काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

सल्यान:  घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।   सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने शर्मिला बुढाथोकीलाई आफनै सासुको हत्या आरोपमा पक्राउ गरिएको हो ।     गणेसी गत असोज १५ गते दिउँसोदेखि बेपत्ता थिइन् । बेपत्ता भएपछि सासुको खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो ।   घटनाका सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।    उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुनः सलले घाँटी कसी हत्या गरेको बताइएको छ । घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    शर्मिलामाथि जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौ: परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने निर्णय गरेको छ । त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो । शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ ।    यस्तै, इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ । सरकारले हिजो परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।   इजरायलको किबुज अलुमिम भन्ने ठाउँमा हमास समूहको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

काठमाडौं:    इजरायलबाट कास्की अन्नपूर्ण २ घर भएका सुरज भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।   उनले प्रधानमन्त्रीलाई पत्र लेख्दै उद्धारमा पहल गरिदिन आग्रह गर्दै ‘आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर हेर्न बाध्य भएको उल्लेख गरेका छन् ।    विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ– प्रधानमन्त्रीज्यू, हाम्रो आत्मबल घटेको छ, सपनाको संसार भत्किँदै गइरहेको छ, हामीलाई देश आउने वातावरण बनाइदिनुहोस ​​सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्टै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन । आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ ।  बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ । आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछौं । हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ ।  १ कृषि तथा वन विज्ञान विश्वविद्यालय  २ त्रिभुवन विश्वविद्यालय ३ सुदुरपश्चिम विश्वविद्यालय सँगसँगै यहा अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ । यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ । युद्धको चपेटामा परेको नेपाली सुरज भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालय (हाल ठेगाना)​ – Kadesh Barnea, Israel ±972512825166 (नेपाली ठेगाना) – अन्नपूर्ण गा।पा – २ कास्की

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा विधेयक २०८० माथि १५ बुँदे धारणा सार्वजनिक गरेको छ।   नेविसंघ केन्द्रीय समितिले देशभरबाट विधेयकमाथि सुझाव माग गरी १५ बुँदे धारणा सार्वजनिक गरेको हो।   विधेयकमा राखिएका प्रावधानहरू विद्यार्थी केन्द्रित नभएकोले अपूर्ण र अपुष्ट रहेको नेविसंघले निष्कर्ष निकालेको अध्यक्ष दुजाङ शेर्पा बताउँछन्।   विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ। विधेयक विचार गरियोस् भन्ने प्रस्ताव आइतबार सर्वसम्मतिले पारित भएसँगै संशोधन गर्न तीन दिनको समय पनि दिइएको छ।

पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ ।   रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाको समस्या सल्ट्याउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुस्ती भएका सडक, पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी गति दिन पहल सुरु गरेको हो ।    मन्त्रालयका सचिव शङ्करराज पण्डितले समस्याग्रस्त योजनाको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिनुभयो ।    मन्त्री रेशमबहादुर जुग्जाली, सचिव पण्डित, मन्त्रालयका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले लमजुङ र गोरखाका समस्याग्रस्त योजनाको निरीक्षण गर्नुभयो । सचिव पण्डितले भन्नुभयो, “समस्याग्रस्त आयोजना पहिचान गरेर समस्या सल्टाउन मन्त्रालय तहबाटै पहल थालेका छौँ । सहजीकरण गरेर रोकिएका आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने र पूर्णता दिने मन्त्रालयको नीति छ । सहजीकरण गर्दा पनि काम नगर्ने निर्माण व्यवसायीलाई प्रक्रिया पूरा गरेर कालो सूचीमा राख्ने, ठेक्का तोड्ने र नयाँ प्रक्रियाबाट निर्माणलाई पूर्णता दिन्छौँ।”    गोरखाको राधाकृष्ण मन्दिर–कमलटार–पौवाटार–बिरुवाटार–मिलनचोक–मजुवा सडक स्तरोन्नतिको काम २०७८ साल असारमा सम्पन्न हुनुपर्ने थियो । २०७६ साल असारमा २३ करोड ३८ लाख ८७ हजार २४५ रुपियाँमा ठेक्का सम्झौता भएको करिब १० किलोमिटर दूरीको सडक अलपत्र अवस्थामा छ ।    पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न एमएस अमर कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति आधा मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का ओगटेर बस्ने, सुस्त रूपमा काम गर्ने र योजनालाई वर्षौंसम्म पूरा नगर्ने समस्या छ ।” नारेश्वर–पाणिनी–चौतारा–निबेल–ताकुकोट १० किलोमिटर दुरीको सडक दोस्रो पटक थपिएको म्याद अनुसार पनि २०८० साल असारसम्म निर्माण सक्नुपर्ने थियो । प्रिमिक्स प्रविधिको कालोपत्रे गर्न एमरएस अमररगणेश जेभी काठमाडौँले २३ करोड ७५ लाख ५७ हजार ८०२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो।    बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले सडक निर्माणमा भएको ढिलासुस्तीका कारण यातायात सञ्चालन गर्न समस्याका साथै दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण सामग्रीको व्यवस्थापनदेखि स्थानीयस्तरमा सबै सहजीकरण गरिदिँदा समेत निर्माण व्यवसायीले बेवास्ता गरेका छन् ।” धेरैजसो आयोजना निर्माणमा ढिलासुस्ती हुनुको प्रमुख कारण निर्माण व्यवसायी व्यावसायिक बन्न नसक्नु र गैरजिम्मेवार देखिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो।    नदीजन्य निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीले पर्याप्त उपकरण र जनशक्ति परिचालन गर्न नसक्नु, सहजीकरण तथा समन्वयको कमी, विपत्, सामाजिक र भौगोलिक कारणले पनि आयोजना निर्माणमा असर परेको उहाँले बताउनुभयो। मन्त्री जुग्जालीले भन्नुभयो, “गत वैशाखमा गण्डकी प्रदेश सरकारका समस्याग्रस्त आयोजनाको सङ्ख्या ४७ वटा थिए ।    असारसम्ममा १७ वटामा झारेका छौँ । प्रदेशका योजनामा बजेटको अभाव छैन। काम गरेका निर्माण व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाएका छौँ। काम हुन नसक्ने योजनालाई पहिचान गरेर व्यवसायीलाई कारबाही र निर्माणको कामलाई नयाँ प्रक्रियाबाट अघि बढाउने तयारीमा छौँ ।”    एमएस बिरुवारवाइबारलामा जेभीका प्रतिनिधि कमल कार्कीले कमजोर भूगोल, मूल्यवृद्धि, ढुङ्गा, गिट्टी र बालुवाको असहजता तथा पर्याप्त बजेटको व्यवस्था नहुँदा योजना निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँअघि बाँकी संरचनाको काम सक्ने गरी सडक मर्मत गरेर यातायात सञ्चालन सहज बनाउने तयारीमा छौँ । चालु आर्थिक वर्षभित्रमै यो सडक कालोपत्रे गरिसक्ने कार्ययोजना बनाएका छौँ   । ठेक्का सम्झौताको म्याद थपमा देखिएको अन्योलले अलमलिएका हौँ ।”   नारेश्वर–ताकुकोट सडक आयोजनाको ठेकेदार कम्पनी अमररगणेश जेभीका साइट इन्जिनियर सन्तोष गौतमले बर्खामा भत्किएको सडक मर्मतको तयारी गरेको र बर्खा रोकिएलगत्तै निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो। 

