चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

सुडानमा तैनाथ शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाको  झुन्डिएको अवस्थामा मृत भेटिएका छन।   शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत उनी रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा भेटिएका हुन।   उनी जाजरकोटको खलंगा गाउँपालिका ६ का बासिन्दा हुन।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शव पोष्टमार्टमपछि नेपाल ल्याउनेछ ।

पोखरा:   प्रेस चौतारी गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए । ‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’ प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’ पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

तनहुँ:   आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताउनुभयो । “पानी परेका बेला मर्स्याङ्दीको भेल बढेर घरभित्रै पसौँला झैँ गर्छ”, उहाँले भन्नुभयो, “त्यसैको डरले गर्दा राति सुत्नै सकिँदैन । दिनमा सुत्ने र राति जागा बस्नु हाम्रो दैनिकी जस्तै बनेको छ ।” केही वर्ष पहिले घर पछाडि करिब ५० हात जति पर मात्र मर्स्याङ्दीको पानीको सतह भए पनि २०७८ सालमा आएको बाढीले आफूसहित स्थानीय १४ घर बगाएर लैजाने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दीको बाँधको सतह बढ्दा स्थानीय बद्री घिमिरे, मिलन गुरुङ, दलबहादुर माकिम मगर, तारा राना, उद्धव पौडेल, विष्णु पराजुली र सुन्दर बानियाँलगायतको घर बगाउने जोखिममा छ । पानी परेपछि आफूसहित स्थानीयहरु घर अघि पृथ्वी राजमार्ग किनारामा रहेको चौतारामा बसेर रात काट्ने गरेको स्थानीय ५८ वर्षीय मिलन गुरुङले बताउनुभयो । आफूहरुले मुआब्जाको लागि मर्स्याङ्दी जलविद्युत् आयोजनालाई पटकपटक भने पनि कुनै वास्ता नगरिँदा आफूहरु जोखिममा रहेको मिलनको भनाइ छ । “मर्स्याङ्दीको बाँधले बस्ती नै डुबाउला जस्तो भइसक्यो”, मिलनले भन्नुभयो, “मुआब्जाका लागि पटकपटक पहल गरे पनि कसैले वास्ता नगर्दा कुनबेला मर्स्याङ्दीमा परिन्छौँ भन्ने चिन्तामा छौँ ।” घर पछाडि मर्स्याङ्दीको बाँधबाट बचाउन जालीमा ढुङ्गा भरेर लगाइए पनि त्यो संरचना कमजोर हुँदा  पानी ठेलिएर घर बगाउने अवस्थामा पुगेको मिलनले बताउनुभयो । आफूहरुले मर्स्याङ्दी जलविद्युत् परियोजनाका कर्मचारीलाई सिमेन्टको बलियो पर्खाल बनाउन भने पनि बेवास्ता गरिएको उहाँको भनाइ छ । “मर्स्याङ्दीको बाँधबाट बस्ती बचाउन सिमेन्टको बलियो पर्खाल लगाउन भनेका थियौँ”, मिलनले भन्नुभयो, “तर हाम्रो मागलाई वास्तै नगरी सतहमाथिबाट तारजालीमा ढुङ्गा भरेर झारा टार्ने काम गरी छाडिएको छ ।” आफूले करिब साढे तीन करोड रुपियाँ लगानी गरी पार्कसहित करिब साढे दुई रोपनी क्षेत्रफलमा धौलागिरि हाइवे रेष्टुरेन्ट सञ्चालन गरे पनि मस्र्याङ्दीको बाँधको बहाव बढेर खोतल्दै गएपछि रेष्टुरेन्ट नै बन्द गरी अन्यत्र विस्थापित हुनु परेको स्थानीय सुन्दर बानियाँले बताउनुभयो । पृथ्वी राजमार्गका यात्रुलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरेको थिएँ”, बानियाँले भन्नुभयो, “तर अहिले मर्स्याङ्दीको बहाब बढेर लैजाने अवस्थामा पुगेपछि बन्द गर्नु परेको छ । कुन बेला बगाएर लैजाने हो भन्ने चिन्ताले सताएको छ ।” मर्स्याङ्दीको बाँधले सार्वजनिक र व्यक्तिको गरी सयौँ रोपनी क्षेत्रफल बगाएर बस्ती नै जोखिममा परेकाले उचित मुआब्जा वितरण छिटो गरी बस्ती खाली गरिनुपर्ने आफूहरुको माग भएपछि ढिलासुस्ती गरिएको बानियाँले बताउनुभयो । आफूहरुले छिटो मुआब्जा पाउनुपर्ने भन्दै प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले साथ दिँदै आउनुभएको बानियाँले जानकारी दिनुभयो । गाउँपालिकाको विपद् र जिल्ला विपद् समितिले समेत उक्त क्षेत्रको १४ घर र १० रोपनी व्यक्तिगत जग्गासमेत अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालेर सम्बन्धित मन्त्रालयमा करिब डेढ वर्ष अघि नै सिफारिस गरिए पनि मुआब्जा वितरण ढिला हुँदा स्थानीय मस्र्याङ्दीको त्रासमा बस्न बाध्य हुनुपरेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । “हामी उहाँहरुले छिटो मुआब्जा पाउनुपर्छ भनेर लागि रहेका छौँ”, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “मुआब्जा ढिला दिँदा थप क्षति हुनसक्ने खतरा छ । पटकपटक ताकेता लगाउँदा पनि प्रक्रिया ढिलो हुनु दुःखद्कुरा हो ।” आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरी उक्त क्षेत्रको घरसहितका जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै केन्द्रमा परिपत्र गरे पनि प्रक्रिया ढिला हुँदा स्थानीयमा बाढीको त्रास कायमै रहेको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । “अधिग्रहण गरिएका घर र जग्गाको मुआब्जा पाउन नसक्दा स्थानीय अन्यत्र जान सकेका छैनन्”, उहाँले भन्नुभयो, “वर्षायामको समयमा थप क्षति हुनसक्ने अवस्था भएकाले तत्कालै मुआब्जा वितरण गर्नेतर्फ केन्द्रमा ताकेता गरे पनि प्रक्रिया ढिलो भएको छ ।”

