पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट सम्पन्न भएको छ । नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् । छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे र ८७ केजी मुनीतौलमा दपर्ण हमाल ठकुरी तथा ८७ केजी भन्दा माथीको तौलमा निरोज बहादुर नेपाली छनोट हुन सफल भएका छन् । त्यसै गरी महिला ग्योरोगीतर्फ ४६ केजी मुनी तौलमा स्विकृती केसी, ४९ केजी मुनीमा अनिषा परियार, ५३ केजी मुनीमा मोनालिशा मल्ल, ५७ केजी मुनीको तौलमा सन्जु घर्ती, ६२ केजी मुनीमा पार्वती श्रेष्ठ छनोट भएका छन् । पुम्सेतर्फ आयुष गुरुङ, अपर्णा अधिकारी र मिरा गुरुङ छनोट हुन सफल भएको अध्यक्ष गुरुङले जनाए । छनोट हुन सफल भएका खेलाडीहरुले यहि भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट खेलमा सहभागिता जनाउने छन् ।
पोखरा । पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो । खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिईन् । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजार सहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए । ५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ«े एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । यसका अलावा उनले स्वतन्त्र लेखन पनि गरिरहेका छन् । पछिल्लो समय उनी खानेपानी तथा सरसफाई सम्बन्धि सामग्रि दिने वासखबर डट कमका सल्लाहकार सम्पादकको भुमिकामा छन् । छापा, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यममा कार्यरत चार जना पत्रकारलाई उक्त सम्मान हरेक वर्ष प्रदान गरिने अध्यक्ष अर्यालले बताए । धौलागिरीलाई अनलाईन तर्फबाट सम्मानित गरिएको हो । हरेक वर्षको साउनदेखि अर्को वर्षको असार सम्म खानेपानी तथा सरसफाईसँग सम्बन्धित रहेर प्रकाशित तथा प्रशारित सामग्रीको सँख्याको आधारमा उक्त सम्मान प्रदान गरिने अर्यालको भनाई छ ।
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स ए.एम.ले दर खुवाएर तिज मनाएको छ । पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको सिक्स ए.एम. क्लवले हिन्दुनारीहरूको महान पर्व हरितालिका तिज तथा बाबुको मुख हेर्ने दिन पारेर वृद्ध तथा बाल बालिकाहरुलाई दर खुवाउने कार्यक्रम गरी सम्मान गरेको छ । खेलकुदका सँग सगै सामाजिक कार्यमा समेत यूवाहरुको भुमिका महत्वपूर्ण हुने साथै यूवाहरुमा पनि वृद्ध प्रति सकारातमक सोच र व्यवहारको विकास गराउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष दिपेन्द्रप्रताप चन्द्रले बताएका थिए ।
पोखरा । माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित अमरसिंह चोकमा आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा चार महिला तथा तीन जना नयाँ रक्तदाता सहित ३२ जनाले रक्तदान गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गर्नुभयो । समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ वडाअध्यक्ष एवम् संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम लामिछाने, हरि बास्तोला, सूर्य तिवारी, निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, संस्थाका पदाधिकारी लगायतले रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
लेखनाथ। पोखरा–१५ मा रहेको वेलनन एकेडेमीका कक्षा–११ म नवआगन्तु विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. १५ का बड़ा अध्यक्ष तोरण कुमार वानियाले विद्यार्थीहरुको जिवनको बाटो देखाउने माध्यम शिक्षा रहेको र यस सँगै बानि, व्यवहार आचरण पनि सकारात्मक रहनुपर्ने विचार राखेका थिए । विद्यालयका संस्थापक निर्देशक शान्तवहादुर गुरुङ्गले विद्यार्थीहरूको उज्वल भविष्यको निम्ती असल र सहि मार्ग निर्देशक भनेको नै शिक्षा रहेको र विद्यार्थीललो असल र व्यवहारिक बन सुभाव दिइका थिए । विद्यालयका प्राचार्य आनन्दराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अधिकारीले जिवनमा सफलता प्राप्त गर्नको निम्ती विधार्थीहरु व्यवहारिक बन्नु पर्नेमा जोड दिएका थिए । कक्षा–१२ का विद्यार्थी मन्दिप गिरीले स्वागत मन्तब्य राख्यको कार्यक्रमको संचालन विद्यालयका संस्थापक सह प्राचाच श्री शिवहरी सुवेदी ले गरेको शिक्षक सुनिल सुबेदीले जानकारी दिएका छन् ।
पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला ‘टग अफ वार’(डोरी तान्) प्रतियोगिताको उपाधी हिमला आमा समुहले हात पारेको छ । महिला ‘टग अफ वार’ प्रतियोगितामा हिमला आमा समुह पोखरा २७ ले पहिलो स्थान संगै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । कुल २४ टीमको सहभागीता रहेको उक्त प्रतियोगितामा बगर महिला समुह पोखरा १ ले दोश्रो स्थान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने पोखरा २६ मा रहेको जनकल्याण महिला समुहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यसैगरी कुल २० जना सहभागीता रहेको एकल महिला नृत्य तर्फ तारा नेपाली प्रथम, सोनिया बानिया दोश्रो, सीता परियार( मादी) तेश्रो र पवित्रा भुषालले शान्तवना स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्नेले क्रमश नगद २०००, १५००, १००० र ५०० रहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विजयीहरुलाई रुपा गाउपालिकाका अध्यक्ष नवराज अधिकारी, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोखरलेल लगायतले पुरस्कार प्रदानन गरेका थिए । उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका ईन्चार्ज कृष्ण थापाले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कास्कीबाट ४ जना महिलालाई उमेदवार उठाउने बताए का छन । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीबाट संघमा एक र प्रदेशमा तीनजना महिला उमेदवारका रुपमा उठाउने र त्यसको टुंगो समेत लागिसकेको वताए । एमालेको लाल किल्लाको रुपमा चिनिने कास्कीमा यो पटकको संघ र प्रदेश निर्वाचनमा एमालेले महिलालाई पार्थमिकतामा राखेको वताउदै थापाले कास्कीको तीन निर्वाचन क्षेत्र मध्य संघमा एक र प्रत्येक निर्वाचन क्षेत्रमा लक्षित गरी प्रदेश सभामा तीन जना महिलालाई उमेदवार बनाउने र त्यसको टुंगो समेत लागिसकेको बताएका हुन । त्यसैगरी थापाले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पांचदलिय गठबन्धन संग एमाले एक्लै चुनामा जांदा एमालेका उमेदवारहरु हारेतापनि निर्वाचनको परिणामले नेकपा एमाले पहिलो दल भएकाले कुनैपनि हालतमा पांचदलको गठबन्धनको उमेदवारलाई पराजित गर्नेगरि सम्पुर्ण कार्यकर्ताले दृढ संकल्पका साथ लाग्नुपर्नेमा उनले जोड दिए । लोक तन्त्र र गणतन्त्र नचाहनेहरु सल्वलाईरहेको र पाँच दलिय गठबन्धन बिकास भन्दापनि आफ्नो स्वार्थमा लागेको उनको भनाई रहेको थियो । नेकपा एमाले कास्कीको उपाध्यक्ष तेजनारायण अधिकारिले महिला दिदीबहिनी पुरुष भन्दा कम छैन भन्ने भनाईलाई यथार्थमा देखाउनका लागि खेलकुद महासंघले महिला ‘टग अफ वार’ प्रतियोगिता आयोजना गरि महिला दिदीबहिनी बीच सद्भाव कायम गराउन मुख्य भुमिका खेलेको वताउदै अधिकारीले पनि मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मत बटुल्नका लागी अभियान चलाउन आवश्यक रहेको वताए । नेपाल खेलकुद महासंघ प्रदेश कमिटी गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकुद महासंघ एमालेको कान्छो भातृ संगठन भएतापनि छोटो समयमा रचनात्मक काम संगै मौलिक खेलहरु संगै महिलाहरु लाई पनि डोरि तान्ने खेलहरुमा सहभागी गराएर अगाडि वढिरहेको र आफुहरुको संगठन पार्टीले अंगीकार गरेको बाटोमै अगाडि वढ्ने समेत वताए । नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीको अध्यक्ष दुर्गा दत्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोखरा महानगर पोखरा २६ का अध्यक्ष राम चन्द्र तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने एमाले पोखरा २७ का अध्यक्ष सूर्यमणि लामिछाने लगायतले स्थानिय तहको निर्वाचनको समिक्षा गर्दै संघ र प्रदेश तहको निर्वाचनमा सवै तह र तप्काबाट कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका थिए । नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीका सचिव शिवराज सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ । सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोडको लागतमा दुई चरणमा गरी सो सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो ।
झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०:१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ।
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताउनुभएको छ ।बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गर्नुभयो । नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

