पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:    आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।  नेपालले दिएको २ सय ९१ रनको लक्ष्य घरेलु टोली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायो । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ सोमपाल कामी र गुलसन झाले १र१ विकेट लिए ।   हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए । आजदेखि सुरु भएको विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ । समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

काठमाडौं:     अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारले ४० लाखसम्म लिएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन्।  पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो।  गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो। उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताउनुभयो।  उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ। केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताउनुभयो।  कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो। त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो।  उनीहरुले ७४  करोड कारोबार गरेको फेला परेको थियो। एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो। उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

काठमाडौं:    महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गरेका छन् ।  भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आज आइतवारसम्म पनि नहटाएकोले भोलिदेखि काठमाडौं महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताएका छन् ।  नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपालीको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देश नरहेको शाहको भनाइ छ ।      

स्याङ्जा:   पोखराबाट भैरहवा छुटेको बसमा स्याङ्जाको गल्याङमा एक्कासी आगलागी भएको छ ।  पोखराबाट भैरहवाका छुटेको ना ७ ख ५३२३ नम्बरको बसमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सिमाना बायाँटारी नजिकै गोलाउदी खोलामा एक्कासी आगलागी भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।  आगलागीबाट कुनै मानविय क्षति नभएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । बसमा आगलागी हुँदा बसको बनोटमा क्षति पुगेको छ । 

काठमाण्डौ: नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिनुभएको छ ।    आइतवार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटको बारेमा गरेको छलफलमा उपाध्यक्ष पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने बताउनुभयो ।    उहाँले भन्नुभयो, ‘हामी सबै सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले पाँच वर्षका लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । हामीले जसमात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईँ एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।’   उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गर्नुभयो ।

काठमाडौं:    विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बावेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । जिम्बावेका रिचर्ड नागरभाले ४ विकेट लिए ।

काठमाण्डौ:   विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको चलिरहेको छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।   प्रतिनिधि सभाको आज आइतवारको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाएका छन् । सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई त्यसबारे स्पष्ट पार्न समय दिएका थिए ।   बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए,  तर सचेतक बर्तौलाले त्यो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट पर्यटन मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका थिए ।

पोखरा:    युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको बताएका छन् ।    पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले सरकारले खेलकुुद क्षेत्रको विकासको लागि निजि क्षेत्रलाई समेत समेटेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।    ‘सरकारले मात्र सबैथोक गर्न सक्दैन, निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्न आवश्यक छ, नभए हामी मात्र अगाडि बढ्न सक्दैनौं’, मन्त्री लिम्बुले भने, ‘यो क्षेत्रमा खेलकुद र खेलाडीलाई सहयोग गर्ने थुुप्रै सहयोगी मनहरु छन् सबैलाई मिलाएर अगाडि बढ्न सके खेलकुुदमा चाँडै फड्को मार्न सकिन्छ ।’   उनले खेलकुदका विभिन्न संघका पदाधिकारीबीच नै आन्तरिक प्रतिस्पर्धाले खेलकुदको विकासमा असर गरेको बताए ।  ‘खेलकुद क्षेत्र खेलकुदकै पदाधिकारीको आन्तरिक प्रतिस्पर्धाका कारण विकास हुन सकेको छैन, यसलाई मिलाउने प्रयासमा नै छौं’, मन्त्री लिम्बुले भने, ‘अहिलेको बजेटमा सरकारले खेलकुद मन्त्रालयलाई प्राथमिकता दिएन, अब खेलकुद मन्त्रालयलाई कसरी सरकारको प्राथमिकतामा राख्न सकिन्छ त्यसरी नै अगाडि बढ्दै छौं ।’   राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवादले खेलकुद क्षेत्रको विकास हुन नसकेको मन्त्री लिम्बुको भनाई छ । ‘राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवाद देखिएको छ, मैले खेलकुद क्षेत्रको विकासका लागि सबैलाई मिलेर आउन आग्रह गरेको छु , विवाद चाँडै मिलाउँछौं ।’ उनले भने ।   

काठमाडौँ:  पूर्वी नेपालमा गएराति आएको भीषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराउनुभएको हो ।   “ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।”   मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिनुभयो । त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लाग्नुभएको छ ।   मन्त्री ज्वालाले भन्नुभयो, “ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत्सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ”, उहाँले भन्नुभयो ।    मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो ।  रासस