पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:   ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताउनुभयो ।  ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।  धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ । ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ । रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ ।  कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताउनुभयो । प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उहाँले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व रहेको बताउनुभयो । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।   चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ । आर्थिक सर्वेक्षण अनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ ।    आर्थिक सर्वेक्षण अनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । 

पोखरा:   नेपाल पहिलो पटक मुवाथार्ई खेलको डोजो क्लबस्तरीय च्याम्पियनसीप पोखरामा असार १६गते आयोजना हुने भएको छ ।  मुवाथाई खेलको विकास एवं प्रवर्द्धन तथा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था स्ट्रोङ्गेष्ट मुवाथाई नेपालले जनाएको हो । उक्त प्रतियोगिता यहि असार १६ गते शनिबार पोखरा रंगशालास्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजना गरिने स्ट्रोङ्गेष्ट मुवाथाईका डाइरेक्टर रुपक नेपालीले जनाएका छन् । प्रतियोगितामा कूल ३० जना खेलाडीहरुको सहभागिता रहने छ जस मध्ये २ जना काठमाडौं र ५ जना स्याङजा जिल्लाबाट सहभागिता हुने डाइरेक्टर नेपालीले जनाए । प्रतियोगितामा कुल ३० प्रतिस्पर्धा (फाइट) हुने छ । विजेता खेलाडीहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता नेपाल राष्ट्रिय मुवाँथाई र नेपाल मुवाथाई अर्गनाइजेशनको विशेष सहयोगमा हुने नेपाल मुवाथाई अर्गनाइजेशनका अध्यक्ष खगेन्द्र क्षेत्रीले जनाएका छन् । “यो प्रतियोगिताले नेपालमा मुवाथाई खेलको विकास एवं प्रवर्द्धनका लागि ठूलो सहयोग पुग्नेछ” अध्यक्ष क्षेत्रीले भने–“यसले मुवाथाइको ‘फाइट कल्चर’ स्थापित गर्न समेत उत्तिकै महत्वपूर्ण भूमिका खेल्नेछ ।”

पोखरा:  प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितमा समूह ‘डी’ तर्फको विजेता र उपविजेता बन्दै पर्वत र बागलुङ क्वाटरफाइलन प्रवेश गरेको छन् ।  गण्डकी प्रदेशको ११ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा ११ जिल्लालाई चार समूहमा विभाजन गरिएको छ । चारसमूह मध्ये समूह ‘डि’ तर्फको खेलमा जिल्ला भलिबल संघ पर्वतले बागलुङलाई २–० सोझो सेटमा पराजित गर्दै पर्वत समूह विजेता बन्दै क्वाटरफाइनल स्थान पक्का गरेको हो । पर्वतसँग पराजित भएको बागलुङ समूह उपविजेता बन्दै क्वाटरफाइलन प्रवेश गरेको छ ।  पर्वतले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१५ को सेटमा बागलुङलाई पराजित गरेको हो ।  समूह ‘ए’ को पहिलो खेलमा जिल्ला भलिबल संघ म्याग्दीले कास्कीलाई सोझो सेटमा पराजित गरेको छ । म्याग्दीले पहिलो सेट २५–०६ र दोस्रो सेट २५–१० ले जिल्ला भलिबल संघ कास्कीलाई पराजित गरेको हो ।  यस्तै समूह ‘बी’को पहिलो खेलमा जिल्ला भलिबल गोरखाले तनहुँलाई २–० को सोझो सेटमा पराजित गरेको छ । गोरखाले पहिलो सेट २५–१९ ले तनहुँलाई पराजित गरेको थियो । दोस्रो सेटमा १५–२० ले पछाडि परेको गोरखाले उत्कृष्ट पूनरागमन गर्दै २५–२१ ले तनहुँलाई पराजित गरेको थियो ।  समूह ‘सी’ तर्फको पहिलो खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले मुस्ताङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले पहिलो सेट २५–०४ र दोस्रो सेट २५–१४ ले मुस्ताङलाई पराजित गरेको हो ।  यस्तै समूह ‘ए’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल कास्कीले लमजुङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । कास्कीले पहिलो र दोस्रो सेट क्रमशः २५–१९, २५–१९ ले पराजित गरेको हो । पहिलो खेलमा म्याग्दीसँग २–० को सोझो सेटमा पराजित भएको कास्कीले दोस्रो सेटमा लमजुङलाई पराजित गर्दै क्वाटरफाइलनमा पुग्ने सम्भावना कायमै राखेको छ ।  यस्तै समूह ‘बी’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुरले गोरखालाई २–१ को सेटमा पराजित गरेको छ । नवलपुरले पहिलो सेट ०९–२५ ले गुमाएको नवलपुरले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२२ र तेस्रो सेट २५–१६ले गोरखालाई पराजित गरेको हो ।  यस्तै समूह ‘सी’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल मनाङले मुस्ताङलाई २–० सेटमा पराजित गरेको छ । प्रतिस्पर्धात्मक रुपमा भएको पहिलो सेट मनाङले २६–२४  दोस्रो सेट २५–२० ले जितेको हो । समूह चरणको दुवै खेलमा पराजित भएको मुस्ताङ खेलबाट बाहिरिएको छ । समूह ‘सी’ बाट समूह विजेता र उपविजेता बन्दै क्वाटरफाइलन प्रवेशका लागि जिल्ला भलिबल संघ स्याङ्जा र मनाङबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।  ११ जिल्लालाई चार समूहमा विभाजन गराएर सञ्चालन भएको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भएको छ । शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका खेल सञ्चालन हुनेछ । लिग चरणतर्फ समूह ‘ए’ तर्फ जिल्ला भलिबल संघ म्याग्दी र लमजुङ, समूह ‘बी’ तर्फ जिल्ला भलिबल तनहुुँ र नवलपुर र तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६ गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।  प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र  तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।   

फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ ।    केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिलेसम्म प्रहरीले एक सय ५० जनालाई पक्राउ गरेको छ ।   गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनहरूलाई निसाना बनाएर आक्रमण गरेका बताउनुभएको बीबीसीले जनाएको छ । फ्रान्सको राजधानी पेरिसमा अस्ति मङ्गलवार एक युवाले ट्राफिक जाँचका लागि कार नरोकेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेका युवाको केही पर पुगेपछि कार दुर्घटनामा ज्यान गएको थियो ।   युवाले प्रहरीलाई किच्ने नियतका साथ कार चलाएको पेरिस प्रहरीको दाबी छ तर सीसीटीभी फुटेजमा भने प्रहरीले कारको झ्याल नजिकै पुगेर र एकैछिन रोकिएरमात्रै गोली चलाएको देखिएको छ ।   राष्ट्रपति इमानुयल म्याँक्रोले गोली प्रहार अक्षम्य बताएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।

पोखरा: पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन चयन भएका छन् ।    पोखरामा सम्पन्न क्रिकेट प्रेमीहरुको भेलाले पुनको अध्यक्षतामा ७ सदस्यिक कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द प्रधान  सचिवमा कपिल देव गौतम तथा कोषाध्यक्षमा ऋषिकेश सर्मा पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा भरत थापा, देवी लामा, र अभिनय श्रेष्ठ चयन भए ।   नवनिर्वाचित अध्यक्ष पुनले कास्कीमा ग्रासरुट क्रिकेट विकासका लागि अभियानको थालनी गर्ने बताए । यसका लागि पोखरा महानगर अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा क्रिकेटका कार्यक्रमहरु सञ्चालन गरिने उनले जनाए ।   पोखरामा रहेका विभिन्न क्लवहरुविच क्रिकेटका प्रतिस्पर्धात्मक कार्यक्रम गरिने, खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिइने, महानगरभित्रका वडाहरुविच वडा कप प्रतियोगिता आयोजना लगायतका कार्यक्रमहरु अघि सारिने पुनको भनाई छ । त्यसैगरि अन्तर महानगरिय मेयर कप क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने समितिको योजना रहेको अध्यक्ष पुनले बताए । यि सबै कार्यक्रमका लागि कास्की जिल्ला क्रिकेट संघसंग समन्वय गरिने पुनको भनाई छ ।   पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको विशेष उपस्थितीमा उक्त समिति निर्माण गरिएको हो । सो अवसरमा खड्काले नेपालमा क्रिकेटको लोकप्रियता निकै माथि पुगेको बताए । ‘हाम्रो देशले विश्वकप खेल्न सक्ने खेल क्रिकेटनै हो, यसमा सम्भावनानै सम्भावना छ’–खड्काले भने । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै समितिका आगामी कार्यक्रमहरु सफल पार्न समितिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । 

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुुद क्षेत्रको विकास गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।  पोखरामा आज (बिहीबार)देखि सुरु भएको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।  ‘गण्डकी प्रदेशमा खेलकुद विकास गर्न प्रदेश सरकार लागि परेको छ, युवाहरुको चाहना अनुसार नै खेलकुदमा प्रोत्साहन सबैले गर्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘खेलकुदलाई पर्यटनसँगै जोडेर लैजानुपर्छ, शाहसिक खेलकुदलाई पर्यटनसँग जोड्न सके खेलकुद क्षेत्रको विकास अझै छिटो गर्न सकिन्छ ।’ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएको बताईन् ।  ‘विभिन्न भू-भागमा मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएका छन्, युवाहरुलाई गलत क्षेत्रमा लाग्नबाट रोक्न खेलकुद क्षेत्रको विकास गर्न आवश्यक छ’मन्त्री सिंखडाले भनिन्, ‘खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रलाई विश्वमा चिनाएका छन्, त्यसैले खेलकुद क्षेत्रको विकास गर्न सबै एकजुट भएर जान आवश्यक छ ।’ मन्त्री सिंखडाले भलिबलसँग अन्य खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको बताईन ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।  प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र  तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।   

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ ।   आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो । आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

काठमाण्डौ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताउनुभएको छ ।    बिहीबार आज काठमाण्डौमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताउनु भएको हो ।    उहाँले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताउनु भयो । उहाँले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भएको छ ।    उहाँले भन्नुभयो, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । दुस्खद् कुरा हो यो । हाम्रो देश जस्तो सभ्यताको जग बसाल्ने, सभ्यता शुरु गर्ने, सभ्यताको दियो बाल्ने, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्काउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।’   अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताउनु भयो ।  

साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।   हिजो कारमा आएका एक बन्दुकधारी जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय भने खुलेको छैन ।   नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन् । यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ ।   दूतावासले घटनाको अनुसन्धानका लागि साउदी अरबका अधिकारीहरुसित सम्पर्कमा रहेको जनाएको छ । घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ । यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए ।   सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए । घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए ।   यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो । घटनामा तीन जना आक्रमणकारी मारिएका थिए भने दुई जना पक्राउ परेका थिए ।   यस्तै, सन् २००४ मा पश्चिमी देशका नागरिकलाई लक्षित गरी आक्रमण भएका थिए । त्यतिबेला विद्रोही समूह अल कायदाले आक्रमण गराएको दाबी गरिएको थियो ।