पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

तनहुँ:  भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्टले आफ्नै श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।    जिल्ला प्रहरी कार्यालय तनहुँले विष्टलाई सार्वजनिक गर्दै प्रारम्भिक बयानका क्रममा घाँटी थिचर हत्या गरेको स्वीकारेको एसपी अबदेश विष्टले बताए ।    उनका अनुसार मनोजले आफ्नो श्रीमती (व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला) को अर्कै प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेका थिए ।    मनोज र रंगिलाले गत बैशाख १ गते ७ महिनाको प्रेम सम्बन्धपछि विवाह गरेका थिए ।   मनोजले श्रीमतीको हत्यापछि व्यास–४ चिहानडाँडा नजिकैको ह्युम पाइपभित्र बोरामा हालेर फ्याँकेका थिए ।     अनुसन्धानको क्रममा शवको पहिचान भएपछि सोही आधारमा अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ । 

ढोरपाटन:    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए ।  स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहिचान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो । पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए । सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जना भएको थियो । पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन । पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो । दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो । दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदलसमेत विवाद टुङ्याउन सकेन ।  दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरि सडक निर्माण गरिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । विवाद टुङ्गाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको उहाँको भनाइ छ । सहमतिविपरीत भूमे गाउँपालिकाले विवाद नटुङ्ग्याइ काम गरिरहेको अध्यक्ष घर्तीमगर भन्नुहुन्छ । “पहिले सीमाको बारेमा कुनै विवादनै थिएन, जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पातीहाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दावी गर्न थाल्यो”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यो भू–भाग बागलुङकै हो, यहाँ वर्षौंदेखि बागलुङै मान्छेले उपयोग गर्दै आएका थिए, विवाद मिलाउन धेरै पटक प्रयास भएका थिए, सफल नर्भपछि विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति ग¥यौँ तर उहाँहरुले अहिले काम गरी राख्नुभएको छ ।” मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका–६ का स्थानीय पानबहादुर विकले बताउनुभयो । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पयर्कट आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला यो ठाउँ सुनसान थियो, गोठालाबाहेक अरु कोही आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पातीहाल्नेमा घर बनेर व्यापार पनि सुरु भएको छ, दिनदिनै गुम्न आउनेको भीड हुन्छ, वर्षौंदेखि हामीहरुले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरुको भनेर स्वीकार गर्ने रु यो विवाद राज्यले मिलाउनुपर्छ ।”

पोखरा:  विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम पोखरा सम्पन्न भएको छ ।    शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले शिक्षा समाज परिवर्तन र विकासको मेरुदण्ड भएको हुँदा महत्वका साथ हेरेको बताउनुभयो । म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि भन्ने नाराले सम्रग शिक्षामा सुधार गर्नुपर्ने विषय समेटेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी शैक्षिक कार्यक्रमहरु अझै प्रभावकारी बनाएर अगाडी बढ्ने बताउनुभयो ।   शिक्षा निर्देशनालयका उपसचिव मोतिलाल शर्माले स्वागत तथा उदेश्य बारे जानकारी र उपसचिव नारायण पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट शिक्षा तर्फको शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका प्रमुख तोयनाथ लम्साल र स्वास्थ्यको तर्फका सचिव विनोद विन्दुशर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी सुन्दरबजार नगरपालिकाको अभ्यास प्रस्तुति उपसचिव ठाकुर जी तिवारीले गर्नुभएको थियो । विषयगत शिक्षक समुह गठन तथा परिचालन सम्वन्धी मापदण्डको बारेमा शिक्षा निर्देशनालयका उपसचिव नारायण पौडेलले प्रस्तुति गर्नुभएको थियो ।   कार्यक्रम शिक्षा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका आचार्यको अध्यक्षतामा भएको हो । निर्देशक आचार्यले पहिलो पटक नयाँ कार्यक्रम, नौलो ढंगले गदै गण्डकी प्रदेशलाई शैक्षिक गन्तव्यको थलो बनाउने दाबी गर्नुभयो । यस्तो किसिमको कार्यक्रम गर्ने गण्डकी प्रदेश पहिलो प्रदेश हो । शिक्षक समुह गठनबाट सम्वन्धित विषयका शिक्षकहरुलाई शिक्षण गर्दा आईपरेका समस्याको समाधान निकाल्न सहयोग पुग्नेछ । पछिल्लो समय गणित, विज्ञान र अग्रेजी पढाउने शिक्षक पनि कम, प्रतिस्पर्धा पनि कम र पढ्ने विद्यार्थी पनि कम भएको हुँदा यसलाई पनि सुधार गर्ने बताउनुभयो ।    विद्यार्थीलाई केन्द्रीकृत गरेर उहाँले प्रदेशले शैक्षिक महोत्सव र शैक्षिक सामग्री निमार्ण कार्यशाला गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशको स्थानीय तह शिक्षा युवा तथा खेलकुद महाशाखा÷ शाखाका प्रमुखको सहभागीता रहेको थियो ।

पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।   १० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका थिए । तालिममा बोल्ने कलाका विषयमा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्ल, मानवअधिकारका विषयमा इन्सेक गण्डकीका संयोजक शिब खकुरेल, मनोविद विजय राईले प्रशिक्षण प्रदान गरेका थिए ।    समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको १ बर्ष सकिएको तथा अब ४ बर्ष अझै जुझारु ढंगले वडाको विकासमा समर्पित हुने दावी गर्नुभयो । युनिटी टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्र बहादुर कंडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाए मात्रै तालिमको औचित्य हुने बताउनुभयो । उहाँले यस्ता सृजनात्मक तालिमहरुले मानिसमा अब्यक्त  प्रतिभा प्रस्फुटन हुने साथै बोल्नेकलाले नै नेतृत्वकलाको विकास हुने बताउनुभयो ।   उक्त अवसरमा टोलका तर्फबाट पोखरा महानगरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सान्तन्वा स्थान हासिल गर्ने सुमित्रा लम्साल, कविता अधिकारी र लक्ष्मी अधिकारी तथा प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टोलका चोकबहादुर थापा र थमनसिंह थापालाई सम्मान गरिएको थियो ।    कार्यक्रममा युनिटी टोल विकास संस्थाबाट तालिममा सहभागीहरुले तालिममा सिकेका अनुभवका बारेमा बोलका थिए । तालिममा लक्ष्मी लामिछाने अधिकारी, रामबहादुर कार्की, शुशिला गुरुङ, कविता अधिकारी, सुवेदार मेजर चन्द्रबहादुर क्षेत्री, गीता अधिकारी, जेजुनाथ लम्साल, छलिमाया कँडेल, प्रविण गुरुङ्ग, अनिता थापा, सुमित्रा लम्साल, शारदा केसी, गौतम क्षत्री, तारा गुरुङ, रिता गुरुङ, स्मृति गुरुङ, अनुषा कार्की सहभागी थिए ।   

काठमाडौं:    नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले  जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका अन्य भू-भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन फैलिँदै जाने छ ।  यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक–फरक हुने जनाइएको छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । गत वर्ष भने औसतमै वर्षा भएको थियो । नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगले बताउनुभयो । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ । पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

काठमाण्डौ:  बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएको छ ।    बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।   कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेको अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।    सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो ।   तर, गएराति वर्षासँगै आएको बाढीले फेरि ह्युमपाइप र वरपरको सडक कटान गरेको छ ।   

तनहुँ: तनहुँकाे व्यास नगरपालिकामा आमा र नवजात शिशुको  ज्यान गएकाे छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुकाे पोखरामा रहेकाे क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएकाे हाे ।   मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुकाे ज्यान गएकाे भन्दै छानबिनको माग गरेका छन्।    छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपाेर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताउनु भएकाे छ ।    पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताउनु भयाे ।    चीजबहादुरले भन्नुभयो,  'छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।'  

