयो भन्ने जानकारी आइतबारमात्रै दिइने आयोजकले जनाएको छ । एक्सपोमा सहभागी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले विद्युतीय गाडीबाट आफु प्रभावित भएको बताएका छन् । ‘एक्सपो शानदारमात्र हैन, प्रभावकारी पनि देखियो’ अध्यक्ष प्रजापतिले भने ‘अब देशमा उत्पादित विद्युत खपत गर्न पनि इभि चढ्नुपर्छ ।’ उद्योग वाणिज्य संघले पनि अटो मेलाको आयोजना गर्ने बताउँदै उनले त्यहाँ विद्युतीय गाडीकोसमेत स्टल राखिने जनाएका छन् । प्रजापति भन्छन् ‘अब बिस्तारै विद्युतीय साधनको प्रयोग बढाउँदै देशबाट पैसा बाहिरिने क्रम रोक्नुपर्छ । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएको छ । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला गरी ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधन राखिएको छ । साथै, थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत स्टल राखेकाे छ ।
पोखरा : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व कला यात्री प्राज्ञ नगेन सिंहलाई प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो मानपदवीबाट उहाँ सम्मानित हुनुभएका हुन् । नेपाली कला क्षेत्रको श्रीवृद्धिका लागि उहाँले कलाकारिताको माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको उच्च योगदानको कदर गर्दै कलाकार सिंहलाई राष्ट्रपतिले सो मानपदवीबाट सम्मान गर्ने निर्णय गर्नुभएको हो । सोही सम्मान दिने घोषणा भएकै दिन सिंहले नेपालको संविधानमा कलाकार अंगको रुपमा लेखिनुपर्ने माग राख्दै सो माग सम्बोधन नभएसम्म कपाल नपाल्ने प्रतिज्ञा गर्दै वर्षौदेखि पाल्दै आएको १८ इन्च १ सेन्टिर मिटर लम्बाइ भएको कपाल काट्ने पर्फमेन्स आर्ट गर्नुभएको छ । उहाँले सो पर्फमेन्स आर्ट गर्दै नेपाल ललितकला विकास बोर्डको स्थापनार्थको लागि माग पनि गर्नुभएको छ । यसअघि उहाँ प्रथम अरनिको कला कार्यशाला प्रतियोगिता २०५९, नेपाल पेन्टिङ प्रतियोगिता, नेपाल कमरर्सियल आर्टिस्ट पेन्टिङ प्रतियोगिता सान्तोना पुरस्कार २०५९, स्वर्ण पदक अरनिको युवा पुरस्कार २०७४ (राष्ट्रिय युवा कोष), दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्मिाञ्चल क्षेत्रीय पुरस्कार )२०६९ बाट पुरस्कृति भईसक्नुभएको छ । त्यस्तै विश्व कला यात्री प्राज्ञ सिंह यूथ राजदूत फर २०६५ यूपिएफ, साउथ कोरिया, द हन्ट यूथ लिडरसीप २०६६ (चेमोनिकस् एलएनसी, अमेरिका) बाट समेत सम्मानित हुनुभएको छ । कलाकार सिंहको जीवनीमा नै आधारित भएर एम.आर्ट थिएटरको प्रस्तुतीमा नाट्य निर्देशक विरेन्द्र हमालले २०६४ सालमा नगेनको नग्न तृष्णा नाटक समेत मञ्चन भईसकेको छ । उहाँले नेपालमा पहिलो पटक २०६४ मा नेपाल आर्ट काउन्सील, काठ्माण्डौंमा मेरो अस्वीकृत कला शिर्षकको एकल कला प्रदर्शनीमा र पोखरा आर्ट ग्यालरीमा २०७४ मा भएको सात प्रदेश कला प्रदर्शनीमा टिकट सिस्टमको सुरुवात गर्नुभएको थियो । उहाँले हालसम्म ११ वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामुहिक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । हाल सिंहले पोखरामा नगेन आर्ट एकेडेमी संचालन गर्दै आईरहनुभएको छ । यस्तै सरकारले संविधान दिवसको अवसरमा पारेर प्रतेक वर्ष देशभरीबाट विभिन्न विधा र क्षेत्रमा अतुल्नीय योगदान पु¥याउने व्यत्तित्वहरुलाई मानवदवी, अलङ्ककार र पदकद्धारासम्मान गर्दै आएको छ ।
काठमाडौं : कलाकार बुद्धि तामाङले अनु थिङसंग वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु विद्यार्थी समेत हुन् । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
रुकुम: रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताउनुभयो । यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताउनुभयो । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार–पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाउनुभयो । शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताउनुभयो । समाजमा महिलाले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उहाँले बताउनुभयो । पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताउनुभयो । युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताउनुभयो । वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि रु दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने बताउनुभयो ।
