पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लम्जुरामा दुर्घटना भएको छ ।   सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।   उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।    हेलिकप्टरमा क्याप्टेन र ५  मेक्सिकन नागरिक  गरी ६ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा। आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको नै भएको प्रहरीले जनाएको छ । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ । सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए ।   गण्डकी प्रदेशका ९९।५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणकालागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ग्रिड लाईन, लघु जलविद्युत र शौर्य उर्जा बाटपनि विद्युतिकरण भएको बताउँदै उनले सकेसम्म सबै ठाउँमा ग्रिडलाईन बिस्तार गर्ने गरि अघि बढ्नुपर्ने बताए ।   छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पु¥याउन दुर्गम ठाउँहरुमा लघु जलविद्युत, शौर्य उर्जा पनि प्रभावकारी हुने बताए । साथै उनले प्राधिकरणले ग्रिड लाईनबाट विद्युत पु¥याउनेगरि काम अघि बढाईरहेको जानकारी गराए ।   उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिड लाईन बिस्तारको काम अघि बढीरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए ।   पछिल्लो केही समय यता विद्युत छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार ब्यवशायमा समस्या भएकाले समाधान तर्फ ध्यान दिन मुख्यमन्त्री पाण्डले अनुरोध गरे । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए ।   कार्यकारी निर्देशक घिसिङले बूढीगण्डकी आयोजना नेपालकालागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताए ।    पृथ्वी राजमार्ग, मध्यपहाडी सडक खण्ड लगायत सडक बिस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै मुख्यमन्त्री पाण्डले त्यसतर्फपनि विद्यूत प्राधिकरणले ध्यान दिनुपर्ने बताए । प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत ति ठाउँका जोखिम पोलहरु तत्काल स्थानान्तरण गरिने कार्यकारी निर्देशक घिसिङले बताए ।  भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदिशचन्द्र जोशी लगायतको उपस्थिती थियो ।  

सल्यान:  गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।   दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु भएका दुई जनाकै पहिचान भने भएको छैन ।   राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले बसलाई छुँदा बसमा नै करेन्ट प्रवाह भएको थियो ।   बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च लिन्न भनेर पनि अहिले लिन खोजेपछि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश सांकेतिक विरोधमा उत्रिएको छ ।      अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा आज पोखराको नदीपुरस्थित प्रदेशको सभा भवन अगाडी राष्ट्रपतिलाई सहयोग गर्न भन्दै १ रुपैयाँका दरले चन्दा उठाउँदै छन् ।      उनीहरुले राष्ट्रपतिले सुरुमा उपचार खर्च नलिने बताएपनि हाल पराराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासा गर्न ताकेता गरेपछि पौडेललाई थप सहयोग जुटाइदिन चन्दा उठाउन सुरु गरेको बताए ।    ‘राष्ट्रपतिज्यूले आफ्नो अडान र बोली फेर्नुभयो’ अनेरास्ववियु गण्डकीका सहसंयोजक सुशन घिमिरेले भने ‘उहाँलाई सहयोग गर्न १ रुपैयाँ उठाएर हामीले व्यंग्यात्मक विरोध गरेका हौं ।’ घिमिरेले देशभित्रै उपचार गर्न लायकको अस्पताल निर्माणमा ध्यान दिन आग्रह गर्दै उपचारकै नाममा राष्ट्रिय ढुकुटीमा आँखा गाड्ने प्रवृत्ति गलत भएको जनाए ।      विरोधस्वरुप गरिएको कार्यक्रम प्रदेशका सबै जिल्लामा एकसाथ सुरु गरेको उनले बताए । ‘संकलित रकम मुख्यमन्त्रीमार्फत राष्ट्रपतिलाई दिइनेछ’ घिमिरेले भने ।    राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पेटको उपचार गर्दा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको भन्दै भर्पाई गरिदिन अर्थमा पत्राचार गरेका छन् ।    पौडेल बैशाख ६ गते उपचारका लागि दिल्ली गएर बैशाख १७ मा फर्किएका थिए । 

