पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

कास्की: गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।   आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।   सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज बिहान पोखरा–मुग्लिन सडकखण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो ।   टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    उहाँका अनुसार पश्चिमखण्डमा सुरु भएको अनुगमन पूर्वीखण्डसहित मुग्लिनसम्म हुनेछ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पश्चिम खण्डको काम ढिलाइ भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री सहितको उच्चस्तरीय टोली आएको हो ।” निरीक्षणका क्रममा निर्माण कम्पनीबाट काममा ढिलाइ भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल भएको थियो । आयोजनामा देखिएका समस्या समाधान गरी तोकिएको मितिमा सडक विस्तार सम्पन्न गर्नेतर्फ सबैले चासो दिनुभएको उहाँको भनाइ छ ।   सो क्रममा आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनुगमन टोलीले निर्देशन दिएको थियोे ।   सडक विस्तारका लागि विद्युत् र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको छ ।    पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ ।    यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि रू सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।   यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो ।

पोखरा:  मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।  आफु स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद डा. श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको रास्वपा गण्डकी प्रदेश स्रोतले जनाएको छ ।   

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो।    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्।    काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ।    स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ।    यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्। केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा  नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।   राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘राष्ट्रपतिज्यूले मलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ पोखरेलले सेतोपाटीसँग भने।   पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए।   उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।

रुकुम: रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।    यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्।    दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन । 

चितवन : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ ।   निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।    उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ । 'सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्', उनले भने, 'राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।'   निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उनले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको उनको भनाइ छ ।    'जनताले सुरक्षित महशुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदान स्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ', उनले भने।    उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा  एक लाख २४ हजार ६९५ जना मतदाता छन् ।  उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।    उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' धनगढी पुगेका छन्।    महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन‍्।   आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर  प्रस्थान गर्नेछन्।   सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्।   दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहनेछ।  विश्वविद्यालयबाट पासआउट  भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए ।   प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पोखरा:  नेपाल मगर संघ, गलेश्वर इकाई समिति पोखरा –१५ को अध्यक्षमा हिमाल आले मगर सर्वसम्मत चयन भएका छन् ।   संघको प्रथम अधिवेशनले आले मगरलाई सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा मिना थापा मगर, कोषाध्यक्षमा मनमाया थापा मगर, सचिवमा मिरा बुढा र सहसचिवमा शम्भु राना मगर छन् । यसै गरी सदस्यहरूमा पदम बुढा, दिलु राना मगर, गोमा थापा मगर, सुशीला थापा मगर, उमा थापा मगर, हेमा आले मगर, मोहन राना मगर, मुक्तिश्वर थापा मगर, मनोज राना मगर र अर्जुन थापा मगर चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीकी अध्यक्ष तथा प्रमुख अतिथि सङ्गीता पुन मगरले कास्कीका विभिन्न भागमा छरिएर रहेका मगरहरूलाई गोल बन्ध गरी आफ्नो भेसभुसा, भाषा र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताइन्। उनले मगर समुदायको आफ्नै गौरवशाली इतिहास र सभ्यता रहेको भन्दै संघमा आबद्ध भइसकेपछि इकाई हरूले गर्नुपर्ने काम कर्तव्य र प्रक्रियाका बारे बताइन् । यस्तै, विशिष्ट अतिथि नेपाल मगर संघ सांस्कृतिक विभाग प्रमुख गोविन्द पुन मगरले नेपालमा आदिवासी मध्येको सबैभन्दा धेरै सङ्ख्या मगरहरूको रहेको भन्दै आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि हामीले नै पहल गर्नुपर्ने बताए । नेपाल मगर संघ सङ्गठन विभाग प्रमुख भक्त पुन मगरले कास्कीमा अहिलेसम्म मगर संघका ४० वटा इकाई बनिसकेको जानकारी दिँदै गलेश्वर इकाई समिति ४१ इकाई समिति रहेको बताए। उनले कास्कीमा धेरै मगरहरूको बसोबास रही आएको पाइए पनि मगरहरू एकत्रित हुन नसक्दा प्राविधिक, शैक्षिक तथा आर्थिक हिसाबले पछाडि परेको बताए । नेपाल मगर संघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष चन्द्र पुर्जा मगरले गलेश्वर इकाई समितिका नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिए । नेपाल मगर संघ पोखरा महानगरपालिकाका अध्यक्ष ओम श्रीस मगरले आफ्नो थातथलो छोडेर पोखरा आई बसोबास गरिसकेपछि हामीलाई समाज चाहिन्छ, समाजको निर्माण गर्नुपर्छ भनेर गलेश्वर मगर समाज नेपाल मगर संघको इकाईमा आउनु सराहनीय कार्य भएको बताए । कार्यक्रममा गलेश्वर समाजका संस्थापक तथा ज्येष्ठ सदस्यहरू वीर बहादुर राना, प्रेम सारू, रेशम प्रसाद बुढा, यमन सिंह आले र विष्णु राना लगायत समाजलाई सहयोग स्वरूप करुवा लगायतका सामग्री प्रदान गर्ने सदस्य द्वय लालसुवी बुढा र सुशीला थापा मगरलाई सम्मान गरिएको थियो । सभापति शोभित बहादुर सारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिरा बुढा मगरले गरेकी थिइन् भने डिल बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।