काठमाडौं । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुन:स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ । नेपालकोतर्फबाट अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट यहाँस्थित राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा अर्थसचिव पुष्करले सम्झौताबमोजिमका आयोजना कार्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनियता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्नुभयो । नेपालको सामाजिक–आर्थिक एवं मानवसंशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उहाँले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि जापानी राजदूत युताकाले उपलब्ध सहयोगबाट नेपालको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र सहरी क्षेत्रको विद्युत् व्यवस्थापनमा सहयोग धारणा व्यक्त गर्नुभयो । नेपाल र जापानबीचको सम्बन्ध सदियौँदेखि सुमधुर एवं घनिष्ट रहेको चर्चा गर्दै राजदूत युताकाले शिक्षा, स्वास्थ्य, जलविद्युतलगायतका क्षेत्रमा गरिएको सहयोगबाट नेपाली जनताको जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो । जाइका नेपालका प्रमुख अकिमित्सुले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी नेपाली जनताको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कुश्मा । “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा” लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै हुनुहुन्थ्यो, “प्राकृतिकरुपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुुँदै कुश्माको आसपासका बजारमा असला माछा खानका लागि आन्तरिक पर्यटकको भिड्नै लाग्थ्यो, त्यही दृश्यले तानेपछि गीत बन्यो ।” गायक मल्लले विसं २०५५ मा गाउनुभएको यस गीतले मोदी खोलामा पाइने असला माछाका बारेमा खुबै चर्चा चल्यो । मोदी खोला आसपासका ठाउँ अम्बोट, डिमुवा, नयाँपुल र वीरेठाँटीका साना बजारमा माछा खानका लागि आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गर्दथे । “हामी सानैछँदा दाइहरुसँग मोदी खोलामा गएर माछा मारेर ल्याउथ्यौँ, दाइहरुले नयाँ पुलको होटलमा लगेर बिक्री गर्नुहुन्थ्यो”, राजमार्ग छेउ अम्बोटमा रेस्टुराँ सञ्चालन गर्नुभएका गौरव क्षेत्रीले भन्नुभयो, “मोदीको माछा भनेपछि पोखरा बागलुङ हिँडेका गाडी पनि अम्बोटमा रोक्थे र माछा खाएर मात्रै गन्तव्यतर्फ लाग्दथे ।” अहिले भने मोदीखोलामा असला माछा पाइन छाडेको छ । एकपछि अर्को विद्युत्गृह धमाधम निर्माण हुन थालेसँगै मोदीखोलामा माछाको सङ्कट परेको हो । तीस वर्ष पहिले लोकपप गायक तिलकबम मल्लले गीतमा ‘हिउँको पानी मोदीको असला’ भनेका थिए । तर अहिले आएर मोदी खोलाको परिभाषा बदलिएर ‘हिउँको पानी मोदीको बिजुली’ भएको छ । अर्थात् मोदीखोलालाई ऊर्जा नदीका रुपमा लिने गरिन्छ । मोदी खोलाको सिरानदेखि पुछारसम्म निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माण सुरु हुने क्रममा रहेका गरी छ वटा जलविद्युत् आयोजना रहेका छन् । मोदीमा तीन आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । एउटा आजोजना निर्माणको अन्तिम चरणमा छ भने दुई आयोजना निर्माणको चरणमा छन् । मोदी खोलामा निर्माण सम्पन्न तीन आयोजना मोदी खोलामा सबैभन्दा पहिले सञ्चालनमा आएको जलविद्युत् आयोजना हो, मोदी खोला जलविद्युत् केन्द्र । नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ मा निर्माण सम्पन्न गरेको यो जलविद्युत् केन्द्रले १४ मोगावाट विद्युत् उत्पादन गर्दै आएको छ । मोदी गाउँपालिकामा रहेको जलविद्युत् केन्द्रले २०७८÷७९ को आर्थिक वर्षमा अहिलेसम्मकै बढी विद्युत् उत्पादन गर्न सफल भएको छ । केन्द्रका प्रमुख आभास ओझाका अनुसार निर्माण सम्पन्न भएको २२ वर्षको अन्तरालमा गत आर्थिक वर्षको पहिलो महिना साउनमा सात हजार एक मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएकामा आठ हजार ८९९ मेगावाट उत्पादन भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सञ्चालनमा ल्याएको १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको १० वर्ष भइसकेको छ । कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको यो विद्युत् आयोजनालाई गत वर्षको पहिराले क्षति पुर्याएको थियो । जसका कारण रु पाँच करोडभन्दा बढी रकमको क्षति भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । यस्तै १० मेगावाट क्षमताको अर्को तल्लो मोदी–२ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको कम्पनीले उक्त विद्युत् आयोजना निर्माण नगर्ने भएको छ । जग्गा खरिद गर्नेदेखि डिपिआर लगायतका काममा रु पाँच करोड बढी खर्च गरिसकेको कम्पनीले आयोजना निर्माण गर्दा घाटा हुने देखेपछि पछाडि हटेको हो । कुश्मा नगरपालिका–८ मा पावरहाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको तल्लो मोदी जलविद्युत् आयोजनाले केही महिनादेखि विद्युत् उत्पादन सुरु गरेको छ । मनाङ ट्रेड लिङ्कको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदीले निर्माण सुरु भएको नौ वर्षमा व्यावसायिक उत्पादन सुरु गरेको हो । विसं २०७४ असार भित्रै उत्पादन गर्ने भए पनि भूकम्प नाकाबन्दी, श्रमिकको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा पाँच वर्ष ढिला उत्पादन दिएको छ । गाउँपालिका आफैँले स्थानीयको विद्युत् शुल्क तिरिदिने मोदी गाउँपालिकाको कार्यालयले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट प्रत्येक वर्ष रु एक करोड ३० लाख रोयल्टी बुझ्ने गरेको छ । गाउँपालिकाले रोयल्टी बुझेबापत यस वर्षदेखि मोदी गाउँपालिकाभित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक ३० युनिट मानेर गाउँपालिकाले रकम तिर्ने भएको छ । “पर्वत वितरण केन्द्रद्वारा मिटर जडान भएका ग्राहकको स्वीकृत लोड क्षमता जति भए पनि सम्पूर्ण ग्राहकको मासिक दामासाही रु ३० का दरले तिर्नेछौँ,” गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलले भन्नुभयो, “गाउँपालिकामा झण्डै तीन हजार उपभोक्ताको मासिक न्यूनतम शुल्क रु ३० दरले मासिक रु ९० हजारमध्ये प्रत्येक तीन महिनाको एकमुष्ट रकम पर्वत विद्युत् वितरण केन्द्रको खातामा जम्मा गर्नेछौँ, वर्षमा करिब रु १२ लाख खर्च हुने अुनमान गरेका छौँ ।” यता कुश्मा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका विद्युत् आयोजनाबाट वार्षिक रु ३० देखि ३५ लाखको हाराहारीमा रोयल्टी बुझ्ने गरेको छ । १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना र मनाङ ट्रेड लिङ्कको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदीबाट नगरपालिकाले रोयल्टी बुझ्ने गरेको हो । निर्माणको अन्तिममा चरणका आयोजना चौधरी समूहको लगानीमा १५।१ मेगावाट क्षमताको मध्यमोदी आयोजना निर्माणको अन्तिम तयारीमा रहेको छ । मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत विसं २०७२ मा आयोजना निर्माणको काम सुरु गरिएको थियो । करिब रु दुई अर्ब ८० करोड लागत अनुमान रहेको आयोजनाले विसं २०७५ मङ्सिरमा विद्युत् उत्पादन गरिसक्नुपर्ने थियो । कोरोना, भूकम्प, नाकाबन्दीलगायतका कारणले निर्धारित मिति भन्दाबढी समय खर्च भएको आयोजनाले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले वीरेठाँटीमा ४० मेगावाट क्षमताको माथिल्लो मोदी जलविद्युत् आयोजना र माथिल्लो मोदी जलविद्युत् ‘ए’ बाट १८ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिने कुरा मोदी खोला जलविद्युत् केन्द्रका कर्मचारी प्रदीप सापकोटाले जानकारी दिनुभयो । छोटो दूरीमा बग्ने मोदी खोलाको पानी उपयोग गरेर निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाको उत्पादन जोड्दा एक सय १७ दशमलव १ मेगावाट पुग्छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गर्नुभएको हो । “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभयो”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोेनेशियाली जनतालाई आग्रह गर्नुभएको ढकालले जानकारी दिनुभयो । उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पु¥याउने बताउनुभयो । राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताउनुभयो । आगामी अक्टोबरमा इन्डोनेशियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवद्र्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो ।

