पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:    उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीले कैद र जरिवाना फैसला गरेर हाल सम्म फरार रहेका दुई प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।  उच्च अदालत पोखराले बैकिङ कसूर मुद्धामा १ महिना कैद र २० लाख जरिवाना सुनााइएका पोखरा महानगरपालिका ३१ नहरचोक बस्ने ३६वर्षीय हरी नेपालीलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।   यस्तै जिल्ला अदालत कास्कीले जुवातास मुद्धामा २४ दिन कैद र १ हजार ६सय जरिवाना भुक्तान गर्न बाँकी रहेका मुस्ताङको थासाङ गाउँपालिका ३ घर भइ पोखरा महानगर १२ चिसापानी बस्दै आएका ३३ वर्षीय नविन गौचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।     

काठमाडौं:    सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश शर्माले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ । उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेकपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । उपप्राध्यापक चलाउनेमाथि विसं. २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थियो । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले उपप्राध्याक चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो ।

काठमाडौं:     आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ ।  हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए  ।    नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । 

पोखरा: ‘दि एलिमेन्टस ब्याण्ड’ले आफ्ना लोकप्रिय गीतहरुका साथ पोखरामा प्रस्तुति दिन आउँदै छ ।   पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा असार ८ गते शुरक्रबार साँझ लाइभ कन्सर्टमाका लागि आउदै छ । दि एलिमेन्टस ब्याण्डमा ईशान ओन्टा गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् ।   उनीहरुले ‘अल्लारे’, बिर्सिने हाउ की, तसैला हिडे म, पुतली, सपनाको मायालु, लगाएतका गीतहरु प्रस्तुति दिने छन् । उनीहरुमा अद्भुत भाइबहरू सिर्जना गर्ने क्षमता रहेको प्याराडिसोका म्यानेजर हरि पौडेले बताए । उनले दि एलिमेन्टस व्याण्ड प्रशंसक र शुभचिन्तक बीच लोकप्रिय रहेको बताए ।   मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।   द एलिमेन्ट्स ब्याण्डले वास्तविक जीवनका कथाहरू बताउने उनीहरूको सम्बन्धित संगीत गीतहरूले युवा पुस्ताको ध्यान तान्ने गरेको छ । उनीहरुको संगीतका प्याटनलाई धेरैलाई मन पराएको बताउदै पौडेले नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो तारा बनाएको बताए ।   

पोखरा: पोखरा महानगर सामाजिक शाखाको आयोजना र पोखरा महानगर वडा नं ३० को सयोंजनमा बुधबार वडा नं ३० मा बालकालिकाहरुका लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।   प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना सलोनि मिश्र ९त्रिभुवन शान्ति विद्यालय०, स्मारिका बिश्वकर्मा ९गुरुकुल बिद्याश्रम०, अकिंता सुनार ९गोल्डेन नेचर बोर्डिङ्ग स्कुल०, सपना थापा ९न्यु लाईट बोर्डिङ्ग स्कुल० र बिनोद थापा ९शहिद स्मारक आधारभूत विद्यालय रहेका छन् । वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो ।    विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका सयोंजक वडा सदस्य भिम कुमारी पुन मगरले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो । वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने मगरले बताउनुभयो । प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो । अन्य निर्णायकमा वडा सचिव बलराम पाठक र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो । वडा सदस्यहरु मंगलकाजी मानन्धर, विनोद प्रसाद लामीछाने र उमा परिपार, बाल संरक्षण समिति सदस्य दिक्षा पून, वडा बाल मञ्चका पुर्व अध्यक्ष रश्मि गौतम लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने बताउनुभयो ।  

काठमाडौं:    लगातार तीन दिनसम्म घटेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७५ अङ्कले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ ।  आज होटल, बिमा र अन्य समूहको शेयर बढेको छ । अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ७६ वटा कम्पनीका ८० लाख आठ हजार कित्ता शेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल, कालिञ्चोक दर्शन प्राली, वीपीडब्ल्यू लघुवित्त र हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै इङ्खवा खोला जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशत र नेस्डो समृद्ध लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् ।    पार्टी स्थापना दिवसका अवसरमा आज बिहीवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एक वर्षे यात्राको समीक्षा गर्दै भने, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपालीले आशा र भरोसाका रूपमा हेरेको नयाँ सफल पार्टीका रूपमा लिएका छौँ ।’  सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर नागरिकको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताए । ‘उपचुनावसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो’, उनले भने, ‘सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रूपान्तरण गर्न सक्ने गरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।’  उनले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रूपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले रास्वपाको संसदमा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।  

काठमाडौं:     उच्च अदालत पाटनले काठमाडौका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ । भारतीय चलचित्र  ‘आदिपुरुष’ मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो । यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाडौं महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् । चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताए । उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर फिल्डिङ थालेको नेपालले दोस्रो विकेट लिएको छ। बलिङमा राम्रो सुरुआत गरेको नेपालका गुल्शन झाले वेस्ट इन्डिजका लागि वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्सलाई पभिलियन फर्काएका हुन्। यसअघि क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्केका थिए। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका थिए। वेस्ट इन्डिजले ४।१ ओभर सकिँदा दुई विकेट गुमाएर ९ रन बनाएको छ। हरारे स्पोर्ट्स क्लबमा १२:४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।