पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:  ‘रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् । चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३ का जीतेन्द्रबहादुर राजभण्डारीले पिन प्रदानसँगै सपथ खुवाए ।  सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका राजभण्डारीले रोटरी गण्डकीमा जुजारु नेतृत्व आएकाले सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्न आग्रह गरे ।  ‘रोटरी गण्डकीको नेतृत्वमा नयाँ जुजारु टिम आएको छ, रोटरी जहिलेपनि समाजसेवाको भावनामा क्रियाशिल हुनुपर्छ’, रोटरी गर्भनर राजभण्डारीले भने, ‘जहिले पनि सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्नुपर्छ ।’ रोटरी अभियान केःहो भनेर सबैलाई युवा देखि महिलाहरु सबैलाई बुझाउन आवश्यक रहेको रोटरी २०२२–२३ डिस्ट्रिक गर्भनर राजभण्डारीले बताए ।  ‘रोटरी अभियान काम धेरै गरौं कुरा कम गरौ, रोटरी अभियान केःहो भनेर सबैलाई बुझाउन आवश्यक छ’, उनले भने, ‘रोटरी अभियानमा युवायुवती देखि सबैलाई यसका बारेमा जानकारी गराउन आवश्यक छ ।’ रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्ने बताए ।  ‘रोटरी क्लब सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेर नै कायम गर्ने प्रतिवद्धता गरेको छु’, अध्यक्ष सुनारले भने,‘हामीले रोटरी केःहो सबैलाई बुझाउछौं, रोटरीले गर्दै आएको कामलाई निरन्तरतासँगै नयाँ कार्यक्रमलाई जोडेर लैजान्छौं ।’ उनले प्रदेशको स्वास्थ्य क्षेत्रदेखि लागूऔषध विरुद्धको अभियान कार्यक्रमलाई जोडेर जाने बताए ।  ‘क्लबले प्रदेश भित्र स्वास्थ्य क्षेत्रका कार्यक्रम, वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाउनेछौं’ उनले भने, ‘पोखरामा लागूऔषध प्रयोगकर्ताको बढ्दै गएका छन् यसलाई कम गर्न लागूऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजना गर्नेछौं ।’ अध्यक्ष सुनारले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि स्थानीय उत्पादन र प्रवद्र्धनमा सहयोग गने बताए ।  सुनार नेतृत्वको  क्लबको प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा।डिनेश कुमार विक, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा सिए अमित गडाल, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा,सर्जेन्ट एट आर्मस् (फस्ट)सकुन्तला श्रेष्ठ, सर्जेन्ट एट आर्मस् (सेकेण्ड) प्रकाश राज पौडेल, क्लब एडिटर नविन किरण भुषाल, क्लब मेन्टर मानबहादुर विक, चेयर द फाउण्डेशन डा। सन्तोष कुमार विक, चेयर क्लब एड्मिनिस्ट्रेशन राजु कुमार पौडेल, चेयर मेम्बरसीप डा. कृष्ण बोगटी, चेयर सर्भिस प्रोजेक्ट कृष्ण खड्का, चियर क्लब ट्रेनर कमिल खान, चियर पब्लिक इमेज ईन्जिनियर लक्ष्मीप्रसाद शर्मा, चियर आइटि ९न्यू जेनेरेशन० मिलन पौडेल, एक्जिक्युटिभसेक्रेटरी गौतम सुनार रहेका छन् ।  यस्तै इन्टरनेशनल सर्भिस कोडिनेटर प्रेमप्रसाद सुवेदी, टिच कोडिनेटर योगेन्द्र केशी, न्यू जेनेरेशन कोडिनेटर जीवन अधिकारी, फड रेजिङ चेयर पुर्ण बहादुर लामगाडे, पब्लिक रिलेसन कोडिनेटर मनोज रसाइली, इनर ह्विल कोडिनेटर इन्दु श्रेष्ठ, रोटरी पिस फेलोसिप दिपेन्द्र आचार्य, भोकेसनल सर्भिस कोडिनेटर ग्यान बहादुर नेपाली, रोटरी कम्युनिटी क्रप्स (आरसिसी) नगेन्द्र शर्मा भण्डारी, एडिक्स न प्रेभेसन कोडिनेटर प्रवेश चन्द्र उप्रेती, डिस्ट्रीक प्रोगाम कोडिनेटर ई।गणेश सापकोटा, इन्टयाक कोडिनेटर इन्द्र प्रसाद भुवाइ, क्रपोरेट हाउस कोडिनेटर श्रीजन श्रेष्ठ, एक्टिभ मेम्बर दिलप्रसाद  पोखरेल, एक्टिभ मेम्बर तारानाथ ढुङ्गाना, एक्टिभ मेम्बर जीवन ढुङ्गाना, एक्टिभ मेम्बर सन्तोष भट्टराई, एक्टिभ मेम्बर चेतन कार्की, एक्टिभ मेम्बर भरत वि।क, एक्टिभ मेम्बर श्याम मल्ल, एक्टिभ मेम्बर  लक्ष्मण गुरुङ, एक्टिभ मेम्बर अनुज नकर्मी, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर अमर सापकोटा, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, एक्टिभ मेम्बर डा।सञ्जय कोइराला, एक्टिभ मेम्बर विकास गुरुङ, एक्टिभ मेम्बर तारानाथ भण्डारी, एकराज गिरी, एक्टिभ मेम्बर किसान गिरी, एक्टिभ मेम्बर अमर जंग गुरुङ, एक्टिभ मेम्बर सन्तबहादुर लामिछाने र रविन्द्र श्रेष्ठ रहेका छन् ।