पोखरा:  पोखराको लेकसाइडस्थित पूर्वराजपरिवार बस्दै आएको रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा खुल्ला गरियो ।    सबैले रत्नमन्दिर दरबारको रहस्य बुझ्न अवसर पाए भन्ने ठानेपनि अझै पनि रहस्य रत्नमन्दिरको ढोका भित्रै सिमित छ ।   मन्दिरको परिसर मात्र खुल्ला भएपछि पहिलो दिन नै रत्नमन्दिर कहिले खुल्छ भन्ने स्थानीय र पर्यटकको प्रश्न थियो । तर अहिलेसम्म पनि उक्त प्रश्नको उत्तर नेपाल ट्रष्टले दिन सकेको छैन ।     विभिन्न कारण देखाएर रत्नमन्दिर खुला नगरिएको मन्दिरको मुल ढोका छिटै खुला गर्ने तयारी रहेको बताइएको छ । करिब १ सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको रत्न मन्दिरलाई पाँचवटा क्षेत्रमा विभाजन गरिएको छ । जसमा सर्वसाधारण र पर्यटकका लागि पाँच क्षेत्रमध्ये क्षेत्र नं.१ र २ मात्र खुलाइएको हो ।  भिडियो:     यो क्षेत्रमा केवल बगैचासहितको पार्क छ । टिकट लिएबापत रत्नमन्दिरको बाहिरी आवरण मात्रै नियाल्न पाइन्छ । उ बेलाको राजपरिवारको बसाइको भित्री रहस्य भने बन्द रत्नमन्दिर भित्रै लुकेको छ ।    रत्मन्दिरको परिसर खुला भएको दुई साता बितेको छ । यो समयावधिमा नेपाल ट्रष्ट पोखरा इकाई कार्यालयको तथ्याङ्कमा एक दर्जन पनि विदेशी पाहुना भित्रिन नसकेको उल्लेख छ ।  ‘प्रवेश शुल्क कति लाग्छ र कहिले–कहिले खुल्छ भनेर हामीले गेटमै सूचना राखेका छौ, नेपाल ट्रष्ट पोखरा इकाईका प्रमुख गीता मीजारले सुनगाभा न्यूजसँग भनिन्, ‘विदेशी पाहुनाहरु टिकटघरसम्म पुग्नुहुन्छ महंगो भएको थाहापाएपछि फर्किनुहुन्छ । नत्र त विदेशी नआउने होइन । टिकटघरसम्म पुग्ने त नेपालीहरु भन्दा विदेशीहरु धेरै हुनुहुन्छ ।’   उनका अनुसार गत आइतबारसम्म कुल २ हजार ८ सय ४४  जना आन्तरिक पर्यटक र ११ जना बाह्य पर्यटक रत्नमन्दिर परिसरमा भित्रिएका छन् । जुन आन्तरिक पर्यटकको तुलनामा विदेशी पाहुनाको अनुपात अत्यन्तै कम हो ।    सो टिकटदरको विषममा सुझाव संकलन गरि मन्त्रालय पठाएको मिझारे बताइन् । ‘हामीले दुई प्रकारका गुनासो नोट गरेका छौं । बाह्य पर्यटकहरुको टिकटदर महंगो भएको विषय र आन्तरिक पर्यटकको रत्नमन्दिरको मुल ढोका खुल्नुपर्ने गुनासो । यी गुनासोहरुलाई हामीले माथि (पर्यटन मन्त्रालय) पठाइसकेका छौ । छिटै सकारात्मक उत्तर आउला,’ उनले भनिन् ।   उनका अनुसार आन्तरिक पर्यटकका लागि १ सय रुपैयाँ, ज्येष्ठ नागरिक र बालबालिकालाई ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ भने वाह्य पर्यटका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ । यही महंगी टिकटदरकै कारण बाह्य पर्यटक टिकटघर पुगरे फर्किने गरेका हुन् ।   उनले आन्तरिक पर्यटकहरुबाट संकलित सुझाबका अनुसार नेपालीहरुनै पनि सन्टुष्ट नभएको सुनाइन् । ‘अहिलेसम्म हेर्दा नेपाली पाहुनाहरु पनि सन्टुष्ट भएको पाएको छैन, उनले भनिन्, ‘टिकटदर अनुसार भित्र पार्कमा जाने र दरबारको बाहिरी आवरण मात्रै हेरेर फर्किने भएको छ । उहाँहरु एक पटक पछि अर्काे पटक फेरि भित्र जाने वातावरण मिलाउन सकेका छैनौं । त्यो बारेपनि हामीले सोचिरहेका छौ ।’    नेपाल ट्रष्टको मातहतमा रहेको रत्नमन्दिर दरबार अवलोकनका लागि आइतबार बिहान १० देखि २ बजेसम्म टिकट खुल्ला हुने र ३ बजेसम्म पर्यटकहरुले अवलोकन गर्न पाउनेछन् । यस्तै सोमबार बन्द रहन्छ भने मंगलबार देखि शनिबारसम्म १० देखि ५ बजेसम्म परिसर खुल्ला रहँदै आएको छ ।    नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ ।      रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४–४–२–० रोपनी क्षेत्रफलमा फैलिएको  छ । राजा महेन्द्र साविकको पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्न आउँदा रत्न मन्दिरमा बस्थे ।    रत्नमन्दिर परिसरको कुन क्षेत्रमा के छ ?   नेपाल ट्रष्टको कार्यालयले रत्न मन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्र मध्ये क्षेत्र १, रत्न मन्दिर परिसरको मूलद्वार र फेवाद्वार (भित्री पूर्वी गेट)को बीचको खुल्ला क्षेत्र हो । यो क्षेत्रको दक्षिणतिर २ वटा र उत्तरतिर १ वटा भवन रहेका छन् ।    क्षेत्र नं.२, फेवाद्वार (भित्री पूर्वी गेट) र बेगनासद्वार (भित्री पश्चिम गेट) भित्रको क्षेत्रलाई जनाएको छ, यो क्षेत्रमा ऐतिहासिक रत्नमन्दिर दरबार, तालघर, नानीगंग तथा मोटर ग्यारेज रहेका छन् । यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलका बिरुवाहरु संरक्षित छन् ।    क्षेत्र नं.३, रत्न मन्दिरको उत्तर–पश्चिममा पर्ने यो क्षेत्रमा पुरानो हेलिप्याड रहेको छ, यस क्षेत्रमा ए.डी.सी अफिस र गोदाम घर रहेका छन्, यहाँ राजाको क्षेत्रीय भ्रमणका बेला प्रयोग ल्याइने घर समेत रहेको छ ।    क्षेत्र नं.४, यो क्षेत्र कर्मचारी तथा सैनिक आवासीय क्षेत्र र खुल्ला चौर मैदान भएको क्षेत्र पर्दछ, यो क्षेत्रमा ३८ कोठा भएको घर रहेको छ । हाल यो क्षेत्र नेपाली सेनाले संरक्षण तथा प्रयोग गर्दै आएको छ ।    क्षेत्र नं.५, यो क्षेत्रमा बाराही मन्दिर तर्फ जाने पक्की बाटो भन्दा उत्तर पश्चिमको खुल्ला जमिन र ३ वटा कोठा भएको १ भवन रहेको छ । यो क्षेत्रलाई हाल नेपाली सेनाले खेल मैदानको रुपमा प्रयोग गरिरहेको छ ।    ११ कोठे दरबार   रत्न मन्दिर दरबारभित्र ११ वटा कोठा रहेका छन् ।   पहिलो कोठालाई तत्कालिन राजा रानीको शयन कक्ष, कोठा न.२ पोखरा सवारीको बेला रानीद्धारा पूजा आजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, कोठा न.३ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी राजाका छोरी ज्वाईहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ४ शाही नातेदार तथा वरिष्ठ पाहुनाहरुको शयन कक्ष, यो कोठामा स्व. विपी कोइराला पनि बास बस्नुभएको कुरा उहाँको आत्मवृतान्तमा उल्लेख छ ।    कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी युवराज र युवराज्ञीहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, कोठा नं. ७ मनोरञ्जन कक्षको रुपमा विशेष गरी म्युजिक सुन्ने बजाउने, रेडियो सुन्ने, क्यारमबोर्ड खेल्ने प्रयोजनार्थ प्रयोग गर्ने, कोठा नं. ८ आराम कक्ष, राजाले नुहाउने क्रममा कहिलेकाँही प्रयोग गरिएको , कोठा नं. ९ डाइनिँग हल, कोठा नं. १० भेटघाट गर्ने लक्ष्य, रत्नमन्दिर दरबार तथा अन्य भवनमा बस्ने व्यक्तिहरुले पाहुना भेटघाट गर्ने तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने प्रयोजनका लागि ल्याएको, कोठा नं.राजाका मूख्य एडीसीको शयन कक्ष रहेको छ । 

काठमाडौं:     चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।  इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले  भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्क सिएनएनले जनाएको छ । इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको एक विज्ञप्ति निकालेर बताएको छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो । रासस/एएनआई