पोखरा:  गलपासो भयो आज गणतन्त्र भनीकन जनआवाज उठ्दैछ घनीभूत बनीकन स्वतन्त्रता छ है भन्छौ जनको मुख थुन्दछौ माछा नै छैन खोलामा के निम्ति जाल बुन्दछौं । यी कविताका हरफ हुन गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीका । आफ्नो कार्यव्यस्तताले वारेसमार्फत् पठाएका सिर्जनासँगै यस्तै–यस्तै रचनावाचनले शनिवार पृथ्वीचोक आसपासको सडक गुञ्जयमान भयो । कुलपति बिखर्ची मात्र होइन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका आजीवन सदस्य लक्ष्मण थापासमेतले व्यस्तताका बाबजुद यसरी नै सिर्जनाकामार्फत् सहभागिता जनाए । यी रचनासँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सुनाएः सत्ता र बेइमानी बीचको नाता चुट्याउन आउँदैन भने के हो सही के हो गलत खुट्याउन आउँदैन भने जनसेवक भन्दै छाती फुलाउँदै के हिँड्छौँ मुर्ख हो ! मुख र मलद्धारमा फरक छुट्याउन आउँदैन भने । वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कवितावाचन गर्ने सबै कुराको चाँजोपाँजो जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मिलाएको हो । संविधान भन्दा माथि कोही नहुने भएकाले पछिल्लो समय देशमा विकसित भइरहेका विविध घटनाक्रमको सांकेतिक विरोधस्वरूप संस्थाले पृथ्वीचोकको गोलघर अगाडिको वातावरण मान्छेको मुख थुन्न हुँदैन सडक कवितावाचन कार्यक्रममार्फत् गुञ्जयमान बनाएको हो । कार्यक्रमको औचित्यमाथि जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका परिकल्पनाकार तथा संस्थाका महासचिव मदन भण्डारीले प्रकाश पारेका थिए । उनले राज्यले महत्वपूर्ण निर्णय रातको १२ बजे महंगा सोफामा बसेर गर्ने तर कवि र किसानहरू सडकमा पसिना बगाएर स्वस्थ हुने भएकाले मध्यान्हको १२ बजे सडकमा मञ्च खाली राखेर कार्यक्रम आयोजना गरिएको बताए । राज्यका कुर्चीहरूमा लायक पात्रहरु नभएकाले राज्यमा वेथिति बढेको ठहर गर्दै संस्थाले जनताका दुःख, दर्द जनताले लडेर ल्याएको आजको सरकारले नसुनेकाले सरकारलाई सुनाउन मञ्चमा आवाज राखेर सरकारको कानमा पु¥याउन खोजेको महासचिवको भनाइ थियो । संस्थाका उपाध्यक्ष प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले राज्य पक्ष सदा जनताका लागि भन्दा कुर्चीका लागि दौडधुपमा रहेकाले संस्थाले मञ्चका कुर्ची पात्रविहिन बनाएर कार्यक्रम आयोजना गरेको बताए ।  संस्थाले गण्डकी प्रदेश भित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित सडकमा आमन्त्रण गरेको थियो सडकमा वाचित २५ कविका रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अंकमा प्रकाशन गर्ने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराए । लोकसंस्कृतिका अध्येता प्रा.डा. कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथितले हाम्रा नेताहरूको दुषित विचारले नेपाल कहिल्यै नेपाल बन्न नसकेको टिप्पणी गरे । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि समयको कालक्रममा कवि कलाकारको ठूलो भूमिका रहेकाले वर्तमान वेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए । सञ्चारकर्मी शिवराज बस्ताकोटी शिवदाइ, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश हुने धारणा राखे ।  कार्यक्रममा साहित्यकार डा. जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना तेजबहादुर गुरुङ अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचनावाचन गरेका थिए ।