पोखरा:    पोखरामा बिहीबार देखि सुरु भएको गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  पोखरा रंगशालाको बहुउदेश्यिय कभर्डहलमा जारी प्रतियोगितामा सेमिफाइलनमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वतले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।  पहिलो क्वाटरफाइनल खेलमा समूह ‘ए’को विजेता जिल्ला भलिबल संघ म्याग्दीले समूह ‘सी’को उपविजेता मनाङलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  म्याग्दीले २५–२ र २५–१८ ले मनाङलाई सोझो सेटमा पराजित गरेको हो ।  यस्तै दोस्रो क्वाटरफाइनल खेलमा समूह ‘डी’को उपविजेता जिल्ला भलिबल संघ बागलुङले समूह ‘ए’को विजेता गोरखालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।  यस्तै तेस्रो क्वाटरफाइनल खेलमा समूह ‘सी’को विजेता जिल्ला भलिबल संघ स्याङ्जाले समूह ‘ए’को उपविजेता कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  स्याङजाले २५–२१ र २५–१९ ले कास्कीलाई पराजित गरेको हो ।    क्वाटरफाइनलको चौथो खेलमा समूह ‘डी’को विजेता जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  पर्वतले २५–१३ र २५–१२ ले नवलपुरलाई पराजित गरेको हो ।  शनिबार बिहान हुने पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ बागलुङ र म्याग्दी दोस्रो सेमिफाइलनमा खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतको बिचमा प्रतिस्पर्धा हुनेछ ।  शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका चार खेल सम्पन्न भएको थियो ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको छ । 

पोखरा:   आज असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि,धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको छ ।  पोखरा पर्यटन परिषद्ले १८ वर्षदेखि मनाउँदै आएको रोपाइँ महोत्सव यसवर्ष पोखरा महानगरपालिका १३ कसेरीमा २० औं राष्ट्रिय धान दिवसको अवसरमा १८ औं असारे रोपाइँ महोत्सव आयोजना ग¥यो ।  परिषद्ले आयोजना गरेको १८ औं असारे रोपाइँ महोत्सवमा स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरुले समेत असारे रोपाइँ महोत्सवमा सहभागिता जनाए ।  नेपालीहरुलाई कृषि उत्पादनमा जोड्न र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित परिषद्ले प्रत्येक वर्ष असारे रोपाइँ महोत्स गरेको जनाएको छ ।  रोपाइँ महोत्सवका अवसरमा पोखरेलीसँग आन्तरिक तथा बाह्य पर्यटकहरुले कसेरीमा फाँटमा एकआपसमा असारे हिलो छ्यापछ्याप गरे असारे रोपाइँ महोत्सवमा मनाएका छन् ।    तस्वीरमा हेरौं                 

