पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौ:   आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो खेलमा तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकमा नेपालले  अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । दीपेन्द्रले सौरभ नेत्रवालकरलाई चौका हान्दै खेल सकाए । भीम सार्कीले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण फाइदा उठाए । तीव्र गतिका बलर कायल फिलिपेको १० औं ओभरको अन्तिम बलमा फस्ट स्लिपमा स्टिभ टेलरले क्याच छाड्न पुगेका थिए । भीमको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । यसअघि उनले लिग २ मा युएईविरुद्ध ७० रनको इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगे । कुशल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए । अर्का ओपनर आसिफ शेख १२ रनमा सौरभ नेत्रवालकरको बलमा एलबीडब्लू आउट गरे । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । कुशल स्टिभ टेलरको बलमा लङअफमा सिंहबाट क्याच आउट हुन पुगे । अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक एक विकेट लिए । त्यसअघि जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका सातौं नम्बरका विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनी बाहेक अन्य कुनैपनि अमेरिकाका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यो उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको कुनैपनि खेलको पहिलो शतक थियो । सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । एक समय १८(४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले पावर प्लेमा घातक बलिङ गरेका थिए । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । प्रमुख ब्याटर टेलर आउट भएपछि अमेरिका दबाबमा परेको थियो । नेपालविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका टेलर सुरुवातमै आउट भएपछि नेपाल पावर प्लेमा हाबी बनेको थियो । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए ।   कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

बझाङ:     बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।    दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए ।  उनलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।  दुर्घटनामा मन्त्री सिंह, उनकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

काठमाडौं:     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ । यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ८८ दशमलव शून्य दुईमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता शेयर रु चार अर्ब ११ करोड छ लाख छ हजार नौ सय ५३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैङ्क शीर्ष स्थानमा छ । सो बैङ्कको  रु २० करोड ५७ लाख ५३ हजार नौ सय ६१ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु १९ करोड ४४ लाख २७ हजार तीन सय २१, हिमालयन डिस्टिलरी रु १३ करोड ५९ लाख ८८ हजार तीन सय ७८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १२ करोड ६० लाख ६९ हजार एक सय ८६ र शिव श्री हाइड्रोपावर रु ११ करोड ५७ लाख दुई हजार दुई सय ३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, इन्ग्वा हाइड्रोपावर नौ दशमलव ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलव ८७ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन् । यस्तै, युनिक नेपाल लघुवित्त नौ दशमलव ९९,सानिमा इक्विटी फण्ड आठ दशमलव ८९, माहुली लघुवित्त सात दशमलव ४८,मल्टिप्रपोज फाइनान्स छ दशमलव ३० र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले गुमाएका छन् । 

काठमाडौं:    आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २ सय ८ रनको मध्यम लक्ष्य दिएको छ ।  ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भयो ।   अमेरिकाका शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनमा नट आउट रहे । उनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो । उनले ७९ बलमा शतक पूरा गरेका थिए । एक समय १८–४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई खेलमा फर्काउन उनले सानदार शतक हानेका हुन् । सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । एक समय १८–४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । गतवर्ष टेलरले नेपालविरुद्ध आफ्नो घरेलु मैदानमा १ सय १४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।   नेपालविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका टेलर सुरुवातमै आउट भएपछि नेपाल पावर प्लेमा हाबी बनेको थियो । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् ।

बझाङ:  बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।   दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो ।   मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।   दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ।

पोखरा:  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको पाँच वर्षपछि पारिश्रमिक वृद्धि गरेको छ ।   यसअघि टानले २०७५ सालको मंसिरमा पछिल्लो पटक बढाएको थियो ।   त्यसपछि अहिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी पथ प्रदर्शकका रुपमा खटिने ट्रेकिङ गाइड, सहायक गाइड, सहयोगी मजदुरको दैनिक पारिश्रमिकमा वृद्धि गरेको हो ।   टानका महासचिव विनोद सापकोटाका अनुसार यसअघि पथ प्रदर्शकको  दैनिक पारिश्रमिक २ हजार १ सय  थियो भने अब ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।    यसअघि अन्नपूर्णमा जाने गाइडको ज्याला प्रतिदिन २ हजार १०० रुपैयाँ थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।   अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो ।   सहयोगी श्रमिक/मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९ सय ३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।   यो निर्णय टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमासमेत जानकारी गराइसकेको छ ।    उक्त निर्णयलाई कार्यान्वयनमा लैजानका लागि प्रदेशको बैठक बसेर पारित गर्ने तयारी रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘हामीलाई हिजोमात्रै पत्र आको छ । अब बैठक बसेर कार्यान्वयनको पाटोमा लैजानै तयारीमा छौ,’ उनले भने ।   टानको तथ्याङ्क अनुसार अहिले देशभर ३ हजार ८ सय हाराहारी ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या करिब २ हजार ८ सय छ ।   देशभर २० हजार हाराहारी ट्रेकिङ गाइडले लाइसेन्स लिएका छन् भने टुर गाइडको संख्या भने करिब ५ हजार छ ।

पोखराः   पोखरा महानगरपालिकाको २०७८ चैत्र १६ गतेको कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम हुने निर्णय गर्‍यो ।   फेवातालको मापदण्डको घटाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट परेपछि महानगरको निर्णयलाई बदर गर्दै पुरानै मापदण्ड ६५ मिटर नै कायम गर्न सर्वोच्चले आदेश दिएको छ ।    सर्वोच्चका न्यायधीशद्धय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न आदेश दिएको हो ।    सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न आदेश दिएपछि फेवाताल संरक्षणकर्मीहरुले पोखरा महानगरपालिकालाई मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन दवाब दिन थालेका छन् । त्यसोत महानगरपनि   आदेश पालना गर्न कस्सिएको छ । तर एक्सनमा जानुपूर्व महानगरले सर्वाेच्चको पूर्णपाठ कुरीरहेको छ ।  ‘फेवातालको मापदण्ड सम्बन्धि सर्वोच्च अदालतले ६५ मिटर नै कायम गर्न आदेश दिएको छ’ पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले सुनगाभा न्यूजसँग भने, ‘फेवातालको मापदण्ड सम्बन्धि सर्वोच्च अदालतको पूर्णपाठ आएसँगै महानगर मापदण्ड मिचेर बनाइएका संरचनामाथि एक्सनमा जाने तयारी छ ।’   उनले सर्वाेच्चको पूर्णपाठ नआएकाले एक्सनमा कसरी जाने भन्ने बारे छलफल हुन बाँकी रहेको संकेत गरे ।    सर्वाेच्चको हिजोको फैसलाले फेवा किनारका ४ सय ९३ वटा संरचनालाई अवैध रहेको ठहर गरेको थियो ।    यस्तै फेवा किनारको १ हजार २ सय रोपनी जग्गाभित्र बनेका टहरालाई हटाउन समेत सर्वाेच्चको आदेश छ ।    पछिल्लो समय फेवा लगायत पोखराका तालहरुको संरक्षणमा नागरिकको चाँसो बढेसँगै महानगरलाई अवैध तथा अनधिकृत रुपमा बनेका संरचना हटाउन दबाब परेको छ ।   त्यसैलेपनि मेयर धनराज आचार्य सुन्दर पोखरा बनाउनका लागि पछि नहट्ने विभिन्न समारोहमा बताउदै आएका छन् ।  

पोखरा: कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको थियो ।   अध्यक्ष विमलमान गुभाजुले पहिलो रक्तदाता जितेशमान गुमाजुलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रालिका शेयर सदस्य र कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।    मानव जीवन रक्षाका निम्ती वार्षिकोत्सवमा रक्तदान प्राथमिकतामा परेको अध्यक्ष गुभाजुले बताए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन उनको भनाइ थियो । वार्षिकोत्सव अन्तर्गत नै मंगलबार पुरस्कार विरतण लगायतका कार्यक्रम हुने गुभाजुले जानकारी दिए । ‘यो सुरुवात मात्रै हो । आउने दिनमा अरु सामाजिक कामहरु पनि गर्दै जाने हो,’ उनले भने, ‘कोरोनाका समयमा राहत बाड्ने र आर्थिक सहयोग उपलब्ध गराउने काम गरिएको थियो ।’ २०७६ सालमा स्थापना भएको प्रालिको पोखरा र लेखनाथमा ९ वटा व्यावसायिक फर्म छन् । जसमा पोखराका विभिन्न स्थानमा सुनचाँदीका ९ वटा पसल छन् । यसबाहेक अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर र बेगनास ताल माझिकुनामा बेगनास एक्वा पार्क प्रालि सञ्चालनमा छन् । १७ जना शेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजुले जानकारी दिए ।   

बझाङ:  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।    धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको गाडी  केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको हो  ।  दुर्घटनामा मन्त्री सिंहसँगै उहाँकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ ।    घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ ।