काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाण्डौ: नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै छ । अबको तीन चार दिनसम्म नै कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रको पूर्वी क्षेत्रमा मनसुनी प्रणाली रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुुभयो ।    उहाँका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन बाहिरिसकेको छ । यी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् झाले जानकारी दिनुभयो ।

पोखरा:    कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् ।  मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथ दिनु पर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिसहरु पीडित बनेको बताए ।  कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेता एवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारी मात्र सेयर सदस्य भएको सहकारी नमूना बन्नु पर्नेमा जोड दिए । सदस्य वृद्धि गरेर, पारदर्शी र जिम्मेवार बनेर, इमान्दारिताको पाठ सवैलाई सिकाएर कर्मचारी सहकारी सक्षम हुनेमा आफू विश्वस्त भएको बताए । सहकारीले सवैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनु पर्ने भन्दै नमुना सहकारी बनाउन मन्त्री जिसीले सुझाव दिए ।   सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्या नआउने उल्लेख गरे । कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासन विभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक दिपक रेग्मी, संघका केन्द्रीय सदस्य बद्री पौडेल, सहकारीका सचिव एवं नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएका थिए ।  सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीका उपाध्यक्ष बद्री पौडेल, सहकारीका सञ्चालक सदस्य तथा कार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजक हेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजना तथा भावि कार्यक्रम बारे उल्लेख गरेका थिए ।  कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । सहकारीमा कार्यरत कर्मचारी मध्ये साधना ढुंगाना पुरस्कृत भएकी थिइन् । सहकारीले जेष्ठ नागरिक तर्फ शंकरप्रसाद कोइराला, सदस्य अभियान्तामा केदार धमला र अन्जना पोखरेल, सेयर सदस्य तर्फ टिकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको सहकारीका कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए ।  वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कारोबार गर्ने शिव परियार र सुस्मिता कार्कीलाई, बचत कर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक शारदा गिरीले जानकारी दिइन् । यस्तै बाल बचतमा वत्सल पौडेलले पुरस्कार प्राप्त गरेका थिए भने शैक्षिक पुरस्कारमा संकल्प सिग्देल, अधिश ढकाल, मनाकामना गौतम,चन्द्रकाला बस्नेत, आशा कोइराला, आशिष सिग्देल, इजिता जोशी पुरस्कृत भएका थिए ।  ६ सय ९४ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीमा २ करो ५६ लाख ५० हजार सेयर पुजी, ५ करोड ६१ लख ५१ हजार बचत, ७ करोड, ४७ लाख ७० हजार ऋण लगानी रहेको सहकारीले जनाएको छ । नेपाल निजामति कर्मचारी युनियन तथा सार्वजनिक सेवा कर्मचारी संघसंग आवद्ध कर्मचारीहरु सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्वको विभिन्न कार्य गर्दै आएको छ ।   

पोखरा:   गण्डकी प्रदेशसभाको चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाका प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २, नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति लिने सहमति अनुसार चार जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुने भएका हुन् ।   दलहरुको सहमति अनुसार अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । यस्तै लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका थिए । एकल उम्मेदवारी परेसँगै उनीहरू सभापति चयन हुने निश्चित भएको छ । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापतिको टुंगो लागेको थिएन । गण्डकी प्रदेश सभा सचिवालयले भने चार वटै समितिका सभापति निर्विरोध भएको घोषणा भने हुन बाँकी रहेको जनाएको छ ।   

काठमाडौं:     कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्‍यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए । अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ९२० बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’ यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको स्थायित्वका लागि सबै एक भएर अगाडि बढ्नु अहिलेको अवश्यकता भएको उनले बताए ।  मध्यावधि जनताको चाहना नभएको भन्दै उनले यसलाई रोक्न आफ्नो दल जस्तो सुकै त्याग गर्न तयार रहेको बताए । कार्कीले अघि भने, ‘एमालेले ककस्तो त्याग गर्दा तत्काल निर्वाचन रोकिन्छ, त्यसका लागि एमाले तयार छ ।’

काठमाडौं:    नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८(४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् । उनले भने फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन् । यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १(१ को बराबरी हुँदा सेन्शु ९पहिलो अंक जोडेको० आधारमा जित निकालेकी थिइन् । यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।