पोखरा महानगरपालिकाबाट स्वायत्तता प्राप्त गर्न लेखनाथवासीले आजबाट विरोधस्वरुप हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै सामुन्ने हस्ताक्षर सुरु गर्दा केही समय प्रहरी र स्थानीयबीच चर्काचर्कीसमेत भएको अभियन्ताले जनाएका छन् ।    लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा सहभागी हुन पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ पुगेकाबेला गेट बाहिर स्थानीयले आजदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन् ।    लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेपछि अब छुट्टिने अभियानमा रहेको एक सहभागीले जनाए ।    यस अभियानको संयोजन स्वतःस्फुर्त भएको उनीहरुले जनाएपनि व्यवसायी र पत्रकारहरुको सक्रियता देख्न पाइन्छ । विशेषतः पोखरा महानगरमा गाभिएपनि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रम दिन बेवास्ता गरिएको उनीहरुको आरोप छ ।    यसअघि पत्रकार एवं स्थानीयवासी कमल सुवेदीले ​हस्ताक्षर अभियानमार्फत लेखनाथ पोखराबाट अलग्गिन चाहनेको संख्या बढ्दै गएको जनाएका थिए । सुवेदीका अनुसार पहिलो दिन करिब ३ हजार स्थानीयले पोखराबाट अलग हुन हस्ताक्षर गरेका छन् ।      कानूनी व्यवस्था अनुरुप महानगरको कूल जनसंख्यामध्ये दुई तिहाईले छुट्टिन चाहेको खण्डमा स्थानीय संरचना फेरबदल गर्न सकिनेछ ।   ‘जब हेपिएको महशुस हुन्छ, तब विद्रोह हुन्छ’ अभियानको सामुहिक स्वर छ ।    

काठमाडौं:    गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ ।  ६० वर्षीय तामाङको मंगलबार साँझ साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा निधन भएको दिदी भगवती तामाङले पुष्टि गरिन् । तामाङको स्ट्रोकका कारण निधन भएको हुन सक्ने अनुमान छ ।

पोखराः   कास्कीको  माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा नेकपा एमालेका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।    माछापुच्छ्रे ८ का वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै वडा कार्यालयमा निवर्तमान गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङको रोहबरमा एमाले कार्यकर्ताले तालबन्दी गरेका हुन् ।   तालाबन्दीपछि सेवाग्राहीलाई प्रभाव परेको छ ।    वडा कार्यालयमामा व्यानर झुण्ड्याएर कारवाहीको माग गरिएको छ । व्यानरमा पटके वडाध्यक्ष राजिनामा दे लगायतका नारा लेखेका छन् । तर वडाध्यक्ष गुरुङले भने हातपात नगरेको बताए ।   वडाध्यक्ष गुरुङले संघीय सरकारको योजना खोरामुख उपल्लो इदिखोला सडकको स्तरउन्नतीको विषयमा उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले निर्माण कार्यमा ढिलाई गरेपछि सो विषयमा भनाभन मात्र भएको बताए ।  ‘संघीय सरकारले चालु आर्थिक वर्ष २०७९/८० अन्तर्गत संघीय सरकारको योजना खोरामुख उपल्लो इदिखोला सडक स्तरउन्नती गर्न बजेट दिएको छ’, वडाध्यक्ष गुरुङले सुनगाभा न्यूजसँग भने, ‘असार मसान्त आउन लाग्यो, अनुगमनमा जाँदा २/४ जना भन्दा कामदार देखिदैन, निर्माण कार्यमा सन्तुष्ट नभएपछि भनाभन भएको हो, मैले कसैलाई हातपात गरेको छैन ।’   उक्त सडक स्तरोन्नती गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा २१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।    उनले सडक स्तरोन्नतीका लागि उपभोक्ता समिति गठन, योजना सम्झौता भएपछि समितिका अन्य पदाधिकारीहरुलाई काम भएन भनेर प्रश्न गर्दा थाहा नभएको जानकारी दिएको वडाध्यक्ष गुरुङले बताए ।    ‘मैले सडक स्तरोन्नतीका लागि चैत १४ गते समिति गठन गरिदिए, जेठमा आएर योजना सम्झौता गरे’, उनले भने, ‘योजना सम्झौता भएको लामो समयसम्म पनि काम सुरु भएको देखिन फोन गर्दा हुन्छ हुन्छ भन्ने जवाफ दिए, समितिका अन्य पदाधिकारीलाई सोध्दा थाहा नभएको जवाफ दिएका थिए,’ उनले भने ।   वडाध्यक्ष गुरुङले माछापुच्छ्रे ८ लाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लागेकाले कसै माथि राजनीतिक प्रतिसोध नराखेको बताए ।    ‘म निर्वाचित भएपछि कसरी माछापुच्छ्रे ८ लाई राम्रो बनाउन सकिन्छ भनेर लागेको छु, कसैमाथि राजनीतिक प्रतिसोध राखेको छैन’, उनले भने, ‘योजना ल्याउन कति दौडधुप गर्न पर्छ, संघीय सरकारले वडाका लागि दिएका योजना समयमा सम्पन्न नहुने भएपछि रिस उठेको हो, बोल्न नहुने शब्द बोलेको हुँ, तर मैले हातपात चाहिँ गरेको छैन ।’   उनले सडकबारे स्थानीयले बारम्बार ताकेता गरेको आफ्नो ध्यान सडक सम्पन्नतर्फ तानिएको बताए ।   कारवाही भएपछिमात्रै ताला खोल्छौं   नेकपा एमाले कास्कीका सचिवालय सदस्य एवम्  माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान अध्यक्ष कर्ण बहादुर गुरुङले वडाध्यक्षलाई कानूनी दायरामा ल्याए मात्र तालबन्दी खुल्ला गर्ने बताए ।    ‘यसभन्दा अगाडि पनि कर्मचारीलाई हातपात गर्नुभयो, हामीले क्षमा पनि दियौं’, गुरुङले भने, ‘फेरी पुनः उपभोक्ता समितिका अध्यक्षलाई हातपात गर्नुभयो, पिडितले न्याय नपाएसम्म तालबन्दी जारी रहन्छ ।’ उनले प्रशासनले जाहेरी दर्ता गरेर वडाध्यक्ष गुरुङलाई कारवाही गरेमात्र तालाबन्दी खोल्ने दोहो¥याए ।    यता वडाध्यक्ष गुरुङले आफुलाई सडक निर्माणको क्रममा हातपात गरेको अमृत भण्डारीले बताए । ‘गको १७ गते २ बजेर ४० बजेको समयमा म निर्माण कार्यस्थलमै थिए, उनले भने, ‘वडाध्यक्ष गुरुङले अपशब्द बोल्दै बिच बाटोमै मलाई झापड हाने ।’