काठमाडौं:    हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनामा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताउनु भएको थियो । इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्क विहिन भएको मन्त्री साउदले सदन समक्ष जानकारी गराउनु भएको थियो । मन्त्री सउदले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरुको उद्वारकालगि समन्वय संयन्त्र स्थापना गरेर नेपालीहरूको अवस्था पहिचान, उद्दारको कार्य अघि बढाइएको जनाकारी गराउनु भएको छ । यसैबीच इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ ।इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ । सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो। दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ । हमासको आक्रमणमा र भिडन्तमा परी ६ सय इजरेली मरिएका छन् भने सयजना भन्दा बढी इजरेली नागरिलाई अपहरण गरिएको छ । दुई पक्षबीच भिडन्तमा सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू पननि मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई आक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन् । हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ।इजरेललेआक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ। कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट नभएको बी बी सीलेजनाएको छ । इजरायल प्यालेस्टाईन तनावबारे छलफल गर्न राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आज आपत्कालीन बैठक बस्दै छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सहयोगका लागि प्रस्ताव गर्नु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको बताएको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ । यसैबीच, गाजाका अधिकारीहरूले तटीय इलाकामा इजरायलले गरेको प्रत्याक्रमणका कारण कम्तीमा २५६ प्यालेष्टिनीको मृत्यु भएको र करिब एक हजार ७८८ जना घाइते भएको बताएका छन् । लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ले हमासले इजरायलविरूद्ध गरेको कारबाहीप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठूलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाएको छ । इजरायली सेनाले यसअघि दक्षिणी लेबनानमा आक्रमणकारीको पहिचान नै नगरी गोली चलाएको बताएको थियो । नेतन्याहूले उक्स -ट्वीटर_ मा लेख्नुभएको छ, “हामी लामो र कठिन युद्धमा लागेका छौं । हमासको अन्धाधुन्ध आक्रमणका कारण हामीमाथि युद्धको भार थोपरिएको छ ।” “पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ,” उहाँले लेख्नुभएको छ । रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो । गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतबार बिहान पनि गोली हानाहान भइरहेको छ । प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेशनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीले जनाएको छ । सन् १९७३ को अरब–इजरायल युद्ध सुरु भएको आधा शताब्दीपछि हमासले शनिबार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थलआक्रमणले इजरायल र विश्वलाई चकित एवं दुःखी तुल्याएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक आइतबारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी ९इजरायल०लाई ‘चट्टानी र अटूट’ समर्थन व्यक्त गर्दै ‘यस परिस्थितिमा फाइदा लिन इजरायलविरोधी अन्य कुनै पनि पक्षविरुद्ध’ चेतावनी दिनुभएको छ ।  इजरायली सेनाले रातभर आफ्नो सेना अझै पनि इजरायलका विभिन्न स्थानहरूमा गोली हानाहानमा संलग्न रहेको बताएको छ, ‘फलामको तरवारहरू’ नाम दिइएको एक प्रतिरोधात्मक आक्रमणमा सेनाको सञ्चित बललाई बोलाइएको थियो । हमासले यसअघि केही इजरायलीलाई बन्धक बनाइएको तस्बिर सार्वजनिक गरेको थियो भने सेनाका अर्का प्रवक्ता डेनियल हागारीले सैनिक र सर्वसाधारणको अपहरण भएको पुष्टि गर्नुभएको थियो । गाजाको पूर्वमा पर्ने बेरी र ओफाकिमका नेगेभ मरुभूमिसमुदायमा पनि ‘गम्भीर बन्धकको अवस्था’ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म अहिले नै उनीहरूका बारेमा तथ्याङ्क दिन सक्दिनँ ।” यनेट इजरायली समाचार वेबसाइटका अनुसार ‘धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौं इजरायली बन्दीहरूलाई गाजा पट्टीमा लगिएको विश्वास गरिएको छ’। नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ । इस्लामिक समूहले स्थानीय समयअनुसार शनिबार बिहान ६ः३० बजे तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गर्दै फलामको गुम्बज प्रतिरक्षा प्रणालीलाई छिचोल्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो । रासस/एएफपी

पोखरा:  कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको २ दर्जन बढी मोटरसाइकललाई कारवाही गरेको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पर्व नजिकिदै गर्दा विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाई सवारी साधनमाथि निगरानी बढाएको हो ।   आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए । उनका अनुसार स्वरुप परिवर्तन गरिएको सवारी साधनलाई कारवाही गरेबापत पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।   चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको हो ।    सूचना अधिकारी विकले मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने बताए ।   ‘स्थानीयहरुको गुनासोपछि मोडिफाइ भएका मोटरसाइकलहरु केही दिनयता नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘मोडिफाइ भएका मोटरसाइकलहरुलाई पुनः पहिलेकै अवस्थामा परिवर्तन गर्न लगाएर कारवाहीपछि अभिभावकको रोहबरमा सवारी धनीलाई बुझाउँछौं ।’   डिएसपी बिकले स्वरुप परिवर्तन गरिएको सवारीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने बताए ।     ‘पर्व नजिकिदै गर्दा सुरक्षा योजना पनि  बनिरहेको छ साथै बजार क्षेत्रर भित्रि गल्लीमा चर्काे आवाज निकाल्ने, विभिन्न किसिमबाट लुक्स परिवर्तन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन्छौ, उनले भने,‘पहिलो चरणमा अभिवाकलाई बोलाएर सम्झाई बुझाई कारवाही स्वरुप जरिवाना तिराउछौं । पछि पनि त्यही साधन दोहोरियो भने सवारी व्यवस्था ऐन अनुसार कडा कारवाही नै गर्छाै ।’   उनले मोटरसाइकल मोडिफाई गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने बताए ।    क्रस फायर र बुलेट सबैभन्दा बढी मोडिफाई    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायब निरीक्षक शिव प्रसाद पाठकका अनुसार सबैभन्दा बढि मोडिफाई गर्ने साधनमा क्रस फायर र बुलेट रहेका छन् ।     मोडिफाइड बाइककै कारण ध्वनी प्रदुषण भएको पाठकले बताए । ‘सबैभन्दा बढि मोडिफाइड गर्ने बाइक भनेको क्रस फायर र बुलेट भेटिन्छ, उनले भने, साइलेन्सर पाइप नै फेरेर ठुलो आवाज निकाल्ने साइलेन्सर पाइप फेरेको भेटिएको छ । यसकै कारण ध्वनी प्रदुषण बढेको छ ।’ उनका अनुसार प्रहरी नियन्त्रणमा आएका मोटरसाइकलहरुले विभिन्न तरिकाबाट मोडिफाई गरेको भेटिएको छ ।    मोटरसाइकलको ऐना, ह्याण्डल, साइलेन्सर परिवर्तन गर्ने, रङ बदल्ने, फिल्टर झिक्ने, साइलेन्सरमा प्वाल पार्ने, सिट अग्लो होचो बनाउने, एक्ट्रा लाइट हाल्ने, चर्काे हर्न हाल्ने  चार पाङ्ग्रे सवारी साधनमा कालो तथा रङ्गीचङ्गी स्टिकर टाँस्ने गर्ने गरेको पाइएको पाठकले जानकारी दिए ।   ‘यसरी मोडिफाइ गरिएको भेटिएको छ । अत्याधिक मोडिफाइ गर्ने बाइकले चाँबी नै अन्यत्र ठाउँमा सार्ने गरेको पाइन्छ, उनले भने, ‘कम्पनीबाट आको स्थानमा चाँबी काम गर्दैन, तल कुना कुनामा चाँबी हालेर अनलक गर्ने सिस्टन बनाउछन् । चाँबी कहाँ छ भन्ने हामीलाई पत्तो नै हुदैन ।’     प्राय बुलेटले साइलेन्सर र सिट फर्ने गरेको उनले बताए ।  ‘ठुलो आवाज निकाल्ने साइलेन्सर फेर्ने गर्छन भने लुक्सका लागि सिट सानो बनाउँछन्, उनले भने, पोखरेली बुलेट सिट भनेपछि जुनै ग्यारेजले पनि बनाइदिदो रहेछ ।’   उनले स्वरुप परिवर्तन गर्न सघाउने ग्यारेजलाईसमेत कारवाहीको दायरामा ल्याउने बताए ।