नेपालले १९ असोजमा पूर्वी युरोपेली देश रोमेनिआसँग श्रम सम्झौता गरेको छ भने २३ असोजमा युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता गर्ने मिति तय गरेको छ ।   हजारौँका संख्यामा नेपाली श्रमिकहरू युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन ।   यी दुवै युरोपेली संघ ईयू सदस्य राष्ट्रहरू हुन् ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले ‘न्यूनतम तलब, सामाजिक सुरक्षा र अन्य गुणस्तरीय दैनिक जीवनका पक्षमा युरोपेली देशको मापदण्ड निकै उच्च भएकाले’ सोही अनुसार त्यसतर्फ केन्द्रित हुन खोजिएको बताउँछन् ।   मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बीबीसीसँग भने, “श्रमिकहरूको सामाजिक हकहित र सुरक्षाका विषय त्यहाँका आन्तरिक कानुन नै बलियो भएकाले त्यसलाई नसमेटिकनै हुने यी पहिलो चरणको सम्झौता हुन् ।“   विदेशमा भएका नेपाली कामदारलाई सघाउन सरकारले के गर्न सक्छ ? नेपाल वैदेशिक रोजगार व्यावसायिक संघका अध्यक्षले युरोपेली देशमा धेरैजसो दक्ष जनशक्तिको माग हुने भएकाले यस सम्झौतासँग मेल खानेगरी नेपालमा त्यसको तयारी गर्न प्रेरित भइने बताउँछन् ।   संघका अध्यक्ष राजेन्द्र भण्डारी भन्छन्, ‘मुख्यरूपमा यसबाट नेपाली श्रमिकका लागि युरोपेली श्रम बजार समेत खुला छ भन्ने सन्देश गएको छ । कार्यक्षेत्रको सुरक्षा, मानवअधिकार, श्रम कानुनका मापदण्ड राम्रो भएको ठाउँमा जान पाउनु सुखद कुरा हो ।’   रोमेनिआमा विभिन्न अनौपचारिक प्रक्रियाबाट गएर काम गर्ने नेपालीहरूको सङ्ख्या २५ हजार नाघिसकेको र जर्मनीमा मुख्य रूपमा विद्यार्थीका रूपमा गएर काम गर्नेहरू सहित ८ हजार हाराहारीमा नेपालीहरू रहेको श्रम अधिकारीहरूको आंकलन छ ।   रोमेनिआ सरकारको विवरणमा भने हाल त्यहाँ साढे १५ हजार नेपाली श्रमिकहरू रहेको बताइएको छ जुन ईयूबाहिरको देशबाट कार्यरत दोस्रो उच्च संख्या हो ।   सम्झौता अनुसार जर्मनीमा प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिएपछि मात्र श्रम बजारका लागि योग्य हुनेछन् ।   रोमेनिआमा अहिले नै उल्लेख्य संख्यामा नेपालीहरू श्रमिकका रूपमा रहेकाले उनीहरूको हक अधिकारलाई व्यवस्थित गर्न यस सम्झौताले सघाउने अधिकारीहरूको विश्वास छ ।   नेपाल सरकारले हालसम्म मलेसिया, कतार र कोरियासहित नौवटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ ।   नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरे तापनि द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन् ।   व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्यांक छ ।    -बीबीसीकाे सहयाेगमा

पोखरा:  हालै पोखरामा सम्पन्न नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन ऐतिहासिक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको युवानेता रश्मी आचार्यले जनाएका छन् ।    अधिवेशन सम्पन्न गर्न प्रचारप्रसार उपसमितिको संयोजकको भूमिकामा रहेका आचार्यले अधिवेशन लोकतान्त्रिक विधिबाट सम्पन्न भएको भन्दै यसले अन्य पार्टीमा पनि प्रतिष्पर्धाको विकल्प नभएको सन्देश दिएको उल्लेख गरे ।    ‘एमालेमा आफ्ना मान्छेलाई पद बाँड्ने, टीका लगाइदिने भनेर जुन आलोचना गरिन्थ्यो, त्यसको जवाफ पनि हो हाम्रो अधिवेशन’ आचार्य भन्छन् ‘राजनीतिमा अवसर र प्रतिष्पर्धा दुबै हुनुपर्छ, मन र मत जित्नेले जिम्मेवारी पाउनुपर्छ ।’   यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीमा उपसचिवको जिम्मेवारी सम्हालेका आचार्य स्वयं सचिवको उम्मेदवार थिए । निर्वाचनमा पराजय भोगेका आचार्यलाई पार्टीमा देखिएको गुटबन्दीबारे प्रश्न गर्दा उक्त विषयतर्फ प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे ।    ‘अधिवेशनका दौरान कसैलाई सर्वसम्मत गराउँदा टीके र अलोकतान्त्रिक भनि आलोचना गरिन्थ्यो, चुनाव गर्दा पनि गुटबन्दी भनिन्छ । प्रत्येक आलोचकलाई जवाफ दिँदै बस्न सकिँदैन’ आचार्यले भने ।    अधिवेशन सभ्य, भव्य र ऐतिहासिकरुपमा सम्पन्न भएको भन्दै उनले आफुलाई दिएको जिम्मेवारी पुरा गरेको बताए । पार्टीका नेता खगराज अधिकारीको प्यानलमार्फत उम्मेदवारी दिएका आचार्यले पद क्षणिक हुने भन्दै आज जसले जिम्मेवारी पाए भोली कोही अर्काेले पाउने भन्दै सामान्यरुपमा लिइदिन आग्रह गरे ।    ‘पार्टी एक ढिक्का छ, हामी सबै एमाले हौं’ आचार्य भन्छन् ‘लोकतान्त्रि विधिमार्फत पदाधिकारी चयन भएका छन्’   अधिवेशनमा आचार्यले लमजुङका धनञ्जय दवाडीसँग प्रतिष्पर्धा गरेका थिए । मत परिणाम अनुसार दवाडीले ५ सय २० मत प्राप्त गर्दा आचार्यले ३ सय ६७ मत पाएका थिए ।    त्यस्तै, अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्माले लमजुङकै मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गरे । अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका थिए ।   

काठमाडौं:     नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ भएका छन् ।    फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार फाइनल चरणमा प्रवेश गरेका गणेश फाइनलमा पुगेका १० जनामध्ये आठौँ भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।    क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।  

चितवन:    खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निः शुल्क प्राप्त गर्ने भएका हुन् ।  नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्त्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा साबित हुने बताउनुभयो । नगर(उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो ।