पोखरा: गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् । यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ । पूर्ण पाठ:
पोखरा: स्वतन्त्र उम्मेदवारबाट काठमाडौका मेयर बनेका बालेन शाह पदभारपश्चात नक्सापास र मापदण्ड विपरित बनेका संरचनामाथि डोजर हान्न निस्किए । त्यो कार्यलाई निरन्तरता दिए र अनअपेक्षा अनुसारको कार्यसम्पादन गरेको भन्दै ह्वात्तै प्रशंसा बटुले । त्यसपछि त्यसको दवाब विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुखहरुलाई पर्याे । यस्तै पोखरा महानगरपालिकाको मेयर धनराज आयार्यलाई पनि त्यो दबावले अछुतो राखेन । उनले अण्डरग्राउण्डमा सञ्चालन गरिएका व्यवसायीहरुलाई हटाउँदै पार्किङकै रुपमा प्रयोग गर्नुपर्ने सूचना जारी गरे । ३५ दिने अल्टिमेटमपछि डोजर साथमा बोकेर निस्किए । उनले केही दिन अगाडि फेवातालको सिमसार क्षेत्रमा कृषिका लागि भन्दै पुरेको जग्गा र अनधिकृत रुपमा गरिएका प्लटिङमा डोजर चलाएका थिए । आज (शुक्रबार) उनकै निर्देशनमा फिर्के खोलाको बहाव नै परिवर्तन गर्ने गरी बनाइएको संरचनामा डोजर चलाएको छ । पोखरा महानगरपालिका ९ स्थित रहेको सगरमाथा बोर्डिङ स्कुलले फिर्केखोलाको मापदण्ड मिचेर बनाएको रिटेनिङ वालमा महानगरले शुक्रबार डोजर लगाएर भत्काएको हो । स्कुल व्यवस्थापन समितिलाई यसअघि मापडण्ड विपरित कुनै पनि संरचना नबनाउन सुचित गरेको बताउदै नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले आदेश अवज्ञा गरेकाले डोजर चलाउन बाध्य भएको बताए । ‘संरचना बन्नु अगाडि नै हामीले सगरमाथा बोर्डिङलाई फिर्केखोलाको मापदण्ड विपरित संरचना नबनाउन सूचना दिएका हौें’, उनले भने, ‘महानगरपालिकाको सूचना विपरित बोर्डिङले खोलाको बहाव परिवर्तन गर्ने गरी संरचना बनाएपछि डोजर लगाएर भत्काएका हौं ।’ थापाले फिर्के खोला आफ्नै लयमा बग्न पाउनुपर्ने बताए । ‘फिर्केखोलाको आफ्नै महत्व छ । यसको संरक्षणको जिम्मा महानगरको मात्रै होइन । आम नागरिकको पनि हो, के फिर्केखोला आफ्नै लयमा बग्न पाउँदैन ?,’ उनले प्रश्न गरे । उनले फिर्के खोलाको मापदण्ड फिचेर बनाएका व्यक्तिगत घर तथा भवन, समाज घरलाई भत्काएर फिर्केखोलाको मापदण्डलाई कार्यान्वयन गर्ने बताए । उनका अनुसार पोखरा महानगरपालिकाले अहिले फिर्केखोलाको दायाँ र बायाँ दुवैतर्फ १०÷१० मिटर मापदण्ड कायम गरेको छ । महानगरको डोजरले भत्काएको यो पहिलो संरचना भने होइन । महागनरले पटकपटक फिर्के खोलामा मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएर भत्काउँदै आएको छ ।
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका मेयरको निर्देशनमा बिहीवार भत्काएपछि आज शुक्रवार प्राधिकरणले शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट नं. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२/३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०/२/३२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’ यसैगरी प्राधिकरणले सत दिनभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले शाहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ ले वडाका दलित महिलालाई लक्षित गरि आयोजना गरेको ३ दिने उद्घोषण तथा माइनुट लेखन तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्रका सबै क्षेत्रमा आवश्यक्ता अनुसारको योजना र सामाजिक सशक्तिकरणका कार्यक्रम निरन्तर संचालन गर्ने बताउनु भयो । जनप्रतिनिधिलाई झक्झकाउने काम वडावासीको रहेको बताउदै , वडावासीको सक्रियताले मात्र वडाको समग्र विकास हुने बताउनु भयो । तालिममा सहभागीहरुको उत्साहलाई देखेर आगामी दिनमा अझ प्रभावकारी र स्वरोजगारमुखी सिपमुलक कार्यक्रम संचालन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । प्रशिक्षक रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारीले तालिम छोटो समयको भएता पनि महिला दिदि बहिनीको सक्रियताले प्रभावकारी भएको बताउनुभयो । सिकेका कुरालाई व्यवाहारमा उतार्न उहाँले सहभागी सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमा सहभागीको तर्फबाट सविना परियार, सम्झना परियार र भावना परियारले आफ्नो अनुभव सुनाउदै तालिम निकै प्रभावकारी भएको बताए । पोखरा ७ को घारीपाटन क्षेत्र अन्य क्षेत्रको तुलनामा अलि पछि परेको बताउदै महिलाहरुलाई आय आर्जनमा जोड्ने सिपमुलक तालिम पनि राख्न उनीहरुले आग्रह गरे । वडा नं. ७ का महिला जनप्रतिनिधि तथा कार्यक्रम संयोजक सुनिता सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पोखरा ७ का वडा सचिव राजेन्द्र पौडेलले गर्नुभयो । तालिममा ४५ जनाको सक्रिय सहभागीता थियो ।
पोखरा: लुम्बिनी प्रदेशको रुकुम र रोल्पा क्षेत्रमा मनाइने भूमे पर्व पोखरामा पनि पहिलोपटक धुमधामकासाथ मनाइएको छ । रुकुमेली एकता समाजले पोखरा महानगरपालिका ५ मा आज (शुक्रबार) धुमधामकासाथ भूमी पुजाको आयोजना गर्दै भूमे पर्व मनाएको हो । रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनारका अनुसार असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ । उनले पुख्र्यौली थलोमा जस्तै पोखरामा पनि भुमी पुजा गर्दै पर्व मनाएको बताए । ‘यो पुजालाई विशेष पर्वकै रुपमा पोखरामा पनि मनाएका छौ, अध्यक्ष सुनारले भने, ‘यसले पश्चिमेली समुदायबीचको आपसी सद्भाव कायम गर्ने मात्र नभएर एक आपसमा चिनजानको वातावरण पनि मिलेको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तरता दिने छौं ।’ प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् । पोखरामा मनाइएको सो पर्वमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबास गर्ने रोल्पाली र रुकुमेलीहरु पनि सहभागी थिए । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । थप तस्बिर:
पोखरा: गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम भएको छ । सैनिक आवासीय महाविद्यालयको प्रोजेक्ट प्रथम भएको हो । यस्तै, पोखराको सृजना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखरा छन् । उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री माननीय सुशीला सिंखडाले पुरस्कार वितरण गरिन् । प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छन् । यसैबीच, सो—अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन् । फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टको ५० स्टल राखिएका थिए । पोखरामा आयोजित फेस्टिभलले शैक्षिक गुणस्तरियतामा प्रभावकारी कदम चाल्ने विश्वास मन्त्री सिंखडाको छ । उनले गण्डकी प्रदेशका लागि नौलो कार्यक्रम भएकाले यसको निरन्तरताको आवश्यकतालाई औंल्याएकी छिन् । सरकारले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा नीजि क्षेत्रबाट भएका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने भनाई उनको छ । फेस्टिभलमा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सरकारको नीति तथा कार्यक्रम समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका पनि डिजिटल महानगरका रुपमा अगाडि बढेको जानकारी गराए । फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे । उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए । सरकारको सहयोग अहिले सिमित रहेता पनि कालान्तरमा फेस्टिभलको महत्व सरकारी निकायमा अझ बढ्दै जाने विश्वास उनको छ ।
काठमाण्डाै: नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरूकाे भूमिकाकाे अवमूल्यन नगर्न चेतावनी दिनुभएकाे छ । प्रधानमन्त्री बनाउन आफूहरूको पनि भूमिका रहेको भन्दै त्याे भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा सांसद घिमिरेले प्रधानमन्त्री बनाउन आफूहरूकाे पनि भूमिका रहेकाे भन्दै त्याे भूमिकाकाे अवमूल्यन नगर्न प्रचण्डलाई चेतावनी दिनुभएकाे हाे । प्रधानमन्त्री बनाउन आफूहरूले दिएकाे मतको ख्याल गर्न उहाँकाे आग्रह छ । सांसद घिमिरेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिए पनि हात लाग्याे शून्य भएको टिप्पणी गर्नुभयाे । उहाँले पार्टीको समर्थन पाएरमात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रचण्डलाई चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरू पनि हामीजस्ता मान्छेहरू चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानन्त्री पनि हुनुभएको होला । तपाईँहरू एक्लै जितेको हुनाले आज यो स्थानमा पक्कै पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु । सांसदको सरकार बनाउने, नीति निर्माण र कानुन बनाउने, बजेट निर्माण गर्ने र आफ्नो निर्वाचन क्षेत्र र मतदाताप्रतिको कर्तव्य र दायित्व हुन्छ । यी विषयमा हाम्रो भूमिका कहाँ छ ? नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानुन र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने । पचास घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने । यत्ति हो हाम्रो काम ? हामी यसैका लागि सांसद भएका रहेछौँ ? नागरिककाे अपेक्षा के हामीसँग यतिमात्रै हो ? बजेट विनियोजन गर्ने समयमा सङ्घ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताका तलुवा खिए, हात लाग्यो शून्य । तपाईँको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईँलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । तर विगतको इतिहास हेर्नुभएकै छ । आफ्नै बहुमत सरकार असफल बनाइदिएको । पार्टी फुटेको । पार्टीभित्रै पनि चरम गुटबन्दी मौलाएको । हेक्का रहोस् यो त गठबन्धनको सरकार हो । स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो देशको बजेटमाथि हाम्रो पनि अधिकार छ ।’ सांसद घिमिरेले आफ्नै पार्टीका नेताहरूमाथि पनि विभिन्न प्रश्नहरू तेर्स्याउनुभयाे । उहाँले यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनी प्रश्न गर्नुभयो । उहाँले कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरूको पनि भूमिका भएको भन्दै
काठमाडौं: नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा हुन लागेको सन्दर्भमा भट्टराई-प्रचण्ड भेटवार्ता भएको हो । शुक्रबार बिहान भएको भेटमा प्रस्तावित समाजवादी मोर्चा, भारत भ्रमण, संघीय बजेट, शान्ति प्रक्रियाका बाँकी काम लगायतका विविध विषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो,’ भेटपछि डा. भट्टराईले एक ट्वीट सन्देशमा लेखेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डसँग वृहद् समाजवादी मोर्चा निर्माणबारे विस्तृतमा छलफल भएको उनले बताए । ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी’ भएको भट्टराईले उल्लेख गरेका छन् ।
पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्ने भएको छ । यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा कम आउने मन्त्रालयसम्बद्ध स्रोतले जनाएको छ । चालु आर्थिक वर्षमा गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ रहेको छ । तर यस वर्षमा अनुमानित ३३ अर्ब रुपैयाँकोमात्रै बजेट आउने अनुमान गरिएको छ । संघ सरकारले चालु पुँजीमा कम बजेट राखेको प्रभाव यहाँको बजेटमा देखिने भएको छ । गण्डकीमा लक्ष्यअनुसारको कर उठ्न नसक्नुको परिणाम बजेटमा देखिएको छ भने संघ सरकारबाट दिइने समानीकरण अनुदान पनि १ अर्ब रुपैयाँले घटेको छ । आज दिउँसो ३ बजे अर्थमन्त्री जीतप्रकाश आलेमगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

