गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।   एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्...

 काठमाडौं:  काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ ।   सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।   उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताए । उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ ।   ‘ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ’, उनले भने ।   काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिए ।   शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलङ्कीमा ट्राफिक बत्ती जडान गरिसकेको छ । चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो ।   सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन् । उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन् । विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ ।

काठमाडौं: सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।   बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।   नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।   जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । जसमध्ये नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबार सुरु भएको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले वृद्धि भएको छ ।   ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौँ:  राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताएका हुन् ।   संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।   सांसद देवकाटाले भने, ‘२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सिमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।'   सांसद देवकोटाले काठमाडौँमा धेरैवटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरे ।   उनले भने, '१६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो चाँही धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।’

काठमाडौं: नेकपा (एमाले)का सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।   मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाइ छ ।   सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताउनुभयो ।   सांसद पौडेलले भन्नुभयो, ‘‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडित काठमाडौंमा आउनुभयो । धर्ना बस्नु भयो । सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’’   सांसद पौडेलले मिटरब्याज पीडितको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताउनुभयो ।

काठमाडौं: नेकपा (एमाले)का सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।   सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद रावलले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।   आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भइरल भइरहेको छ भने रास्वपाले सांसद श्रेष्ठलाई निलम्बित गरी २४ घण्टै स्पष्टिकरण सोधेको छ ।   सांसद रावलले त्यस्ता घटना सत्य हुन् वा होइनन् ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘‘हामीले देखिरहेका छौं अहिले दुई करोडको अडियो एकदमै भाइरल भइरहेको छ । यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं–घुस लिने र दिने राज्यको शत्रु हुन् । यो कारबाहीको दायरामा आउनु पर्छ भनिरहँदा यो घटना आइरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्नेभन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’’   सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढन पनि सचेत गराउनुभयो ।

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो ।    “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस्  जायज माग पूरा गरियोस्”, उहाँले भन्नुभयो । उहाँले काठमाडौँका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गर्नुभयो ।    काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । “काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।    बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उहाँले भन्नुभयो, “स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।”

काठमाडौँ:  अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।   भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो ।    “आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।”    आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उहाँले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गर्नुभयो ।    “जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ”, उहाँले भन्नुभयो । धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उहाँले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताउनुभयो । उहाँले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गर्नुभयो ।    “धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढङ्गबाट लिनुहोला”, मन्त्री महतले भन्नुभयो ।    साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।”    उद्योगी व्यवयायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरु संवेदनशील रहेको भन्दै मन्त्री डा महतले यस विषयमा भन्सारका अधिकारीहरुले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।  

काठमाडौं:  काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।   शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।   बालेनको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।   ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’   यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवासमा पनि हिजोदेखि नै फोहोर उठेको छैन।   सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।   सरकारसँग कुरा नमिलेसम्म फोहोर कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले बताएका छन्।

पोखरा: रोट्रयाक्ट क्लब अफ मणिपाल  कलेज अफ मेडिकल साइन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।   आइतबार मणिपाल  अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे ।   क्लबको ११औँ चार्टर डेको अवसरमा कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लब अफ मणिपालकी अध्यक्ष रञ्जना केसीले क्लबले विविध समयमा सामाजिक कार्यहरु गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।   ‘हामीले विभिन्न दिवस वा अन्य समयमा विविध सामाजिक कार्यहरु गर्दै आइरहेका छौँ । हामी मेडिकल सेक्टरकै भएको भएर विशेषतः मेडिकल फिल्डसँग सम्बन्धीत कार्यहरु गर्दै आइरहेका छौँ । आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस्ता कार्यक्रमहरु गर्नेछौँ,’अध्यक्ष केसीले भनिन् ।