पोखराः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारीसाधनहरु लिलाम बिक्री गर्न खोलेको टेण्डर (बोलपत्र आव्हान) भर्न यूनिफर्ममै पुगेपछि प्रहरी जवान कारवाहीमा परेका छन् ।   कास्की ट्राफिकले गत जेठ ३० गते सवारीसाधनहरुको लिलाम बिक्री गन टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डर भर्न जिल्ला प्रहरी कार्यालय कास्कीको प्रबन्ध शाखामा कार्यरत एक प्रहरी जवान यूनिफर्ममै पुगेका थिए ।    गत बुधबार प्रहरी जवान टेण्डरको फाराम भर्न ट्राफिक कार्यालयभित्र प्रवेश गरेपछि केही समय त्यहाँ विवाद भएको थियो । अन्य प्रतिष्पर्धीको विरोधपश्चात उक्त खबर जिप्रकामा पुगेपछि प्रहरी जवानलाई विभागीय कारवाही गरिएको प्रहरी स्रोतले बताएको छ ।     लिलामी सकार्न १४ वटा टेण्डर परेको र विवादपछि प्रहरी जवानले हालेको टेण्डर रद्द गरिएको जिल्ला ट्राफिकका प्रवक्ता एवं वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जनाएको छन् ।    ‘प्रहरी आफैले टेण्डर हालेको त हैन, उनले साथीको फाराम बोकेर भित्र पसेका हुन्’ प्रवक्ता पाठकले भने ‘पछि प्रहरी निरीक्षकको रोहबरमा उक्त टेण्डर रद्द गरिएको छ ।’ उक्त टेण्डर खोलिसकिएको र मोल बढिबढाउमा जिम्मा लगाइसकिएको पाठकले जनाए ।    स्रोतका अनुसार प्रहरी जवानले बिनिता बिकको नाममा भरिएको टेण्डर बुझाउन यूनिफर्ममै पुगेका हुन् ।      चारपांग्रे ६ र दुईपांग्रे ६७ गरी ७३ सवारी साधन लिलामीमा राखिएको थियो । ४ लाख २६ हजार ९० रुपैयाँ न्यूनतम मूल्य कायम गरिएको टेण्डर सबैभन्दा बढी सवा ७ लाख रुपैयाँ कबोल गर्नेले पाएका छन् ।