साउदी अरबमा बुधबार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ ।    ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उहाँको जन्मस्थान बागलुङ उल्लेख छ ।   नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो ।   साउदीमा रहेको नेपाली दूतावासका अनुसार नैनसिंहका छोरा पनि अहिले साउदीको रियादमा कार्यरत छन् ।   घटनाको बारेमा नैनसिंहको परिवारलाई घरमा जानकारी गराइसकिएको दूतावासले जनाएको छ । 

काठमाण्डौ:  पछिल्लो समय नयाँ राहदानी ९पासपोर्ट० लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।    राहदानी विभागका अनुसार गएको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।   एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको अहिलेसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता एवम् निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैतमा एक लाख ४२ हजार र वैशाखमा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।   प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ ।    ६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

बिराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन् ।   विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताए । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको भन्दै उनले अघि भने, ‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु ।’   एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भएपनि त्यसका लागि तयार रहेको बताए ।   तर सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने उनको चेतावनी छ । कार्कीले अघि भने, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।’

कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ।   बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका(३ देउराली मोडमा दुर्घटना भएको हो।   दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी  मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए।   घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए। उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो।     दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी  घलेले जानकारी दिए।

बुढ्यौलीतर्फ ढल्कदै गरेको उमेर र सेताम्य हुदै गएको कपालले मुक्ता सिंहलाई गृहणी बनेर चुपचाप घर रोकिराख्न सकेन ।      अंग्रेजी विषयमा मास्टर्स सकेपछि मुक्ताको बिहे भारतीय वायुसेनाका पाइलटसँग भयो । त्यसपछि उनको दैनिकी बालबच्चा हुर्काउनमै सिमित भयो ।    हाल भारतको राजस्थान निवासी मुक्ता श्रीमान रिटायर्ड भएपछि जीवनलाई केही फरक शैलीमा अघि बढाउन चाहन्थिन् । मुक्ता भन्छिन् ‘म सँग समय प्रशस्त भयो, मैले फेशन र फिटनेशमा ध्यान दिए ।’   उनले भारतीय मिडिया बेटर इन्डियासँग कुरा गर्दै आफै एकोहोरी शैलीको जीवन बाँच्न नचाहेको र उमेर गएपनि इच्छालाई पुरा गर्न अघि बढेको बताएकी छिन् ।      यस्तैमा एक विवाह पार्टीमा उनको सेतो कर्ली कपाल र खैरो रंगको साडीले सबैलाई आकिर्षत ग¥यो । जुन परिधानलाई अत्यधिक रुचाइयो ।    उनले आफ्ना फेशन र फिटनेशसँग सम्बन्धित तस्बिरहरु इन्स्टाग्राममार्फत सार्वजनिक गर्न थालेपछि मुक्त एजेन्सीको नजरमा परिन् । र, उनलाई ¥याम्पमा उत्रने अवसर मिल्यो ।   ‘निश्चित उमेरमा पुगेपछि हामी आफुलाई एउटै ढर्रामा हिँडाउन चाहन्छौं’ ५८ वर्षीया मुक्ता भन्छिन् ‘आफ्नो पहिचान बनाउन र आर्थिकरुपमा निर्भर हुन फरक सक्रियता आवश्यक हुन्छ ।’   सेतै हुँदै गएको कपालमा कालो रंग लगाउन छाडेपछि आफुमा आत्मविश्वास बढेको भन्दै उनले आफुलाई झन् फिट र स्टाइलिस देखिएको बताएकी छिन् । उनले उमेर, कपाल र पहिरनकाकाण कसैले पनि आफ्नो मजाक नगरेको उल्लेख गरिन् ।   ‘अहिले परिवार झन् खुशी छ र मलाई सपोर्ट गरिरहेका छन्’ मुक्ताले सुनाइन् । 

काठमाण्डौ:  लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ ।   हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।   पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।   यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।   काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।