काठमाडौं:   सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला १४ हिमाल ९२ दिनमै आरोहण गर्दै नेपाली पर्वातारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले नयाँ रेकर्ड कायम गरेका छन्।   हिजो बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।   यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर उक्त रेकर्ड कायम गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए।   पुर्जाको रेकर्ड पनि धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए। तर अहिले पुर्जाभन्दा आधा समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन्।   योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ।   उनीहरूसँगै हिजै २१ जनाको टोलीले माउन्ट केटुको सफल आरोहण गरेका छन्।

पोखरा:  महिलाहरूको माहान चाँड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गते सम्म हुने भएको छ ।   नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन्  ।   २०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ  कास्की जिल्ला भित्रकै ऐतिहासिक एवम् बृहत साथै गण्डकी प्रदेशकै प्रतिष्ठित महोत्सवको रुपमा पहिचान बनाउन सफल ‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तिब्र रुपमा भइरहेको छ।   राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नव प्रतिभावान् खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गराउनु, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने, मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने, महिलाहरूको गायन एवम् प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नु, विभिन्न उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादित वस्तु प्रर्वदनमा प्रोत्साहित गर्ने, आम दर्शकहरू माँझ सांस्कृतिक, खेलकुद लगायत विभिन्न रमाईला कार्यक्रमहरूद्धारा ज्ञान, मनोरञ्जन प्रदान गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको छ ।   समाजका अध्यक्ष स्वागत सिहं भण्डारीले महोत्सव आयोजना गर्नको लागी आवश्यक सम्पुर्ण उपसमिति गठन गरी तिब्र रुपमा तयारी चलिरहेको र सबै जना एकजुट भै यस ऐतिहासिक एवं प्रतिष्ठित महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।  

काठमाडौं:  विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे हातहतियार नष्ट गरिएको छ ।   नेपाल प्रहरीका अनुसार भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको हाे ।     नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३)  बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ ।    उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

बागलुङ:    बागलुङ बडिगाड गाउँपालिकामा वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् ।  बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी शारधा प्रसाद चौधरीले बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिए ।  घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेकाे छ । प्रहरीका अनुसार अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।

काठमाडौं:   सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।   प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।   केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।   बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।   लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।   शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई  इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।   ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्।    त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्।   सूची: