पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:     नेपालका स्पिनर ललितनारायण राजवंशीले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध छैटौं सफलता दिलाएका छन् । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २७.४ ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनाएको छ ।   ललितले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । स्वीप खेलेका मोदानी मिस भएपछि बोल्ड हुन पुगेका थिए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए । एक समय १८.४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले चार विकेट लिँदै अमेरिकालाई दयनीय अवस्थामा पुर्याएका थिए । करणले ७ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिएका छन् ।

काठमाडौं:     परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले दिल्लीमा रहेको नेपाली दूतावासलाई अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिएको बताउनुभएको छ ।  मङ्गलवार आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउथले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भारतले बनाएको नयाँ संसद् भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताउनु भयो । उहाँले अखण्ड भारतको नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताउनु भयो । मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताउनु भयो। उहाँले अखण्ड भारतको नक्साभन्दा पनि चित्र भएको बताउनु भयो। उहाँले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चार माध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआइ बोल्न नमिल्ने बताएको जानकारी दिनुभयो । दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले पूर्ण जानकारी नलिइ बोल्नु परिपक्व नहुने उहाँले बताउनु भयो । उहाँले सरकार नेपालको नक्साको बारेमा स्पष्ट रहेको पनि बताउनु भयो। उहाँले नेपालको नक्सा के हो भन्ने कुरा २०७७ साल असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताउनु भयो। उहाँले नक्साका विषयमा सधैँ विवाद बनाइराख्नु उचित नहुने बताउनु भयो। उहाँले  ईपीजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताउनु भयो।   मन्त्री साउदले ईपीजीको प्रतिवेदन नेपाल सरकारले अधिकारिक रुपमा बुझेर अध्ययन नगरेको बताउनु भयो । नेपाल सरकार ईपीजीको प्रतिवेदन बुझ्न तयार रहेको भन्दै अर्को देशलाई प्रतिवेदन तत्काल बुझ्नु भन्न नमिल्ने बताउनु भयो ।

काठमाडौं: ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिएका छन् ।   सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो ।   

काठमाडौं:     आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध चौथो सफलता पाएको छ ।  जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ९.२ ओभरमा १८-४ को दयनीय अवस्थामा पुगेको छ । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको हो । करण केसीले ४.३ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका छन् ।

काठमाडौं:    नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्धको ३ विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ८ ओभरमा ३ विकेट गुमाउँदै १४ रन बनाएको छ । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए ।

काठमाडौं:    नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाका प्रमुख दुई विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २ ओभरमा ६-२ को अवस्थामा छ ।   करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला आरिफ शेखबाट क्याच आउट भएका हुन् । अमेरिकाका आरोन जोन्स र सुशान्त मोदानी क्रिजमा छन् । अमेरिका नियमित कप्तान मोनांक पटेल बिरामीको कारण आजको खेल गुमाउने भएका छन् । त्यसैको कारण अमेरिकाको कप्तानी आरोन जोन्सले गर्ने छन् । मोनांकको स्थानमा अमेरिकाले स्पिन अलराउन्डर निसर्ग पटेललाई मैदान उतारेको छ । यता नेपालले टोलीमा एक परिवर्तन गरेको छ । घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी टोलीमा फर्किएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएका हुन् ।

काठमाण्डौ: प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर आउँदो शुक्रबार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आउँदो शुक्रबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।   सभाको आज मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम शुक्रबार हुने गरी निर्धारण गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि सबै सदस्य सङ्ख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताउनुभयो । यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरूको पालो रहेको उहाँले जानकारी गराउनुभयो ।    प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै बेलुकी ५ बजेसम्म प्रतिनिधि सभाका सचिबसमक्ष लिखितरूपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।

गण्डकी:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ। रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो।   गत शुक्रबार सार्वजनिक बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ।   आगामी आवमा थप तीन सय किमी सडक कालोपत्र गर्ने र २५ वटा पक्की पुल बनाउने प्रदेश सरकारको लक्ष्य छ। बजेटमा टुक्रे योजना कटौती गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ठूला र रणनीतिक महत्वका सडक निर्माणलाई प्राथमिकता दिएको हो।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडकका बहुवर्षीय आयोजनामा धेरै बजेट खर्च हुने बताए। ‘प्रदेशको गौरव र रणनीतिक महत्त्वसँग जोडिएका सडकमा सरकारको बढी जोड छ, बजेट पनि त्यसरी नै आएको छ’, उनले भने, ‘पक्की पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ।   पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन्। पक्की पुलमा भने सरकारले लगानी थपेको छ। पुल नबनेकै कारण कतिपय सडक बाह्रैमास चल्न नसकेको स्थिति छ। एकातिर स्तरहीन सडक त्यहीँमाथि पुलसमेत नहुँदा वर्षात्का बेला ग्रामीण भेगको यातायात सेवा प्रभावित हुने गरेको छ।    प्रदेश सरकारको प्राथमिकताप्राप्त उत्तर–दक्षिण द्रुतमार्गअन्तर्गत भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्डको निर्माणलाई पनि आगामी वर्ष गति दिइने भएको छ। प्रदेश गौरवको आयोजना शालिग्राम करिडोरको स्तरोन्नति र रणनीतिक महत्त्वको बुद्धसिंह मार्ग निर्माणका लागि रु १९ करोड ५० लाख बजेट छुट्याइएको छ।   सडकको मर्मतसम्भार र दिगो व्यवस्थापनसहित बाह्रैमास यातायात सञ्चालनका गर्न आपत्कालीन मर्मत तथा पुनःनिर्माणका लागि रु २१ करोड ७५ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले जानकारी दिए ।   एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण पहुँच सुधार कार्यक्रम–अतिरिक्त लगानीमार्फत प्रादेशिक र स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई सङ्घ सरकारको समेत लगानीमा अगाडि बढाइने जनाइएको छ।   बूढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर, त्रिशूली करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने भएको छ। पूर्वाधारतर्फ आगामी आवमा थप २० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएको छ।    तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानाबाट मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि बजेटको प्रबन्ध गरिएको छ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले यसै वर्षभित्र सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने बताए। ‘बजेट छुट्टिएको छ, यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु हुन्छ’, उनले भने । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो।   केन्द्रमा सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ। प्रदेश सरकारले आफ्नै लगानी र पहलमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो। कतिपयले सुरुङमार्गलाई प्रदेशको महत्वकाङ्क्षी लक्ष्यका रूपमा लिएका छन्।   मन्त्री जुग्जालीले व्यवस्थित कार्ययोजनासहित पूर्वाधार विकासमा लगानी गरिने उल्लेख गरे। प्रादेशिक सडक सञ्जालको गुरुयोजनासमेत निर्माण गर्ने तयारीमा मन्त्रालय छ। गुरुयोजनाले यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मतसम्भार तथा प्राथमिकीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।  रासस  

काठमाडौं:    नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध टस जितेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।   अमेरिका कप्तान मोनांक पटेलले नेपालविरुद्धको खेल गुमाउने भएका छन् । त्यसैको कारण टसमा अमेरिकामा उपकप्तान आरोन जोन्स आएका थिए । आज कप्तानी जोन्सले नै गर्नेछन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी नखेल्ने रोहितले पक्का गरेका छन् । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएको बुझिएको छ । त्यसैले उनको स्थानमा नेपालले ललितलाई खेलाएको छ । ३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । त्यसैले नेपालले आजको खेलमा सोमपालको स्थानमा ललितलाई खेलाएको छ । नेपालको प्लेइङ ११ :    कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।